नेकपा कर्णाली प्रदेशको सचिब पदमा अब को ?

एमाले र माओबादी एकता भएर नेकपा बनेको झण्डै एक बर्ष पछि नेकपाले सबै प्रदेशमा इन्चार्ज सहइन्चार्ज अध्यक्ष र सचिव तोक्यो नेकपाका केहि नेताहरुको बिरोधका बाजजुत पनी । कर्णाली प्रदेशमा इन्जार्ज रुकुमका जनार्दन शर्मा सहइन्चार्ज सुर्खेतका ऐमलाल कडेल अध्यक्षमा हुम्लाका पुराना र त्यागि नेता गोरख बोगटी र सचिबमा जाजरकोटका मायाप्रसाद शर्मा ।

नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारीहरुको नाम सार्वजानिक भएको केहि समयमै नेकपा कर्णाली प्रदेश सचिबको जिम्मेवारी पाएका पुर्व माओबादीका नेता मायाप्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई नेकपाले दिएको जिम्मेवारी मान्य नहुने मत जाहेर गरे ।

नेकपा कर्णाली प्रदेशमा नयाँ खालका बहसहरु सुरु भएका छन् । पुर्व माओबादीका केहि नेताहरु भन्छन मायाप्रसाद शर्मा सचिबकै जिम्मेवारीमा फर्कन्छन् । र केहि नेताहरु भन्छन उनी आफ्नो निर्णयमा निकै अडिक हुने नेता हुन त्यसैले शर्मा सचिबमा नर्फकने तर्क गर्दछन् ।

नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष गोरखबहादुर बोगटी मायाप्रसाद शर्मालाई फकाएर सचिबमै फर्काउने तयारीमा छन् भने उता मायाप्रसाद शर्मा निकटहरुको भनाईलाई आधार मान्य हो भने अब उनी प्रदेश सचिबमा फर्कने सम्भावान छैन् ।

मायाप्रसाद शर्मा कर्णाली प्रदेशको सचिबमा नर्फर्के को बन्लात त नेकपा कर्णाली प्रदेशको सचिब भन्ने बारेमा नेकपा कर्णाली प्रदेश बृतमा निकै चासो छ । अध्यक्ष पुर्व एमालेको भागमा भएकाले सचिब पुर्व माओबादीबाट हुने लगभग पक्का छ । नेकपाको बिधानमा प्रदेशको पदाधिकारी हुन केन्दिय सदस्य अनिवार्य छ ।

पुर्व माओबादीबाट नेकपाको केन्दिय सदस्य भएका नेताहरु मध्यमाको सिनिएर हो भन्ने हिसाव किताव सुरु हुन थालेको छ ।  पुर्व मन्त्री सल्यानका सांसद तथा नेकपाका केन्दिय सदस्य टेकबहादुर बस्नेत सबै भन्दा सिनिएर भएकाले उनी नेकपा कर्णाली प्रदेशको सचिब पदमा पाटीले लैजान सक्छ तर उनी नेकपा कर्णाली प्रदेश कमिटीको पदाधिकारीमा जान बस्नेतले खासै चासो नराखेको उनी निकट श्रोतको भनाई छ ।

त्यस पछि अर्का पुर्व माओबादीका नेता रुकुमका राजकुमार शर्मा हुन तर रुकुमका नेता जनार्दन शर्मा इन्चार्ज भएकाले अर्का शर्मालाई नेकपा कर्णाली प्रदेशको सचिब हुन ठुलो समस्या भएको नेकपाका एक नेताले बताए ।

त्यस पछिका पुर्व माओबादी हालको नेकपाका नेताहरु सबै एकै खालका छन् । तर खासै धेरै पात्रहरु भने छैन् । साबिकको कर्णालीको नेता तथा हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाही पनी एक पात्र हुन तर उनी मुख्यमन्त्रीको कार्यकारी पदमा भएकाले उनका लागी पनी नेकपा कर्णाली प्रदेशको सचिब पदको ढोका बन्द जस्तै भएको नेकपाका एक नेताले बताए ।

पुर्व माओबादीबाट नेकपा कर्णाली प्रदेशको सचिब पदमा सुर्खेतका नरबहादुर बिष्ट जुम्लाका गजेन्द्र बहादुर महत रुकुमका बसन्त शर्मा जाजरकोटका रामदिप आचार्य मध्येबाट एक जना नेकपा कर्णाली प्रदेशको सचिब हुने सम्भावना रहेको पुर्व माओबादीका एक नेताले जानकारी दिनु भयो ।

नेकपा कर्णाली प्रदेशको सचिब पदमा धेरैको दाबि रहे पनी कित जाजरकोटका रामदिप आचार्य हुन भने कित जुम्लाका गजेन्दबहादुर महत यि दुइ पात्र मध्ये एक जना कर्णाली प्रदेशको सचिब हुने लगभग सम्भावना रहेको नेकपा उच्च श्रोतको भनाई रहेको छ । जाजरकोटका आचार्य पुर्व बिध्याथी नेता हुन भने जुम्ला महत जुम्लाबाट निर्वाचित प्रतिधिनी सभाका सांसद हुन ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.