डिबालाको ह्याट्रिकमा युभेन्टसको लगातार दोस्रो जित

च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इटालियन क्लब युभेन्टसले लगातार दोस्रो जित हात पारेको छ ।आफ्नै घरेलु मैदानमा मंगलबार राति युभेन्टसले योङ ब्वाईजलाई ३–० गोलले पराजित गरेको हो । युभेन्टसको जितमा पाउल डिबालाले ह्याट्रिक गोल गरे । उनकै तीन गोलमा युभेन्टसले सहज जित निकाल्दै समूह एचको शीर्ष स्थानमा रहन सफल भएको हो ।

डिबालाले खेलको पाँचौं मिनेटमा नै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा डिबालाले अर्को गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रतामा पुर्‍याए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप १ गोल गर्दै जित हात पार्‍याे । खेलको ६९ औं मिनेटमा डिबालाले ह्याट्रिक गोल गरे । योसँगै युभेन्टस ३–० गोलले अघि रहेको थियो । खेलको ७८ औं मिनेटमा मोहमद अलि कमाराले रातो कार्ड पाएपछि योङ ब्वाइज १० खेलाडीमा सीमित बनेको थियो ।

यो समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएको छ ।समूह एच मा युभेन्टस २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । युनाइटेड २ खेलबाट ४ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । २ खेलबाट १ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ भने योङ ब्वाइज अंक विहीन हुदै समूहको पुछारमा छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.