ट्रम्पले यौनहिंसाको आरोप लगाउने महिलाको मजाक उडाएपछि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै पार्टीका सहयोगीबाट कडा आलोचनाको सामना गर्नु परिरहेको छ ।

रिपब्लिकन सिनेटरले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधिसमाथि यौन हिंसाको आरोप लगाउने महिलाको मजाक उडाएका कारण राष्ट्रपतिको कडा आलोचना गरेका छन् ।

सिनेटर जेफ फ्लेक र सुजन कलिन्सले ट्रम्पको टिप्पणीलाई ‘घटिया’ र ‘एकदम गलत’ को संज्ञा दिएका छन् ।

एक र्यालीमा ट्रम्पले केवेनामाथि आरोप लगाउने प्राध्यापक क्रिस्टिन ब्लेसी फोर्डलाई उनलाई आफूमाथि भएको यौन हमलाको घटनाक्रमबारे महत्वपूर्ण कुरा याद नभएको भन्दै खिल्ली उडाएका थिए ।

गत हप्ता रिपब्लिकन राष्ट्रपति ट्रम्पले उनलाई ‘अत्यधिक भरोसायोग्य साक्षी’ भनेका थिए ।

कडा आलोचनाः

न्यायाधिस ब्रेट केवेनामाथि लागेका आरोपलाई एफबीआईसँग जाँच गराउने माग गराउने रिपब्लिकन सिनेटर जेफ फ्लेकले एनबीसीको कार्यक्रम ‘टुडे’ मा भने, ‘कुनै पनि स्थान वा समयमा यस्तो प्रकारको टिप्पणी गरिनु हुँदैन ।’

‘कुनै राजनीतिक सभामा यस्तो प्रकारको संवेदनशील मामलामा कुरा गर्नु सही होइन । यो पटक्कै ठिक होइन । उनले यस्तो नगरेको भए पनि हुन्थ्यो ।’

यस्तै अर्का मोडरेट रिपब्लिकन सिनेटर मिस कलिन्सले बुधबार पत्रकारसँग भने, ‘राष्ट्रपतिको टिप्पणी स्पष्ट रुपमा गलत छ ।’

उनले अहिलेसम्म न्यायाधिस केवेनाको पक्षमा भोग गर्ने नगर्ने भन्ने विषयमा स्पष्ट पारेका छैनन।

यस्तै, रिपब्लिकन सिनेटर लिसा मर्कोव्स्कीले पनि राष्ट्रपतिको आलोचना गरिन् । उनले ट्रम्पको भाषण ‘पूर्ण रुपमा अनुचित’ र ‘अस्विकार्य’ भएको बताइन् ।

जब पत्रकारले उनलाई के यसले उनको भोटलाई प्रभावित पार्न सक्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘म हरेक कुरालाई ध्यानमा राखिरहेकी छु ।’

ट्रम्पले के भनेका थिएः

मंगलबार राती मिसिसिपीमा एक र्यालीमा ट्रम्पले ३६ वर्ष पहिले भएको कथित यौनहिंसाको विषयमा प्राध्यापक फोर्डको बयानमा स्पष्टताको अभाव भएका कारण मजाक उडाएका थिए ।

उनले भनेका थिए, ‘त्यो घर कहाँ थियो ? मलाई थाहा छैन ! माथिल्लो तल्लामा भएको थियो वा तल्लो तल्लामा ? मलाई थाहा छैन तर मैले एउटा बियर पिएको थिएँ । मलाई यतिमात्र याद छ । र यसरी एक पुरुषको जीवन बर्बाद भयो ।’

यद्यपी, गत हप्ता सिनेटमा जब प्राध्यापक फोर्डले यसबारे बताएपछि ट्रम्पले उनलाई ‘निकै राम्रो महिला’ बताएका थिए ।बीबीसी

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.