टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

धबार साझँ भक्तपुरको सुर्यविनायकस्थित पाण्डुबजार चोकमा टिपरले मोटरसाइकललाई ठक्करबाट काभ्रेपलाञ्चोक दराउने पोखरी–२ का रामकृष्ण श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ ।

बनेपाबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गुर्नका साथै अन्य टिपरमा समेत तोडफोड गरेका छन् । महानगरी प्रहरी परिसर, भक्तपुरका अनुसार पाण्डुबजार चोकको सडक क्रस गर्न लागेको बेला मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । ठक्कर दिने टिपरका चालक भने फरार रहेको निजको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.