ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएका छन् ।

ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरे ।

संयुक्त राष्ट्र संघको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिकस्तरमा भएको प्रगति, खाद्यान्नको पर्याप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढिरहेको छ । ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरे ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.