कुहिएको चामल, चाउचाउ र त्रिपालले बिग्रियो कर्णाली : मुख्यमन्त्री शाही

कर्णालीमा छरिएका बस्तीलाई एकिृत बस्तीमा विकास गछौंः मुख्यमन्त्री शाही

कर्णालीका छरिएका बस्तीहरुलाई एकिकृत बस्तीमा विकास गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । कर्णालीमा छरिएर रहेको बस्तीका कारण विकास निर्माण गर्नमा समस्या भएको उल्लेख गर्दै उनले कालिकोटमा आयोजित पत्रकार सम्मेलनमा एकिकृत बस्ती आवश्यकता रहेको बताएका हुन् ।

कर्णालीमा छरिएर रहेका बस्तीका कारणले विकास निर्माणको लागि खर्च बढी लाग्ने भएका कारणले एकिकृत बस्ती बसालेर विकास निर्माणमा सहज तुल्याउने मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीमा धेरै छरिएर रहेका बस्ती रहेका छन् ।’ उनले भने,‘त्यसका लागि एकिकृत बस्ती विकास गरेर विकास निर्माणका काम गर्न सहज बनाउने योजना रहेको छ ।’

एकिकृत बस्ती विकास नभएर कर्णालीमा सबै क्षेत्रमा विकास पुर्‍याउन नसकिने र एकिकृत बस्ती विकास गर्नका लागि आयआर्जनका लागि आर्थिक क्षेत्रको खोजी भइरहेको मुख्यमन्त्री शाहीले बताए ।

उपभोक्ता समितिले अनिवार्य धरौटी राख्नुपर्ने
विकास निर्माणका काम गर्दा उपभोक्ता समितिहरुले अनिवार्य धरौटी राख्नुपर्ने निती लागु गर्न प्रदेश सरकारले तयारी थालेको मुख्यमन्त्री शाहीले बताए । ‘उपभोक्ता समितिले विकास निर्माण गर्नुभन्दा पैसा मात्र कमाउन थालेका कारणले प्रदेश सरकारले उपभोक्ता समितिले अनिवार्य धरौटी राख्नुपर्ने नियम बनाएको हौं ।’

कर्णालीको खाद्यान्न संकट हटाउन स्थानीय बाली उत्पादन बृद्धि
प्रदेश सरकारले कर्णालीको खाद्यान्न संकट हटाउनका लागि स्थानीय बाली उत्पादनमा जोड दिने निती लिएको मुख्यमन्त्री शाहीले बताए ।

स्थानीय अर्गानिक बाली उत्पादनको बिउ बैंके स्थापना गरेर किसानहरुलाई सहुलियत ऋणको ब्यावस्था गरेर स्थानीय बाली उत्पादनमा जोड दिन कृषि निती तयार पारिएको मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीको स्थानीय उत्पादन बृद्धि गर्नका लागि प्रारङिक मल उत्पादनको लागि सुर्खेतमा उद्योग खोलिने मुख्यमन्त्री शाहीले बताए ।

नयाँ पत्रिका रमेश रावल

कुहिएको चामल, चाउचाउ र त्रिपालले बिग्रियो कर्णालीः मुख्यमन्त्री शाही

जुम्ला– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आत्मनिर्भरतालाई दाता तथा संस्थाहरुको वितरणमूखि  गतिविधिले सखाप पारेको बताएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारी जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहीले विगतमा कर्णाली आत्मनिर्भर, स्वाधीन सम्पन्न रहेको तर हचुवाका भरमा चलेका संस्थाहरुले त्यस्तो सम्पन्नतालाई सखाप पारेको आरोप लगाए। ‘बिगतमा कर्णाली गरिब थिएन,’ शाहीले भने, ‘मार्सि चामलको भात काँसको थालमा मिठो मानेर खान्थ्ये, आफ्नै खेतिपातीले बाह्रै महिना गुजारा चलाउथेँ। गास, वास, कपासका आफ्नै प्रकारको पहिचान थियो।’ यस्तो अवस्थालाई संघसंस्थाहरुले विगारेको भनाई शाहीको थियो।

‘जो सुकैले नाकाबन्दी गर्दा पनि नुन बाहेकको अन्य कुनै अभाव महसुस हुन्थेन,’ मुख्यमन्त्री शाहीले भने, ‘त्रिपाल, चाउचाउ, कुहिएको चामल ल्याएर संघ संस्था हाबी भएपछि कर्णाली बिपन्नताको शिकार बन्यो, अहिले पुरै परिनिर्भरताको बाटोमा अघि बढेको छ।’

उनले हचुवाको भरमा चल्ने गैरसरकारी संस्था, योजना माग्न राजधानी धाउने संस्कार र समाजका विकासका नाममा मौलाईरहेको अनियमितता रोक्न अपरिहार्य रहेको बताए । ‘यिनलाई रोक्ने संयन्त्र नहुदासम्म कर्णालीको विकास संभव छैन,’ शाहीले भने, ‘यसका लागि कर्णालीको सरकार अहोरात्र खटिरहेको छ।’

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई देशकै नमुना र अब्बल प्रदेशका रुपमा स्थापित गर्ने बताए । उनले भने,“कर्णालीको विपन्नताको अहिलेको परिचय बदलेर विश्व मानचित्रमा सान्दार रुपमा प्रकट गर्न चाहान्छौँ । मौलिक मोडलका रुपमा प्रस्तुत गर्न चाहान्र्र्छाैै, समृद्ध कर्णाली प्रदेश सरकार बनाउने सपना साकार पारेरै छा्डछौँ।’

जुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउछाैं

पत्रकार सम्मेलनमा शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने प्रतिवद्धता जनाएका छन। ‘जुम्ला प्रकृतिले दिएको अनुपम बरदान हो,’ उनले भने, ‘यसको सुन्दरतालाई विश्वसामु चिनाउनका लागि कर्णाली प्रदेश सरकारले छलफल अघि बढाईसकेको छ ।’

यसका लागि यो वर्ष विस्त्रित अध्ययन् प्रतिवेदन (डिपिआर) तयार हुने उनले बताए। ‘आगामी वर्ष कार्यन्वयन गरेर अघि बढ्र्छाैँ, समृद्धिको बीउ कर्णाली प्रदेशबाटै छर्छौ,’ मुख्यमन्त्री शाहीले भने,  ‘अहिलेको कर्णाली प्रदेशको अवस्था बिश्लेषण गछौँ, भाबि कर्णालीको रेखांकन गरेर समृद्धिको पाइला अघि बढाउँछाँै।’
रारा कर्णाली पर्यटन बर्ष २०७५ लाई सफल पार्नका लागि नाग्म गमगडी सडकलाई दुईलेनको बनाउने, उत्तरी नाका खोल्नको लागि चिनिया लगानीकर्तासँग सम्झौता गर्नेदेखि यहाँको कृषि प्रर्णालीलाई व्यवसायीकरण बनाउदै लग्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

नागरिक डिबि बुढा

कर्णालीबासीलाई मुख्यमन्त्रीको आग्रह : पालको पर्खाइमा नबस्नू

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन्। प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गर्न शुक्रबार कालिकोट आएका मुख्यमन्त्री शाहीले जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

कर्णाली सरकारको गति एकातिर, चालू आर्थिक वर्षको बजेट अर्कातिर भएको बताउँदै उनले बजेट ठूला आयोजनामा केन्द्रीत गर्न नसकिएको बताए। उनले भने, ‘बजेटलाई केन्द्रीत गरेर परिणाममुखी विकास गर्ने लक्ष्य थियो। पहिलो वर्ष चुनाव जितेर आएका सांसदले चुनावी वाचा कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीले कडाई गरिदिनुस् भने। अहिलेको बजेट पुरानै शैलीमा बिनियोजन भएको छ। यसलाई पारदर्शी रुपमा कार्यान्वयन गर्न चुनौती छ। सबैले सहयोग गरौँ। प्रदेश सरकारले विकास र सुशानलाई पहिलो प्राथमिकता दिएको छ।’

उनले चालु आर्थिक वर्षको जस्तै अर्को वर्ष बजेट नआउने बताए। उनले भने, ‘अर्को वर्षदेखि बजेट परिणाममुखी बनाउँछौं, यो वर्ष सरकारले सपना देख्ने वर्ष, कानुन निर्माण वर्ष र अध्ययन वर्षका रुपमा लिएको छ।’

सबैले कर्णालीको समृद्धिका लागि सपना देख्न र विकासका लागि प्रदेश सरकारलाई सुझाव दिन पनि उनले आग्रह गरे। उनले सरकारले कर्णालीका १० जिल्लाको क्षेत्रफल, जनताको बसोबास, आवश्यकता पहिचान गरिरहेको समेत जानकारी दिए।

उनले कर्णालीमा छरिएर रहेका हरेक बस्तीमा विकास पुगाउन निकै समस्या रहेको बताउँदै एकिकृत बस्ती विकासका लागि सरकारले आवश्यक तयारी अगाडी बढाएको बताए। उनले भने, ‘अहिलेका छरिएर रहेका बस्तीमा विकासका पूर्वाधार पुगाउन सरकारसँग लगानी छैन्।कर्णालीमा थप सडक, बत्ती, क्याम्पस र अस्पतालबारे थप अध्ययन सुरु गरिएको बताए।

उनले कर्णाली परनिर्भताको शिकार भएर हात खुट्टा भएकाहरु पनि अपांगता भएको बताए। उनले भने, ‘बाबु मरेर घाटमा पुग्दासम्म पनि हामी बाबुकै भरमा बसेका छौं। अब युएनको पालको पर्खाइमा कर्णालीबासी बस्नु हुँदैन। हामीसँग ढुंगा, माटो, खर र काठ छँदैछ। त्यसैलाई प्रयोग गरेर सुन्दर घर निर्माण गर्नुपर्छ। ढुंगा, माटो, खर, काठ, हात खुट्टा भएर पनि अहिले घरबारबिहीन भएका छौँ।यो राम्रो होइन।’

उनले कर्णालीमा गुणस्तरीय काम गर्नका लागि विकासी योजनाका उपभोक्ता समितिले समेत धरौटी राख्ने व्यवस्था मिलाउन लागेको बताए। स्टिमेट अनुसार उपभोक्ता समितिले काम नगरे धरौटी जफत गरिने उनले बताए।

विकासी योजनाका बिचौलियाको ‍पछि लागेर भेडा पाल्ने किसानको जाँगर समेत मरेको बताउँदै अब प्रदेश सरकारले विकासमा अनियमितता रोकी भेडापालक किसानलाई उत्साहित गर्ने बताए। उनले सरकारको बजेट कसैको खल्तीमा जान नदिइ सरकारकै कोषमा रहने गरी काम गरिने बताए।

कार्यक्रममा कालिकोटका सांसद कुर्मराज शाहीले प्रदेश सरकारले नयाँ घरबार बनाउनुपर्ने चुनौतीका कारण विकासले गति लिन नसकेको बताए। उनले मुलुकले विगतमा विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा विकास निर्माण पछाडी परेको बताउँदै अब आर्थिक क्रान्ति र मुलुकको समृद्धि अपरिहार्य रहेको बताए।

अन्नपुर्ण पोष्ट

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.