किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ

काठमाडौं –  महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनलाई महाशाखाको टोलीले आज बिहान करिब ६ बजेतिर महेन्द्रनगरबाट पक्राउ गरेको हो।

ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले साढे चार करोड जरिवाना र चार वर्ष कैद फैसला गरेकोमा कैद फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि तत्कालिन पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते उनलाई र उनकी श्रीमती गाैरी खनाल ज्ञवालीलार्इ दोषि ठहर गर्दै जेल सजाय ताेक्नुका साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे। दाेषि ठहर भएसँगै ज्ञवाली फरार भएका थिए।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.