किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग गरी फरार रहेका तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्।

भारतमा लुकेर बसेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याएको हो।नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो।

श्रीमति संलग्न रहेको जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले२०७३ जेठमा ज्ञवाली दम्पत्तीलार्इ दोषी ठहर गरेको थियो ।

न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

त्यसैगरी अदालतले सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका थिए ।

सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले सो बैंक खरिद गरी खराव कर्जा असुली थालेपछि किष्ट दुर्घटनाबाट जोगिएको थियो ।

 

 

 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.