किशोरी बलात्कार गर्नेलाई दश वर्ष कैद

सामूहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ ।

क्षेत्री २०७४ चैत्र १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए । नेपाल समाचारपत्रमा यो खबर छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.