कविता – मुर्दै मुर्दाको पहाड़

माहाभूकम्प विपत्तिले गर्दा

आज मेरो देशको छाती चर्केको छ

मेरो देशलाई चिनाउँने ऐतिहासिक

सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ ।

जतैततै चोटैचोट् र घावै घाउ

मेरो देशको छाती र मुटुमा

रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको

भन म को सङ्ग पीडा साटु म

रगतमा देशको गन्ध आउने

वीर सपूतहरु सबै शहीद भए

छैन कोही रुने आज मेरो देश रुँदा

फगत विध्वंसकारी कंश जन्म लिए ।

आज मेरो देशलाई चोट लाग्दा

चहराएका घाउहरुमा कोहीत मलहम लगाऊ

चिहान चिहानमा गई पूकार वीर सपूतहरुलाई

देश बचाउन भनेर आऊ

कहीँछन् शोकको आँसु कहीँछन्

मुर्दैमुर्दाको पाहाड मेरो देशमा

देश बनाउँछु भनी नारालाउँछ यहाँ

नर्पिषाच राक्षसहरु कोही मानव भेषमा ।

माहाभूकम्प विपत्तिले गर्दा आज

मेरो देशको छाती चर्केको छ

मेरो देशलाई चिनाउँने ऐतिहासिक

सम्रचनाहरु सबै ऐय्याआथा

गर्दै मर्केको छ ।

नक्कली दया देखाउँछन् यहाँ नेताहरु

मात्र ठिक्क पार्छन् गोहीको आँसु झारी

दैवको लाठी पर्छन् सबै माथि

लान्छन् यिनीहरुलाई पनि भुइँमा लतारी लतारी

पुरिएका छन् अझै हजारौं लास कति

मुर्दा भित्रभित्रै गन्हाउन थालि सके

झिक्दै छन् अझै सयौं गाडिएका मुर्दाहरु

हजारौं त खाल्टोमा कति फालि सके ।

कुन मान्छे बस्ने घर र कुन

देशको ऐतिहासिक संमरचना

भए सबै भग्नावशेष आज

आज मेरो देश रोएकोछ इतिहासमा

मुर्दैमुर्दाहरुको माझ

आज मेरो देश रोएको छ इतिहासमा

मुर्दैमुर्दाहरुको माझ ।

राजबाबु श्रेष्ठ ‘सागर’

महोत्तरी, गौशाला न. पा. वडा न. १

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.