एसीसी यू–१९ एसिया कपः अफगानिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले सोमबार साविक विजेता अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको साभर क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले व्याटिङ रोजेको छ ।  पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको नेपालका

लागि अफगानिस्तान सहज प्रतिद्वन्दी पक्कै होइन । नेपाल गएको संस्करणको प्रतियोगितामा अफगानिस्तानसँग  ७ विकेटले पराजित भएको थियो । सोमबारको खेलमा पनि पराजित भए नेपालको सेमफिाइनल यात्रा टुंगिनेछ र प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले पनि नेपाललाई सोमबारको खेल जित्ने पर्ने दबाव छ ।

 

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.