‘आठ पास गरेका केपी ओली एकाएक डबल पीएचडी !’

कोस्टारिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरिएको छ । कोस्टारिकाकाको युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको सम्मानस्वरुप मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीलाई एक समारोहकाबीच उक्त उपाधि प्रदान गरिएको हो । सो उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए।

यो सँगै प्रधानमन्त्री ओलीले दोस्रो मानार्थ विद्यावारिधिको उपाधि पाएका हुन् । यसअघि भारत भ्रमणमा गए बेला भारतको एक विश्व विद्यालयले समेत ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

समाजिक सञ्जाल फेसबुक तथा ट्वीटरहरुमा कक्षा आठ पास गरेका भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुने गरेको थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.