प्रहरीको गाडीबाट थुनुवा भागेपछि प्रहरी जवान र अर्का थुनुवालाई मुद्दा

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा थुनामा रहेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी प्रहरीको गाडीबाटै भागेका छन् ।  बुढाथोकीलाई नैतिकताविरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर इप्रका ल्याउँदै गर्दा प्रहरीले प्रयोग गरेको बसबाट हामफालेर भागेका हुन् । लाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार, उनी सार्वजनिक मुद्दा (नैतिकताविरुद्धको अपराध) अन्तर्गत पक्राउ गरिएको थियो  … Continue reading प्रहरीको गाडीबाट थुनुवा भागेपछि प्रहरी जवान र अर्का थुनुवालाई मुद्दा

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा मामा पक्राउ

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा प्रहरीले मामालाई पक्राउ गरेको छ  ।अहिले प्रहरीको हिरासतमा रहेका अभियुक्त पर्सा  जिल्ला पर्सागढी नगरपालिका–३ निवासी  सन्तोष घले रहेका छन्  । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, पर्सागढी नगरपालिका–३ स्थित बर्डिनिहारका १३ वर्षीय बालक आर्यन तामाङको मृत्यु भएको खबर पाएको प्रहरीले घटनास्थलको प्रकृति हेरेपछि मामा  सन्तोष घलेलाई पक्राउ गरेको हो । बुधबार बिहान … Continue reading भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा मामा पक्राउ

वाइडबडी जहाज खरीद प्रकरण : ठुलो चलखेल, जहाज नै नभएको कम्पनीसंग जहाज खरीद

नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको नक्कली कम्पनी खडा गरेर जहाज खरिद गरेको देखिएको छ । नेपाल एयरलाइन्सको जहाज खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भएको छ। नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा “नयाँ जहाज छ” भनी कम मूल्य हाल्ने एएआर … Continue reading वाइडबडी जहाज खरीद प्रकरण : ठुलो चलखेल, जहाज नै नभएको कम्पनीसंग जहाज खरीद

सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने अखिल (क्रान्तिकारी)को निर्णय

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको काठमाण्डौमा सम्पन्न तेस्रो पूर्ण बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय गरेको हो । भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा … Continue reading सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने अखिल (क्रान्तिकारी)को निर्णय

लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो

दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ।यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले … Continue reading लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो

वामदेव गौतमको गुनासो ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

 नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो । पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू … Continue reading वामदेव गौतमको गुनासो ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।एसिया – ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए । डा. … Continue reading नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

मोडलिङ्गमा चम्किदै रेमबाेकाई कराते हिरा राई

नेपालमा धेरै बहुमुखि नेपाली करातेकी खेलाडी हिरा राई। अाजकल एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान भएकि राई ।सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा निभाईकि छिन् ।सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गनुभएकि हिरा मोडलिङ्गको दुनियाँमा छुट्टै हैसियत बनाउन सफल भएकि छिन् । राजधानिमा स्नातक … Continue reading मोडलिङ्गमा चम्किदै रेमबाेकाई कराते हिरा राई

प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई जागिरबाट निकाल्ने प्रचण्डको उद्घोष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताएका छन्।संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालले बताए। ‘कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको छ। कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय … Continue reading प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई जागिरबाट निकाल्ने प्रचण्डको उद्घोष

भिलेनमा शिल्पाको कपिल संग च्यानाकुटी झ्याई

अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेले स्वर, एकनारायण भण्डारीको सब्द र लालकुमार बरालको संगीत छ । गीतमा शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीले फिचरिङ गेका छन् । फिल्ममा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा … Continue reading भिलेनमा शिल्पाको कपिल संग च्यानाकुटी झ्याई