सरकारले सिन्डिकेट हटाउने निर्णय गरेलगत्तै केही यातायात व्यवसायीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर अनिश्चितकालीन यातायात बन्दसहितको ‘आन्दोलन’ का कार्यक्रम घोषणा गरेका छन् । व्यवसायीहरुले वैशाख २७ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध ‘आन्दोलन’ को घोषणा गरेका हुन् । त्यसअघि ‘दबावमूलक आन्दोलन’ गर्ने धम्की उनीहरुले दएिका छन् । यातायात व्यवसायीहरुद्वारा घोषित कार्यक्रम अनुसार वैशाख ६ मा … Continue reading सिन्डिकेट कायम राख्न पाउनुपर्ने दबावसहित ‘अनिश्चितकालीन यातायात बन्द’ को धम्की !
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैनः नेपाल
बर्दिवास : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र … Continue reading एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैनः नेपाल
मुसहर र माझी बालकलाई प्रचण्डले गरे विद्यालय भर्ना
चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरेका छन् । बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकलाई अभिभावकत्व ग्रहण गर्दै प्रचण्डले विद्यालय भर्ना गरेका हुन् । अध्यक्ष प्रचण्डले विद्यालय भर्ना गरेका बालकहरुको नाम पत्रुस मुसहर र … Continue reading मुसहर र माझी बालकलाई प्रचण्डले गरे विद्यालय भर्ना
स्वेच्छिक अवकाश रोज्नेलाई घरपायक कार्यालयमा खटाइनेछः मन्त्री पण्डित
विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए । मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको … Continue reading स्वेच्छिक अवकाश रोज्नेलाई घरपायक कार्यालयमा खटाइनेछः मन्त्री पण्डित
प्रधानमन्त्रीले सिरहाका पवन र रुपालाई गरे विद्यालय भर्ना
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गरेका छन् । सो जिल्लाको रामदुलारी मावि कल्यापुर पुगेर प्रधानमन्त्री ओलीले दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेका हुन् । प्रधानमन्त्री ओलीले दुई बालबालिकालाई भर्ना गरेलगत्तै निरक्षरता उन्मुलनको यो अभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् … Continue reading प्रधानमन्त्रीले सिरहाका पवन र रुपालाई गरे विद्यालय भर्ना
सिन्डिकेट माग्दै अान्दोलन घोषणाः ग्यारेजमा गाडी थन्क्याइने !
काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट … Continue reading सिन्डिकेट माग्दै अान्दोलन घोषणाः ग्यारेजमा गाडी थन्क्याइने !
मालपोतका नायब सुब्बा घुस लिँदा लिँदै पक्राउ
मालपोत कार्यालय रुपन्देही मझगावाँका नायव सुब्बा हरिप्रसाद पौडेल ११ हजार घुस लिंदा लिंदै पक्राउ परेका छन् । जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनी प्रमाणपूर्जा दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नासु पौडेलसहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई पक्राउ गरेको हो । … Continue reading मालपोतका नायब सुब्बा घुस लिँदा लिँदै पक्राउ
मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !
रुपन्देही । दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् । पक्राउ परेका … Continue reading मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !
आयल निगमले गर्यो भ्याटबिनै सवा अर्बको कारोबार
काठमाडौं : नेपाल आयल निगमले अर्बौं रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ। सरकारी निकायले पाँच हजार रुपैयाँभन्दा बढीको कारोबार मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता वा स्थायी लेखा नम्बर (पान) भएका व्यक्ति वा संस्थासँग मात्र गर्नुपर्ने नियम छ। तर निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले सवा दुई अर्ब रुपैयाँको जग्गा खरिद गर्दा … Continue reading आयल निगमले गर्यो भ्याटबिनै सवा अर्बको कारोबार
२०७४ मा घर भत्काएका जोडी
मनोज–मीना हास्य कलाकार मनोज गजुरेलले २०७४ सालमा आफ्नी श्रीमती मीना गजुरेल ढकालसँग सम्बन्ध विच्छेद गरेका हुन्।२२ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू अलग्एिका हुन्। यो जोडीका दुई सन्तान छन्। रीमा–रोबर्ट अभिनेत्री रीमा विश्वकर्माको वैवाहिक सम्बन्ध पनि यसै वर्ष टुंगिएको हो। विवाह भएको दुई वर्ष नपुग्दै उनी बेलायत बस्ने रोबर्ट विश्वकर्माबाट टाढिएकी हुन्। कार्य व्यस्तताले गर्दा रीमाले … Continue reading २०७४ मा घर भत्काएका जोडी
