काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,’ बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले भने, … Continue reading सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैनः प्रकाशमान सिंह
बालुवाटारमा केपी–प्रचण्ड वान टु वान : होला त सहमति ?
काठमाडौं : एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकतामा देखिएका विवादित विषय मिलाउन बालुवाटारमा वान टु वान वार्तामा बसेका छन् । बिहिबार बिहानबाट वान टु वान मा बसेका दुवै नेता तीन घण्टासम्म पनि बाहिर निस्केका छैनन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जनयुद्ध, निर्वाचन चिन्ह र … Continue reading बालुवाटारमा केपी–प्रचण्ड वान टु वान : होला त सहमति ?
सिन्डिकेटवाला यातायात व्यवसायी एक्लिँदै, मजदुर र यातायात कम्पनीहरूले साथ छाडे
सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् । उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि … Continue reading सिन्डिकेटवाला यातायात व्यवसायी एक्लिँदै, मजदुर र यातायात कम्पनीहरूले साथ छाडे
यातायात कम्पनीहरू उत्रिए सिन्डिकेटको विपक्षमा
सरकारले सिन्डिकेट नियन्त्रण गर्दै यातायात समिति खारेजीको निर्णय गरेपछि यातायात प्रालि सञ्चालकहरू उत्साही देखिएका छन् । लामो समयदेखि समितिको सिन्डिकेट झेल्दै आएका उनीहरू अब स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउनेमा आशावादी देखिएका छन् । पहिले सरकार बलियो नहुँदा लामो समय दुःख झेल्नुपरेको नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष वामदेव खनालले बताए । ‘पहिले पनि सिन्डिकेट गर्न नपाउने … Continue reading यातायात कम्पनीहरू उत्रिए सिन्डिकेटको विपक्षमा
नक्कली फैसला प्रकरण : ‘गम्भीर र अक्षम्य अपराध’…
नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको बताउँदै बिचौलिया गिरोह नियन्त्रणमा लिई कारबाही गर्न बुधबार सर्वोच्च अदालतले प्रहरी निकायलाई निर्देशन दिएको छ । नक्कली फैसला र आदेशबाट बिचौलियाले न्यायमा विचलन एवं अन्तर्राष्ट्रिय समुदायद्वारा अदालतलाई परिपत्र गरेको समाचार प्रकाशित भएपछि सर्वोच्च गम्भीर बनेको हो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले बुधबार यस विषयमा … Continue reading नक्कली फैसला प्रकरण : ‘गम्भीर र अक्षम्य अपराध’…
कमजोर देखिन थालेपछि ३ पदाधिकारी मनोनयनतर्फ देउवा…
पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ । तर, १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दा समेत मनोनयन गरेका छैनन् । मनोनयनलाई लिएर … Continue reading कमजोर देखिन थालेपछि ३ पदाधिकारी मनोनयनतर्फ देउवा…
किन काटियो मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन ?
सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन कल निषेध गरिएको सूचना सुनाइन्छ । टेलिफोन शुल्क बेलैमा … Continue reading किन काटियो मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन ?
स्वैच्छिक अवकासको सट्टा ‘घरपायक जागिर’ का लागि आवेदन आह्वान
स्वैच्छिक अवकाश योजना स्थगित गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा चाहने निजामती कर्मचारीलाई १८ वैशाखसम्म निवेदन दिन समय दिएको छ । कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारीसहित अवकाश रोज्नेलाई घरपायक उपहार दिने नयाँ रणनीति ल्याएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले … Continue reading स्वैच्छिक अवकासको सट्टा ‘घरपायक जागिर’ का लागि आवेदन आह्वान
‘मे १’ को मजदुर दिवस : ‘वाम’ एकता को अर्को ‘तारिख’ !
एमाले-माओवादीबीच कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ । एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी र सरकारको नेतृत्वको विषयले प्रवेश पाएपछि पूर्वघोषित मितिमा दुई पार्टीबीचको एकता सम्भावना टरेको दाबी उनीहरूको छ । दुई पार्टीबीच … Continue reading ‘मे १’ को मजदुर दिवस : ‘वाम’ एकता को अर्को ‘तारिख’ !
बैंकबाट धमाधम पैसा निकाल्दै यातायात समितिहरु…
सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकै पटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीन वटा बैंक प्रयोग गरी करिव ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता … Continue reading बैंकबाट धमाधम पैसा निकाल्दै यातायात समितिहरु…
