सुर्खेत : उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘सिन्डिकेटका पक्षपातीहरुले … Continue reading व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
घरमा डोजर चल्दा प्रदेश ५ को संसद वैठक प्रभावित
बुटवल : सडक क्षेत्र मिचेर बनेका घरमा डोजर चलाउन विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि प्रदेश ५ को प्रदेश सभा बैठक प्रभावित भएको छ । बुटवल खयरघारी स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा वैठक हल छ । बुटवलको चौराहा देखि चिडिया खोला सम्म सडक क्षेत्र मिचेर बनेका ३ सय बढी घरमा डोजर लगाएर … Continue reading घरमा डोजर चल्दा प्रदेश ५ को संसद वैठक प्रभावित
भारत: बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
उत्तरी भारतको एउटा विशेष अदालतले एकजना धर्मगुरु आशारामलाई १६ वर्षीया बालिकाको बलात्कारमा दोषी ठहर गरेको छ। सतहत्तर वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ भइरहेको छ। आशारामले धार्मिक प्रवचन दिने गर्छन् र उनले १९ वटा देशमा ४०० वटा आश्रम बनाएका छन्। विश्वभरि आफ्ना चार करोड भक्त रहेको … Continue reading भारत: बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै
जुम्ला : जुम्लामा व्यवसायिक स्याउ खेती फष्टाउँदै गएको छ । डाँडा पाखामा पनि स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै गएको छ । चैत–वैशाखको समयमा जुम्लाका बगैँचाहरु स्याउ तथा आरुको फूलले सेम्तामे भएका छन् । घरवरिपरी र डाँडापाखामा स्याउका फूलले ढकमक्क ढाकेको छ । पछि पनि किसानहरु बगैँचामा जान निकै रमाउछन् । उनीहरुलाई यो बेला … Continue reading स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै
सरकारको आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु
काठमाडौं : सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि स्पष्ट … Continue reading सरकारको आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु
शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग घेराउ
भक्तपुर : निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । भक्तपुरको सानोठिमी स्थित विभागको कार्यालयमा १० बज्नु अघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा … Continue reading शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग घेराउ
९,००० नेपालीलाई फिर्ता पठाउँदै अमेरिका
अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै ९ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियान अन्तर्गत अस्थायी आवास स्वीकृति जसलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस)भनिन्छ) पाएका ९ हजार नेपाली आप्रवासीलाई आउँदो वर्षको जुनदेखि घर फर्काउने तयारी गरेको … Continue reading ९,००० नेपालीलाई फिर्ता पठाउँदै अमेरिका
धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- डोको र कोदालो बोक्न तयार छु
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- … Continue reading धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- डोको र कोदालो बोक्न तयार छु
इरान पारमाणविक कार्यक्रमबारे नयाँ सम्झौता हुन सक्छः ट्रम्प र म्याक्रो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने बताएका छन्। इम्यानुएलसँग ह्वाइट हाउसमा गरिएको कुराकानीपश्चात्, ट्रम्पले म्याक्रोंसँगको वार्तापछि ‘केही ठूलो, सम्भवतः सम्झौता हुन सक्ने बताए। म्याक्रोंले नयाँ सम्झौताले इरानको बलिस्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने बताए। इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय सम्झौताबाट … Continue reading इरान पारमाणविक कार्यक्रमबारे नयाँ सम्झौता हुन सक्छः ट्रम्प र म्याक्रो
प्रदेश प्रहरी र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमाः प्रचण्ड
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रहरीको हेडक्वार्टर र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय निकाय चितवनमा स्थापना हुने बताएका छन् । बुधबार बिहान छोरी रेणु दाहालको निवासमा पत्रकारहरु सँग अन्तर्क्रिया गर्दै प्रचण्डले प्रदेश प्रहरीको हेडक्वार्टर चितवनमा राख्ने तयारी भैसकेको जानकारी दिए । उनले राष्ट्रपति चुरे संरक्षण परियोजनाको मुख्य निकाय पनि चितवनमा नै … Continue reading प्रदेश प्रहरी र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमाः प्रचण्ड
