जमिन फाट्यो काठमाडौंमै, ४ घर भत्किए, १४ घर धरापमा…

बूढानिलकण्ठ नगरपालिकाअन्तर्गत विष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । जमिन फाटेकाले थप १४ घर समेत धरापमा परेकाले १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । … Continue reading जमिन फाट्यो काठमाडौंमै, ४ घर भत्किए, १४ घर धरापमा…

‘अस्वीकृत प्रधान न्यायाधीश’ जोशीले छाडे सरकारी निवास

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझदेखि बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । प्रधान न्यायाधीशमा प्रस्तावित भई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि २० साउनदेखि उनी ‘बिदा’ मा छन् । चैत ५ देखि प्रधान न्यायाधीश निवास बालुवाटारमा बस्न थालेका जोशी बिहीबार धुम्बाराहीस्थित आफ्नै निवासमा सरेका हुन् । चैत १ मा तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीको … Continue reading ‘अस्वीकृत प्रधान न्यायाधीश’ जोशीले छाडे सरकारी निवास

सीमा क्षेत्रमा भारतीय सेनाको फेरि यस्तो दादागिरी !

सीमावर्ती गाउँमा बस्ने राजापुर– ६ का गोपाल चन्द आइतबार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । उता, माछा मार्न हिँडेका बेला भदौ ५ … Continue reading सीमा क्षेत्रमा भारतीय सेनाको फेरि यस्तो दादागिरी !

एकता नटुंगिँदै पूर्वएमालेभित्र भाँडभैलो, समानान्‍तर कमिटी चलाउने चेतावनी

पार्टी एकता नटुंगिँदै पूर्वएमालेभित्र फेरि विवाद चरमचुलीमा पुगेको छ । केही समय मत्थरजस्तै भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीचको फेरि विवाद सुरु भएको हो । पार्टी एकतको पूर्वसन्ध्यामा पहिलो पटक एउटै गाडीमा यात्रा गरेका ओली र नेपाल जिल्ला तहको एकतासम्म आईपुग्दा पुरानै ठाउँमा पुगेका छन् । नेपाल समूहका नेताहरुले सार्वजनिक रुपमै … Continue reading एकता नटुंगिँदै पूर्वएमालेभित्र भाँडभैलो, समानान्‍तर कमिटी चलाउने चेतावनी

‘गोप्य मन्दिर’ बनाउन गुहारिँदैछ विदेशी… !

‘आगम्छे मन्दिर’ हनुमानढोका दरबारभित्रको ‘गोप्य मन्दिर’ मध्येमा पर्छ । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्द नै छ । ‘तान्त्रिक दीक्षा’ पाएका बाहेक कोही पनि छिर्नु नहुने मान्यता रहेको मन्दिर जीर्णोद्धार गर्न भने पुरातत्त्व विभागले जापानलाई जिम्मा दिने तयारी गरिरहेको छ । जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् । … Continue reading ‘गोप्य मन्दिर’ बनाउन गुहारिँदैछ विदेशी… !

गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि………..!

गृहमन्त्री राम बहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ। पूर्वलडाकु लेनिन विष्टले गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले आफुलाई राज्यले थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै  आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गरेका छन् … Continue reading गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि………..!

काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको यस्तो छ समझदारी

नेपाल–भारतबीच काठमाडौं–रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ‘ब्रोडगेज लाइन’ सम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो । प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो । एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई ‘सर्भे’ गर्ने … Continue reading काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको यस्तो छ समझदारी

बिमस्टेक सम्मेलनको अाज दोस्रो दिन, कस्तो छ तालिका ?

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन शुक्रबार समापन छ । बिहिबार उद्घाटन भएको सम्मेलन शुक्रबार काठमाडौं घोषणा पत्र तय गर्दै समापन हुन लागेको हो । सम्मेलनको दोस्रो दिन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको … Continue reading बिमस्टेक सम्मेलनको अाज दोस्रो दिन, कस्तो छ तालिका ?

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई दिनसम्म चलेको सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षका लागि श्रीलंकाका … Continue reading १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

कञ्‍चनपुरमा फेरि १६ वर्षीया किशोरी बलात्कृत

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न हत्यारा पक्राउ नहुँदै कञ्चनपुरमा अर्को बलात्कारको घट्ना भएको छ। १६ वर्षीया एक किशोरी बिहीबार राति सामूहिक बलात्कारको शिकार भएकी प्रहरीले जनाएको छ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ की १६ वर्षकी किशोरी बलात्कारको शिकार भएकी हुन्। किशोरीको घरमा बिहीबार राति पूजाको कार्यक्रम रहेको र सोही कार्यक्रममा सहभागी हुन आएकाले घरबाट बाहिर लगेर … Continue reading कञ्‍चनपुरमा फेरि १६ वर्षीया किशोरी बलात्कृत