चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौं – नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।

बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेर समूहका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् ।

चार वर्षमा मुलुकभर चार हजार ४४५ महिला बलात्कृत भएका छन् । तीमध्ये १० देखि १६ वर्ष उमेरका एक हजार ३००, १० वर्षमुनिका ८२० बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४५१ र २० वर्षभन्दा माथिका एक हजार ५१६ जना रहेका छन् ।

Credit : janasanchar.com

नेकपाका केन्द्रीय सदस्य आजाद गिरफ्तार

पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र उक्त पार्टीको  शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै अाएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पारिवारिक स्रोतका अनुसार केसीलाई भक्तपुरमा रहेको आफ्नै डेराबाट मंगलबार अपराह्न प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले नेता केसीलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन । कोठामा बसीरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

प्रचण्ड-आली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै मानवअधिकारकर्मी, नेपाली कांग्रेसलगायतहरुले विरोध गर्दै अाइरेका छन् । यो भन्दा पहिले नेकपाका चार जना पोलिट ब्युरो सदस्य पदम राई, ओम पुन, कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त)लाई विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

Credit : janasanchar.com

हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी, नियन्त्रण प्रयास हुँदै

मकवानपुर । हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले  हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।

 

बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ । हेटाैंडा उपमहानगर र अायल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले अहिले अागाे नियन्त्रणको प्रयास गरिरहेका छन् ।

Credit : janasanchar.com

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको निवासमा छापा

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको निवासमा प्रहरीले छापा मारेको गरेको छ । प्रवक्ता प्रकाण्डको काठमाडौंको कपनस्थित निवासमा आज बिहान प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले छापा मारेको हो ।

प्रहरीले प्रकाण्डको निवासभित्र छिरेर लत्ता कपडा र सर सामान यत्रतत्र फालिदिएको बताइएको छ । सो घरमा प्रकाण्डको आफन्त कोहि नरहेको र जनयुद्धका शहिद परिवारका बालबालिका बस्ने गरेको बुझिएको छ ।

Credit : janasanchar.com

सांसद पालले लुटियो भनेको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !

सांसद निरु पालमाथि पेस्ताल ताकिएको भनिएको कुरा एक हप्ता वितिसक्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । उनले आफुमाथी पेस्तोल ताकिएको र आफ्नो मोबाइल लुटिएको बताकी थिइन । तर अनुसन्धानमा उनले आफ्नो लुटियो भनेको मोबाइलको नम्बर अनुसार लोकेशन उनको आफ्नै कोठातिर चलेको देखाएको  छ ।

उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र उनीसँग रहेको आइफोन लुटिएको थियो ।

Credit : janasanchar.com

भारतद्वारा नेपाली सीमामा एकतर्फी सडक निर्माण

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए ।

सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी ९टनकपुरदेखि एक हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढी०लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।

उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताउनुभयो । “विसं २०४०÷४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उहाँले भन्नुभयो, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।”

भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब एक हजार ३०० मिटर सडक बनाउँदैछ । टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीको बीच भागमा रहेको ३ नं सिमास्तम्भ हराएको हो ।

“दशगजा र नेपाल–भारत सीमाको वास्ता नगरी भारतले सडक निर्माण गरिरहेकाले हामीले स्थानीय प्रशासन र नगरप्रमुखलाई यसबारे खबर गरेका छौँ” वडाध्यक्ष नाथले भने, “नेपाली पक्षसीत समन्वय गरेर मात्र भारतले सडक निर्माण गर्नुपर्छ ।” उनले सो क्षेत्रमा सीमाक्षेत्र निर्धारण गर्न माग गरे ।

मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ । – रासस

Credit : janasanchar.com

आफु गिरफ्तार हुनुको कारण खुलाए नेकपाका प्रबक्ता प्रकाण्डले (हेर्नुस भिडियो)

हिजो मंगलबार राति गिरफ्तारीमा परेका नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले आफुले  देशमा बढिरहेको चरम महंगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध संघर्ष गरेकाकारण आफुलाई गिरफ्तार गरी हत्कडी लगाइएको बताएका छन् l

आफुलाई मुद्दा चलाउन प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित गराउंदा त्यहाँ उपस्थित पत्रकारहरुसंग कुराकानी गर्दै प्रबक्ता प्रकाण्डले त्यस्तो कुरा बताएका हुन् l

उनले वर्तमान राज्य सत्ता दलाल पूँजीवाद, साम्राज्यवाद र घरेलु दलालहरुद्वारा निर्देशित सत्ता भएको बताउँदै त्यसलाई भत्काउनुको विकल्प नरहेको दाबी गरे । उनले आफु कम्युनिष्ट भएकै कारण पक्राउ गरिएको पनि बताए

जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् ।

प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Credit : janasanchar.com

रास्ट्रघाती नागरिकता ऐन संशोधन विधेयक संसद्‌मा दर्ता

झन्डै दुई-तिहाइ बहुमत रहेको वर्तमान केपी ओली नेतृत्वको वाम सरकारले रास्ट्रघाती नागरिकता ऐन संशोधन विधेयक बुधबार संसद्‌मा दर्ता गरेको छ ।
सन् १९५० को सन्धिपछि लाखौँ नेपाली नागरिक भारतमा नागरिकताबिहीन भएर बाँचिरहेका छन l तर २०६४ सालको मधेश आन्दोलान पछी जन्मका आधारमा नेपाली नागरिकता लिएका लाखौँ भारतीय नागरिकलाई बंशजका आधारमा नागरिकता दिने गरी  वाम सरकारले रास्ट्रघाती नागरिकता ऐन संशोधन विधेयक बुधबार संसद्‌मा दर्ता गरेको हो  ।
यदि बिदेशी नागरिकले बंशजको आधारमा नेपाली नागरिकता पाए भने उनीहरुलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्री जस्ता महत्वपुर्ण पदमा पुग्ने अधिकार हुन्छ र अन्य नेपाली नागरिकसरहका सबै अधिकार प्रयोग गर्न पाउँछ l त्यस्तो अबस्थामा नेपालको निर्णायक तहमा भारतीय नागरिक पुगेमा के हुन्छ ? सबैले सोंच्ने र बेलैमा बिरोध गर्ने बेला भएको छ l
सरकारले संसदमा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक अनुसार, संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई सरकारले वंशज नागरिकता दिने भएको छ । २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिक मानिने व्यवस्था गर्न लागिएको छ l
यदि यस बिधेयक ससदबाट पारित भै ऐनका रुपमा नेपालमा लागु हुने हो भने मधेश आन्दोलानपछि जन्मका आधारमा नेपाली नागरिकाता लिएका करीब ४० लाख भारतीय नागरिकहरुले नेपाली नागरिकता बंशजका आधारमा पाउनेछन l यसरी नागरिकता लिएका अधिकांश भारतीय नागरिक नेपालको प्रदेश नम्बर २ मा बस्ने गरेका छन् l प्रदेश नम्बर २ मा नेपाली नागरिकताधारी भारतीय नागरिकको बाहुल्यता भयो र त्यस प्रदेशमा हुने हरेक चुनाबमा नेपाली नागरिकताधारी भारतीय नागरिक बिजयी भए भने नेपालको नक्शाबत प्रदेश नम्बर २ हट्ने खतरा रहन्छ l
अन्तरिम संविधान जारी हुनुअघि सरकारले मधेसी दलको आग्रहमा जन्मका आधारमा २१ लाखलाई नागरिकता दिएको थियो । मधेसी दल, नेकपा र कांग्रेसका मधेसी नेताले जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई दबाब दिँदै आएका थिए । उनीहरूको माग पूरा गर्न सरकारले नागरिकता ऐन, २०६३ संशोधन गर्न लागेको हो ।
  • गैरआवासीयलाई राजनीतिक अधिकार बिनाको नागरिकता
  • नेपाली आमाबाट जन्मेका, तर बाबुको पहिचान नखुलेका व्यक्तिलाई नागरिकता
  • विदेशी पुरुषसँग बिहे गरेका महिलालाई समेत नागरिकता
  • बसाइँ सरे नयाँ नागरिकता
  • लिंग परिवर्तन गरे सच्याउन पाउने

नेपाली आमाबाट जन्मेको, नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई समेत वंशजकै आधारमा नागरिकता दिइने भएको छ । ‘निजको बाबुको पहिचान हुन नसकेको पुस्ट्याइँसहित निज वा निजका आमाले स्वघोषणा गर्नुपर्ने हुन्छ’ विधेयकमा भनिएको छ । तर बाबु विदेशी नागरिक भएको ठहरिए त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता रद्द हुनेछ । बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको घोषणा गरे त्यस्ता व्यक्तिको नागरिकतालाई अंगीकृतमा परिणत गरिने प्रावधान विधेयकमा छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको अंगीकृत नागरिकता लिन सक्ने व्यवस्थासमेत विधेयकमा छ । नेपाली महिलाले नेपालको नागरिकता प्राप्त गर्नुभन्दाअघि विदेशीसँग विवाह गरेकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नपर्ने व्यवस्था गरिएको छ । त्यस्ता महिलाले नागरिकता पाउन पतिको देशको नागरिकता नलिएको वा त्याग गरेको प्रमाण पेस गर्नुपर्ने छ ।

नागरिकतामा अब प्रदेशसमेत खुलाइने छ । नागरिकताको एकभन्दा बढी प्रमाणपत्र लिन नहुने प्रावधान राखिएको छ । विधेयकमा भनिएको छ, ‘कसैले पनि तोकिएबमोजिम प्रतिलिपि लिनबाहेक नेपाली नागरिकताको एकभन्दा बढी प्रमाणपत्र लिन हुँदैन । तर नेपालको एक ठाउँबाट बसाइँ सरेर अर्को ठाउँमा गएको व्यक्तिले पछिल्लो बसोबास गरेको स्थानको ठेगानाबाट नागरिकता लिन चाहेमा सम्बन्धित कार्यालयले निजले पहिले लिएको नागरिकताको प्रमाणपत्र खिचेर अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।’

नागरिकता बनाएपछि उमेर पनि सच्याउन सक्ने व्यवस्था छ । सच्याउन चाहने व्यक्तिले नागरिकता लिएको एक वर्षभित्र निवेदन दिनुपर्नेछ । नागरिकत लिइसकेपछि लिंग परिवर्तन गरेमा परिवर्तित लैंगिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र लिन सकिने प्रावधान थप गरेको छ । सम्बन्धित अधिकारीले आवश्यक प्रमाण बुझेर पहिले लिएको नागरिकताको प्रमाणपत्र लिएर अर्को दिन सक्ने व्यवस्था थप गरेको हो ।

नागरिकतामा लिंग उल्लेख गर्नुपर्ने ठाउँमा महिला वा पुरुष वा अन्य उल्लेख गरी खुलाउनुपर्नेछ । झूटो विवरण दिएर नागरिकता लिने व्यवस्थालाई निरुत्साहित गर्न कडाइ गरिएको छ । झूटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई तीन महिनादेखि एक वर्ष ६ महिनासम्म कैद वा दस हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

सरकारले गैरआवासीय नेपालीलाई पनि नागरिकता दिने भएको छ । विदेशी नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेका नेपालीलाई यो सुविधा दिन लागेको हो । विगतमा वंशज वा जन्मका आधारमा बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नागरिकता दिन लागिएको हो । राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने गरी ऐन संशोधन गर्न लागिएको हो ।

तर नागरिकता पाउन पाँच आधार पूरा गर्नुपर्ने हुन्छ । नागरिकता पाएपछि मतदानमा सहभागी हुनेबाहेकका अधिकार पाउने गरी ऐन संशोधन गर्न लागिएको हो । संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था छ । नागरिकता लिन गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।

Credit : janasanchar.com

समाज कल्याण परिषदका सदस्यसचिव भट्ट भ्रष्टाचार आरोपमा निलम्वित

समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी पछी छानबिनका लागि भन्दै उनलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेको हो l

भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।

भट्टलाई निलम्बनमा परेपछी  मन्त्रालयको सहसचिव बीरबहादुर राईलाई समाज कल्याण परिषदका सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ । यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदमा धेरैको आकर्षण हुने गर्दछ ।

Credit : janasanchar.com

नेपाली सेनाका मेजर थापा गिरफ्तार, सैनिक हिरासतमा राखी अनुसन्धान शुरु

प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा शान्ति मिसनबाट भर्खरै फर्किएका सेनाका मेजर राजेश थापालाइ सेनाले पक्राउ गरी सैनिक प्रहरी हिरासतमा राखेको छ ।

नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको नयापेज डट कमले जनाएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करीब ४० लाख रुपैयाँभन्दा बढी उठाएको आरोप उनलाई लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

उनी यसअघि एमटी गणको सहायक गणपति हुँदा उनले पैसा उठाएको आरोप लागेको हो । सेनाले उक्त घटनाको छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ । सहायकरथी सीताराम खड्काको नेतृत्वमा बनेको समितिले घटनाको अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।

थापा भर्खरै मात्र शान्ति सेनाको मिसनबाट फर्किएका थिए ।

Credit : janasanchar.com