पोखरा – पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित लामगादी देखि गगनगौडा जोड्ने सडक निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माण गर्ने क्रममा ढल निकासका लागि बनाइएको नालीमा चरम लापरवाही गरेको भन्दै लामगादिका स्थानीयले आरोप लगाएका छन् ।
नाला निर्माण गर्न आरम्भ देखिनै चरम लापरवाही गरी गुणस्तरहिन सामग्री प्रयोग गरिएको स्थानीयको तर्क छ । स्टिमेटमा नाला बनाउन सोलिंग गरेर ढलान गर्नुपर्ने भनीएपनि ठेगेदारले सोलिंग नगरी माटो बिछ्याईएको र त्यसैमाथि ढलान गरिएको पाएपछि स्थानीय जनताले निगरानी गर्दै उक्त्त काम मापदण्ड अनुसार गर्न आग्रह गरेका थिए । भने नाला बनाउदा माटो मिसिएको चोकर, बालुवा प्रयोगमा ल्याईएको समेत बताए ।
यस्तै स्थानीय जनताले सोहि गाउँका बासिन्दा तथा वडा सदस्यलाई उक्त कार्यको बारेमा जानकारी गराउँदा “उक्त कार्य राम्रोसंग भएको साथै सो कार्यको ग्यारेण्टी म लिन्छु” भन्ने तर्क आएको एक स्थानीयले जनसंचारलाई बताए ।
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा खटिएका एकजना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर सख्त घाइते भएका छन् । सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सैनिक जवान २२ वर्षीय ध्रुव चन्द बिहीबार ड्यूटीमा रहेका बखत असावधानीवश आफूले बोकेको बन्दुक पड्किएर घाइते भएका हुन् ।
ड्यूटीमा रहेका जवान चन्दले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत काठमाडौँ लगिएको छ ।
आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए ।
डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए । ‘अवस्था गम्भीर छ, तर काठमाडौं उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन’, उनले भने ।
घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए ।
प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । सोही क्रममा सादा पोशाकमा रहेका एक जना प्रहरी तथा तीन जना डाक्टरहरु घाइते भएका छन्।
प्रहरीले विद्यार्थीमाथि बल प्रयोग गर्ने क्रममा विद्यार्थीसँगै सादा पोसाकमा बसेका प्रहरी जवान कमल उपाध्यायमाथि गोली लागेको त्यहाँ उपस्थित विद्यार्थीले बताए। तर जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपन दाहालले भने गोली नचलेको बताए। उनले सादा पोशाकमा रहेका आफ्ना प्रहरी जवानको छातिमा सिसाको टुक्रा पसेको दाबी गरे।
यस्तै प्रहरीले बल प्रयोग गर्दा तीन जना डाक्टर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डा. सन्दिप श्रेष्ठ, डा. सिद्धार्थ खाती र उमेश काफ्ले छन्। उनीहरू सबैको अहिले प्रतिष्ठानकै बेडमा राखेर उपचार भइरहेको प्रतिष्ठानकी नर्स सपना साहीले जानकारी दिइन्। यस्तै प्रहरीको लाठी प्रहारबाट दर्जनौ विद्यार्थी र विरामी कुरूवा घाइते भएका छन्। घाइतेहरुले अहिले प्रतिष्ठानको इमर्जेन्सी वार्ड भरिएको छ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं लिन गएको सरकारी टोली, प्रहरी तथा केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको उनीहरूले बताए।
डा गोविन्द केसीसम्म प्रहरीलाई पुग्न नदिन अस्पतालको सिँडी र हलमा विद्यार्थीहरू बसेका थिए। सिँडीको चेन गेट लगाएका थिए। प्रहरीले लाठी चार्ज गरेर सिँडीका विद्यार्थीलाई तितरवितर पारेको थियो। सोही क्रममा प्रहरीले गोली चलाएको बिद्यार्थीहरुले दाबी गरेका छन्। तर जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपन दाहालले भने गोली नचलेको बताए। उनले सादा पोशाकमा रहेका आफ्ना प्रहरी जवानको छातिमा सिसाको टुक्रा पसेको दाबी गरे।
पोखरा, ३ साउन २०७५ । गण्डकी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनका करीब १९ जना विद्यार्थी नेताहरुलाई प्रहरीेले गिरफ्तार गरेको छ । ग्रहरीको गिरफ्तारीमा पर्ने विद्यार्थी नेताहरुमा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा र केन्द्रीय सदस्यद्वय संगीत लामिछाने र नरेन्द्र विक रहेका छन् । त्यस्तै नेपाल बिध्यार्थी संघका केन्द्रिय सदस्यद्वय भानु ढकाल र पशुपति भट्टराइ लगायत १५ जना बिध्यार्थीहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रदेशसभामा सम्बोधन गर्न पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा प्रवेश गर्न लागेका प्रधानमन्त्री ओलीलाई उनीहरुले कालो झण्डा देखाएका थिए । गोबिन्द केसिको अनशनमा बामसरकारले गरेको धरपकडको बिरोधमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको बिद्यार्थी नेताहरुले जानकारी दिएका छन्।
बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको ध १ ज १४९ नम्बरको जिप गलकोट नगरपालिका-९ रिघामा सडक छेउमा बुधबार बेलुकी साँढे ६ बजे पल्टिँदा १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
जिपमा सवार नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । गम्भिर घाईते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेेेका छन । अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक मनबहादुर विकले जानकारी दिए ।
घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए ।
अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ । अन्य घाईते निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेेउनी छन । उनिहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ
मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए। ‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्। श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।डा. केसीको अवस्था गम्भीर रहेको खबर शिक्षामन्त्री हुँदै नेकपाका नेताहरुसम्म पुगेपछि बालुवाटारमा आकस्मिक बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले डा. केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै भोलि नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको छ । साथै आफ्ना मुद्दा सम्बोधन नभएसम्म डा. केसीले अनसन नतोड्ने भएकाले उनका मागबारे खुला छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए l
चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेन ।
कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।
बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको ध १ ज १४९ नम्बरको जिप गलकोट नगरपालिका-९ रिघामा सडक छेउमा बुधबार बेलुकी साँढे ६ बजे पल्टिँदा १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
जिपमा सवार नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए । अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ ।
मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।
सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँबराबरको हतियार किन्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र गोलीगट्ठा खरिद गर्ने उल्लेख गरिएको छ ।
रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार ६ हजार चार सय ९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ छुट्याइएको छ । यसमा हतियारको मेसिनरी औजार पनि समेटिएको छ । यसैगरी, यो आवमा पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन भएको रक्षाको प्रतिवेदनमा उल्लेख छ ।
तीन हेलिकोप्टर र जहाज खरिद गरिँदै
असारसम्म दुईवटा एमआइ १७ भी ५ हेलिकोप्टर, एउटा मिडियम भिभिआइपी हेलिकोप्टर, एउटा फिक्स विङ जहाज, दुईवटा ट्रेनर जहाज खरिदका लागि सम्झौता भइसकेको छ । यीमध्ये यो वर्ष एउटा मेडियम भिभिआइपी हेलिकोप्टर (इटालियन), एउटा इन्डोनेसिएन फिक्स्ड विङ जहाज, दुईवटा अमेरिकी ट्रेनर जहाज ल्याइनेछ । दुईवटा रसियन एमआइ१७भी ५ हेलिकोप्टर अर्को वर्ष मात्रै प्राप्त हुने रक्षाको प्रतिवेदनमा उल्लेख छ ।
सैनिक सामग्री उत्पादनका लागि ७.६२ एमएम गोली उत्पादनका लागि मेसिन खरिद प्रक्रिया सुरु भएको छ । यसैगरी, डबल बेस प्रोपेलान्ट प्रोडक्सन प्लान्ट किन्ने प्रक्रिया सुरु भएको रक्षा मन्त्रालयले जनाएको छ । सरकारले आगामी असारभित्र राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने, कात्तिकभित्र कार्यदल गठन गर्ने र मस्यौदा तयार गर्ने छ । साभार नया पत्रिका दैनिक
आफुलाई द्वन्द्वात्मक भौतिकवादी र अति जातिवादी चिन्तन भएको व्यक्तित्वको रुपमा चिनाउन चाहने लेखक एबम राजनीतिककर्मी दिल निशानी मगर अन्तत: चिरपरिचित सविता माता उर्फ सरु शर्मा आचार्यको शरणमा पुगेका छन् । बेला बेलामा पटक पटक आफ्नो लेखकाकारण बिबादित उनी आफैंले सबिता माताको चरणमा पुग्नु परेको कारण बारे आफ्नो फेसबुकमा सार्वजनिक पनि गरेका छन् l
उनले रबि लामिछाने , गाई काटेको घटना , धर्मुस सुन्तलि बारे बोलेको कुराले सामाजिक सञ्जालमा अत्यन्तै आलोचना खेप्नु परेको थियो ।
अति जातिवादी चिन्तन राख्ने मगर यतिबेला सबिता माताले भनेको जस्तै गरिरहेका छन् l उनी बिहानै उठ्छन र सबिता माताले दिएको रातो टिका निधारमा लगाउछन् l टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्छन् ।
एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरले सबिता माताले भनेको यसै मानेका भने रहेनछन l बिगतमा आफुले भोगेका कुराहरु स्पस्टसंग बताएकी सबिता माताले उनको भबिष्य बारे अनौठो र आशा लाग्दा भाबिश्यवाणी गरेकाले दिल निशानी मगरले माताको भनाईलाई मानेर पछ्याएका रहेछन l
दिल निशानी मगरको बिगत बारे बताउंदै सबिता माताले पानीको सट्टा बियर खाने गरेको तथा विदेश गएर आएको बताएकी थिइन l त्यति मात्र हैन, मगर फेरी विदेश जाने योग रहेको भाबिश्यवाणी पनि सबिता माताले गरेकी छिन l
जातीय पहिचानको पक्षमा कडा रुपमा प्रस्तुत हुने लेखक दिल निशानी मगरलाई अझै पनि राजयोग रहेकाले बाहुन क्षेत्रीको संगत गर्न सल्लाह दिएकी छिन l राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग रहेको बताएकी सबिता माताले ‘ठूलो मान्छे बन्ने र सबैले मान्ने हुने भए क्षत्रीबाहुनको साथमा हिँड्नू ।’ भनेकी छिन l त्यति मात्र हैन बाहुन क्षेत्रीको साथमा नहिंडे ठूलो मान्छे बन्न नसक्ने चेतावनी सबिता माताले लेखक दिल निशानी मगरलाई दिएकी छिन l
सबिता माताले ‘पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस्’ भनेर भाबिश्यवाणी गरेकाले उनले आफ्नो फेसबुकमा आफुलाई आजकल ‘एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ ।’ भनेका छन् l हाल पैसा नकामाउनुको कारण भने माताले मगरमा घुमफिर गर्ने योग रहेको बताएको खुलाएका छन् । ‘अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो ।’ भनेर आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् l
सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ’ भनेर सबिता माताले लेखक दिल निशानी मगरलाई चेतावनी दिएकी छिन l उनले मगरलाई दिएको चेतावनीका बारेमा यस्तो लेखेका छन्, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन् । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुनेछ ।’ ‘जति मुद्दामामिला चलेपनि फैसला भने दिल निशानी मगरकै पक्षमा हुने’ भबिष्यवाणी सबिता माताले गरेकी छिन l
अति जातिवादी चिन्तन त्यागेर सबिता माताको सल्लाह र भविष्यमा ठुलो मान्छे आश बोकेका दिल निशानी मगरले ‘हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । ‘ भनेका छन् l उनले आफु ब्रह्मचारीको बाटोमा रहेको बताउंदै जोगी, साधुसन्तको मार्गमा लागेको आफ्नो स्टाटसमा उल्लेख गरेका छन्
उनले लेखेको स्टाटस जस्ताको त्यस्तै
पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस् भन्नुभएको छ उहाँले । त्यसैले होला, एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ । अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो । हालसाल पैसा कमाउन नसक्नुको कारण चाहिँ मेरो घुमफिर गर्ने योग छ रे । एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरको आत्मालाई सही ठेगानामा ल्याउन सविता माताजीले धेरै प्रयास गर्नुभएको छ । उहाँको त्यो प्रयासलाई म उच्च प्रशंसाले सम्मान गर्न चाहन्छु । हरेक बिहान उठेर निधारमा रातो टीका लगाउने गरेको छु, जुन टीका माताज्यूले नै दिनुभएको छ । टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्न भन्नुभएको छ । शायद फेसबूकबाटै थाहा पाउनुभयो कि कडा भविष्यवाणी गरेर थाहा पाउनुभयो विदेश गएर आउनुभएको रहेछ, फेरि जाने योग छ भन्नुभयो । पानीको सट्टा बीयर खानु हुँदोरहेछ भन्नुभयो । सारै खुशी लाग्यो यो कुरा मिलेको सुन्दा । यसको मतलब यो हैन कि अरू मिल्दै मिलेनन् । सविता माताले भन्नुभयो, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । केकस्तो हो सत्य भनेर सोध्नुभयो ।’ अनि भन्नुभयो, ‘जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन्’ भन्नुभयो । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुने भनेर घोषणा गर्नुभयो । ‘जति मुद्दामामिला चलेपनि फैसला भने तिम्रै पक्षमा हुने’ समेत बताउनुभयो । कांग्रेसका केही नेताहरू जस्तो कि बालकृष्ण खाँड, कमला पन्त, गगन थापा लगायतका नेताहरूले कांग्रेसको भविष्य बलियो बनाउने माताको उद्घोष छ । सविता माताले मेरो हौसला बढाउँदै भन्नुभयो – ‘तिमीले राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग थियो, तर लाइन बिगारेको रहेछ । अझै पनि राजयोग देखिन्छ’ भन्नुभयो । तिमी ठूलो मान्छे बन्ने थियौ, सबैले मान्ने थिए तर यसका लागि क्षत्रीबाहुनको साथमा हिँड्नू । तिमी क्षत्रीबाहुनको साथमा हिँडेनौ भने ठूलो मान्छे बन्न सक्दैनौ भन्नुभयो । पाठकहरूलाई लाग्ला, निशानीले हावा कुरा लेख्यो भनेर । सोध्नुहोस् सविता मातालाई – उहाँले यो कुरा भन्नुभएकै हो कि तिमी ठूलो मान्छे बन्न क्षत्रीबाहुनको संगत गर्नू भनेर । सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ भन्नुभयो । र यो पनि भन्नुभयो – पहिलोभन्दा दोस्रो घरबार राम्रो छ भनेर । दोस्रो घरबार नानीको आमासँग हुने र उसले बहुत माया गर्ने भन्नुभयो । यसमा मेरो भने फरक विचार छ । अहिलेसम्म माताले भनेको बाटोमा छैन म । हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । तर ब्रह्मचारीको बाटोमा छु, जोगी, साधुसन्तको मार्गमा छु । खै, ६ वटी नखरमाउलीसँग कसरी बिहे सम्भव होला र, यार ? (दिल निशानीका निजि बिचार हुन्)
नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ । मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग गराउने भनेको थियो । सोही कार्यान्वयनको लागि केन्द्रिय बैंकले सुचना जारी गरेर आजबाट अलग गरेको जनाएको छ । आजकै मितिबाट लागु हुने गरी धनगढीको नवजीवन सहकारी संस्था, काठमाडौ क्षेत्रपाटीको सगुन सहकारी संस्था, बानेश्वरको नेपाल सहकारी वित्तिय संस्था, सर्लाहीको द साहारा लोन सेभिङ कोअपरेटिभ सोसाइटी, काभ्रेको विन्दबासिनी सहकारी सँस्था, कुलेश्वरको महिला सहकारी संस्थाको अनुमति पत्र रद्द भएको हो । यस्तै सहकारी वित्तिय विकास संस्था, मनकामना सहकारी संस्था, भेरी सहकारी वित्तिय संस्था, विकु बचत तथा ऋण सहकारी संस्था,स्टार बहुउदेश्यीय ऋण तथा सहकारी संस्था, हिमालय सहकारी संस्था र उपकार ऋण तथा बचत सँस्था गरी १४ वटा सहकारीको पनि अनुमतिपत्र रद्द भएको छ ।