त्रिशूलीमा खस्यो ग्यास बोकेको कन्टेनर

एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडक खण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार एचआर ६९ पी ६९७३ भारतीय नम्बरको कन्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कन्टेनर नदीले बगाएर जुगेडी ल्याई पुर्‍याएको जनाइएको छ ।

प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कन्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

Credit : newskoseli.com

कारबाहीमा परेका एसपीलाई ‘प्रवल जनसेवा श्री’पदक

प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरेको छ।

प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु-याएका व्यक्तित्वलाई विभिन्न विभूषण एवम् मानपदवीबाट विभूषित गरेकी हुन्। यसैक्रममा एसपी माझी पनि ‘प्रवल जनसेवा श्री’बाट विभूषित भएका हुन्। एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन्।

पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना ‘गुपचुपु मा मिलापत्र गरेकोमा घटना भएको एक महिनापछि छानबीन भएको थियो। एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए।

तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआईजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो। छानबिन समितिको सिफारिसअनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

बलात्कार घटनामा संलग्न भएको आरोपमा बालिकाका प्रेमी धरान वडा नं. ८ का ३६ वर्षीय जोकम सुब्बा र जोकमका साथी विराटनगरका मनिष भन्ने जीवन श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

Credit : onlinepana.com

घुसको सहित नापी कार्यालयका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित एक जनालाई पक्राउ गरेको छ। धनुषाको नापी कार्यालयमा एकजना सेवाग्राहीसँग काम गराइदिन्छु भन्दै १५ हजार घुस मागेका एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय बर्दिबासका खटिएको टोलीले धनुषा नापी कार्यालयका जञ्जीरदार पदमा कार्यरत यादवलाई १५ हजार घुससहित पक्राउ गरेको हो।

गाउँ ब्लकको जग्गा पासको नाममा जञ्जिरदार यादवले सेवाग्राहीको गाउँमै गई १५ हजार घुस लिर्दै गर्दाको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ गरिएका यादवलाई थप अनुसन्धानका लागि प्रादेशिक कार्यालय बर्दिबास लगिएको जनाइएको छ।

Credit : raranews.com

हङकङसँग नेपाल पराजित

मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ ।

जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो । झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।

यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो ।

६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्ने थियो भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो ।

नेपाल यसअघि ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।

Credit : raranews.com

सिकागोमा नेपाली नेशनल कन्भेन्सन

अमेरिका- ‘नेपाली समुदायको लागि एकता’, भन्ने नाराका साथ नेपाली नेशनल कन्भेन्सन सिकागोमा सुरू भएको छ। अमेरिकामा रहेका नेपालीहरुको पुराना तीनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, कांग्रेस नेता विश्वप्रकाश शर्मा, नेपाली महाबाणिज्यदुतहरु प्रेमराजा महत, ऋषि ढकाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरे। नेपालको विज्ञान प्रविधिको विकासको लागी अत्यावश्यक मानिएको आविस्कार केन्द्रको बारेमा छलफल गरेर सहयोग गर्न चाहानेले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रममा लागानी फोरम, नेपालको पर्यटन प्रवर्धन सम्बन्धी सेमिनार, रोजगारी फोरम, र स्थानीय संस्थाहरुसंग सहभागीता जस्ता महत्वपूर्ण सत्रहरु राखिएको छ।

कार्यक्रममा नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न हुने सम्मेलनका प्रमुख संयोजक एवं अन्मा अध्यक्ष बाला घिमिरेका अनुसार सम्मेलनमा अमेरिकाभरीका विभिन्न संघ संस्थाका प्रतिनीधि, बुद्धिजिवी, उद्यमी र सामाजीक अभियन्ताहरुको उपस्थिती रहेको छ।

Credit : raranews.com

मिस वल्र्डमा भक्तपुरको गाईजात्रा

भक्तपुरको गाईजात्रामा रमाएकी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन् । चीनको सान्यामा डिसेम्वर ८ (मंसिर २२ गते शनिबार) मा हुने मिस वल्र्ड प्रतियोगितामा उनले गाईजात्राको क्लिप्स लैजाने भएकी हुन्।

यसअघि नै उनले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृतचित्र लाने योजना बनाइसकेकी थिइन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरूले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको व्युटी विथ पर्पाेज पनि हुने गर्दछ।

नेपालका संस्कृति पनि झल्किने अनि अरुको भन्दा फरक पनि देखिने भएकोले आफनो पूर्व योजनामा गाईजात्राको क्लिप पनि थपेर लान खोजेको उनले सुनाइन्।

Credit : raranews.com

१५ महिनादेखि विमानस्थल बन्द

रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।

गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ ।

गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमाडौं लानु परेको स्थानीय गोपाल रेग्मीले बताए ।

विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताए ।

Credit : raranews.com

जापानमा २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधी

टोकियो, भदौ १९ । जापानमा २५ वर्ष यताको शक्तिशाली समुद्री आँधीको मार परेको छ भने अधिकारीहरूले १० लाखभन्दा बढी मानिसहरूलाई आआफ्नो घर छाडी सुरक्षित स्थलतर्फ जान भनेका छन्।

जेबी नाम दिइएको उक्त शक्तिशाली समुद्री आँधी दक्षिणी क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो र त्यसले ठूलो वर्षाका साथै १७२ किलोमिटर प्रतिघण्टाको वेग भएको हावाहुरी पनि ल्याएको थियो।

ओसाका खाडीमा आँधीले एउटा ट्याङ्करलाई उडाएर पुलमा ठोकाइदिएको थियो भने क्योटोमा एउटा रेल स्टेशनको छत खसेको छ। जापानी समाचार संस्था क्योदोका आँधीबेहरीका कारण कम्तीमा दुई जनाको ज्यान गइसकेको छ। तर आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा त्यसको शक्ति घट्दै जाने अनुमान छ।

स्थानीय समयअनुसार मङ्गलवार मध्याह्नतिर उक्त आँधी शिकोकु टापुको जमिनको सम्पर्कमा आएको थियो। त्यसपछि त्यो जापानको ठूलोमध्येको होन्शु टापुमा फैलिएको थियो। अधिकारीहरूले ठूला समुद्री छाल, डुबान र पहिरोको जोखिम हुने चेतावनी दिएका छन्।

आँधीका कारण दशौँ हजार मानिसहरूको घरको विद्युत् आपुर्ति अवरुद्ध भएको छ र  अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ जान भनिसकेका छन्। समाचार संस्था क्योदोका अनुसार सन् १९९३ मा ४८ जना मारिने वा बेपत्ता हुने गरी आएको शक्तिशाली आँधीयता यो जेबी आँधीलाई देशको मौसम पूर्वानुमान निकायले ुउच्च शक्तिशालीु वर्गमा राखेको छ।

आँधीका कारण सयौँ हवाई सेवा, रेल तथा डुङ्गा सेवाहरू रद्द गरिएको छ। ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग डुबानमा परेको छ। प्रधानमन्त्री शिन्जो आबेले एउटा आपत्कालीन बैठक डाकेर मानिसहरूलाई ूआफ्नो जीउज्यानको रक्षा गर्न आवश्यक कदम चाल्न र बेलैमा सुरक्षित स्थानमा ठाउँ सर्न र तयारीहरू गर्नू आह्वान गरेका छन्।

जापानमा नियमित रूपमै ठूला आँधी र तुफानहरूको मार पर्ने गर्छ र यो ग्रीष्म याममा उक्त देशले निकै नै खराब मौसमको सामना गर्नु परेको छ। गत जुलाईमा पहिरो र ठूलो स्तरको बाढीका कारण २०० जना भन्दा बढीले ज्यान गुमाउनु परेको थियो। त्यस लगत्तै त्यहाँ चरम गर्मीको लहर चलेको थियो। बीबीसी

Credit : raranews.com

नेपाल पाकिस्तानसग दुई एक गोलले पराजित

साफ च्याम्पियनसीप फुटवलको पहिलो खेलमा नेपाल पाकिस्तानसग पराजित भएको छ । मोहम्मद अलिले दोस्रो हाफको इन्जुरी समयमा उत्कृष्ठ गोल गरेपछि नेपाल पाकिस्तानसग एकका विरुद्ध दुई गोलले पराजित भएको हो । डि बक्समा अनमार्क रहेका अलिले हेडमार्फत गोल गरेका हुन् ।

बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा अग्रता पनि पाकिस्तानले लिएको थियो । खेलको ३६ औं मिनेटमा पाकिस्तानले पेनाल्टीबाट अग्रता लिएको हो । विराज महर्जनले पाकिस्तानी खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई हसन नविद बसिरले गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

Credit : raranews.com

भदौ २४ देखि खुल्ने भयो दशैंको लागि अग्रिम टिकट बुकिङ

यो वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आउँदो २४ गतेबाट खुल्ने भएको छ । दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले टिकट बुकिङ खोल्न लागेको हो ।

उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दशैं मनाउन बाहिरिने गर्दछन् । यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको हो ।

सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ । देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने अनुमान गरिएको छ ।

तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो ।

यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

यो वर्षको दशैंको टीका आउँदो कार्तिक २ गते परेको छ भने असोज २४ गते घटस्थापना छ । घटस्थापनका लागि दिनदेखि अग्रिम टिकट बुकिङ गरेको सवारी चल्ने गर्दछन् ।

Credit : onlinepana.com