माटोको ढिस्कोले पुर्दा १ जनाको मृत्यू २ घाइते

बर्दियाको मधुवन नगरपालिका वडा ५ स्थित डाडे सामुदायिक वनमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

घर लिप्ने माटो लिन गएका मध्ये २५ बर्षिया गणेश शाहीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । त्यस्तै २१ बर्षिया गर्भवती शुर्जा शाही र २६ बर्षिया शुस्मिता वि।क। घाईते भएका छन ।

घाइते शुर्जाको खुट्टामा गम्भिर चोट लागेको प्रत्यक्षदर्शीको भनाई छ । मंगलबार बिहान माटो झिक्ने क्रममा घटना भएपछि संगै गएका अन्य महिलाले घाइतेको उद्धार गरेका थिए ।

Credit : onlinepana.com

नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्।

फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्‍यो। तर, दूतावासबाट प्राप्त फैसला र आदेश दुवै हेर्दा जिल्ला अदालतका कर्मचारी आश्चर्यचकित भए।

यतिसम्म कि आदेशमा उल्लेख भएका न्यायाधीशको नाम कहीँ-कतै भेटिएन। आदेशको कानुनी ढाँचा र व्यहोरा पनि मिलेको देखिएन।

जिल्ला अदालतका न्यायाधीश दीनानाथ पाठकको एकल इजलासले बच्चा विदेश लैजान लेखेको भनिएको मञ्जुरी आदेश पूरै फर्जी रहेको पत्ता लाग्यो।

दूतावासमा जोशीको सम्बन्धविच्छेदलाई आधिकारिकता दिने गरी ०७० साल कात्तिक १४ गते आदेश भएको व्यहोरासहित निवेदन पेस भएको रहेछ। कल्पनाका पति भनिएका रामचन्द्र जोशीसँग ०६९ साल वैशाख १९ गते सम्बन्धविच्छेद भएकाले उनीहरूबाट जन्मेका नाबालक छोरा प्रदेशराज र सेवकराजलाई बेलायत लैजान कुनै बाधा नरहेको सो आदेशमा उल्लेख छ।

सोही प्रकरणमा फैसला गर्ने भनिएका अर्का न्यायाधीश दीपकराज पन्त पनि त्यो समयमा अदालतमा नरहेको रेकर्डबाट देखिन्छ। पन्तको नक्कली नाममा ०६९ साल वैशाख १९ गते फैसला लेखिएको छ। पन्तकै फैसलाका आधारमा नक्कली न्यायाधीश पाठकले मञ्जुरीका लागि आदेश दिएको फर्जी कागजातबाट देखिन्छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Credit : onlinepana.com

अदालतलाई नै चक्मा दिँदै कल्पना जोशीले देखाइन यस्तो लज्जास्पद हर्कत, निहुरियो सबै नेपालीको शिर

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् ।

फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्‍यो। तर, दूतावासबाट प्राप्त फैसला र आदेश दुवै हेर्दा जिल्ला अदालतका कर्मचारी आश्चर्यचकित भए।

यतिसम्म कि आदेशमा उल्लेख भएका न्यायाधीशको नाम कहीँ-कतै भेटिएन। आदेशको कानुनी ढाँचा र व्यहोरा पनि मिलेको देखिएन। जिल्ला अदालतका न्यायाधीश दीनानाथ पाठकको एकल इजलासले बच्चा विदेश लैजान लेखेको भनिएको मञ्जुरी आदेश पूरै फर्जी रहेको पत्ता लाग्यो।

दूतावासमा जोशीको सम्बन्धविच्छेदलाई आधिकारिकता दिने गरी ०७० साल कात्तिक १४ गते आदेश भएको व्यहोरासहित निवेदन पेस भएको रहेछ। कल्पनाका पति भनिएका रामचन्द्र जोशीसँग ०६९ साल वैशाख १९ गते सम्बन्धविच्छेद भएकाले उनीहरूबाट जन्मेका नाबालक छोरा प्रदेशराज र सेवकराजलाई बेलायत लैजान कुनै बाधा नरहेको सो आदेशमा उल्लेख छ।

सोही प्रकरणमा फैसला गर्ने भनिएका अर्का न्यायाधीश दीपकराज पन्त पनि त्यो समयमा अदालतमा नरहेको रेकर्डबाट देखिन्छ। पन्तको नक्कली नाममा ०६९ साल वैशाख १९ गते फैसला लेखिएको छ। पन्तकै फैसलाका आधारमा नक्कली न्यायाधीश पाठकले मञ्जुरीका लागि आदेश दिएको फर्जी कागजातबाट देखिन्छ।

‘यो फैसलाको आधिकारिकताका विषयमा दूतावासले सोधेको थियो। हामीले त्यो नामको न्यायाधीश पनि छैन, फैसला पनि भएको होइन भनेर जवाफ पठायौं’, काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मदनराज भट्टराईले भने, ‘त्यो नाम भएको न्यायाधीश यहाँ मात्र होइन, कहीँ-कतै छैन।’

त्यसैगरी, स्याङ्जा मनकामना-५ की रिनु गुरुङ र बुटवल नगरपालिका(५ का डम्बरकुमार गुरुङबीच सम्बन्धविच्छेदको नक्कली फैसला हङकङ पुगेको छ। हङकङको अध्यागमन विभागले त्यहाँस्थित नेपाली कन्सुलेट जनरलसँग यसबारे जानकारी मागेपछि १ जुन २०१७ मा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको छ।

हङकङ अध्यागमनको पत्रअनुसार पुस ३० गते परराष्ट्रको कन्सुलर सेवा विभागले काठमाडौं जिल्ला अदालतलाई यसको आधिकारिकताबारे सोध्यो। न्यायाधीश शिवनारायण यादवको इजलासले गरेको भनिएको फैसलाको राय किताब हेर्दा अदालतका कर्मचारी नै छक्क परेका छन्।

अदालतले कन्सुलर सेवा विभागलाई पुस २ गते लेखेको पत्रमा भनिएको छ, ‘तत् सम्बन्धमा वादी रिनु गुरुङ प्रतिवादी डम्बरकुमार गुरुङबीच २०६४, ०८.०६ मा मिलापत्र भएको भनिएको सम्बन्धविच्छेद मुद्दा यस अदालतको मुद्दा दर्ता दायरी तथा माननीय न्यायाधीश श्री शिवनारायण यादवको राय किताबमा हेर्दा दर्ता तथा मिलापत्र भएको नदेखिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’

फैसला भएको भनिएको मितिमा न्यायाधीश यादवलाई तोकिएको पेसी सूचीमा वादी-प्रतिवादीको नामसमेत छैन।

काठमाडौं जिल्ला अदालत मुद्दा दर्ता शाखाका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार अस्ट्रेलियाबाट ‘भेरिफाई’ गर्न एक महिनाअघि पठाइएको एक फैसला पनि नक्कली रहेको पुष्टि भएको थियो। खत्रीले भने, ‘यहाँ जेलमा थुनामा रहेका व्यक्तिलाई छुटाउन अदालतको तहसिलको पत्र भनेर नक्कली पत्रसम्म कारागारमा पेस भएछ।’

खत्रीले मालपोतबाट रोक्का जग्गा फुकुवा गर्न नक्कली आदेश तयार गर्ने एउटा गिरोहलाई गत वर्ष समातेर थुना पठाएको जानकारीसमेत दिए। ‘बिचौलिया खोज्दा भेटिँदैन। बाहिरैबाट यस्तो काम भएको छ,’ उनले भने।

काठमाडौं बार एसोसिएसनका अध्यक्ष लक्ष्मण थपलियाले पनि ‘नोटरी ट्रान्सलेसन’ गर्नेले आफूलाई अदालतका न्यायाधीशबारे सोध्ने गरेको बताए। ‘उनीहरूले कहिलेकाहीं अदालतमा फलानो न्यायाधीश छ कि छैन भनेर सोध्ने गर्छन्। तर, प्रयोजन नबताउने गरेका कारण सन्देह हुन्छ’, नक्कली फैसलाका कारण अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि धमिलिने बताउँदै थपलियाले भने, ‘कानुन व्यवसायीबाट पनि कमजोरी भएको छैन भन्न सकिन्न। सबै सजग रहनुपर्ने अवस्था छ।’

काठमाडौं अदालतका स्रेस्तेदार कृष्ण नेपालले नक्कली फैसला र आदेश गर्ने गिरोह नियन्त्रणमा लिन ‘इन्टेलिजेन्स ब्युरो’ र ‘अपराध अनुसन्धान ब्युरो’ को सक्रियता आवश्यक रहेको बताए। यस्तो गिरोहलाई समातेर तर्साउनुपर्ने भनाइ उनको थियो।

‘न्याय मात्रै होइन। यस्ता कामले मुलुकका समग्र क्षेत्रलाई असर पाछर्,’ नेपालले भने, ‘नेपालमा सही न्याय हुँदैन भनेर अन्तर्राष्ट्रिय निकायमा गलत सन्देश पुगे आर्थिक विकासमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ।’अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

Credit : onlinepana.com

नेविसंघद्वारा निषेधाज्ञाको विरोध, जुनसुकै स्थानमा पनि प्रदर्शन गर्न पाउनुपर्ने माग

नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ ।

नेविसंघले प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

सो अवसरमा नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसघ नेता निरन्जन थापाले जानकारी दिए ।

केन्द्रीय सदस्य भट्टले अधिकारीले बाचन गरेको ज्ञापनपत्रको विषयबस्तुमाथि प्रकाश पारेका थिए । विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै जिप्रका काठमाडौंले प्रदर्शन गर्न ७ स्थान तोकेको थियो ।

प्रशासनले खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको हो ।

Credit : onlinepana.com

उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी, निहुँ– गाडी भाडा नपाएको…

रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज ठप्प भएको छ । नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवले नै नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरिदिएकी हुन् ।

उपप्रमुको तालाबन्दीको विरोधमा गर्दै सोमबार नगरपालिकाका सबै शाखाहरूमा उपभोक्ता समितिले तालाबन्दी गरिदिएको छ । वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीका कारण नगरपालिकाका सबै कार्यतालिका प्रभावित भएका छन् ।

कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले आफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग गर्दै आएको बताएका छन् । नगरपरिषद् तथा नगरकार्यपालिकाको निर्णयविपरीत आफूले रकम दिन नसकेपछि उपप्रमुखले आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएदिएको उनले बताए ।

आफ्नो कार्यकक्षमा तालाबन्दी गरेपछि उपप्रमुखको नेतृत्वमा वडा– ३ का अध्यक्ष अकारामुद्धिन नाउ मुसलमान, वडा– ७ का अध्यक्ष ध्रुव यादव र वडा– १० का अध्यक्ष रामजान अन्सारी आर्इ निवास समेत छोड्न भन्दै धम्की दिएपछि सुरक्षाका लागि आफू भैरहवामा बस्दै आएको पौडेलले बताए ।

नगरपालिकामा भएको एउटा गाडी कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको र तत्काल गाडी खरिद गर्ने स्रोत नभएको भन्दै नगरपरिषदको निर्णयबाट नै नगरप्रमुखले साउनदेखि मासिक १ लाख रुपैयाँ भाडा तिरेर गाडी प्रयोग गर्दै आएको पौडेलले बताए । नगरप्रमुख चौधरीले प्रयोग गर्दै आएको बा १७ च ६०९ नम्बरको गाडीभाडाबापत सोही नगरपालिकास्थित पडरिया निवासी बसिउल्लाह मुसलमानको नाममा १ लाख रुपैयाँको चेक काट्ने गरिएको जानकारी लेखाप्रमुख आलोक बानियाँले दिए ।

नगरप्रमुखले गाडी भाडावापत रकम पाउने भएपछि उपप्रमुखले पनि आफूलाई गाडीभाडा रकम दिन दबाब दिँदै आएकाले विवाद चर्केको बानियाँले बताए । प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको आम्दानी–खर्च प्रत्येक महिना पेस नगरेको, बोर्डको निर्णयबिना कर्मचारी भर्ना गरेकोलगायतका आरोप उपप्रमुख श्रीवास्तवले लगाएकी छन् ।

कार्यालयमा विषयगत कार्यालयहरूको समेत जिम्मेवारी थपिएपछि कामको चापका कारण एक जना अस्थायी कर्मचारी नियुक्त गरिएको दावी नगर अधिकृत पौडेलले गरे । कामको चाप र आवश्यकता हेरी कामचलाउ कर्मचारी राख्ने अधिकार नगर अधिकृतलाई रहेको भन्दै सोही बमोजिम आफूले एक जना कर्मचारी राखेको उनले बताए ।

Credit : newskoseli.com

पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै

तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का नेता माधव नेपालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका हुन् । वैशाख १० गते विमोचन गर्न लागिएको सो पुस्तकमा २०७२ मा गएको विनासकारी भूकम्पपछिका वास्तविक घटनाक्रमहरुलाई मुख्य रुपमा प्रस्तुत गरिएको जानकारी लेखक पन्थीले दिएका छन् ।

विशेषतः भूकम्पपछि जनताले भोग्नुपरेको समस्या, गर्नुपरेको संघर्ष, विपतका बेला झल्किएको जीवनको अर्थ, आशा र नयाँ सुरुआतलगायतका विषयवस्तुलाई मर्मस्पर्षी रुपमा पुस्तकमा समेट्ने कोशिस गरिएको पन्थीले बताए ।

पछिल्लो समय अमेरिकामा बसेर खोज पत्रकारितामा संलग्न पन्थीले आफ्नो पुस्तकको विमोचन भने नेपालबाटै गर्दैछन् । न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक समेत रहेका पन्थी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् ।

उनले विशेषतः अमेरिकी अध्यागमन, नेपाली समुदायका मुद्धाहरु एवं सामाजिक विषयमा कलम चलाउँदै आएका छन् ।

Credit : newskoseli.com

बलिउडकी यी अभिनेत्रीले हजारौको भिडमा खाईन् थप्पड… (हेर्नुहोस् भिडियो)

एजेन्सी। दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले हालै हजारौंको संख्यामा भीडको सामाना गर्नुपर्यो । उनी हालै चेन्नइमा स्क स्टोरको उद्घाटनका लागि पुगेकी थिइन् । जहाँ उनको उक झलक पाउनको लागि हजारौंको संख्यामा भीड जम्मा भयो । भीडको बीचमा सुरक्षाकर्मीले उनलाई स्टोरसम्म पुर्याएका थिए ।

हंसिकाको यो भिडियो फ्यानहरुबीच निकै भाइरल भइरहेको छ । उनी स्टोरको सिढी चढ्दै गर्दा एक फ्यानले उनलाई हातपात गर्दै सार्वजनिक रुपमै उनलाई थप्पड हाने । जसका कारण हंसिकाले आफ्नो गाला हातले ढाकिन् ताकि अरु कसैले यस्तो गर्न नसकोस् ।

भिडियो हेर्नुहोस् ।

Credit : ekantipur.news

फेसबुक चलाउने ८ करोड ७० लाख व्यक्तिहरुको डाटा चोरिएको बिषयमा के के भने जुकरबर्गले.. हेर्नुहोस्

आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । उनलाई १० घन्टासम्म सिनेट र कंग्रेसमा राखेर प्रश्न सोधिएको थियो । जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक प्रयोगकर्ताका प्रोफाइल विवरण लिएर तेस्रो पक्षले क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक कन्सल्टेन्सीलाई उपलब्ध गराइएको खुलासा केही समयअघि भएको थियो । यसले गर्दा उक्त डाटाको प्रयोग गरी सन् २०१६ को चुनाव नतिजा बदल्ने काम भएको कुराले अमेरिकाको राजनीतिक वातावरण तातेको छ । यसैगरी, फेसबुकको प्रयोगबाट रुसले उक्त अमेरिकी चुनावमा हस्तक्षेप गरेको अपजस पनि फेसबुकमाथि लागेको छ । उक्त घटनाका कारण फेसबुक प्रयोगकर्ताको गोपनीयतामाथि नै ठूलो प्रश्चचिह्न खडा भएको छ । अमेरिकी कंग्रेसका विभिन्न सिनेटरहरूले जुकरबर्गलाई सोधेका केही प्रश्न यहाँ प्रस्तुत गरेका छौँ :

सिनेटर नेल्सनः प्रयोगकर्ताका डाटा चोरी भएको काण्ड अत्यन्तै निराशाजनक हो । यो आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषय मात्र नभएर फेसबुकको लापरबाही हो । क्याम्ब्रिज एनालिटिकाले यति ठूलो संख्यामा प्रयोगकर्ताको डाटा जम्मा गरेको थाहा पाइसकेपछि पनि सम्बन्धित प्रयोगकर्तालाई डाटा चोरीबारे किन जानकारी गराइएन ?

जुकरबर्गः सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले कुनै तेस्रो पक्षको एपबाट हाम्रा प्रयोगकर्ताको डाटा प्रयोग गरेको थाहा पाएपछि हामीले त्यसविरुद्ध कदम चलायौँ । उक्त तेस्रो पक्षको एपलाई तत्कालै हटायौँ । एप निर्माता र क्याम्ब्रिज एनालिटिकालाई जम्मा गरेका डाटा डिलिट गर्न भन्यौँ । प्रत्युत्तरमा आफूहरूले डाटा डिलिट गरेको जानकारी उनीहरूले दिए । तर, उनीहरूलाई विश्वास गर्नु नै हाम्रो गल्ती भयो । धोका दिए । हामीले आफ्नो तर्फबाट अनुसन्धान गर्नुपथ्र्याे । अब भविष्यमा फेरि यस्तो गल्ती हुन दिनेछैनौँ ।

सिनेटर नेल्सनः उक्त घटनाप्रति तपार्इंले माफी त माग्नुभयो, तर डाटा चोरी भएको विषयमा प्रयोगकर्तालाई जानकारी गराउनुभएन । जानकारी गराउने नैतिक जिम्मेवारी तपार्इंको हो कि होइन?

जुकरबर्गः सिनेटर महोदय, क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताका डाटा हटाइसकेको र आफूले प्रयोग नगरेको जानकारी हामीलाई दिएपछि उक्त विषय टुंगिएको महसुस हामीले गर्‍यौँ । त्यही हाम्रो गल्ती भयो । उनीहरूलाई पत्याउनु हुँदैनथ्यो । अहिले हाम्रो नीतिमा परिवर्तन गरेका छौँ । यस्तो गल्ती फेरि नदोहोरियोस् भन्नका लागि हामी प्रतिबद्ध छौँ ।

सिनेटर ट्युनः फेसबुकले गोपनीयतासँग जोडिएका गम्भीर प्रश्नको सामना गरेको यो पहिलो घटना पक्कै होइन । वायड म्यागेजिनका अनुसार आफ्नो कमजोरीका कारण प्रयोगकर्ताको गोपनीयता भंग भएसँगै फेसबुकले विगत १४ वर्षदेखि माफी माग्दै आएको छ । यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको पनि एक दशकभन्दा बढी भइसक्यो । यस्तोमा तपार्इंले यसपटक मागेको माफी अगाडिभन्दा कसरी भिन्न छ ? फेसबुकले प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्छ भनेर कसरी विश्वास गर्ने ?

जुकरबर्गः धन्यवाद अध्यक्ष महोदय । फेसबुक कम्पनी चलाइरहँदा हामीले धेरै गल्ती गरेका छौँ । मेरो विचारमा आफ्नो सानो कोठाबाट सुरु गरेको कम्पनी आजको स्थितिमा केही गल्ती नगरी आइपुग्न वास्तवमा असम्भव थियो । मानिसलाई एक–अर्काप्रति नेटवर्कका माध्यमबाट जोडिन सहयोग गर्ने सेवा हामीले सुरु गरेका हौँ । बारम्बार उही गल्ती नदोहोर्‍याउने कोसिस हामीले गरेकै हौँ । तर, हाम्रो सेवाको जुन प्रकृति छ त्यसले गर्दा व्यवस्थापन गर्न हामीलाई कठिन भएको हो । गोपनीयताका अलावा पनि झुटो समाचार र चुनावमा विदेशी हस्तक्षेप भएका घटानाहरूबाट निकै ठूलो भूमिका खेल्नुपर्ने महसुस गरेका छौँ । फराकिलो दायराबाट हाम्रो जिम्मेवारीलाई हेर्नुपर्ने हुन्छ । यी घटनापश्चात् भविष्यमा साँच्चै प्रयोगकर्ताले फरक महसुस गर्ने गरी समस्याको समाधान गर्न म प्रतिबद्ध छु ।

–हाम्रो जिम्मेवारी यति ठूलो होला भनेर सोचेनौँ । हामीबाट ठूलो गल्ती भयो । यो मेरो गल्ती
थियो । मैले नै फेसबुकको सुरुवात गरेकाले अहिलेसम्म जे भयो सबैको जिम्मा म लिन्छु । आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

-घृणा फैलाउने सामग्रीलाई फैलिनबाट रोक्न कृत्रिम बौद्धिकताको प्रयोग गर्दै आएका छौँ । तर, अंग्रेजीबाहेक पनि प्रयोगकर्ताले आफ्नो परिवेशअनुरूपको फरक–फरक भाषाको प्रयोग गर्ने अवस्थामा आपत्तिजनक सामग्रीको पहिचान गर्न अत्यन्तै कठिन छ ।

-सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले कुनै तेस्रो पक्षको एपबाट हाम्रा प्रयोगकर्ताको डाटा प्रयोग गरेको थाहा पायौँ । त्यसलगत्तै एप निर्माता र क्याब्रिज एनालिटिकालाई जम्मा गरेका डाटा डिलिट गर्न भन्यौँ । उनीहरूले डाटा डिलिट गरेको जानकारी दिए । तर, गरेनछन् । धोका दिए ।

सिनेटर ट्युनः वैधानिक राजनीतिक बहस र कसैप्रति घृणा फैलाउने अपशब्दलाई कसरी छुट्याउने भन्ने पनि चासोको विषय बनेको छ । कृत्रिम बौद्धिकता र अन्य केही प्रविधिमा मात्र फेसबुक आधारित भइरहेको सन्दर्भमा कसैप्रति लक्षित घृणा फैलाउने लेख तथा भनाइ प्रयोग भएको हो–होइन कसरी छुट्याउनुहुन्छ ?

जुकरबर्गः अध्यक्ष महोदय, यसको समाधानार्थ हालको कन्टेन्ट नीतिमा हामी व्यापक परिवर्तन गर्नेछौँ । घृणा फैलाउने सामग्रीलाई फैलिनबाट रोक्न कृत्रिम बौद्धिकताको प्रयोग गर्दै आएका छौँ । प्रयोगकर्ताले आपत्तिजनक तथा द्वेष फैलाउने शब्द प्रयोग भएको रिपोर्ट गरेमा तत्कालै त्यस्तो सामग्री हटाउँछौँ । निश्चित तहसम्मका आपत्तिजनक सामग्रीको पहिचान गर्न सक्ने कृत्रिम बौद्धिकताको विकासमा हामी लागेका छौँ । यसका साथै, सुरक्षा तथा कन्टेन्ट पुनरावलोकन गर्न यो वर्षको अन्त्यसम्म २० हजार मानिस खटाउने योजनामा छौँ । तर, अंग्रेजीबाहेक पनि प्रयोगकर्ताले आफ्नो परिवेशअनुरूपको फरक–फरक भाषाको प्रयोग गर्ने अवस्थामा आपत्तिजनक सामग्रीको पहिचान गर्न अत्यन्तै कठिन छ । आउँदो पाँचदेखि १० वर्षभित्र यस्तो समस्याको समाधान गर्न धेरै हदसम्म सफल हुनेमा म आशावादी छु ।

सिनेटर फेइन्सटेइनः गलत सूचना प्रवाहका लागि स्वचालित इन्टरनेट सफ्टवेयरको प्रयोग भएको छ । फेसबुकको दुरुपयोग गर्नेलाई कारबाही गर्न के काम गर्दै हुनुहुन्छ ?

जुकरबर्गः फेसबुकमा झुटो अकाउन्ट खोल्ने अनुमति छैन । यसका बाबजुद झुटो अकाउन्टको पहिचानका लागि हामीले प्राविधिक साधन विकास गरेका छौँ । झुटा रुसी अकाउन्टलाई हटाउने कार्यमा यस्ता साधनको प्रयोग भएका छन् । विश्वभर आउँदा दिनमा हुने चुनावमा झुटो अकाउन्ट प्रयोग हुन नदिनु हाम्रो प्रमुख प्राथमिकता हो ।

सिनेटर क्यान्टवेलः सन् २०१६ को राष्ट्रपति चुनाव दौरान क्याम्ब्रिज एनालिटिकाले ट्रम्पलाई सहयोग गरेको भन्नेमा तपार्इंको के धारणा छ ? त्यस प्रकारको सूचना प्रवाह गर्न फेसबुक कर्मचारीको प्रयोग भएको हो ?

जुकरबर्गः सिनेटर महोदय, विज्ञापनदाताले वा कुनै अभियानकर्ताले हाम्रो सेवा मागेको खण्डमा हामी सेवा दिन्छौँ । यस हिसाबले हेर्दा निर्वाचन अभियानमा हामीले ट्रम्पलाई सहयोग गर्‍यौँ ।

सिनेटर क्यान्टवेलः यसको मतलब ट्रम्प पक्षलाई चुनावमा सहयोग गरेको कुरा तपार्इंले स्वीकार गर्नुभयो ?

जुकरबर्गः सिनेटर महोदय, उक्त प्रश्नलाई पुनः दोहोर्‍याउनुहुन्थ्यो कि ? तपाईंले सोधेको प्रश्नको आशय बुझ्न चाहन्छु ।

सिनेटर क्यान्टवेलः सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्प अभियानको रणनीति बनाउन क्याम्ब्रिज एनालिटिकाले काम गरेको थियो र यस कार्यमा फेसबुकका कुनै कर्मचारीको संलग्नता भएको हो कि होइन ?

जुकरबर्गः सिनेटर महोदय, क्याम्ब्रिज एनालिटिकासँग हाम्रा कर्मचारीको संलग्नता भए–नभएको मलाई थाहा छैन । तर, व्यापारिक हिसाबमा अन्य कम्पनीलाई सहयोग गरेझैँ ट्रम्प अभियानमा सहयोग भने गरेका हौँ ।

सिनेटर क्यान्टवेलः त्यसो हो भने सो समयमा तपाईंका कर्मचारी फेसबुक कम्पनीमा काम गर्नुका साथै ट्रम्प अभियानमा पनि सहभागी भएको हुन सक्छ, होइन ?

जुकरबर्गः सिनेटर महोदय, अहिले नै मलाई केही थाहा छैन । यसबारे जाँचबुझ गरेर मात्र यहाँसामु केही बताउन सक्छु ।

सिनेटर लिहीः फेसबुकमा अझै पनि झुटा तथा भ्रामक पेजहरू छन् । सन् २०१६ को चुनाव बिथोल्न रुसी एजेन्टले प्रयोग गरेका फेसबुक पेजझैँ देखिन्छन् । यस्ता ग्रुप रुसी पक्षले प्रयोग गरेका हुन् कि होइनन् भन्ने यकिन गर्न सक्नुहुन्छ ?

जुकरबर्गः सिनेटर महोदय, गत साता हाम्रो विज्ञापन नीतिमा प्रमुख परिवर्तन गरेका छौँ । यसबाट हामीलाई विज्ञापन गर्ने हरेक विज्ञापनदाताको पहिचान गर्न सक्नेछौँ ।

सिनेटर हिलीः खास रुसी एजेन्टसँग सम्बन्धित पेजबारे मैले सोधेको हुँ । ती रुस सम्बन्धित पेज हुन् कि होइनन् ?

जुकरबर्गः त्यस्तो सामग्रीबारे म ठ्याक्कै जानकार छैन ।

सिनेटर लिहीः तर, तपार्इंले आफ्नो विज्ञापन नीति परिवर्तन गर्नुभएको छ । अब त पेजमा रुसी एजेन्टको संलग्नता भए–नभएको पत्ता लगाउन सक्नुहुन्छ नि ?

जुकरबर्गः त्यसका लागि हामी काम गरिरहेका छौँ । राजनीतिक विषयमा हामीलाई विज्ञापन दिने दाताहरूको पहिचान गर्ने कार्यमा लागिपरेका छौँ । अनेस्ट एड एक्टको मर्मअनुसार हामी काम गर्दै छौँ ।

सिनेटर लिहीः तर, मैले सोधेको प्रश्नको खास उत्तर दिन किन सक्नुभएन ?

जुकरबर्गः म..म त्यो खास विषयमा जानकार छैन ।

सिनेटर लिहीः ठीक छ । त्यसो हो भने यसको उत्तर खोजेर मसमक्ष ल्याउनुहुन्छ ?

जुकरबर्गः उत्तरसहित मेरो समूह तपाईंसमक्ष आउनेछ ।

सिनेटर विकरः फेसबुकले एन्ड्रोइड फोन प्रयोगकर्ताको कल तथा टेक्स्ट हिस्ट्री जम्मा गर्छ भन्ने कुरा बाहिर आएको छ, के यो साँचो हो ?

जुकरबर्गः सिनेटर महोदय, प्रयोगकर्ताका फेसबुक साथीहरूलाई मेसेज पठाउन हामीसँग मेसेन्जर नामक एप्लिकेसन छ । यो एपले प्रयोगकर्ताका टेक्स्ट मेसेजलाई सिंक्रोनाइज गर्ने अप्सन दिएको छ । यसरी सम्बन्धित साथीको मेसेज एउटै एपमा मोबाइल र मेसेन्जरको टेक्स्ट एकै ठाउँमा हेर्न सकियोस् भन्नका लागि गरिएको हो ।

सिनेटर विकरः दुवै मेसेज एकै ठाउँ राख्न सकिने अप्सन मात्र हो कि यो अप्सन प्रयोग नगर्न पनि सकिन्छ ?

जुकरबर्गः प्रयोगकर्ताले मोबाइल टेक्स्ट र मेसेन्जर एपलाई सिंक्रोनाइज गरेपछि मात्र मोबाइल टेक्स्टमा हाम्रो पहुँच हुन्छ ।

सिनेटर विकरः यसको अर्थ सो विकल्प नरोजेसम्म फेसबुकले प्रयोगकर्ताका कल तथा टेक्स्ट हिस्ट्री जम्मा गर्दैन, होइन त ?

जुकरबर्गः हो, ठीक भन्नुभयो ।

सिनेटर विकरः प्रयोगकर्ताले फेसबुक लग आउट गरिसकेपछि पनि फेसबुकले प्रयोगकर्ताको इन्टरनेट ब्राउजिङ एक्टिभिटी हेर्न सक्छ भन्ने रिपोर्ट पनि बाहिर आएका छन् । के यो साँचो हो ?

जुकरबर्गः सिनेटर महोदय, म..म यस विषयमा ठ्याक्कै भन्न सक्दिनँ । मेरो समूहसँगको छलफलपछि पक्कै केही भन्न सक्छु ।

सिनेटर विकरः तपार्इंलाई थाहा छैन ?

जुकरबर्गः फेसबुक प्रयोग गरिरहँदा मानिसले इन्टरनेटमा कुकिजको प्रयोग गर्छन् भन्ने मलाई थाहा छ । तर, तपार्इंले भनेको प्रश्नको उत्तरमा पहिले निश्चित हुन चाहन्छु ।

सिनेटर विकरः यसको उत्तर कहिले दिनुहुन्छ ?

जुकरबर्गः महोदय, यसका लागि फलोअप गर्नेछु ।

सिनेटर ग्राहमः इन्टरनेट उद्योगलाई नियमन गर्न आवश्यक नियम बनाउन हामीलाई सहयोग गर्नुहुन्छ ?

जुकरबर्गः पक्का गर्नेछु ।

सिनेटर ग्राहमः ठीक छ । त्यसो भए हामीलाई केही सम्भावित नियम पठाउनुहुन्छ ?

जुकरबर्गः हजुर । मेरो समूह तपार्इंहरूलाई सहयोग गर्न तयार छ । यसका लागि विभिन्न इन्टरनेट क्याटेगोरीसँग बसेर हामी बहस गर्न सक्छौँ । विभिन्न इन्टरनेट कम्पनीबीच बहसको आवश्यकता छ ।

सिनेटर ग्राहमः हामी प्रतीक्षामा छौँ ।

जुकरबर्गः हाम्रो जिम्मेवारी यति ठूलो होला भनेर सोचेनौँ । हामीबाट ठूलो गल्ती भयो । यो मेरो गल्ती थियो । मैले नै फेसबुकको सुरुवात गरेकाले अहिलेसम्म जे भयो, सबैको जिम्मा म लिन्छु । आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

– खसोखासबाट

Credit : ekantipur.news

भारतमा केहि नेपाली युवतिले एक युवकलाई नराम्रोसँग कुटपिट गरे, कारण थियो यस्तो

भारतको बैङलोर मा दुई नेपाली युवतीलाई एउटा युवकले लामो समय देखि सताइरहेका थिए । अति भएपछि उक्त नेपाली युवतिहरुले यस्तो सबक सिकाए कि शायद उसले अव कोही युवतिलाई जिस्काउने प्रयास गर्ने छैन । ति युवतिहरुका अनुसार राति राति युवतिहरुकै कोठाको झ्यालबाट चिहाउने गरेको बताएका थिए । ति युवतिहरुले उक्त युवकलाई कुटपिट गर्नुका साथै गिरफ्तार पनि गराएका छन् ।

पुलिसका अनुसार डीम्ड यूनिवर्सिटीबाट दुई युवतिहरु म्यानेजमेन्टको पढाइ गरिरहेको र उनिहरु बीटीएममा भाडामा बस्ने गरेको बताउछन् । आइतबार बिहान ५ बजे उनहरुको नेपालको फ्लाइट थियो । जब दुई जना मध्ये एकजना कपडा फेर्न लागिरहेका थिइन् त्यसबेला उनको नजर झ्यालमा चिहाइरहेको एक व्यक्तिमा पर्यो । त्यस्तो देखेपछि उनि चिच्याइन् र आफ्नो रूम पार्टनरको त्यी व्यक्तिका पछाडी पछाडी भागे । दुबैले आधा किलोमीटर सम्म लखेटेपछि ति युवकलाई पक्रन सफल भए । केहि समय कुटपिट गरेपछी पुलिसलाई फोन गरि यस बारेमा जानकारी गराए ।

पुलिसले पनि उनलाई गिरफ्तार गरी सोधपुछ गर्यो तर पहिले त उसले यो सबै झुठो भएको बतायो । पछि सिसिटिभिको फुटेजमा तिनको झुठ पक्रीयो । ति युवकको नाम जितेन्द्र हो भने आइपीसीको धारा ३५४ सि को बमोजिम मुद्दा दायर गरेको छ ।

Credit : ekantipur.news

म्याचका क्रममा स्टेडियममै भयो प्रीति जिन्टा र अनुष्का शर्माको भिडन्त …. देख्नेहरु हेरेको हेर्‍यै भए

शुक्रवार राती बेङ्गलुरूको एम.चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बैङ्गलोर र किङ्स इलेभन पन्जाब को बिचमा एउटा शानदार म्याच भएको थियो जसमा बिराटको टिमले यो सीजनमा आफ्नो जितको खाता खोलेको छ ।

विराटले मात्र २१ रन बनाउन सके पनि उनको टिमले अगिल्लो हार पछि खुसियाली मनाउन पाएको छ । जब मैदानमा खेलाडिहरुको टक्कर चलिरहेको थियो त्यही समयमा स्ट्याड्नमा पनि एउटा भिडन्त चलिरहेको थियो त्यो बलिउड सुन्दरीहरुको ‘खुसियालीको अन्दाज’ को भिडन्त ।

स्ट्याण्ड्समा चलिरहेको भिडन्तमा सामेल भएका मध्ये एक थिइन् किङ्गस् इलेभेन पन्जाबको सह-मालिक बलिउड अभिनेत्री प्रिटी जिन्टा गुडइनफ (प्रिटीले २ बर्ष अगाडी अमेरिकाको जीन गुडइनफसँग विवाह गरेकी थिइन्) भने अर्की थिइन् विराट कोहलीको श्रीमती अनुष्का शर्मा कोहली । आईपीएल हेर्न अनुष्का धेरै पटक आइसकेकी छन् तर पहिलो पटक मिसेज कोहलीको रुपमा भने पहिलो पटक आएकी थिइन् ।

अनुष्का जुन टीमको सपोर्ट गर्न पुगेकी थिइन् अन्तत त्यही टिमको जित भयो । खेलको समाप्ती सँगै यि दुई बलिउडका चर्चीत नायिकाहरु एक अर्का सँग कुराकानी गरेको देखियो कतिपय उनिहरुको हाउभाउ देख्दा एउटा फोटो यस्तो देखियो जुन देख्दा यस्तो लाग्थ्यो कि उनिहरु एकआपसमा झगडा गरिरहेका छन् । जुन फोटो निकै भाइरल पनि भएको छ भने फ्यानहरुले पनि यस फोटोलाई कमेन्ट गर्दै यी दुई बिच पक्का झगडा भएको थियो भनि लेखेका पनि छन् ।

Credit : ekantipur.news