डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

डडेल्धुरा :  डडेल्धुराको पर्शुराम नगरपालिका–९ गाईबादे (उदेश्वर) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

शुक्रबार बिहान १० बजे पर्शुराम नगरपालिका–९ गाईबादेदेखि ढुंगा लोड गरेर देवरीतर्फ जाँदै गरेको से १ त ५३३८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी परशुराम नगरपालिका ९ का ट्याक्टरमा मजदुरी गर्ने ५५ वर्षीय नन्दसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

दुर्घटनामा परशुराम नगरपालिका-९ कै चालक लाल धामी, नविन बोहरा, पुस्कर बोहरा, युवराज बोहरा र रतन बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

घाइते मध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरेको छ । घाइते अन्य ४ जनाको जोगबुडा अस्तपतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Credit : raranews.com

धनगढीमा ठूलो दुर्घटनाबाट बच्यो सौर्य एयरलाईन्सको जहाज

धनगढी : धनगढी बिमान स्थलमा सौर्य एयरलाईन्सको जहाज चरासँग ठोक्किएको छ । शुक्रवार दिउँसो धनगढी बिमान स्थलमा अवतरण गर्ने क्रममा जाहजको अघिल्लो भागमा चरा ठोकिएको हो । तर कुनै किसिमको क्षति भने नभएको एयरलाइन्न्सले जनानएको छ ।

अवतरण गर्ने बेला सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बर को जहाजमा चरा ठोकिएको धनगढी बिमान स्थलका कन्ट्रोलर रबि यादवले जानकारी दिए ।
चरासँग ठोकिएको जहाजलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ ।

जहाजको अवस्थाबारे चेकजाच गर्न केही बेरमा काठमाडौंबाट इन्जिनियरको टोलि आउन लागेको छ ।

उक्त टोलीले चेकजाँच गरेपछि मात्रै जहाज उडान हुने÷नहुने कुराको जानकारी हुने यादवले बताए ।

जहाजमा ५५ भन्दा बढी यात्रु रहेको विमानस्थलले जनाएको छ । उक्त जहाजमा काठमाडौँ जानका लागि भन्दै विमानस्थलमा पर्खिरहेका यात्रुहरु समस्यामा परेका छन् ।

Credit : raranews.com

कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन सक्दैनः मन्त्री पण्डित

रुपन्देही :  संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी जानुपर्नेमा जोड दिएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कार्बाही गरिने बताए ।

लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए । उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने बताए ।

राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाँउमा जानुपर्ने नभए जागिर छाडेर नीजि जीवन बिताउन गए पनि हुनेमा मन्त्री पण्डितले  जोड दिए ।  कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन नसक्ने बताउँदै मन्त्री पण्डितले कर्मचारीले अहिले स्वेच्छिक अवकाश लिएर जान पनि नपाउने बताए ।  मन्त्री पण्डितले दुई पार्टी बीचको एकताको कुरा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब एकताको मिति तय गर्न मात्रै बाँकी रहेको बताए ।

Credit : raranews.com

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक ठहरै

धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्कारपियो गाडीको ठक्करबाट डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत १९ वर्षका हर्कबहादुर विष्टको घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नम्बरको स्कारपियो गाडीले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेश विष्टको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिए ।

शुक्रबार बिहान इस्कारपियोले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । स्कारपियो चालकलाई नियन्त्रणमा लिई छानबिन भइरहेको प्रहरीले जनाएको छ  । रासस

Credit : newskoseli.com

कक्षा १२ को परीक्षा सुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी

शुक्रबारदेखि कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ७ बजेदेखि देशभरका १ हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् ।

कक्षा १२ काे परीक्षा वैशाख २७ सम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा भने वैशाख ३० देखि सुरु भई जेठ २९ मा सम्पन्न हुनेछ ।

सबैभन्दा बढी काठमाडौँमा (१ सय १४ वटा) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (१–१ वटा मात्र) परीक्षा केन्द्र रहेका छन् । परीक्षामा देशभरका ३ हजार ९ सय १२ विद्यालयका २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा गरी कूल ४ लाख १५ हजार २ सय ५२ परीक्षार्थी सहभागी छन् ।

सबभन्दा बढी काठमाडौंमा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी परीक्षामा सहभागी भएको जानकारी बतासले दिए । परीक्षामा १ हजार ५१ केन्द्राध्यक्ष, १ हजार ८ सय ८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८ सय ६३ निरीक्षक, १ हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १ सय २० कार्यालय सहयोगी, १२ हजार ७ सय २० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७ सय २ जनशक्ति परिचालित भएकाे बोर्डले जनाएकाे छ ।

परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदान–प्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए ।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा ६ महिना कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Credit : newskoseli.com

१ वर्ष भित्र अमेरिका छाड्न ९ हजार नेपालीलाई निर्देशन

काठमाडौं : अमेरिकाले त्यहाँ रहेका ९ हजार नेपालीलाई दिइएको अस्थायी आवास अनुमति अर्थात टिपीएस सुविधा खारेज गरेको छ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि नेपाल आवतजावतमा सहज होस भनेर अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई अमेरिकाले टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपीएस) सुविधा दिएको थियो ।

आजदेखि टिपीएस खारेज भएको र १२ महिना भित्र अमेरिका छाड्न निर्देशन समेत दिइएको छ । होमल्याण्ड सेक्युरिटी विभागले उनीहरुलाई सन् २०१९ जुन २४ भित्र घर फर्काइसक्ने जनाएको छ । यो योजना अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । तिमध्ये धेरैजसो नेपाली न्यूयोर्कमा बस्दै आएका छन् ।

विदेशीहरुलाई प्राकृतिक विपत्ती, सशस्त्र संघर्ष र अन्य आपतका बेला घर फर्कन सहज होस भनेर सन् १९९० मा अमेरिकी कँग्रेसले टिपिएसको व्यवस्था गरेको हो । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने भन्दै धेरै अघि देखि ट्रम्प प्रशासनले यसको खारेजीको कुरा उठाउँदै आएको थियो ।

अमेरिकाले हालै साल्भाडोरका दुई लाख र हैटीका ५० हजार नागरिकको अस्थायी अवास अनुमति खारेज गरेको थियो । अब टिपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।

Credit : raranews.com

भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित

सुर्खेत : ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगर भित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई सम्बोधन गर्न सकेको छैन ।

हिमाली जिल्ला बाहेक नेपाल भरि नयाँ शैक्षिक सत्र शुरु भएसँगै भर्ना अभियान जारी छ तर भर्ना अभियान अवधिमै सुर्खेत वीरेन्द्रनगर उपत्यकामा सयौँ बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित भएका छन् ।

विशेषगरी बालबालिका भर्ना अभियान भोलि वैशाख १५ गते सम्म छ । तर सुर्खेत उपत्यका भित्रका नाम चलेका विद्यालयलाई बालबालिका भर्ना गर्ने चटारो बाट उम्कन पाएजस्तो लागिरहेको छ । अर्कोतर्फ आफूले चाहेको सरकारी विद्यालयमा भर्ना हुन नपाउँदा आवासीय विद्यालयबाट बाहिरिएका र अन्य जिल्लाबाट सुर्खेत भित्रिएका सयौँ बालबालिका अलपत्र अवस्थामा परेका छन् ।

पहिले देखि नाम चलेको सुर्खेत वीरेन्द्रनगर स्थित सरकारी जनमाध्यमिक विद्यालयमा भर्ना हुन नपाए पनि अमरज्योति मावि (नेवारे), श्रीकृष्ण संस्कृत तथा साधारण मावि (इत्राम)मा पनि भर्ना हुन नपाए पछि बालबालिका चिन्तित भएका छन् । गाउँघरमा शिक्षकको अनियमितताले शहर तिरै पढ्ने धोको लिएर आएका उनीहरु भर्ना हुन नपाउँदा अन्योलमा छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, विद्यालय शिक्षा शाखाका शाखा अधिकृत सुवर्ण खड्काले दिएको २०७३र७४ को तथ्याङ्क अनुसार हाल सुर्खेत जिल्लामा ४८४ र वीरेन्द्रनगर नगरपालिका भित्र ११ सरकारी सामुदायिक मावि छन् । जसमा यस जिल्लाको प्रावितर्फ ५५ हजार ९०८, निमावितर्फ २८ हजार ५१५, माविमा १२ हजार २५ र उमाविमा छ हजार १५५ विद्यार्थी अध्ययनरत छन् ।

शाखा अधिकृत खड्काले भने, “जिल्लाको सबै तहको विद्यार्थीको कूल संख्यालाई औसतमा ढाल्दा प्रावि तहमा ३६ जना विद्यार्थी बराबर एकजना शिक्षक, निमाविमा ७७, माविमा ४७ र उमाविमा ६५ पर्छ ।” तत्काल देखिएको समस्या सम्बोधनका लागि नीति आवश्यक भएको र त्यसका लागि आफूहरु लागिरहेको उनले बताए ।

चालू आवमा भने विद्यार्थी संख्या वृद्धि भएको छ नै । त्यसको वास्तविक तथ्याङ्क भने अहिले पाउन सक्ने अवस्था छैन । यो अवस्थालाई गहिरिएर नियाल्दा कुनै विद्यालयमा भर्ना हुने बालबालिकाको बाढी त कतै खाली छ । यसो हुनुमा केही सरकारी विद्यालयको उचित व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्कृष्ट जनशक्ति उत्पादन नै हो भने अधिकांश सरकारी विद्यालयको चरम लापरवाहीलाई पनि लिन सकिन्छ ।

अंग्रेजी विद्यालयको महँगो शिक्षाको भार थेग्न नसकेर नानी बाहिर झिकेका अभिभावकले सरकारी राम्रा विद्यालयमा भर्ना गर्न नपाएको स्थानीय हिमलाल न्यौपानेले दुःखेसो गरे । उनले भने, “सरकारी विद्यालयमै नानी भर्ना गर्न शक्ति लाउनुप¥यो । त्यो पनि भनेको विद्यालयमा बच्चा भर्ना गर्न पाइएन ।” आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न नसक्दा धेरैजसो अभिभावक तनावमा छन् भने भर्ना हुन नपाउँदा बालबालिका निराश छन् ।

जन माध्यमिक विद्यालयमा बाहिरबाट आएका एक हजार ३०० बालबालिकामा प्रवेश परीक्षाबाट ४०० जनाले मात्र भर्ना हुने अवसर पाएको त्यहाँका शिक्षक मणिराम लामिछानेले बताए । यता अमरज्योति मावि नेवारेका प्राचार्य खगेन्द्र थापाले भौतिक संरचना अभावका कारण ५०० विद्यार्थीले प्रवेश परीक्षा दिएकामा मुस्किलले २०० जनालाई भर्ना लिएको बताए ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम सुर्खेतका सूचना अधिकारी पूर्णप्रसाद पौडेलले पनि ५०० विद्यार्थी प्रवेश परीक्षामा आएकामा २०० जतिलाई भर्ना लिएको बताए । सूचना अधिकारी पौडेलले आफ्नो विद्यालयमा बिहान बेलुका गरेर एक हजार ७०० विद्यार्थी अध्ययन गरिरहेको तर शिक्षक संख्या आधारभूत र मावि तह गरेर जम्मा २४ जनाले भ्याउन नसक्दा भर्ना बन्द गर्न बाध्य भएको बताए ।

आधारभूत तहभन्दा मावि तहमा भर्ना हुन आउनेको संख्या ह्वात्तै बढेको छ, उनले भने । “यसो हुनुको प्रमुख कारण सरकारी विद्यालयको शुल्क महँगो हुनु र कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत तोकिनु हो ।

अब सुर्खेत वीरेन्द्रनगर नगरपालिकाभित्रका जन माविका ९००, अमरज्योति र संस्कृत माविका ६०० गरी जम्मा एक हजार ५०० विद्यार्थीले सरकारी समुदायिक विद्यालयमा आफ्नो इच्छाअनुसार अध्ययन गर्नका लागि भर्ना हुन नपाउँदा उनीहरुको भविश्य के हुने भन्नेमा अन्योल छ । त्यसमा सरोकारवाला निकाय भने बेखबर जस्तै देखिन्छन् ।

सरकारी विद्यालयमै विभेद

नेपालको संविधान, २०७२ भाग ३ को मौलिक हकको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य र मावि तहसम्म निःशुल्क शिक्षाको प्रष्ट व्यवस्था गरेको छ । यद्यपि भर्ना अभियानकै समयमा बालबालिकाको विद्यालयमा भर्ना हुने अधिकार खोसिएको छ । निःशुल्क शिक्षाको उल्टो सरकारी सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट शिक्षण गर्ने नाउँमा बालबालिकाबाट रु एक हजार ५०० देखि रु तीन हजारसम्म शुल्क असुली रहेका छन् ।

त्यसमा पनि नेपाली माध्यममा पढ्नेलाई रु २०० सम्म र अँग्रेजी माध्यम पढ्नेलाई रु एक हजारदेखि रु तीन हजारसम्म भर्ना शुल्क लिँदै आएको पाइएको छ । एकै विद्यालयभित्र शुल्क तिर्न बाध्य बनाएर कसैले अँग्रेजी पढ्न पाउने र पैसा तिर्न नसकेर सो शिक्षा लिन नपाउने व्यवहारले सरकारी शिक्षामा समेत विभेदीकरण भएको अभिभावक बताउँछन् ।

विद्यालयका यी गतिविधिहरुले बालबालिकाको आफूले रोजेको सरकारी विद्यालयमा पढ्न पाउने अधिकार केही हदसम्म खोसिएको महसुस गरेका छन् । यसबाट सामान्य र पहुँचविहीन परिवारका बालबालिकालाई सरकारी विद्यालयमा समेत अध्ययन गर्न झनै गाह्रो भएको छ ।

बालबालिकाले सरकारी सामुदायिक विद्यालयमा भर्ना हुन पाएनन् भन्ने कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले बताए । क्षमताभन्दा बढी विद्यार्थी आउँदा पनि गुणस्तर कायम नहुने भएकाले अवस्था बुझेर समस्या समाधानमा लाग्ने सचिव शर्माले विश्वास दिलाए ।

यता वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा प्रमुख गजेन्द्र जिसीले विद्यालय सुधार योजना अनुसार हरेक विद्यालयले आफ्नै बालबालिका, दोस्रोमा सेवा क्षेत्रका बालबालिका भर्ना गर्ने प्रावधान रहेको बताए । बाहिरबाट आएका विद्यार्थीले खाली भएमात्र भर्ना हुन पाउने उनको भनाइ थियो ।

विद्यालयहरु गैरतरिकाले शुल्क उठाएको विषयमा भने सबै विद्यालय व्यवस्थापन समितिलाई नियमानुसार त्यसो गर्न जानकारी गराइएको उनले बताए । बालबालिकाको अधिकार सुनिश्चितताका लागि सम्बन्धित स्थानीय तहका सरकारले जिम्मेवारी लिनुपर्ने उनले तर्क गरे ।

Credit : raranews.com

बजेट कार्यान्वयनमा लाग्न प्रमुख सचिवको निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको आवश्यक तयारी गर्न विभागिय मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्।

प्रदेशसभामा बजेट प्रस्तुत भए लगत्तै सचिवहरुको बैठक बोलाएर प्रमुख सचिवले यस्तो निर्देशन दिएकाहुन् । मुलुक सघीय संरचनामा गईसके पछि जनताको ठुलो अपेक्षा रहेको भन्दै प्रमुख सचिव थपलियाले जनताको अपेक्षा पुरा गर्न राजनैतिक नेतृत्वको भिजन कार्यान्वयनमा कर्मचारी प्रशासन तदारुकताका साथ लाग्नुपर्ने बताए।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट महत्वकाँक्षी देखिए पनि कर्णाली प्रदेशको द्रुत विकासका लागि आवश्यक भएको उनको भनाइ छ। बैठकमा विभागीय सचिवहरुले बजेट कार्यान्वयनका लागि प्रदेश सरकारको आफ्नै संरचना विकास नभई सकेकाले बजेट कार्यन्वयनमा समस्या आउन सक्ने सुझाव राखेका छन्।

भर्खरै कर्णाली प्रदेशको प्रमुख सचिवका रुपमा आएका थपलियाले बुधवार मात्रै पदभार गरेकाहुन्।

Credit : raranews.com

१ भित्र अमेरिका छाड्न ९ हजार नेपालीलाई निर्देशन

काठमाडौं : अमेरिकाले त्यहाँ रहेका ९ हजार नेपालीलाई दिइएको अस्थायी आवास अनुमति अर्थात टिपीएस सुविधा खारेज गरेको छ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि नेपाल आवतजावतमा सहज होस भनेर अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई अमेरिकाले टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपीएस) सुविधा दिएको थियो ।

आजदेखि टिपीएस खारेज भएको र १२ महिना भित्र अमेरिका छाड्न निर्देशन समेत दिइएको छ । होमल्याण्ड सेक्युरिटी विभागले उनीहरुलाई सन् २०१९ जुन २४ भित्र घर फर्काइसक्ने जनाएको छ । यो योजना अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । तिमध्ये धेरैजसो नेपाली न्यूयोर्कमा बस्दै आएका छन् ।

विदेशीहरुलाई प्राकृतिक विपत्ती, सशस्त्र संघर्ष र अन्य आपतका बेला घर फर्कन सहज होस भनेर सन् १९९० मा अमेरिकी कँग्रेसले टिपिएसको व्यवस्था गरेको हो । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने भन्दै धेरै अघि देखि ट्रम्प प्रशासनले यसको खारेजीको कुरा उठाउँदै आएको थियो ।

अमेरिकाले हालै साल्भाडोरका दुई लाख र हैटीका ५० हजार नागरिकको अस्थायी अवास अनुमति खारेज गरेको थियो । अब टिपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।

Credit : raranews.com

वैशाख २३ गते संघीय संसद बैठक आहृवान गर्न सिफारिस

काठमाडौं : सरकाले आगमी बैशाख २३ गते संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै बैठकले वीरगञ्जस्थित एकीकृत जाँच चौकी हस्तानतरणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने, शान्ति सुव्यवस्था कायम गर्न विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र बैदेशिक रोजगारको न्यायसेवामा रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Credit : raranews.com