रामेछापमा अहिलेसम्म ३ हजार ३ बढी घरपरिवारले स्वास्थ्य विमा गरेका छन् । २०७४ साल पौष महिनाबाट सञ्चालनमा आएको स्वास्थ्य विमा कार्यक्रममा अहिलेसम्ममा ३ हजार ३ सय ३३ जनाले स्वास्थ्य बिमा गराएको हुन् । वैशाख मसान्तसम्म विमा गराउनेको संख्या ५ हजार पु-याउने लक्ष्य लिइएको स्वास्थ्य विमा रामेछापले जनाएको छ ।
घरपरिवारको स्वास्थ्य विमा कार्यालय रामेछापले जिल्लाको २ नगरपालिका र ६ गाँउपालिका गरी खाँडादेवी गाँउपालिकाको २ वटा वडा बाहेक ६२ वटा वडामा अहिले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा रहेको छ ।
आमनागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गरी आर्थिक कठिनाई भोग्न नपरोस् र स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
रामेछापको अधिकांश ठाँउ भौगोलिक हिसावले विकट भएकाले १ जना स्वास्थ्य विमा दर्ता सहयोगीले भ्याउन नसकिने हुदाँ स्वास्थ्य विमा सम्बन्धि जनप्रतिनिधि, महिला स्वयम्सेविका, स्वास्थ्य कार्यालय सम्बन्धित कर्मचारी सबैलाई तालिम दिइसकेको स्वास्थ्य विमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले जानकारी दिनुभयो । चैत मसान्तसम्म स्वास्थ्य विमाबाट १५ लाख ६१ हजार ९ सय ७५ रुपैयाँ रकम संकलन भएको छ ।
Credit : onlinepana.com
