बैंकिङ क्षेत्रमा हजारौं युवालाई रोजगारीको अवस

वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तार गरिरहेकाले हजारौंलाई रोजागारीको मौका मौका आइरहेको हो । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ ।

वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ वटा बैंक मिलेर धमाधम आफ्ना शाखाहरु विस्तार गरिरहेका छन् । ती शाखाहरुका लागि बैंकले स्थानीय तहबाट कर्मचारी छनौट गर्नेछन् । २०७५ असार २४ गतेसम्मको तथ्यांकअनुसार संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ । बाँकी १९७ वटा स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्नेछन् ।

यसबाहेक, विकास बैंकहरुले पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाइरहेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म फैलिँदै छन् । लघुवित्तको त संख्या नै थपिँदैछ । अहिले ६३ वटा लघुवित्त संस्थाहरु संचालन रहेका छन् ।

संचालन अनुमतिका लागि नयाँ आवेदन लिन बन्द गरेपनि राष्ट्र बैंकले पहिले नै आइसकेको आवेदनलाई अनुमति दिइरहेको छ । यसआधारमा बढ्दै जाने माइक्रोफाइनान्सहरुलाई पनि कर्मचारीको आवश्यकता पर्ने हुन्छ ।

यसरी, अबका दिनहरुमा बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी अवसर सिर्जना हुने भएकाले व्यवस्थापन संकायमा अध्ययन सकेर बसेका व्यक्तिहरुले तयारी गर्नु राम्रो हुन्छ । बैंकिङ नीति तथा नियमहरु, बैंकमा प्रयोग हुने गरेका प्रविधिहरु लगायतका कुराहरुको अध्ययन गर्दै गरे यो पटक तपाईँले खाडी मुलुक जानेबारे सोच्नु पर्दैन ।

Credit : onlinepana.com

सेन्चुरी बैंकलको सद्भावना दूतमा पारस र प्रतिभा अनुबन्धित

सेन्चुरी बैंकलको सद्भावना दूतमा पारस र प्रतिभा अनुबन्धित सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूतका रुपमा घोषणा गरेको हाे ।बुधबार राजधानीमा एक कार्यक्रम बिच दुई खेलाडीलाई सद्भावना दूतका रुपमा लिईएकाे छ ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जिवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्का लगायतको उपस्थिती रहेको साे कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरि औपचारिक घोषणा गरिएकाे हाे ।नेपालकै कान्छो बैंक सेन्चुरीले नेपालका दुई सुपरस्टारहरुलाई आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिक अपभबृद्धिमा मद्धत पुग्ने बताए छ ।

एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न भोली इंग्ल्याण्ड जान लागेका पारस खड्काले सेन्चुरी बैंकले खेलक्षेत्र रोजिएकोमा धन्यवाद दिदै खुशि प्रकट गरेका थियाे । ‘खेलकुद विकासमा ब्यावसयिक प्रतिष्ठानको ठूलो महत्व रहेकाे छ ।

सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ पारसल जवाफ दिनु भयाे भने ।नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिदै ।

‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गने बताईन । प्रतिभाले भनिन् । सेन्चुरी बैंकले दुबै खेलाडीलाई एक वर्षको सम्झौता गरेकोमा यसरि सबै संघसंस्थाले सहयाेग गरेमा खेलाडीले पहुँच अझै बढ्ने खुशि हुदै भनिन् ।

Credit : onlinepana.com

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एक अरब बीमा प्रिमियम संकलन गर्न सक्षम

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क रु.१ अरब ९२ लाख आर्जन गर्न सफल भएकोछ । उच्च व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा क्ष्न्क्ष् लाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिनुभयो ।

आजको यस शुखद घडी कम्पनीको संचालक समिति, शेयरधनीहरु सहित कम्पनीमा अहोरात्र खटिएर कार्य गर्ने उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरको मेहनतको साझा परिणाम होे भन्दै खुशीको यस अवसरमा सबैलाई धन्यवाद दिनुभयो ।

साथै सोही अवसरमा कम्पनीलाई माया गरी कम्पनीसंग व्यावसायिक सम्बन्ध राख्ने सम्पूर्ण ग्राहकमहानुभावहरु प्रति हृदय देखि कृतज्ञता सहित धन्यवाद व्यक्त गर्नुहुदै श्री श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकमहानुभावहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Credit : onlinepana.com

एनएमबि बैंकको ११० औ शाखा सञ्चालनमा

एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ ।

बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच पुगेको छ भने यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।

Credit : onlinepana.com

स्रष्टाहरुले चन्द्रागिरिबाट उचाले समृद्धिका स्वर

२०५ औँ भानुजयन्तीको अवसरमामदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामाआयोजितहिम्वत् खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्रजारी गर्दै आज समापनभएको छ ।

सम्माननीयप्रधानमन्त्री खड्क प्रसादशर्मा ओलीज्यूको पमुखआतिथ्यमाचन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीयहलमाआयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्वगर्दै आउनुभएका स्रष्टाहरुले कवितामार्फत समृद्धिका स्वर उचाल्नु भएको थियो ।

उक्तकार्यक्रममा सम्माननीयप्रधानमन्त्रीज्यू स्वमले दश हरफको सुन्दर कविताचन्द्रागिरि पर्वतमाअवस्थितभालेश्वर महादेवको मन्दिर परिसरमासिर्जनागरि कार्यक्रममाबाचनगर्नुभएको थियो । सोहीअवसरमा सम्माननीयप्रधानमन्त्रीज्यूले संक्षिप्तमन्तव्यदिदैे चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षएवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यश्री चन्द्र प्रसाद ढकालले धार्माीक, राजनितिकएवम् ऐतिहासिकमहत्वबोकेको यस एकिकृत पर्यटकिय गन्तव्यचन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमाआफ्नो ऐक्यवद्धता जनाउँदै चन्द्रागिरिमा यस्तोे महत्वपूर्ण कार्यक्रमआयोजना गरेकोमाआयोजकलाई धन्यवाददिनुभयो ।

नेपालमाऔषधिय गुण बोकेकाअपार जडिबुटी र असंख्य जैविकविविधताविद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गर्नुभयो । २०७५ सालअसार २९ – ३१ सम्मजारी त्रिदिवसीयकार्यक्रममाहिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।

Credit : onlinepana.com

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह

मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित हुनुभएको छ ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताउनुभयो ।

ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उहाँले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताउनुभयो ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताउनुभयो । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।

Credit : onlinepana.com

निर्धन संस्थाद्वारा भक्तपुर जिल्लाको छालिङ्गमा साबुन बनाउने तालिम सम्पन्न

काठमाण्डौं नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली, ठेचो, गागलफेदी सहित छालिङ्गका १८ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ आषाढ २५ गतेदेखि २६ गतेसम्म भक्तपुर जिल्लाको छालिङ्गमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ ।

उक्त तालिममा प्रशिक्षिकाहरुले गड्यौला मल बनाउने तालिम पनि दिएका थिए । उक्त तालिम सम्पन्न गरेको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी गराएकी थिईन् । यस तालिमका श्रोतब्यक्ति श्रृजना सिक्तिखु, सुस्मित सुनुवार, लक्ष्मी राई, सपना भुलुन रहेका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट अम्बिका कोइराला, भगवती परियारले तालिमको मूल्याकंन गरेका थिए । यस साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए ।

प्रशिक्षिका सपना भुलुन, ग्लोबल पिस फाउण्डेसनका श्रृजना सिक्तिखु, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड छालिङ्ग शाखाका प्रमुख अम्बु खनाल, निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजोले उक्त सत्रमा मन्तब्य दिएका थिए । मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न वक्ताहरुले सुझाएका थिए ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन् ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत जानकारी गराएकी थिईन् ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने, गड्यौला मल उत्पादन गर्ने सीप सिकेका थिए ।
निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा संचालन भएको उक्त तालिमको समापन सत्रको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले गरेका थिए ।

वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते पच्चीसौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।

Credit : onlinepana.com

राष्ट्रिय वाणिज्य बैकको चार शाखा थप

राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको चार वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ । मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउंपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गांउपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीको कारोबार शुभारम्भ भएको छ ।

यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।

बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

Credit : onlinepana.com

बैँकिङ कारोवारले सदरमुकाममा भिडभाड

जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ ।

असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताउनुहुन्छ ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताउनुभयो ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।

Credit : onlinepana.com

राष्ट्रिय वाणिज्य बैकको तीन शाखा थप

राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको तीन वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ । सिन्धुली जिल्लाको मरिण गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय कपिलाकोट, बझाङ्ग जिल्लाको मष्टा गाउंपालिका वडा नं. ३ स्थित भातेखोलामा शाखा कार्यालय मष्टा र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय हाङ्गपाङ्गको कारोबार शुभारम्भ भएको छ ।

यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९५ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।

बैंकको हाल ७१ जिल्लामा १९५ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

Credit : onlinepana.com