महिला भएकैकारण गाउँपालिका उपाध्यक्षमाथि विभेद, कार्यबाहक अध्यक्ष पाइनन्

महिला भएकैकारण सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरी गाउँपालिकाको कार्यबाहक अध्यक्ष हुन बन्चित भएकी छिन । अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी तीन दिन अघि भारतमा करिब दुर्इ साताका लागि तीर्थ गर्न गएका छन् ।

कुनै पनि गाउँपालिकाको अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यभार दिनुपर्ने कानूनी प्रावधान छ । तर, कार्यवाहक अध्यक्षको जिम्मेबारी भने उनले उपाध्यक्ष मीना चौधरीलाई नदिई वडा नम्बर ४ का वडाअध्यक्ष तेजनारायण यादवलाई लेखेर दिएका छन् ।

आफू कार्यालयमा नियमितरुपमा आइरहे पनि अध्यक्षले नियम विपरीत आफूभन्दा जुनियर वडाअध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै उपाध्यक्ष मीना जनकपुर उच्च अदालत पुगेकी छिन् । उनीसंगै वडा नम्बर ६ की अध्यक्ष कुसुम आचार्य  पनि आफूमाथि गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीबाट विभेदपूर्ण व्यवहार भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

गाउँपालिका अध्यक्ष चौधरी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उपाध्यक्ष मीनाले पनि कांग्रेसबाटै चुनाव जितेकी हुन् ।  उपाध्यक्ष मीनासँगै अदालत जाने वडाध्यक्ष कुसुम भने एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले पनि अध्यक्ष चौधरीबाट गाउँपालिकामा मनपरि ढंगकाबाट अधिकारको दुरुपयोग भएको भन्दै मीनालाई साथ दिइरहेको बताइएको छ ।
राजस्व परामर्श समितिको अध्यक्षको हैसियतले मीनाले तयार पारेको प्रतिवेदन अध्यक्षले च्यातेको र कर्मचारीहरुसँग मिलेर गाउँपालिकाको सम्पत्ति जथाभावी खर्च गरिरहेको आरोप अध्यक्ष पर्शुराम चौधरीमाथि लागेको छ l

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरी आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

अध्यक्षले मनोमानी गरेको भन्दै उपाध्यक्ष चौधरी आक्रोशित भएकी छन् । उनले अध्यक्षले आˆनो अपमान गरेको बताएकी छन् । उपाध्यक्ष चौधरीले अध्यक्षले यसअघि पनि मनोमानी तरिकाले काम गरेर आफूलाई वाइपास गरेको बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ विपरीत अध्यक्षले गलत निर्णयहरु गरेको र पटक-पटक यसबारे ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मीनाले बताइन् ।

गलत निर्णयको बिरोध गरेकै कारण आफूलाई कार्यभार नदिई वडाअध्यक्षलाई दिएको उनले सुनाइन् । अध्यक्षवाट पटक-पटक आफूलाई अधिकारवाट वञ्चित गराउने र मानमर्दन हुने ब्यवहार भइरहेको भन्दै उनले अमानवीय तथा कानुन विपरीतका क्रियाकलापहरु गाउँपालिकामा भइरहेको बताइन् ।

Credit : janasanchar.com

आजको मौसम कस्तो रहला?

काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु केही ठाउँमा बिहान घाम लागेजस्तो भएपनि दिनभरको मौसम प्रायः बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर दिउँसो र रातिको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने मौसमविदले बताएका छन् । बदली भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्रै छ ।

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदको भनाई छ । तर राति भने मध्य र पश्चिमका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुनेछ ।

Credit : raranews.com

ओलीको फासिवादविरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न जरुरी : विप्लब

सरकारकाे फासिवादी दमनका विरूद्ध एक दिने अाव्हान गरिएकाे नेपालबन्द अभूतपूर्व रूपमा सफल भएकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले सबैमा हार्दिक अाभार व्यक्त गरेकाे छ ।

पार्टीका महासचिव विप्लवले मंगलबार एक विज्ञेप्ती जारी गरेर नेपालबन्दमा सहयोग र समर्थन गर्ने सबैपक्षलाई धन्यवाद दिएका हुन् । महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदीय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न जरुरी भईसकेको समेत बताएका छन् ।

साथै महासचिव विप्लवले पार्टी प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार आह्वान गरिएको नेपालबन्द सफल बनाउने सम्पुर्ण बामपन्थी, देशभक्त, प्रगतिशिल शक्ति र जनताप्रति हार्दिक कृतज्ञता पनि ब्यक्त गरेका हुन् ।

देशी विदेशी शक्ति केन्द्रकाे निर्देशनमा अाफ्ना नेता कार्यकर्ताहरूलार्इ अाेलीपीके सरकारले गिरफ्तार गरेकाे भन्दै महासचिव विप्लवले अाफ्नाे पार्टीकाे जनमुक्ति र राष्ट्रिय मुक्ति अान्दाेलनमा साथ दिन अपिल समेत गरेका छन् ।

विज्ञप्ति सहित :
हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका जिम्मेवार नेता/कार्यकर्ताहरुलाई केपी—पिके सरकारले विशुद्ध राजनैतिक आस्थाका कारण पूर्वाग्रह साँधेर गिरफ्तार गरी अमानवीय यातना दिएपछि त्यसका विरुद्ध बाध्य भएर आन्दोलन घोषणा गरिएको थियो । नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता/कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो ।

यही क्रममा आज साउन २९ गतेका दिन नेपाल बन्दको घोषणा गरिएको थियो । कमरेड प्रकाण्ड लगायतका जतिपनि नेता÷कार्यकर्ताहरु अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी—पीकेहरुले भन्दै गरेको संघीय संविधानको विपरित रहेको उनीहरुले गरेका रवैयाले पुष्टि गरेको छ । अहिले हाम्रा कमरेडहरुको गिरफ्तारीलाई लिएर चौतर्फि विरोध भैराखेको छ । यसरी विरोध गर्ने संघ/संस्था, विशिष्ट व्यक्तिहरुप्रति हामी धन्यवाद दिन चाहन्छौँ । यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाई राखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशिल शक्तिहरुले बुझ्न ढिलो गर्नु हुँदैन । दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको यो सरकार र मुलरुपमा संसदीय व्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको छ ।

हाम्रो पार्टीले आह्वान गरेको यो नेपाल बन्दलाई समर्थन गर्दै वक्तव्य निकाल्ने सबै राजनैतिक शक्तिहरु, सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने, वामपन्थी, देशभक्त र प्रगतिशिल शक्ति, जनताप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै, हामीले शुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको सहयोग, साथ रहनेछ भन्ने पनि अपेक्षा राख्दछौँ ।

Credit : janasanchar.com

थप ९५ विद्यालयमा प्राविधिक शिक्षा

सरकारले प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी ९५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु-याउने कार्ययोजनाअनुरूप सोमबार १२ जिल्लाका ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने निर्णय गरेको छ ।

बाँकी ३२ विद्यालयमा भने ३ महिनाअघि नै सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि आवश्यक पर्ने २० करोड रुपैयाँसमेत विनियोजन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले बताए ।सरकारले यो वर्ष सोमबार निर्णय गरेको ९५ र तीन महिनाअघिको गरेर १ सय २७ सामुदायिक विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा

व्यावसायिक शिक्षा शुरु गरेको छ । सरकारले चालू आर्थिक वर्षमा प्रविधिक शिक्षा तथा व्यावसायिक तालिमको समतामूलक पहुँच विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरेको सदस्यसचिव वाग्लेले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकको यो निर्णयसँगै अब प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयको संख्या ३ सय १२ पुगेको छ ।

यसैगरी सो बैठकले विभिन्न ८ जिल्लामा प्रतिजिल्ला १÷१ वटा पोलिटेक्निकल इन्स्टिच्युट खोल्नेसमेत निर्णय गरेको गरेको छ । यी पोलिटेक्निक इन्स्टिच्युट महोत्तरीको बर्दिवास, चितवनको माडी, स्याङ्जाको वालिङ्, रुकुमको चौरजहारी, सल्यानको खलङ्गा, बझाङको अटला, अर्घाखाँचीको चिवेक र दाङको घोराही रहेका छन् ।

यस्तै, ओखलढुंगाको सामूदायिक अस्पतालमा नर्सिङ विषय पठनपाठनका लागि अध्ययन गर्न कार्यटोली गठन गर्नेसमेत निर्णय भएको वाग्लेले जानकारी दिए । बैठकले कुनै पनि निजी शैक्षिक संस्थालाई दिने सम्बन्धनमा निर्णय नगरेको सदस्य सचिब वाग्लेले जानकारी दिए ।

परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८ सय तालिम सञ्चालनसमेत भइरहेका छन् । “हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पुर्याउने अभियानमा छौँ ,” सदस्य सचिव वाग्लेले भने “सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारिएको छ ।”

सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेटमध्ये ४.५ प्रतिशतमात्र प्राविधिक शिक्षाका लागि विनियोजन गरेको छ । सरकारले आन्तरिक श्रम बजारको माग पूरा गर्ने र रोजगारीदर वृद्धि गर्ने जनाउँदै चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि बजेट भने न्यून विनियोजन गर्ने गरेका कारण लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।

सीटीईभीटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक–फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्तिमध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सीटीईभीटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसईई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।यो समाचार आजको कारोवारबाट लिएका छौ

Credit : raranews.com

साउन २९ गतेको नेपाल बन्दलाई १३ संगठनद्वारा समर्थन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भोली अर्थात साउन २९ गते नेपाल बन्दको घोषणालाई सफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) की अध्यक्ष सविता सिंह, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष टिकाप्रसाद कंडेल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावल, संयुक्त उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष युवराज पराजुली, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, नेपाल निर्माण व्यवसायी संगठनका अध्यक्ष नवराज खड्का, दलित मुक्ति मोर्चा, नेपालका उपत्यका संयोजक हरी नेपाली, नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनका अध्यक्ष सुरेश चौधरी र योङ रेड फोर्स, नेपालकी उपाध्य मिना चलाउनेले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको समर्थन गर्दै आमसमुदायलाई बन्द सफल पार्न आह्वान गरेका छन् ।

संयुक्त संगठनले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै सम्पूर्ण राजबन्दीको बिनासर्त रिहाइको माग गरेका छन् ।

साथै, संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सहयोग सबै देशभक्त, गणतन्त्रवादी तथा लोकतान्त्रिक पक्षधर जनसमुदायलाई हार्दिक अपिल सकेत गरिएको छ ।
संयुक्त विज्ञप्तिको पूर्णपाठ-

Credit : janasanchar.com

नेपाल बन्दको मर्यादालाई कायम राख्दै मर्यादित र संयमित तरीकाले ट्होटे पर्व मनाउन नेकपाको आव्हान

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इम्चार्ज सावित्रा दुरा ‘आस्था’ले गुरुङहरुको महान चाड ट्होटे पर्वको अबसरमा सम्पूर्ण गुरुङ जातिमा शुभकामना ब्यक्त गर्दै पार्टीको नेपाल बन्द कार्यक्रम चलिरहेको सन्दर्भमा संयमतापुर्बक चाड मनाउन सम्पुर्ण गुरुङ जातिलाई अनुरोध गरेकी छिन l

नेकपा नेत्री आश्थाले मंगलबार बिहान जनसंचार डट कमसंग कुराकानी गर्दै यस्तो अनुरोध गरेकी हुन् l उनले अघि भनिन, ‘पार्टीका प्रबक्ता कमरेड प्रकान्डलाई दलाल सरकारले गिरफ्तार गरेर झुट्ठा मुद्दा लगाएको छ l संघियता कार्यान्बयन गर्ने नाममा नेपाली जनताको ढाड सक्ने गरी कर वृद्धि गरिएको छ l यस्ता गम्भीर बिषयहरुलाई उठाएर पार्टीले देशव्यापी नेपाल बन्दको आयोजना गरेको हो l कहीकतै नेपाल बन्द फिर्ता लिने सम्भावना छैन l तर आदिवासी जनजातिको महान चाड मान्ने अधिकारलाई सम्मान गर्छौं l तर नेपाल बन्दको मर्यादालाई कायम राख्दै मर्यादित र संयमित तरीकाले ट्होटे पर्व मनाउन हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौं l

यसैबीच, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा  पूर्ण रुपमा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पोखराका मुख्य बजार पूरै बन्द छन् ।

स्कुल तथा कलेजहरु पनि चलेका छैनन् । पोखरा सुनसान छ । लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेका छन् भने ठुला शहर र बजार बन्द रहेका छन् । आजै गुरुङहरुको महान चाड ट्होंटे पर्व भएकोले बन्द फिर्ता लिन आग्रह गरिएपनि फिर्ता भएको छैन ।

 

 

Credit : janasanchar.com

वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं – वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । आजको नयापत्रिकामा खबर छ ।

साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् ।

यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

Credit : janasanchar.com

सरकारले करको दायरा फराकिलो पार्दै, इन्धनमा मात्रै ४ कर

सरकारले करको दायरा फराकिलो पार्दै लगेको छ भने विभिन्न क्षेत्रमा कर वुद्दी गरेको छ । देश संघीय संरचनामा गए लगत्तै आर्थिक भार पनि बढ्यो यहि अनुरुप सरकारले कर बढाएको छ । विभिन्न विलासिताका वस्तुमा मात्रै कर बढाएको बताउने सरकारले इन्धनमा जनतामाथि चर्को कर लगाइएको छ । नेपालले गत आर्थिक वर्षमा १ खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ आयात गरेर ५५ अर्ब कर संकलन गरेको छ । नेपाल आयल निगमले आव २०७४/७५ मा अघिल्लो वर्षभन्दा ५ अर्ब बढी कर तिरेको जनाएको छ ।
आयल निगमले आव २०७३/0७४ मा सरकारलाई ४७ अर्ब राजस्व बुझाएको थियो भने गत आवमा ५५ अर्ब । यसअघि २०७२र७३ मा २३ अर्ब ५४ करोड र आव २०७१र७२ मा २६ अर्ब ६६ करोड रुपैयाँ राजस्व बुझाएको तथ्यांक छ ।
इन्धन आयात र करको परिमाणबीच तुलना गर्दा नेपालमा यस क्षेत्रमा ३० प्रतिशतभन्दा बढी कर लगाइएको देखिन्छ । गत वर्ष १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको २६ लाख ६१ हजार ९ सय ८५ किलोलिटर इन्धन आयात गरेको रेकर्ड छ । जसमा मूल्य अभिवृद्धि कर (भ्याट) वापत २३ अर्ब रुपैयाँ र आयकर मार्फत २ अर्ब २९ करोड रुपैयाँ बुझाएको छ । सडकमर्मत दस्तुरवापत ५ अर्ब १० करोड ५६ लाख ७ हजार रुपैयाँ संकलन गरेको छ ।

साथै निगमले वातावरण प्रदूषण शुल्क वापत १ अर्ब ३२ करोड सय ९७ रुपैयाँ संकलन गरेको जनाएको छ । यस्तै १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको पूर्वाधार विकासका लागि ११ अर्ब ३१ करोड ४३ लाख २० हजार रुपैयाँ संकलन गरेको निगमले जानकारी दिएको छ ।

उपभोक्ताले विभिन्न शीर्षकमार्फत शुल्क तिर्नुपर्ने हुँदा इन्धन महंगो पर्ने गर्छ । यसरी इन्धनमा चर्को कर संकलन गरेर राज्यलाई राजस्व वृद्धिमा सफलता मिले पनि यसले जनताको दैनिकी भने असहज बनाएको छ । निगमले उपभोक्ताबाट इन्धन खरिद गर्दा प्रदूषण शुल्कतर्फ पेट्रोलमा प्रतिलिटर ५० पैसा र डिजेलमा प्रतिलिटर ५० पैसाका दरले कर संकलन गर्दै आएको छ ।

यस्तै पूर्वाधार कर (बूढीगण्डकी) तर्फ प्रतिलिटर पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक) र हवाई इन्धन (अन्तर्रा्िष्ट्रय) शीर्षकमा ५/५ रुपैयाँका दरले उपभोक्ताले कर बुझाउँछन् । सडक मर्मतसम्भार करतर्फ भने उपभोक्ताले प्रतिलिटर पेट्रोलको खरिदमा ४ रुपैयाँ र डिजेलमा २ रुपैयाँ करबापत सरकारलाई अतिरिक्त कर बुझाउँछन् ।

नेपाल विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । थप आम्दानी गुमाएपछि कम्पनीले नाफा बढाउन सकेको छैन् । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।

यो वर्षदेखि विद्युत खरिद सम्झौता (पीपीए) भन्दा बढीको बिजुली नकिनेपछि सो रकम गुमाएको चिलिमेका प्रवन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । पीपीएमा बढी उत्पादन भएको बिजुली किन्नु पर्ने व्यवस्था नभएपछि प्राधिकरणले खरिद गर्दै आएको श्रेष्ठको भनाई छ । प्राधिकरणले गत वर्षदेखि बढी भएको बिजुली किन्न छाडेको उनले जानकारी दिए । प्राधिकरणले पीपीएको आधि मूल्यमा बढी भएको बिजुली किन्दै आएको थियो । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ ।

“खै के कारणले हो, यो वर्षदेखि चिमिलेको बढी उत्पादन भएको बिजुली प्राधिकरणले किनेन” उनले भने “बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले ५० देखि ७० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।” पीपीएमा बढी भएको बिजुली किन्नु पर्ने प्रावधान नभएपनि विगतका वर्षमा बढी उत्पादन भएको बिजुली खरिद गर्दै आएको उनको भनाई छ । प्राधिकरणले थप बिजुली नकिन्दा आम्दानीमा कमी आएको छ ।

गत आर्थिक वर्ष ०७४÷०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले बढी भएको बिजुली नकिन्दा र बिक्रीबाट हुने आम्दानी ४.८८ प्रतिशत घटेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो ।

Credit : janasanchar.com

६४ वर्षीय ‘झाँक्री बा’को कर्तुत : ‘बेथा ठीक हुन्छ’ भन्दै युवती बलात्कार

राजेश भण्डारी /काठमाडौं– राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’  भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ ।

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए ।

‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई हामीले पक्राउ गरेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘उनी संलग्न घट्नबारे अनुसन्धान भइरहेको छ ।’

झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ । हाल उनी प्याफलमा उपचारकै क्रममा उनको सम्पर्कमा आईपुगेकी ३० बर्षिया युवतीसँग विवाह गरेर बस्दै आएका थिए ।

Credit : janasanchar.com

दुई बिद्यार्थी नेता पृथ्वीनारायण क्याम्पस परिसरभित्रै घेराबन्दीमा

दुई-तिहाईको धक्कु लगाएको वर्तमान खड्ग प्रसाद ओली तथा पुष्पकमल दाहाल सरकार पंचायती ब्यबस्था भन्दा पनि तल रहेर प्रतिपक्ष र बिरोधीहरुबिरुद्ध दमनमा उत्रिन थालेको छ l निरङ्कुश पंचायती व्यवस्थाका शासकहरुले शैक्षिक क्षेत्रमा हस्तक्षेप नगर्ने नीति अनुरुप क्याम्पस तथा स्कुलहरुमा प्रहरीहरुलाई जुनसुकै बहाना र भेषमा प्रवेश गराउन्दैनथे l तर वाम भनिएको सरकारले पंचायती मान्यतालाई समेत कुल्चिएर क्याम्पस हाताभित्रै विद्यार्थीलाई सादा पोशाकमा गएर गिरफ्तार गर्न शुरु गरेको छ l
संगठनको कामका शिलशिलामा पृथ्वीनारायण क्याम्पस पुगेका अखिल क्रान्तिकारि कास्की जिल्ला सचीव आस्था नेपाली र सदस्य राजन साउदलाई पृथ्वीनारायण क्याम्पस भित्रै सादा पोशाकमा रहेका प्रहरीले आज दिउँसो १२ बजेदेखि घेराबन्दी गरेका छन !
उनीहरुलाई गिरफ्तार गर्न ठुलो संख्याको प्रहरी सहित प्रहरीभ्यान क्याम्पस गेट बाहिर रहे पनि सादा पोशाकमा रहेका महिला तथा पुरुष प्रहरीले आफुहरुलाई क्याम्पस परिसरभित्रै घेराबन्दी गरिरहेको बिद्यार्थी नेत्री आस्था नेपालीले जानकारी दिएकी छिन l

यस अघि अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति सम्मेलन आयोजक समिति सदस्य सागर काफ्लेलाई गिरफ्तार गरी शनिबारै रिहा गरेको थियो ।

Credit : janasanchar.com