द्वन्द्वात्मक भौतिकवादी लेखक दिल निशानी मगर माताको शरणमा, ठुलो मान्छे बन्ने आशमा जोगी, साधुसन्तको मार्गमा

आफुलाई द्वन्द्वात्मक भौतिकवादी र अति जातिवादी चिन्तन भएको व्यक्तित्वको रुपमा चिनाउन चाहने लेखक एबम राजनीतिककर्मी दिल निशानी मगर अन्तत:  चिरपरिचित सविता माता उर्फ सरु शर्मा आचार्यको शरणमा पुगेका छन् । बेला बेलामा पटक पटक आफ्नो लेखकाकारण बिबादित उनी आफैंले सबिता  माताको चरणमा पुग्नु परेको कारण बारे आफ्नो फेसबुकमा सार्वजनिक पनि गरेका छन् l

उनले रबि लामिछाने , गाई काटेको घटना , धर्मुस सुन्तलि बारे बोलेको कुराले सामाजिक सञ्जालमा अत्यन्तै आलोचना खेप्नु परेको थियो ।

अति जातिवादी चिन्तन राख्ने मगर यतिबेला सबिता माताले भनेको जस्तै गरिरहेका छन् l उनी बिहानै उठ्छन र सबिता माताले दिएको रातो टिका निधारमा लगाउछन् l टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्छन्  ।

एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरले सबिता माताले भनेको यसै मानेका भने रहेनछन l बिगतमा आफुले भोगेका कुराहरु स्पस्टसंग  बताएकी सबिता माताले उनको भबिष्य बारे अनौठो र आशा लाग्दा भाबिश्यवाणी गरेकाले दिल निशानी मगरले माताको भनाईलाई मानेर पछ्याएका रहेछन l

दिल निशानी मगरको बिगत बारे बताउंदै सबिता माताले पानीको सट्टा बियर खाने गरेको तथा विदेश गएर आएको बताएकी थिइन l त्यति मात्र हैन, मगर फेरी विदेश जाने योग रहेको भाबिश्यवाणी पनि सबिता माताले गरेकी छिन l

जातीय पहिचानको पक्षमा कडा रुपमा प्रस्तुत हुने लेखक दिल निशानी मगरलाई अझै पनि राजयोग रहेकाले बाहुन क्षेत्रीको संगत गर्न सल्लाह दिएकी छिन l राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग रहेको बताएकी सबिता माताले ‘ठूलो मान्छे बन्ने र सबैले मान्ने हुने भए क्षत्रीबाहुनको साथमा हिँड्नू ।’ भनेकी छिन l त्यति मात्र हैन बाहुन क्षेत्रीको साथमा नहिंडे ठूलो मान्छे बन्न नसक्ने चेतावनी सबिता माताले लेखक दिल निशानी मगरलाई दिएकी छिन l

सबिता माताले ‘पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस्’ भनेर भाबिश्यवाणी गरेकाले उनले आफ्नो फेसबुकमा  आफुलाई आजकल   ‘एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ ।’ भनेका छन् l  हाल पैसा नकामाउनुको कारण भने माताले मगरमा घुमफिर गर्ने योग रहेको बताएको खुलाएका छन् । ‘अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो ।’ भनेर आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् l

सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ’ भनेर सबिता माताले लेखक दिल निशानी मगरलाई चेतावनी दिएकी छिन l उनले मगरलाई  दिएको चेतावनीका बारेमा यस्तो लेखेका छन्, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन् । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुनेछ ।’ ‘जति मुद्दामामिला चलेपनि फैसला भने दिल निशानी मगरकै पक्षमा हुने’ भबिष्यवाणी सबिता माताले गरेकी छिन l

अति जातिवादी चिन्तन त्यागेर सबिता माताको सल्लाह र भविष्यमा ठुलो मान्छे आश बोकेका दिल निशानी मगरले ‘हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । ‘ भनेका छन् l उनले आफु  ब्रह्मचारीको बाटोमा रहेको बताउंदै जोगी, साधुसन्तको मार्गमा लागेको आफ्नो स्टाटसमा उल्लेख गरेका छन्

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै 

पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस् भन्नुभएको छ उहाँले । त्यसैले होला, एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ । अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो । हालसाल पैसा कमाउन नसक्नुको कारण चाहिँ मेरो घुमफिर गर्ने योग छ रे ।
एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरको आत्मालाई सही ठेगानामा ल्याउन सविता माताजीले धेरै प्रयास गर्नुभएको छ । उहाँको त्यो प्रयासलाई म उच्च प्रशंसाले सम्मान गर्न चाहन्छु ।
हरेक बिहान उठेर निधारमा रातो टीका लगाउने गरेको छु, जुन टीका माताज्यूले नै दिनुभएको छ । टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्न भन्नुभएको छ । शायद फेसबूकबाटै थाहा पाउनुभयो कि कडा भविष्यवाणी गरेर थाहा पाउनुभयो विदेश गएर आउनुभएको रहेछ, फेरि जाने योग छ भन्नुभयो । पानीको सट्टा बीयर खानु हुँदोरहेछ भन्नुभयो । सारै खुशी लाग्यो यो कुरा मिलेको सुन्दा । यसको मतलब यो हैन कि अरू मिल्दै मिलेनन् ।
सविता माताले भन्नुभयो, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । केकस्तो हो सत्य भनेर सोध्नुभयो ।’ अनि भन्नुभयो, ‘जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन्’ भन्नुभयो । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुने भनेर घोषणा गर्नुभयो । ‘जति मुद्दामामिला चलेपनि फैसला भने तिम्रै पक्षमा हुने’ समेत बताउनुभयो ।
कांग्रेसका केही नेताहरू जस्तो कि बालकृष्ण खाँड, कमला पन्त, गगन थापा लगायतका नेताहरूले कांग्रेसको भविष्य बलियो बनाउने माताको उद्घोष छ ।
सविता माताले मेरो हौसला बढाउँदै भन्नुभयो – ‘तिमीले राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग थियो, तर लाइन बिगारेको रहेछ । अझै पनि राजयोग देखिन्छ’ भन्नुभयो । तिमी ठूलो मान्छे बन्ने थियौ, सबैले मान्ने थिए तर यसका लागि क्षत्रीबाहुनको साथमा हिँड्नू । तिमी क्षत्रीबाहुनको साथमा हिँडेनौ भने ठूलो मान्छे बन्न सक्दैनौ भन्नुभयो ।
पाठकहरूलाई लाग्ला, निशानीले हावा कुरा लेख्यो भनेर । सोध्नुहोस् सविता मातालाई – उहाँले यो कुरा भन्नुभएकै हो कि तिमी ठूलो मान्छे बन्न क्षत्रीबाहुनको संगत गर्नू भनेर ।
सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ भन्नुभयो । र यो पनि भन्नुभयो – पहिलोभन्दा दोस्रो घरबार राम्रो छ भनेर । दोस्रो घरबार नानीको आमासँग हुने र उसले बहुत माया गर्ने भन्नुभयो । यसमा मेरो भने फरक विचार छ । अहिलेसम्म माताले भनेको बाटोमा छैन म ।
हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । तर ब्रह्मचारीको बाटोमा छु, जोगी, साधुसन्तको मार्गमा छु । खै, ६ वटी नखरमाउलीसँग कसरी बिहे सम्भव होला र, यार ?
(दिल निशानीका निजि बिचार हुन्)

Credit : janasanchar.com

नेपाल राष्ट्र बैंकद्वारा १४ सहकारीको अनुमतिपत्र रद्द

नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ ।
मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग गराउने भनेको थियो । सोही कार्यान्वयनको लागि केन्द्रिय बैंकले सुचना जारी गरेर आजबाट अलग गरेको जनाएको छ ।
आजकै मितिबाट लागु हुने गरी धनगढीको नवजीवन सहकारी संस्था, काठमाडौ क्षेत्रपाटीको सगुन सहकारी संस्था, बानेश्वरको नेपाल सहकारी वित्तिय संस्था, सर्लाहीको द साहारा लोन सेभिङ कोअपरेटिभ सोसाइटी, काभ्रेको विन्दबासिनी सहकारी सँस्था, कुलेश्वरको महिला सहकारी संस्थाको अनुमति पत्र रद्द भएको हो ।
यस्तै सहकारी वित्तिय विकास संस्था, मनकामना सहकारी संस्था, भेरी सहकारी वित्तिय संस्था,  विकु बचत तथा ऋण सहकारी संस्था,स्टार बहुउदेश्यीय ऋण तथा सहकारी संस्था, हिमालय सहकारी संस्था र उपकार ऋण तथा बचत सँस्था गरी १४ वटा सहकारीको पनि अनुमतिपत्र रद्द भएको छ ।

Credit : janasanchar.com

मलेठ घटनाः मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा

पाँच जनाको ज्यान जानेगरी सप्तरी जिल्लाको मलेठमा भएको घटनाको मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा रहेको निष्कर्ष उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले देखाएको छ ।

२०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले राजविराजभन्दा तीन किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय निकायको चुनाव केन्द्रित आम सभा गरेको थियो । उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच जना कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हिंजाे काठमाडाैंमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा भनिएको छ,‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने ने.क.पा. (एमाले), त्यसलाई जुन मूल्य चुकाएर भएपनि हुन नदिने वा बिथोल्ने कटिबद्ध भई त्यहाँ जाई लाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

यी दुवै पक्षबाट सुरक्षा निकाय, प्रशासनलाई निरीह बनाइएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ ‘त्यसरी निरीह नबनेर प्रशासन र सुरक्षा निकायले त्यहाँ कुनै हालतमा पनि सभा गर्न दिनुपर्ने थिएन । औद्योगिक क्षेत्रमा सभा गर्न दिनु र त्यसकोलागि दुरुपयोगको हदसम्म व्यापक संख्यामा सुरक्षा फौज परिचालन गर्नु प्रशासन र सुरक्षा अधिकारीहरुको कमजोरी र दोष दुवै रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

सुरक्षा निकायको दोष तिनीहरुको जिम्मेवारीको अनुपातमा मात्र रहेको भन्ने बुझाई समितिको रहेको छ ।

मलेठ घटनाको छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २०७३ चैत ३१ गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरी छानविन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सीक विशेषज्ञ डा.हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृतद्वय मन्जु खतिवडा र जीवन न्यौपाने सदस्य रहेको उच्चस्तरीय छानविन समिति गठन गरिएको थियाे।

उक्त समितिको सुझावमा भनिएको छ,‘मलेठ घटनालाई एउटा विशेष घटनाको रुपमा लिन सकिन्छ किनभने त्यहाँ कुनै स्थानीय वा राष्ट्रिय विवादित बिषयमा एकतर्फी वा दुई पक्षीय जुलुस छैन । प्रदर्शनकारीहरुले राज्य वा सरकारसँग कुनै माग राखेको र त्यो पूरा नभएबाट जुलुस निस्केको पनि छैन् । अर्थात् मधेशी मोर्चाको प्रदर्शन राज्य वा सरकारको विरोधमा वा स्थानीय प्रशासनको विरोधमा वा नेपाल सरकारले नेपालको कुनै भागमा कुनै कारवाही गरेको वा कुनै नीति वा कार्यक्रमको बिरोधमा छैन। त्यो प्रदर्शन शुद्ध र स्पस्ट रुपले एउटा राजनीतिक दलविरुद्धको प्रदर्शन मात्र हो ।’

यसबाट शिक्षा लिएर भविष्यमा यस्तो घटना हुन नदिनेतर्फ सरकार, स्थानीय प्रशासन र सम्बद्ध राजनैतिक दलहरु पुर्ण रुपले प्रतिवद्ध हुनु जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको छ ।

मलेठ घटना छानविन समितिको प्रतिवेदन

प्रहरी र तत्कालिन प्रजिअको बयान यस्तो छः

कार्यक्रम सकिनलाग्दा गोली चलेको । फायर कस्ले गरेको भन्ने पहिचान नभएपनि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी प्राप्त भएको । आफूले गोली चलाउने आदेश दिएको होइन भन्ने समेत सप्तरी ४ ले आयोगमा उपस्थित भई गरेको बयानमा उल्लेख भएको पाइयो ।

म फाल्गन १८ गते २०७३ मा सप्तरी जिल्लामा प्र.जि.अ.को जिम्मेवारी सम्हाल्न गएको थिएँ । एमालेले राजविराजमा मेची महाकाली कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गर्ने भयो । रंगशालामा गर्ने कार्यक्रम मेरो पहलमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सारियो ।

यो नितान्त मेरो र सुरक्षा समितिको प्रयास थियो । मोर्चाले त राजविराजमा कुनै कार्यक्रम गर्न नदिने भनेको थियो । हनुमान नगरको बाटो प्रयोग नगर्न पनि मैले नै सुझाव दिएको थिएँ । सोही बमोजिम बाटोपनि परिवर्तन गरी एमालेले औद्योगिक क्षेत्रभित्र कार्यक्रम तय गर्यो । एमाले र मधेशी मोर्चाविच संवादहिनताको अवस्था थियो । कार्यक्रम हुने अघिल्लो दिनमा जिल्ला प्रहरी कार्यालयमा बोलाई एमाले, सप्तरी १ (मोर्चाका नेता) लाई संयमताम अपनाई कार्यक्रम गर्नुहोस् भनी सम्झाई बुझाई ग¥यौं । शुरुमा सहमति भएजस्तो थियो । उनीहरु (मोर्चा) विरोध गरेजस्तो गर्ने, एमालेले कार्यक्रम गर्ने कुरा भयो । हामीले दुबैलाई शान्ति सुरक्षा दिने कुरापनि ग¥यौं । तर २२ गते मोर्चाका नेताले ‘अब हाम्रो हातबाट गै सक्यो’ भनेपछि स्थिति तनावपूर्ण हुने पूर्वानुमान भयो ।

एमालेको कार्यक्रम राजमार्गतिर गर्न पनि सुझायौं । सफल भएन । २३ गतेको कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको करीव ८÷९ सय फौज थियो । मैले विराटनगर समेतका डिआईजीलाई समन्वय गरेको थिएँ । बाहिरबाट पनि प्रहरीहरु आएका थिए । झारखण्डबाट पनि एउटा गाडीमा ‘तीर’ बोकेका मानिसहरु आएको सूचना आयो । त्यतापनि प्रहरी परिचालन गरियो । अन्यत्र र बोर्डरबाट पनि मानिसहरु हिंडेको खबर आयो ।

ज्वालासिंह र गोहित समूहका केही व्यक्तिहरु पनि आए भन्ने खबर आयो । सिके राउतका करीब २०० जना व्यक्तिहरु आएका थिए भिन्ने जानकारी थियो । उनीहरुको टाउकोमा सिके आकारमा कपाल काटीएको थियो भन्ने खबर आयो । सिमाबाट पनि केही अदृश्य घटना घटाउन मानिसहरु आउने सूचना थियो । त्यसैले हाईवेमा सार्न एमालेलाई सुझाव दिइयो । यदि राजमार्गमा सारेको भए यो घटना हुँदैनथ्यो । नगरी नहुने र गर्नै नहुने भन्ने दृढताका कारण २३ गते अपृय घटना घट्यो । कानुन बमोजिम लगातार ४ घण्टा सम्म गर्नुपर्ने बल प्रयोग ग¥यो ।

पूर्वपटि नहरको ५ सय मिटर परबाट एमालेको कार्यक्रममा आएका कार्यकर्तालाई मोर्चाका कार्यकर्ताले रोके । एमालेका नेताहरुले पनि ट्याक्टर रोकेको कुरा ग¥यो । मोर्चाले ठाउँठाउँमा मानिसहरु राखेको रहेछ । जब एमालेका कार्यकर्ताहरु कार्यक्रम स्थलमा छिरे त्यसपछि मोर्चाका मानिसहरु ह्वात्तै आए ।

कार्यक्रमको सुरक्षार्थ टीकापुर घटनामा संलग्न (खटिएका) प्रहरी (सशस्त्र) पनि थिए भन्ने जानकारी थियो । उनीहरुको मनमा मार्छन् भन्ने त्रास, मनोविज्ञान थियो । बल प्रयोगको सिद्धान्त बमोजिम सम्झाई, बुझाई, माईकिङ्ग गर्ने, अश्रुग्याँस हान्ने, हवाईफायर, फोहोरा सबै प्रयोग भएको छ । थोरै क्षति हुने गरी स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम बल प्रयोग भएको छ । माईन्युट (सुरक्षा समितिको निर्णय) भएको छ । तर फोहोराको गाडिमा तोडफोड भएपछि फोहोरा चलाउन सकिएन । समस्या आयो । सकभर कसैको मृत्यु नहोस् भनेर प्रहरीलाई भनेको थिएँ ।

राष्ट्रिय अनुसन्धान विभागसँग सुचना लिएर आवश्यक विश्लेषण गरी सादा पोशाक समेतका सुरक्षाकर्मी खटिए । एसपी प्रहरी ८ राम्रा मानिस हुन् । डिएसपी प्रहरी १० पनि राम्रा व्यक्ति हुन् । मानव अधिकार जानेकै जानेका थिए ।

सशस्त्रका एसपी पनि पुराना हुन्. कम क्याजल्टी होस्भनेर दुबै एसपीलाई फिल्डमै खटाईयो । त्यहाँ अन्तबाट पनि प्रहरी परिचालन थिए । आ–आफ्नो समुहको कमाण्डर सोही टोलीमा हुन्थे ।

कार्यक्रम सकिन लाग्दा गोली चल्यो । फायर कस्ले गरेको भन्ने पहिचान नभएपनि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी भयो । मैले गोली चलाउने आदेश दिएको होइन । त्यसपछि म शक भएँ । के.पी.ओली बोल्न लाग्दा पेट्रोल भरिएको बोतल बोकेका व्यक्तिहरु हिडेका थिए भन्ने सूचना आयो । प्रहरीको संचारसेट खोसियो । पर्खाल चढी एमालेको कार्यक्रम आयोजना भएको ठाउँमा करीव ७ जना व्यक्तिहरु गए ।

गोली नचलाएको भए कार्यक्रम स्थलभित्र, प्रदर्शन भैरहेको स्थलमा समेत थुप्रै क्याजल्टी हुन सक्थ्यो । हामीले लामो समयसम्म एउटा दुरीमा मासलाई कन्ट्रोल गरेका थियौं । मर्नेमा केही निर्दोष मानिस पनि परे । तर पत्रिकाहरुले घटनालाई बढाई चढाई पनि गरे । जब म सप्तरीमा गएँ, धेरै शुभचिन्तकहरुले राम्रो पनि माने । कुनै समस्या हुँदैन पनि भने । संसदीय समिति घटनाकाबारे बुझ्न भनी गयो । त्यो टोलीले एकपटक पनि सिडिओ, एसपीलाई भेटेन ।

त्यो समितिले यसरी छानविन गरी निकालेको प्रतिवेदन कति निष्पक्ष होला ? एकपक्षीय रुपमा बुझी ‘सरकारको दोष’ भन्यो भने कुनैपनि कर्मचारीहरुले काम गर्न सक्तैन । मोर्चा र घाईतेलाई मात्र भेटेर आयो मलाई दुःख लाग्यो । करीव १०÷!५ मिनेट गोली चलाउन नपरेको भए मानिस मर्दैनथे । सप्तरी १ (मोर्चाका नेता) लाई हाईवेमा पक्राउ गरिएको थियो । १२ जना मानिस मरिसके, छोडिदे भनेर धम्की दिएको थियो । मैले कार्यक्रम सकियो, सप्तरी १ लाई छोडिदे भने ।

छोडियो । गृहमन्त्रीलाई फोन गर्दा धेरै पटक प्रयास गर्दा मात्र सम्भव भयो । मैले बालकृष्ण पन्थीलाई रिपोर्टिङ गरें ।

भोलिपल्ट मलाई रिपोर्टिङका लागि काठमाण्डु बोलाईयो । रिपोर्ट बनाउदै थिएँ । राति पनि सुतिएन । डिएसपी प्रहरी १० धेरै सक्रिय व्यक्ति हुन्. उनले सकेसम्म बढी सुचना संकलन गरी टिपोट बनाए । म काठमाण्डु आएँ । मलाई मन्त्रीले भेट्न आउनु भनी बोलाएनन् । म कुरेको कुरै भएँ । सुरक्षा निकायको प्रमुख म, तर हाजिर गराएर मात्र राखियो । १०÷१५ दिनपछि आफैं मन्त्रीलाई भेट्न गएँ । गोली ठोक्न आदेश दिएको हो ? भने, मैले ‘होइन’ भनें ।

त्यसपछि फर्किएँ । मलाई सोधिएको कुरा यत्ति हो । म संग विधिवत रिपोर्ट सरकारले मागेको छैन । बुझाउन पनि पाईनँ । त्यसपछि अर्को प्र.जि.अ. पठाईयो । घटना प्रति दुःखी छु । परिस्थिति हेरी काम गरियो । नियत खराब थिएन ।
घटना पछि पनि आगजनी तोडफोड भयो ।

( तत्कालीन प्रमुख जिल्ला अधिकारी सप्तरी ४ को बयान)

एमाले मेची महाकाली अभियानमा सशस्त्र प्रहरीको झापा देखि धनकुटा सम्मका प्रहरी कर्मचारी परिचालित थिए । प्रदर्शनकारीहरुले भाला, भाटा, पेट्रोल बम बोकेका थिए । सुरक्षाकर्मीहरु घाइते भएका थिए । प्रदर्शनकारीहरुले हामीलाई लखेटीरहेका थिए । नेपाल प्रहरी पछाडी हट्यो । हामी सवारी साधन सुरक्षाको लागि खटेका थियौं । त्यही समयमा गोलीको आवाज सुनिएको थियो तर काहाँ र कोबाट गोली चलेको थियो भन्न सकिएन । जिल्ला स्थित शसस्त्र प्रहरी वलको कार्यालयका प्रहरी कर्मचारीहरु बजार एरियामा परिचालन गरिएको र कार्यक्रमस्थलमा अन्यत्रबाट आएका प्रहरी कर्मचारीहरु खटिएका थिए ।

गोली चलाउने परिस्थिती सृजना भएमा प्रमुख जिल्ला अधिकारीको आदेश प्राप्त गर्नुपर्दछ । आत्मरक्षा गर्नुपर्ने भएमा गोली चलाउन सकिने र प्रहरीको हतियार तथा सञ्चार सेट खोस्न खोजेमा पनि गोली हान्न सकिन्छ । सुनसरीबाट खटिएको प्रहरीको सेट खोसिएकोमा हाल सम्म फेला पर्न नसकेको । दिनभर प्रहरी र प्रदर्शनकारी बीच धकेलाधकेल भईरहेको थियो । करीब ४००० को संख्यामा मोटरसाईकलहरु थिए ।

एमालेका ३ वटा बाईक प्रदर्शनकारीले जलाईदिएका थिए । तोकिएको निषेधित क्षेत्र पनि प्रदर्शनकारीले नाघीसकेका थिए । प्रहरी कर्मचारीबाट माईकिङ्ग तथा चेतावनी दिने कार्य भएको थियो । ३,४ हजार जतिको संख्यामा भीड रहेको थियो । कार्यक्रमको अन्त्य तिर झन भीड बढेको थियो । अन्त्य तिर एमालेका

नेताहरु मथि नै आक्रमण गर्ने संभावना देखेर सुरक्षार्थ गोली चलाउनु पर्यो । दोहोरो झडपको क्रममा भुईमा ढलेको अवस्थामा छाती र टाउकोमा गोली लागेको हुनसक्छ ।

हरेक १३ जनाको प्रहरी बटालियनमा दुई जना संग हतियार रहन्छ भने अन्यसंग लाठी मात्र रहेको हुन्छ । त्यो बेलाको समय र परिस्थितीमा गोली नचलेको भए बिगतका गौर र टीकापुर घटना दोहोरिन सक्ने संभावना थियो । प्रहरीले उक्त दिन ठुलो क्षति हुनबाट जोगाएको हो ।

(सशस्त्र प्रहरी उपरिक्षक प्रहरी ३ तथा प्र.ना.उ.प्रहरी ४, प्रहरी हवल्दार प्रहरी ५, प्रहरी ६ लगायतको भनाई ।)

Credit : janasanchar.com

ठगी गरेको आरोपमा रामारोशन गाउँपालिकाका अध्यक्ष साउद पक्राउ

महानगरिय प्रहरी प्रभाग काँडाघारीले अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकार साउदलाई पक्राउ गरेको छ । साउदलाई वैदेशिक रोजगारीमा पठाई दिने भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष पहिले चारजना युवाबाट एक–एक लाखका दरले चार लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन काठमाडौंमा उजुरी थिएका थिए । पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एकएक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए ।

पटकपटकको प्रयास पछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । साउदले ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरु उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् ।
स्थानीय चुनावको केही समयअघि मात्रै पीडित अछाम पुगेर साउदलाई धनगढी ल्याएका थिए । त्यतिबेला साउदले चुनाव सकिएलगत्तै सबै रुपैयाँ दिने वाचा गरेका थिए । आफूहरुलाई विभिन्न प्रलोभन देखाएर रुपैयाँ लगेको तर विदेश नपठाएको पीडितहरुले बताए ।
जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको प्रहरीले बताएको छ ।

स्थानीय चुनावमा साउदले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।जनयुद्ध लडेका नेताले युवाहरुलाई विदेश पठाउने भन्दै ठगि गरेको सुनेपछि रामारोशनका स्थानीयले लाजले भुतुक्कै भएका छन् । ‘राम्रो भनेर भोट हालेको तर ठग परेछ’ रामारोशनबासी भन्छन् ।

Credit : janasanchar.com

‘गोल गोल’ भन्दै याक एण्ड यतिमा रक्सी, मासु तान्दै सरकारका मंत्रीहरु

सरकारका मन्त्रीहरुको फुटबल हेराई महंगो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनुशासनको नारा दिइरहेपनि मन्त्रीलाई त्यसले कुनै प्रभाव पारेको छैन । मन्त्रीहरुको जीवनशैली दिनदिनै तडकभडक बन्दै गइरहेको छ ।

आइतबार राति भएको विश्वकप फुटबल हेर्न मन्त्रीहरुको लाइन फाइभ स्टार होटलमा लाग्यो । फुटबल सुरु नहुँदै मन्त्रीहरु याक एण्ड यति मा महंगो शूल्क तिरेर फुटबल हेरेका छन् । आफ्ना घरमा ठूलाठूला टिभी राखेका मन्त्रीहरु फुटबल हेर्न फाइभस्टार होटल पुगेका छन् । कम्युनिस्ट मन्त्रीहरुको यो जीवनशैलीको चौतर्फी आलोचना भइरहेका छ ।

ऊर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहित आधा दर्जन मन्त्रीहरु परिवार, एक हुल नेता–कार्यकर्ता र मन्त्रालयका अधिकारीलाई बोकेर याक एण्ड यती पुगेका थिए । उनीहरुसँगै (नेकपा)का नेता टोपबहादुर रायमाझी, धनश्याम भुसाल, पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।

फुटबल हेर्न मन्त्रीहरुसँग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि फुटवलमा रमाइरहेका थिए । उनीहरु सबैले अगाडिको भाग बुक गरेर फुटबल हेरेका थिए ।

 

मन्त्रीसँगै फुटवल हेर्न याक एण्ड यति पुगेकाहरुले महंगो खाले रक्सी खाँदै ‘गोल……..गोल….’ भन्दै कराएका थिए । फुटबल हेर्न त्यहाँ पुगेकाहरुका अनुसार मन्त्रीहरुले खानपान गरेको बताइएको छ ।

विश्वकप फुबटल– २०१८ को उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको हो ।

Credit : janasanchar.com

सरकारी वार्ता टोली र डाक्टर केसी पक्षबीच वार्ता निष्कर्षविहीन, मुलुकभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीचको पहिलो वार्ता निष्कर्षविहीन भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच सोमबार राति भएको वार्ता निष्कर्षविहीन भएको छ ।

‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेन’, केसी पक्षबाट वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले भने, ‘हाम्रा मागबारे वार्ता टोलीका संयोजक खगराज बरालले शिक्षा मन्त्रीलाई सोध्ने भन्नुभयो, शिक्षा मन्त्रीले प्रधानमन्त्रीलाई सोधेर निर्णय गर्ने बताएपछि वार्ता रोकिएको हो ।’

जुम्लामा १६ दिनदेखि अनशनरत केसीको माग पुरा गर्नका लागि सरकारले  शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । तर सरकार र केसी पक्षबीचको पहिलो वार्ता बिनासहमति सकिएको हो ।’

यसैबीच नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

संघले सोमबार विज्ञप्ति जारी गरी साउन तीन गते देखि देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने जनाएको छ । अनशनरत डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको हो ।

तोकिएको समयसीमा भित्र पनि माग पूरा नभए संघले आगामी बिहीबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले जानकारी दिनुभयो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार समक्ष पटक/पटक अपिल गर्दा समेत डा केसीको जीवनरक्षाका लागि कुनै चासो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थिति प्रति नेपाल चिकित्सक संघ गम्भिर चिन्ता व्यक्त गर्दै गर्दछ । चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ता टोली बनाई डा. केसीको जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।

विज्ञिप्तमा भनिएको छ, ‘देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना सरकारले नै गराएकोले यसबाट सर्वसाधारणहरुमा पर्न जाने असुुविधा प्रति नेपाल चिकित्सक संघ गहिरो दुु:ख व्यक्त गर्दछ ।’

Credit : janasanchar.com

सिन्डिकेट खारेज गर्ने निर्णयमा यातायात व्यवसायीसंग सरकारले घुंडा टेक्यो, व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का

अन्तत: ठुलो हौवा पिटेर घोषणा गरिएको यातायातको सिण्डिकेटअन्त्य’ गर्ने निर्णयबाट वर्तमान दुई-तिहाई बहुमत भएको भनिएको ओली सरकारले यातायात ब्यबसायीहरुसंग घुंडा टेकेको छ l साउनदेखि मुलुकबाट बैधानिक रुपमा सिन्डिकेट हटाउने निर्णय गरेर तामझाम गरेको ओली सरकारले यातायात व्यवसायीहरुका अगाडी घुंडा टेकेर आफ्नो निर्णयलाई नरम बनाएको छ l

सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सिन्डिकेट खारेज गरेको घोषणा गरेको ओली सरकारले साउन १ गतेदेखि यातायात संग सम्बन्धित समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो l सरकारले देशभरका यातायात्संग सम्बन्धित ब्यबसायी र समितिलाई कम्पनी ऐन अन्तरगत दर्ता हुन असार मसान्तसम्म म्याद दिएको थियो भने ती संस्थाहरुको बैंक खाता समेत रोक्का गरेको थियो l

सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ भने यातायात समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो ।

यातायात मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलको सिफारिसका आधारमा केही महिना थप समय दिएर समितिहरुलाई कम्पनीमा जान ‘बाध्य पारिने’ योजना बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक उच्च अधिकारीले बताए ।कम्तीमा ३ महिनाको समयसीमा दिएर कम्पनीमा जान प्रोत्साहित गर्ने तयारी भएको बताइएको छ । कार्यदलले साउनपछि समितिहरुको खातामा रहेको पैसा पनि चलाउने अनुमति दिन सिफारिस गरेको छ ।

बैंक खाता रोक्का गरिएकाकारण समितिहरुले कर्मचारीलाई तलब खुवाउन नसकेको र घाइतेको उपचार पनि गर्न नसकेको बताउँदै आएका छन् । उनीहरुले कार्यालय सञ्चालन, कर्मचारीको तलव सुविधा व्यवस्थापन तथा दुर्घटनामा घाइते भएकाको उपचारका लागि आवश्यक खर्च दिन रोक्का बैंक खाता खुला गर्नुपर्ने माग गर्दै आएका छन् ।

कार्यदलले पनि समितिहरुले जिल्ला प्रशासन कार्यालयहरुमा खर्चका विवरण बुझाउने र त्यसकै आधारमा सरकारले रकम निकासा दिनुपर्ने गरी सिफारिस गरेको छ ।

समितिहरुको सम्पत्ति के गर्ने भन्ने अन्योलका कारण नै अहिलेसम्म कार्यदल धेरै कुरामा निश्कर्षमा पुग्न सकेको छैन । विद्यमान सामाजिक संस्था दर्ता ऐन अनुसार समितिका सम्पत्ति स्वतः राष्ट्रियकरण हुने अवस्था छ ।

तर, व्यवयासीले आफुहरुले सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा नाजायज हुने बताउँदै आएका छन् । व्यवसायी सकेसम्म समितहिरुलाई हिजोकै अवस्थामा राखेर अघि बढ्नुपर्ने बताइरहेका छन् भने नसकिने अवस्थामा पनि समितिको सम्पत्ति स्वतः कम्पनीमा जाने व्यवस्था गर्नुपर्ने अडानमा छन् ।

तर, त्यसका लागि कानुन बाधक भएपछि विशेष कानुनी व्यवस्था गरेरै समितिका सम्पत्ति राष्ट्रियकरण नगर्ने योजनामा सरकार छ ।

अहिलेसम्म कार्यदलले दुर्घटना लगायतका विषयमा छलफल नै गरेको छैन । तत्काल टुंग्याउनुपर्ने दुर्घटना बीमाको विषयमा भन्दा कार्यदललाई साउनपछि पनि समिति ब्युँझै राख्ने कुरामा छलफल गर्न मन्त्रालयले दबाव दिएको थियो ।

समितिहरुलाई साउन १ देखि नै खारेज नहुने अवस्था बनाएर केही समय लिएर गम्भीर रुपमा छलफल अघि बढाइने समितिका एक सदस्यले बताए । समितिहरुलाई समय नदिई खारेज गरेमा त्यसले यातायात क्षेत्र थप अन्योलमा रुमल्लिने अवस्था भएकाले केही समय दिनुपर्ने गरी सिफारिस गरिएको उनले बताए ।

Credit : janasanchar.com

पत्रकार अधिकारीमाथि भएको आक्रमणको बिरोध, दोषीलाई कारवाहीको माग

कास्की जिल्लास्थित सुरक्षा सम्बद्ध उच्च अधिकारीहरुकै अगाडी बुधबार फेवा टेलिभिजनका स्टेशन मेनेजर हेमराज अधिकारीमाथि भएको आक्रमण र उनको क्यामरा तोडफोड भएको घटनाप्रति पत्रकारसंग सम्बन्धित संस्थाहरुले बिरोध गरेका छन् l उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्नुको साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिन स्थानीय प्रशासंसंग माग गरेका छन् l

यसरी माग गर्ने पत्रकारसंग सम्बन्धित संस्थाहरुमा नेपाल पत्रकार महासंघ कास्की र नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, आदिवासी जनजाती पत्रकार संघ कास्की, लगायत रहेका छन् l

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य एबम गण्डकी धवलागिरी संयोजक ओम हमालले एक प्रेस विज्ञप्ती जारी गरी उक्त घटनाको बिरोध गरेका छन् l

विज्ञप्तीमा अघि भनिएको छ, “दिशा-पिसाबमा देखिने किटाणु जस्तै कोलिफर्म ब्याक्टेरियायुक्त दुषित पानी उत्पादन गर्ने सिएम् अक्वा वेभरेज प्रालि‘पोखरा –  २५ हेम्जामा शिलबन्दी गर्न पुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतकै अगाडी जनतालाई सही सुचना दिन उद्दत पत्रकार फेवा टेलिभिजनका स्टेशन मेनेजर हेमराज अधिकारीमाथि दुरव्याबहार हुनुका साथै क्यामरा तोडफोड भएको लज्जाश्पद घटनाप्रति क्रान्तिकारी पत्रकार संगठन घोर आपत्ति प्रकट गर्दछ l” जिल्लाका उच्च सुरक्षा अधिकारीकै अगाडी एकजना पत्रकारमाथि आक्रमण हुनु लज्जास्पद बिषय भएको भन्दै विज्ञप्तीमार्फत “कास्कीको सुरक्षा व्यबस्थाको धज्जी उडेको” टिप्पणी गरिएको छ l

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने तथा जनतालाई सुसुचित गराउने पत्रकारमाथि आक्रमण गर्ने सिएम् अक्वा वेभरेज प्रालि‘तथा त्यसका मेनेजर  कपिलकिरण श्रेष्ठमाथि कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको सुरक्षामा संबेदनशील बन्न स्थानिय प्रशासन समक्ष क्रान्तिकारी पत्रकार संगठनले माग गरेको छ l

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थितीमा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीमाथि दुरव्यवहार हुनुकासाथै क्यामरा समेत तोडफोड भएको घटनाले, सम्पूर्ण पत्रकार असुरक्षित भएको महशुस भएको उल्लेख छ l

अक्वा वेभरेज प्रालि‘का मेनेजर श्रेष्ठको यस्तो हर्कत सिंगो संचार माध्यम माथिको ठाडो हस्तक्षेप भएको महासंघको प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा दोषी उपर कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न स्थानिय प्रशासन समक्ष प्रेस विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।

यसै गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पनि एक प्रेस विज्ञप्ती जारी गरेर टुडेज मिनरल वाटरको समाचार संकलनका लागी गएका सञ्चारकर्मी हेमराज अधिकारी प्रति भएको हातपातको घटनाप्रति घोर भत्सना गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगरले जारी गरेको प्रेस विज्ञप्तीमा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठद्धारा फेवा टेलिभिजनका स्टेशन म्यानेजर समेत रहेका पत्रकार हेमराज अधिकारीमाथी प्रशासन र प्रहरीको अगाडी हातपात गर्नु र सञ्चार सामाग्रीमाथ क्षती पु¥याएको प्रति फोनिज कास्कीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ l   सो प्रेस विज्ञप्तीमा प्रशासन र प्रहरीको अगाडी पत्रकार र पत्रकारको सामाग्रीमाथी भएको यस्ता हर्कतले प्रशासन र प्रहरीको धज्जी उडाएको उल्लेख छ l यस्ता क्रियाकलापमा संलग्न दोसीलाई कडा कारबाही गर्न समेतफोनिज कास्कीले  जोडदार माग गरेको छ ।

 

Credit : janasanchar.com

टुडे खानेपानीको कम्पनीमा सिलबन्दी, कम्पनीका मेनेजर श्रेष्ठ पक्राउ

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा रहेको टुडे खानेपानीको कम्पनीमा सिलबन्दी गरेको छ । सो कम्पनीले उत्पादन गर्दै आएको टुडे पानीको जारमा कोलिफर्म भेटिए पछि प्रशासनले कम्पनीको जारकोा पानी उत्पादन युनिटमा सिलबन्दी गरेको हो ।

’असार २२ गते पोखरामा पानी उत्पादन गरी विक्रिवितरण गर्दै आएका ५ वटा कम्पनीको पानी परिक्षणका लागि प्रशासनले खानेपानी तथा सुपेरिबेक्षण पोखराको प्रयोगशालामा पठाएको थियो । परिक्षण गर्दा टुडे कम्पनीले उत्पादन गर्दै आएको जारको पानीमा कोलिफर्म भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए । कोलिफर्म दिसापिसाबमा हुने किटाणु हो । कोलिफर्मले झाडापखला लगायतका रोगहरु निम्त्याउँछ । टुडे कम्पनीले उत्पादन गर्दै आएको १ लिटरको मिनरल वाटरमा भने कुनै समस्या नरहेको प्रशासनले जानकारी दिएको छ ।

यसै बीच, स्वास्थ्यमा खेलवाड हुनेगरी टूडेज मिनरल खानेपानी उत्पादन गर्ने कम्पनी ‘सिएम् अक्वा वेभरेज प्रालि‘का मेनेजर कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ l

अक्वा वेभरेज प्रालि‘का मेनेजर कपिलकिरण श्रेष्ठले कम्पनीद्धारा उत्पादन भएको टुडेज् मिनरल वाटर मापदण्ड विपरित भएको बिषयमा भिडियो खिच्दै गर्दा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीमाथि दुरव्यवहार गर्नुकासाथै क्यामरा समेत तोडफोड गरेका थिए l पत्रकार अधिकारीमाथि आक्रमण भैरहंदा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थिती रहेको थियो l

कास्की जिल्लास्थित सुरक्षा सम्बद्ध उच्च अधिकारीहरुको उपस्थितिमा पत्रकारमाथि आक्रमण हुनु र पत्रकारको संचार सामाग्री तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्की र नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनले घोर आपत्ति प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् l

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थितीमा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीमाथि दुरव्यवहार हुनुकासाथै क्यामरा समेत तोडफोड भएको घटनाले, सम्पूर्ण पत्रकार असुरक्षित भएको महशुस भएको उल्लेख छ l

अक्वा वेभरेज प्रालि‘का मेनेजर श्रेष्ठको यस्तो हर्कत सिंगो संचार माध्यम माथिको ठाडो हस्तक्षेप भएको महासंघको प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाल पत्रकार महासंघ कास्कीले दोषी उपर कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न स्थानिय प्रशासन समक्ष प्रेस विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।

 

Credit : janasanchar.com

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो।

क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णाएक बन्न पुग्यो ।  मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो।

पहिलो हाफको शुरुवातमै इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि अग्रता जोगाउन नसक्दा ५२ वर्षपछि विश्वकपको उपाधि जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो । पहिलो हाफको ५ औं मिनेटमा इंग्ल्याण्डका कायरन ट्रिपियरले २० यार्ड टाढाबाट फ्रि किक मार्फत प्रहार गरेको बल गोलमा परिणत भएको थियो। पहिलो हाफको सुरुवाततर्फनै इंग्ल्याण्डले अग्रता बनाएपछि दबाबमा आएको क्रोएसियाकालागि  पेरिसिचले १९ औं मिनेटमा गरेको कडा प्रहार गोलपोष्ट नजिकैबाट वाहिरिन पुगेको थियो। दबाबमा रहेको क्रोएसियाले पहिलो हाफमा बराबरी गोल गर्ने खासै अवसरहरु सिर्जन गर्न नसक्दा इंग्ल्याण्डले भने अग्रता दोब्बर पार्ने केहि अवसर प्राप्त गरेको थियो।  १५ औं मिनेटमा ट्रिपरको बलमा मागुयरले हेड मार्फत गरेको प्रयास गोल पोष्टको नजिकैबाट वाहिरिदा केनले भने दुई पल्ट गोलकालागि प्राप्त गरेको अवसरमा अफसाइड हुन पुगे।

दोश्रो हाफको सुरुवातदेखिनै खेलमा फर्कन संघर्ष गरिरहेको क्रोएसिया ६८ औं मिनेटमा सफल हुन पुग्यो । क्रोएसियाकालागि इभान पेरिसिचले बराबरी गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसअघि ६५ औं मिनेटमा क्रोएसियाका पेरिसिचलेनै गरेको प्रहार इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाव गरेका थिए भने ७२ औं मिनेटमा पेरिसिचले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कदाँ क्रोएसिया खेलमा अग्रता बनाउन बाट चुकेको थियो । यस्तै ८३ औं मिनेटमा क्रोएसियाका मान्डजुकिचले गरेको कडा प्रहार समेत इंग्ल्याण्डका गोलरक्षकले बचाउँदा खेल अतिरिक्त समयतर्फ धकेलिन पुगेको थियो । पहिलो हाफको तुलनामा क्रोएसियासामु कमजोर देखिएको इंग्ल्याण्डले दोश्रो हाफमा गोलका लागि खासै अवसरहरु सिर्जन गर्न सकेन भने क्रोएसिया एकपछि अर्को आक्रमण गर्दै अगाडी बढेको थियो।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलको १ सय ९ मिनेट क्रोएसिया भाग्यशाली सावित भयो। क्रोएसियाकालागि इभान पेरिसिचले उपलब्ध गराइदिएको बलमा मान्डजुकिचले ६ यार्ड बक्सबाट उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकप फाइनल सम्मको यात्रा तय गराए ।

इंग्ल्याण्डलाई हराउँदै फाइनल प्रवेस गरेको क्रोएसियाले उपाधीकालागि आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्को स्थित लुज्निकी रङ्गशालामा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ । त्यसअघि तेश्रो स्थानकालागि शनिबार हुने खेलमा इंग्ल्याण्ड र बेल्जियम भिड्नेछन्।

Credit : janasanchar.com