भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

नावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ ।प्रतिपक्षमा छ, कांग्रेस ।ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।

नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।

साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् ।

कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।

दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई ।

‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।’, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

Credit : onlinepana.com

दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’मा सहमति

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् ।

‘अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘यसअघि नै विधान र राजनीतिक तथा शैक्षिक कार्यक्रमका बारेमा टुंगो लागिसकेको अवस्था छ ।’

उनका अनुसार, संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो ।

Credit : onlinepana.com

प्रधानमन्त्रीको महंगो प्रदेशसभा सम्बोधन : हेलिकोप्टर खर्च मात्रै झण्डै २८ लाख !

प्रधानमन्त्री आफैं मितव्ययी छैनन् कसरी हुन्छ मुलुक समृद्ध?, प्रतिघण्टा ४ लाख ६२ हजार भाडा पर्ने एमआई सेभेन्टिननै चढ्नुपर्ने !

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुर पुगे । हवाइ सुबिधाकै हिसाबले पनि जनकपुरमा आधा दर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्छन् ।

सर्वसाधारणलाई पनि हवाइ टिकट लिन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्री जस्तो मान्छेलाई इशाराको भरमै निवासमै टिकट आईपुग्छ । समस्या के छ भने, जनकपुरमा सरकारी हवाइ अड्डा नेपाल बायु सेवा निगमको विमान सेवा छैन ।

निजी कम्पनीहरुले मात्रै काठमाडौं जनकपुर उडान भरिरहेका छन् । निजी विमानको भाडा महंगो छैन्, उच्च ओहदाकाहरुका लागि । सस्तोमा ३३ सयदेखि महंगोमा ४८ सय रुपैयाँसम्म पर्छ काठमाडौंबाट जनकपुर जान । महंगो कै हिसाब गर्दा पनि आते–जाते भाडा ९ हजार ६ सय रुपैयाँ । प्रदेश २ को सभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्री एक्लै जाने कुरा भएन । पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाल पनि जानै पर्‍यो । २ जनाको आतेजाते हवाइ भाडा १९ हजार २ सय रुपैयाँ । दुुई चार जना सुरक्षा गार्ड र दुई चार जना आसे पासे सहितको जम्मा जम्मी टोली १० जनाको बनाउँदा पनि ९६ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन ।

प्रदेशसभाले प्रधानमन्त्री र उनको टोलीलाई खाना र पान समेत खुवाउने सार्वजनिक गरिसकेको छ। आजको केही घण्टा जनकपुर बस्दा उनको टोलीको सूको खर्च हुने छैन । तर, सरकार प्रमुखको सुरक्षाको सवाल छ । निजी विमानबाट आउने जाने कुरा सोच्न पनि भएन । सुरक्षा खतरा भईहाल्छ । हेलिकोप्टर नै चाटर्ड गर्दा पनि निजी कम्पनीतिर आँखा लगाउने चलन छैन्, सुरक्षाकै कारणले । त्यसैले रोजिन्छ नेपाली सेनाकै हेलिकोप्टर ।

नेपाली सेनासँग साना हेलिकोप्टर पनि छन् । व्यक्तिगत कामका लागि सेनाले हेलिकोप्टर उपलब्ध गराउँदा सर्वसाधारणसँग प्रतिघण्टा १ लाख २५ हजारको दरले लिने गर्छ । सानो हेलिकोप्टरले प्रधानमन्त्रीको टोलीलाई धान्न सक्दैन । त्यसैले ठूलै हेलिकोप्टर फन्दामा पर्छ ।

एम अाई सेभेन्टिन हेलिकोप्टरको चार्ज सेनाले अरुसँग एक घण्टाको ४ लाख ६२ हजारको दरले लिनेगर्छ । तर सरकार प्रमुख र राष्ट्रप्रमुखले यो हेलि प्रयोग गर्दा भाडा तिर्ने चलनै छैन । आयोजकले नै सरकार प्रमुख र राष्ट्र प्रमुखलाई निम्ता गर्दा भने कहिले काहीँ दिने गरेका छन् । तर प्रधानमन्त्री, राष्ट्रपतिले यसरी भ्रमण गर्दा अहिलेसम्म सेनालाई हेलि भाडा दिने गरिएको छैन ।

प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधनका क्रममा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकोप्टर विहान १० देखि दिउँको ४ बजेसम्म नै इन्जेग भएको छ । यदि अरु कसैले यो हेलि ६ घण्टाका लागि लिएको भए नेपाली सेनाले २७ लाख ७२ हजार रुपैयाँ भाडा पाउँथ्यो । सेनालाई नदिए पनि यो रकम सरकारी कोषकै रकम सिद्धिने हो ।

प्रधानमन्त्रीले एउटा प्रदेशसभालाई सम्बोधन गर्न जाँदा २७ लाख ७२ हजार खर्च १ जबकि मितव्ययी हुन सकेको भए १ लाख रुपैयाँ हवाई भाडामै मजाले काम चल्थ्यो । कुरा काट्न माहिर  प्रधानमन्त्री र उनका आसेपासेले भन्न सक्लान् गाडीमा गएको भए अझ सस्तो पथ्र्यो होला नि !  हो नि त के फरक पर्छ प्रधानमन्त्री गाडीमा हिँड्दा ? प्रधानमन्त्री बन्नुअघि र पदमा नहरँदा उनी यसरी नै एम आइ सेभेन्टिनमा सयर गर्थे ? पाएको सुविधा लिने भन्दैमा राज्यकोषको रकम ढुटो पार्नुपर्छ ? मितव्ययी बन्न मिल्दै मिल्दैन हो ?

Credit : onlinepana.com

वीर गोर्खाली अभियानले सरकार विरुद्धको बिरोध सभा गर्दैगर्दा प्रशासन बन्यो भिलेन

पछिल्लो समय महिला हिंसा र सरकारको मनोमानि कर वृद्धिको विरुद्धमा देशभर सरकारको बिरोध भइरहेको बेला ‘वीर गोर्खाली’ अभियानले पनि देशका विभिन्न स्थान हरुमा बिरोध सभा आयोजना गर्दै आएको छ।

शनिवार गोङ्बु स्थित नयाँबसपार्क मा ‘महिला हिंसा, अत्यधिक कर र चरम मूल्य वृद्धि’ को विरुद्धमा आयोजित बिरोध सभामा बोल्दै अभियानका अभियन्ता निराजन बमले अहिलेको गणतान्त्रिक सरकार दिनानुदिन जनबिरोधि बन्दै गएको आरोप लगाएका छन। उनले भने “आम नेपाली जनता राजसंस्था लाई पाखा लाउनु मा पछुतो मानिरहेका छन।”

कार्यक्रममा बोल्दै अभियान्ता श्रीजना वाग्लेले राजाको शासनकालमा नवजात शिशुको आमालाई एक हजार सुत्केरी खर्च दिने ब्यबस्थालाई सोझै खारेज गर्ने आट नगरेर घुमाउरो पारामा दुई सय ब्याज सहित जन्म दर्ताको गर्दा १२ सय रुपैया असुल्नुले सरकारको नियती स्पष्ट भएको बताइन।

उनले विभिन्न बाहानामा अपराधी लाई सजाय मुक्त गर्न सरकार उद्दत रहेको स्मरण गर्दै बलात्कारीलाई बाचुन्जेलको जेलसजाय को कानुन निर्माण गरेर सरकारले आखामा छारो हालेको बताउदै साउदी अरेबियामा जस्तै फासीको सजाय दिनुपर्ने कानुन निर्माण गर्नुपर्ने बताइन।

कार्यक्रम सन्चालन गर्दै अभियन्ता मनोज सापकोटाले अब सरकारको मनोमानी टुलुटुलु हेरेर बस्न नसकिने बताउदै यो सरकारको विरुद्धमा नभएर सिङ्गो गणतान्त्रिक ब्यबस्थाको विरुद्धमा एकताबद्ध हुनुको विकल्प नभएको बताए। उनले भने “यो अत्यधिक कर र चरम मुल्य वृद्धि गर्नुमा सरकार मोहोरा मात्रै हो यो गणतन्त्र नै मूल्य वृद्धि र अत्यधिक कर को प्रमुख कारण हो त्यसैले गणतन्त्र खारेजी मात्रै समस्याको समाधान हो।”

श्रीमान गम्भीर नेपाली रास्ट्रीय गान बाट सुरुभएको कार्यक्रम अभियन्ताहरु निराजन बम, सृजना वाग्ले, बिबेक सिलवाल, कैलाश शर्मा लगायत एक दर्जन बक्ताहरुले सरकार विरुद्ध आक्रोश व्यक्त गरेका थिए। अभियानका अभियन्ता सौरभ भण्डारीले ‘वीर गोर्खाली’ अभियान को आधिकारिक गित देश बचाइ राख्नेभए संघीयता खारेज गरौं भन्ने गाएका थिए भने मनिष भण्डारीले ‘महिला हिंसा’ नामक कबिता वाचन गरेका थिए।

कार्यक्रम पस्चात पत्रकारहरु सङ्ग कुराकानी गर्दै अभियन्ता सौरभ भण्डारीले आजको कार्यक्रम रोक्न बामपंथी सरकार प्रशासनको आडमा लागिपरेको तर सोही कारण ३ बजे निर्धारण भएको कार्यक्रम ५ बजे गर्नुपरेको र त्यसले उपस्थितलाई अन्यौलता सिर्जना गराएपनी रास्ट्रीयता र जनजीविकाको सवालमा कोहि कसैसँग नझुक्ने बताउदै निरन्तर लागिरहने बताए।

Credit : onlinepana.com

पोखरेलले ज्वाइँलाई अध्यक्ष बनाएपछि ओलीलार्इ नेता माधवकुमारले दिए यस्तो थ्रेट अब के होला ?

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द् बीच एकिकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी गठन गरेका थिए। दुवै पार्टीको एकिकरणपछि तल्लो तहको कमिटीलार्इ पनि एकिकरणको लागि निर्देशन दिएका थिए। सोही अनुसार प्रदेश ५ का १२ मध्ये ७ जिल्ला पूर्वएमाले र ५ जिल्लाको नेतृत्व पूर्वमाओवादीले पाउने सहमति ओली र प्रचण्डले गरेका थिए ।

तर प्रदेश ५ का जिल्ला कमिटीहरू चयनका क्रममा पूर्वएमालेभित्रै गुटबन्दीले विवाद उत्पन्न भएको छ। प्रदेश ५ मा सर्वसम्मतिको नाटक गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विरोध जनाएको छ । पूर्वएमालेले दाङ र अर्घाखाँचीमा माधव नेपाल पक्षले असहमति जनाएको छ ।

प्रदेश ५ को कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई सर्वसम्मति भएको भन्दै प्रतिवेदन बुझाएको छन् । प्रदेश अध्यक्षमा पूर्वएमालेका दलबहादुर राना र पूर्वमाओवादीका गणेशमान पुनमध्ये एकलाई बनाउन प्रस्ताव गरिएको छ ।

पूर्वएमालेले पाएका जिल्ला अध्यक्ष चयनमा मापदण्ड नबनाइएको र यसअघिको गुटका आधारमा व्यवहार गरिएको वरिष्ठ नेता नेपाल पक्षको आरोप छ । नेपाल समूहले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाग्रह राखेर स्थान नदिएको आरोप लगाएको छ ।

दाङका अध्यक्ष पूर्वएमालेले पाउने सहमति थियो । तर पूर्वएमालेका अध्यक्ष टीकाराम खड्कालाई अध्यक्ष नदिएर शिव आचार्यलाई बनाइएको छ । खड्का नेपाल समूहका हुन् भने आचार्य ओली समूहका मानिन्छन् ।

मुख्यमन्त्री पोखरेलले अन्याय गरेर खड्कालाई हटाएर आचार्यलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको आरोप नेपाल समूहको छ । दाङको अध्यक्षमा प्रस्तावित आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाइँ पनि हुन् ।

Credit : onlinepana.com

प्रचण्डले नै खोले पूर्व एमाले जनप्रतिनिधीहरुको ब्रह्मलुट

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भनेर विश्वास दिलाउने गरी जनमूखी काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै प्रचण्डले भने, ‘निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हुन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि रु महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचेजस्तो भएनन् भन्ने गुनासो आएको छ । यो जनताकै सरकार हो र जनताकै निम्ति समर्पित छ भन्ने विश्वास दिलाउने दायित्व हाम्रो काँधमा छ ।’

प्रचण्डको यस्तो भनाइले प्रत्यक्ष रुपमा नभए अप्रत्यक्ष रुपमा वर्तमान सरकार सोचे जस्तो काम गर्न नसकिरहेको सजिलै बुझ्न सकिन्छ।वर्तमान सरकार जनताकै सरकार हो र जनताकै निम्ति समर्पित छ भन्ने विश्वास दिलाउने दायित्व हाम्रो काँधमा छ।’ भन्ने प्रचण्डको यस्तो भनाइले पुष्टि हुन्छ कि अहिले सम्म वर्तमान सरकार जनताका मन जितेको छैन्।

तर कांग्रेसका जनप्रतिनिधि जुन जुन ठाउँमा जितेका छन् ती ठाउँ मंहगी बढ्यो भनेर कुनै कुरा नै उठेको छैन्। त्यसैले बर्तमान सरकार कहि न कहि संविधान विपरित काम गरिरहेकेो अनुमान लागउन सकिन्छ।

Credit : onlinepana.com

लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।

आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।

‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।

दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीचके समन्वयमा केही खड्किएको बताए ।

Credit : onlinepana.com

रिहापछि प्रहरीले पुन: गिरफ्तार गर्ने भएपछि प्रकाण्ड सर्वोच्चभित्रै, वारका अध्यक्ष र आयोगको टोली पुग्यो सर्वोच्च

सर्वाेच्च अदालतले रिहा गरेपनि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तारी गर्ने तयारी गरेपछि उनी सर्वाेच्च अदालतभित्रै बसेका छन्।प्रहरीले पुनः गिरफ्तार गर्ने सूचना पाएपछि प्रवक्ता प्रकाण्ड सर्वोच्च अदालतभित्रै बसेका हुन् ।

सर्वोच्चको आदेशमा प्रकाण्डसँगै गिरफ्तार भएका हरिचन्द्र आचार्य र मानवबहादुर श्रेष्ठलाई रिहा गरेपछि पुनः गिरफ्तार गरिएको छैन ।४ घण्टा लामाे समयदेखि प्रहरीहरूकाे ठूलाे समुह प्रकाण्डलार्इ गिरफ्तार गर्न सर्वाेच्च बाहिर धर्ना बसेपछि स्थिति निकै असहज बनेकाे छ ।

अहिले ८ बजेसम्म पनि प्रहरीकाे ठूलाे समुह सर्वाेच्चकाे परिसर बाहिर रहेर पक्राउ गर्ने तयारी गरेपछि त्यहाँ पत्रकार र मानवअधिकावादीहरूकाे ठूलाे समुह पनि सर्वाेच्चभित्र पुगेका छन् ।भर्खरै राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य सुदिप पाठक सर्वोच्च अदालत पुगेका छन् । त्यस्तै नेपाल बार एशोशियनका अध्यक्ष शेरबहादुर केसी पनि पुगेका छन् ।

प्रवक्ता प्रकाण्डलाई सुरक्षित आयोगको कार्यालय लिने प्रयास भइरहेको बताइएको छ । तर, जसरी पनि गिरफ्तार गरेरै छोड्ने तयारीका साथ प्रहरीले परिसरभित्रै गाडी लिएर तयारी अवस्थामा बसेकाे छ ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले तीनै जनालाई गैर कानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।प्रहरीले लगाएको चन्दा अभियोग पुष्टी नभएपछि सर्वोच्चले अाजै रिहाईको अादेश गरेको थियो ।

Credit : onlinepana.com

स्थानीय सरकारका एक वर्ष : कामबाट प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिनुभन्दा आफ्नै सुविधा वृद्धितर्फ केन्द्रित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओलीले संविधानले थुप्रै अधिकार स्थानीय तहलाई दिएको अवस्थामा जनप्रतिनिधि भने विकास र जनतालाई प्रभावकारी सेवा दिनुको सट्टा आफ्नै सुविधा बढाउनेतर्फ लाग्नु गलत भएको बताए।

स्थानीय तहका जनप्रतिनिधिहरूका गतिविधि, आचरण र मनलागी करवृद्धिको विषयलाई लिएर नागरिक स्तरबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले समेत उनीहरूको कामप्रति असन्तुष्टि जनाएका हुन्।

स्थानीय तह निर्वाचनपछि विकास–निर्माणले गति लिने, भ्रष्टाचार नियन्त्रण हुने, सार्वजनिक सेवा प्रभावकारी हुने जनअपेक्षाविपरीत पछिल्लो समय जनप्रतिनिधि अनावश्यक क्षेत्रमा कर लगाउने, स्रोतसाधन र गाडी खरिद, बैठक भत्ता, विदेश भ्रमणमा खर्च गर्नेतर्फ केन्द्रित भएका छन् । स्थानीय सरकारका प्रतिनिधिले जनतालाई अनावश्यक कर थोपर्ने र आफ्ना लागि महँगा गाडी खरिद गर्दा संघीय सरकारसमेत अप्ठेरोमा परेको छ।

‘तपाईंहरू जनप्रतिनिधि हो। त्यसकारण जनताले नरुचाउने काम नगर्नुस्। जनताले जे रुचाउँछन्, जनचाहना जे छ सोहीअनुरूप आफूलाई बदल्नुस्।’गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तह र जनप्रतिनिधिका गतिविधिप्रति खुलेरै असन्तुष्टि पोखे।

‘कतिपय ठाउँमा मेयर/उपमेयर/अध्यक्ष/उपाध्यक्षले महँगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएको गुनासा आएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुस् । जनताले जे

रुचाउँछन्, जनचाहना जे छ सोहीअनुरुप आफूलाई बदल्नुस्।’ विकास–निर्माणका लागि छुट्याएको बजेट अधिकांश स्थानीय तहका जनप्रतिनिधिले दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, सहज ढंगले जनताको काम नभएको जस्ता गुनासा धेरै आएकाले यस विषयमा गम्भीर हुनसमेत जनप्रतिनिधिहरुलाई आग्रह गरे। स्थानीय तहको निर्वाचन भएको वर्ष दिन बितिसक्दा पनि पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार हुनुको सट्टा झन् समस्या बढ्दै गएका छन्।

प्रधानमन्त्री ओलीले कानुनले अधिकार दिएको छ भन्दै मनपरी तरिकाले काम गर्ने र स्रोतसाधन व्यक्तिगत सुविधामा मात्रै प्रयोग नगर्न जनप्रतिनिधिलाई सचेत पनि गराए। राजनीतिमा त्याग महत्वपूर्ण भएको स्मरण गराउँदै प्रधानमन्त्रीले जनप्रतिनिधिहरूलाई जनताको मन जित्न आग्रह गरे। गाउँपालिकाका जनप्रतिनिधिको काँधमा देश निर्माणको जिम्मेवारी आएको तर्फ पनि प्रधानमन्त्री ओलीले सजग गराए।

जनप्रतिनिलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका ठाउँका जनतालाई तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो, देश निर्माणको जग तपाईंहरु नै हो। दुर्गम भएर नै गाउँपालिका भए, सुगमका नगरपालिका भए, अब आफ्ना गाउँलाई विकासको नमुना बनाएर देखाउनुस्।’

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको तर जनप्रतिनिधिले जनतालाई त्यसको अनुभूति दिलाउन नसकेको भन्दै प्रधानमन्त्रीले ओलीले असन्तुष्टि जनाए। उनले स्थानीय तहमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नघटेको पनि बताए। ‘स्थानीय जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले तपाईंहरूले आफ्नो आचरणमा विशेष ख्याल गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने ,‘तपाईंहरु अब देश निर्माणमा गम्भीर हुनुहोस्, आफ्ना काम जनप्रिय र पारदर्शी गराउनुहोस्।’

संविधान अनुसार हाल सबैभन्दा बढी अधिकार स्थानीय तहले पाएको छ। एक वर्षअघि ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि चुनिए पनि हालसम्म कुनै पनि स्थानीय तहले नमुना काम देखाउन सकेका छैनन्।

Credit : onlinepana.com

यसरी मिल्यो प्रदेश नम्बर ५ मा नेकपाको भागबण्डा

एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश–५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन् । प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।

प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

प्रदेश अध्यक्षमा सिफारिस भएका राना मगर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै पुन मगर तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् ।

कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ ।

१२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ ।

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन् । माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को भाग पाउने भएको छ ।

जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई अध्यक्ष सिफारिस भएका छन् ।

पूर्व एमालेले अध्यक्ष पाएको गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन् । पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियमा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।

प्रदेश–५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन् । कार्यदलमा पूर्व एमालेबाट शंकर पोखरेल, दलबहादुर राना र भूमिश्वर ढकाल र पूर्व माओवादीबाट मणि थापा र गणेशमान पुन थिए । यो प्रदेशबाट नेकपाका धेरै प्रभावशाली नेताहरु प्रतिनिधित्व गर्छन् ।

वरिष्ठ नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, मणि थापा, टोपबहादुर रायमाझी, सभामुख कृष्णबहादुर महरालगायतका नेता यही प्रदेशका हुन् ।

Credit : onlinepana.com