एमालेको आशंका– ‘प्रचण्डले एकता गर्दै विभाजनको तयारी गरे’

नेकपा एमालेले पार्टी एकता गर्दा बराबरीको सिद्धान्तमा अडान लिएर माओवादी केन्द्रले पार्टी विभाजको रेखा कोर्न खोजेको आशंका गरेको छ । एमालेले माओवादीलाई केन्द्रीय कमिटीमा ४० प्रतिशतभन्दा केही कम संख्यामा नआए एकता धकेलिन सक्ने चेतावनी पनि दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै तीन घण्टा भएको छलफलपछि सोमबार राति अबेरसम्म बसेको स्थायी कमिटी बैठकमा बराबरी हैसियत स्वीकार्न नसकिने नेताहरुले बताए ।

बैठकमा अध्यक्ष ओलीले माओवादीले ५०/५० को हैसियत मागेको ब्रिफिङ गरेका थिए । ‘आधा भाग मागेर ४० प्रतिशत लिनेजस्तो बुझिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्य भन्छन्, ‘नियतमा खोट जस्तो बुझें ।’

संवैधानिक व्यवस्थाअनुसार पार्टी विभाजन गर्न अब संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर मात्रै पनि हुँदैन्, पार्टी केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत सदस्यको समर्थन चाहिन्छ ।

हाल २ सय ९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । एमालेले आफ्नो पार्टीका २ सय र माओवादी केन्द्रबाट ९९ सदस्य रहने प्रस्ताव गरेको छ । विराटनगर सम्मेलनले माओवादीको ९९ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । एमालेबाट भने १ सय ८४ सदस्य निर्वाचित र केही मनोनीतसहित २ सय रहनेछन् ।

सचिव भीम आचार्यले एकतामा एमालेको प्रतिबद्धता कायमै रहेको बताए । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाखमा एकता गर्न सुझाइएको जानकारी दिए ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्नेमा एमाले एकमत भएको बताए ।

एमाले र माओवादी केन्द्रबीच साँघुरिएका विवादहरु पुनः बल्झिन थालेका छन् । अहिले पार्टी एकतासँगै सरकार सञ्चालनको कार्यशैलि पनि थपिएपछि एकतामा उल्झन देखिएको छ ।

माओवादी केन्द्रले एकतापछि दुवै अध्यक्षको भूमिकामात्र होइन महाधिवेशनपछिको नेतृत्वबारे पनि एमालेको धारणा मागेको छ । चुनाव चिन्हमा देखिएको विवाद भने नतन्काउने समझदारी भएको छ ।

मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षहरुलाई जिम्मेवारी दिइएकोमा निर्वाचन चिह्नको विषयमा विवाद नभएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको थियो । पोखरेलले चुनाव चिन्हको विवाद भने मिलेको बताए । ‘निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो,’ उनले भने ।

Credit : onlinepana.com

बाबुलाई तिर्थाटन गराउँदा बाबुरामलाई सबै नेपाली नर्क जान्छौं जस्तो लागेपछि…

 नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुत्रधर्म निभाएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ८८ वर्षीय पिता भोजप्रसाद भट्टराईलाई रामेश्वरधाम घुमाएर पुत्रधर्म निर्वाह गरेको बताएका हुन् ।

यतिबेला भट्टराई भारत भ्रमणमा रहेका छन् । पार्टीको काम र पितालाई तिर्थाटन गराउन भट्टराई भारत गएका हुन् । भट्टराईले फेसबुमा तिर्थाटन गराएर आफूले पुत्रधर्म निर्वाह गरेको उल्लेख गरेका हुन् । उनले फेसबुकमा बाबुलाई तिर्थाटन गराएको उल्लेख गर्दै लेखेका छन्, ‘एउटा नास्तिक अब चित्रगुप्त र मार्क्सको बहिखातामा कता दर्ता होला कुन्नि !!

रानी जगदम्बाले बनाइदिएको एउटा नेपाली धर्मशालाको समेत राम्ररी स्याहार गर्न नसकेर जीर्ण रूपमा परित्यक्त भएको देख्दा भने हामी नेपाली सामुहिक रूपमा नै ‘नर्क’ तिरै पुग्छौं कि जस्तो पनि लाग्यो !!!’

भट्टराई आउँदा ८ गते दिल्लीमा नयाँ शक्ति निकट अन्तर्रा्ष्ट्रिय नेपाली समाजको भेलालाई सम्बोधन गर्दै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

Credit : onlinepana.com

जासुसी कार्यालय बन्द गर्न नेकपा पूर्वी कमाण्डको चेतावनी, अटेरी गरे परिणाम गम्भीर (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले बाढी नियन्त्रणका नाम झुण्ड्याएर विराटनगरमा खडा गरिएको जासुसी कार्यालय तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न भन्दै विराटनगर १३ मा खडा गरिएको भारतीय कार्यालय तत्काल हटाउन चेतावनी दिएको हो ।

‘२०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।’

नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प, अवज्ञा गर्ने गाडीमा तोडफोड र आगजनी, ठाउँ-ठाउँमा बम

यस्तै विरहीले प्रचण्ड गठबन्धनको केपी ओली सरकारको सामाजिक दलाल पुँजीवादी प्रवृत्ति तथा राष्ट्रघाती, जनघाती र फासिस्ट चरित्रबिरुद्ध मंगलबार पूर्वी नेपाल बन्द गरेको बताएका छन् ।

उनले पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० औँ कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको भन्दै नेकपा पूर्वी कमाण्डले मंगलबार बन्द आयोजना गरेको हो

ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको बिरोधमा उत्रिएको छ भने चरणबद्धरुपमा आन्दोलनको घोषणा समेत गरेको छ । गिरफ्तार आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न नेकपाले चेतावनी दिएको छ ।

हेर्नुहोस् पूर्ण बिज्ञप्ति

Credit : onlinepana.com

ओली लचिलो र प्रचण्ड झुकेपछि ६०-४० मा हुने भयो एमाले र माओवादी केन्द्रको एकता !

पचास पचासको अड्डी लिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब ६०-४० मा आएर झुकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली केही लचिलो भएका छन् ।विशेष सुत्रले दिएको जानकारीअनुसार प्रचण्डले ६०-४० मा पुग्न एमालेसँग बाग्रेनिन पावर बढाउन पचास पचासको कुरा गरेका थिए ।

तर त्यसमा एमाले अध्यक्ष ओली लचिलो बनेपछि एकताको गाँठो फुक्ने भएको छ ।यी दुई पार्टीको एकता वैशाख ९ मा हुन्छ या पछि भन्नेबारे अझै निक्र्योल नभएको बुझिएको छ ।एकताका लागि कसरी अगाडि बढ्ने भन्नेबारे एमाले र माओवादी केन्द्रको आ आफ्नो बैठकले ठोस गर्ने बताइएको छ ।

यस्ता थिए विवादित एजेण्डाहरू –

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित १० वटै तहका कमिटीको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने विषय टुंगो लाग्न बाँकी छ ।

यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता भन्ने विषय ठूलो नरहेको बताउँदै आएका छन् ।

एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने अडानमा छ ।

दुई दलका दुई रणनीतिकै कारण कार्यदलले टुंग्याउन नसकेका विवादित विषय शीर्ष नेता सम्मिलित संयोजन समितिमा आइपुगेको छ ।

Credit : onlinepana.com

ओली आफु मोदीको एजेन्ट बनिसके भनेर भन्न ओहदाको प्रमाणपत्र बुझाउन दिल्ली गएका हुन् : सीपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले प्रधानमन्त्री केपी अाेली दिल्ली भ्रमणबाट माेदीकाे क्याम्पमा छिरेकाे गंभीर अाराेप लगाएका छन् ।

नेपाली हितमा कुनै सम्झाैता गर्नु थिएन भने किन दिल्ली भ्रमण गरेकाे भन्दै गजुरेलले अाेली अाफु माेदीकाे एजेन्ट हुँ भनेर अाेहदाकाे प्रमाणपत्र बुझाउन दिल्ली गएकाे अर्काेे गंभीर अाराेप लगाए ।

विप्लव नेतृत्वकाे नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (ऋषि कट्टेल)ले मंगलबार संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।

‘अाेलीजीले कुनै राष्ट्रहितमा सम्झाैता गर्नु थिएन भने किन दिल्ली गएकाे त ?’ गजुरेलले भने, ‘म तपार्इकाे एजेन्ट बनिसके र त्यसकाे अाेहदाकाे प्रमाणपत्र बुझाउन अाएकाे हुँ भनेर भन्न अाेली दिल्ली गएका हुन् ।’

गजुरेलले अरुण तेस्रो दिल्लीमै बसेर उद्घाटन गर्ने भनिएको कार्यक्रम जनताको व्यापक विरोध र त्यसो गर्दा आफ्नो नक्कली राष्ट्रवादको मुकुण्डो झनै नराम्ररी उतारिने डरले अन्तिम समयमा आएर स्थगित गरेकाे नेता गजुरेलले बताए ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि सन् पचासलगायत असमान सन्धि सम्झौताहरुको खारेजी गरिनु पर्ने, सीमालाई व्यवस्थित गरिनु पर्ने, मुलुकभित्र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने, गोर्खाभर्तीकेन्द्र खारेज गरिनु पर्ने विचार व्यक्त गरे ।

पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षत्रीले प्राकृतिक तथा मानवीय स्रोतसाधन विदेशीलाई बेचेर मुलुकमा आर्थिक विकास सम्भव नहुने भन्दै त्यसका लागि त्यसको सही सदुपयोग गर्नुपर्ने विचार राखे ।सीमा बिज्ञ बुद्धिनारायण श्रेष्ठ, जलस्रोत विज्ञ दीपक ज्ञवालीले पनि भारतसँग गरिएका असमान सन्धिसम्झोता खारेज गरिनुपर्ने विचार राखेका थिए ।

Credit : onlinepana.com

यी हुन् ठूला दलका हिन्दूधर्म विरोध नेताहरू, कमल थापाले अकस्मात गरे एक–एकको पर्दाफास

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताका आडमा धर्मपरिवर्तनलाई प्रोत्साहन गर्ने नेताहरूलाई धार्मिक समारोहमा बहिष्कार गर्न आग्रह गरेका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष थापाले नेपालमा हिन्दूधर्ममाथि आक्रमण गर्न क्रिश्चियनहरूबाट भइरहेको ज्यादतिलाई विभिन्न दलका नेताहरूले संरक्षण गरेको बताए ।

‘बिदेशी प्रभावमा षड्यन्त्रपूर्वक हिन्दुराष्ट्र हटाई धर्मनिरपेक्षता लाद्ने र धर्मनिरपेक्षको आडमा धर्मपरिवर्तनलाई प्रोत्साहन गर्ने दलका नेताहरूलाई धार्मिक समारोहमा बहिष्कार गर्ने साहस धार्मिक सांस्कृतिक क्षेत्रले नगरेसम्म सनातन धर्ममाथि आक्रमण भैरहनेछ’, उनले भनेका छन्, ‘यस्तै परम्परा कायम रहिरहने हो भने नेपाल कदापि हिन्दूराष्ट्र बन्दैन ।’

विशेष गरेर एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका केही नेताहरूले क्रिश्चियनहरूलाई संरक्षण गरेको अध्यक्ष थापाको भनाइ थियो । उनले नेपाल र नेपालीहरूको अस्तित्व हिन्दूधर्मसँग जोडिएको बताए ।

नेपालका लागि राजसंस्था अपरिहार्य रहेको बताएका राप्रपाका अध्यक्ष थापाले भने, ‘राजसंस्था र हिन्दूराष्ट्र रहँदासम्म नेपालमा कसैले पनि आक्रमण गर्न सकेका थिएनन् । अहिले नेपालको राष्ट्रियता कमजोर हुँदै गएको छ ।’

Credit : onlinepana.com