सर्वोच्च अदालतको आदेश लात हान्दै नेकपाका प्रवक्ता प्रकाण्ड चौंथो पटक गिरफ्तार

न्यायालयकै मानहानी हुने गरी प्रहरीले नेकपाका नेता–कार्यकर्ताहरुलाई पटक पटक अदालतबाटै पक्राउ गर्न लागेपछि सर्वोच्च अदालतले गम्भीर चासो व्यक्त गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न दिएको बन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ । साथै अदालतले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर चासो र सरोकार व्यक्त गरेको छ ।

यसैबीच सोमबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको छ । यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै पुन तस्रोपटक सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘यसरी अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरुबाट बारबार बन्दी प्रत्यक्षीकरण रिटमा गरिएकोे आदेशलाई असम्मान गरेकोमा अदालतको गम्भीर सरोकार छ ।’

सर्वोच्चले न्यायधिशकै रोहबरमा बन्दीलाई रिहा गर्न आदेश दिएकोले अव प्रहरीलाई पक्राउ गर्ने बाटो छेकिएको छ । मुद्दाको अनुसन्धान गरी प्रयाप्त आधार कानुन तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चले प्रकाण्डलाई रिहाको आदेश दिएको हो ।

यसैबिच सर्बोच्च अदालतले रिहा गरेलगत्तै नेकपा २ पोलिट ब्युरो सदस्य मोहन कार्की (जीवन्त) र कृष्ण धमला (गम्भिर)लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पनि सोमबार दिउँसो सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट उपर सुनुवाई गर्दै रिहाको आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीसद्वय डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले साक्षीको रोहवरमा रिहाको आदेश गरेको हो । कार्की र धमलालाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।

यस अघि उनीहरुलाई काभ्रेको प्रहरी हिरासतमा राखिएको थियो । उनीहरुलाई बाहेक नेकपाका अन्य ३ पोलीट ब्युरो सदस्य, केन्द्रीय सदस्यहरु र अन्य नेताकार्यकर्ताहरु देशैभरी प्रहरी हिरासतमा छन् ।

Credit : janasanchar.com

भदौ २४ देखि खुल्ने भयो दशैंको लागि अग्रिम टिकट बुकिङ

यो वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आउँदो २४ गतेबाट खुल्ने भएको छ । दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले टिकट बुकिङ खोल्न लागेको हो ।

उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दशैं मनाउन बाहिरिने गर्दछन् । यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको हो ।

सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ । देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने अनुमान गरिएको छ ।

तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो ।

यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

यो वर्षको दशैंको टीका आउँदो कार्तिक २ गते परेको छ भने असोज २४ गते घटस्थापना छ । घटस्थापनका लागि दिनदेखि अग्रिम टिकट बुकिङ गरेको सवारी चल्ने गर्दछन् ।

Credit : onlinepana.com

नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन्

नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् कार्य ब्यापक मात्रमा अाएकाे छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको छ। उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र ब्यापक मात्रमा ओसारपोसार भईरहेको हो । उक्त क्षेत्रमा क्रसर उधोग नै सञ्चालनमा ल्याईएको छ ।

सो क्रसर उधोग अबैध रुपमा सञ्चालन भएको सुचनाको आधारमा थाहा पाए , त्यस स्थलमा पुग्दा त्याहाँ मनलाग्दी त्रिशुली नदीबाट नदीजन्य पदार्थको ब्यापक मात्रमा उत्खनन् ओसारपोसार भईरहेको पाईएको थियो । सो क्रममा त्यस स्थानमा रहेको क्रसर उधोगका महेश रेग्मीलगाएतका कर्मचारीसँग क्रसर उधोग सञ्चालनको अनुमतिपत्र देखाउन अनुरोध गर्दा उनिहरुले देखाउन सकेनन् ।

सो उधोगका सञ्चालक बलराम खनालसँग कागजपत्र रहेको भन्दै उनिहरुले कागजपत्र आफुहरुसँग नरहेको जानकारी दिनुभयाे । बलराम खनालसँग सम्पर्क गर्दा आँफुसँग कागजपत्र रहेको जिकिर गरेपनि सो कागजपत्र देखाउन माग गर्दा उनले कुनै कागजपत्र उपलब्ध गराउन सकेनन् ।

उल्टै बलराम खनालका छोरा रविन्द्र खनालले विना अनुमति क्रसर उधोगको फोटो लिएकाले कानुनविपरित फोटो लिएको केशमा मुध्धा हाल्ने ध्वाँस दिनुभयाे ।यसरी त्रिशुली नदीमा क्रसर उधोग सञ्चालन गर्ने बलराम खनालले कागजपत्र देखाउन आलटाल गर्नुले कतैं भण्डाफोर अभियानलाई प्राप्त सुचना अनुरुप त्यो क्रसर उधोग अबैध त होईन ? गम्भीर आंशका देखिन्छ । कतै ठुलेै मिलेमतो र राजनितीक पहँुचको आधारमा त्रिशुलीमा क्रसर उधोग चलेको होईन ।

नियामक निकायहरु सचेत भई खोजी गर्न जरुरी देखिन्छ । यस विषयमा थप अनुसन्धान र खोजी गरी यस्को पर्दाफास गर्ने नै छौ यसैविच सोही स्थान नजिकबाट चितवन प्रहरीले जेसिवी सहित तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।भरतपुर महानगरपालिका २९ गाइघाट स्थीत त्रिशुली नदिमा रातको १ बजे ढुङगा गिट्टी उत्खनन् गरिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना १ क ५५९७ नम्बरको जेसिवीसंगै ग १ त ४१६४,ग १ त ४३१८ र ना ६ त ९०८१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नियन्त्रणमा लिइएकोजेसिवी,ट्याक्टर र चालकलाई प्रहरी चौकी जुगेडीमा राखिएको पाईएको छ । उत्खनन्मा संलग्नबारे अनुसन्धान भैरहेको र उनिहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीको भनाई रहेकाे छ।

Credit : onlinepana.com

निर्मला पन्तका सहपाठीले लेखेको चिठ्ठी प्रधानमन्त्रीले पढ्ने वितिक्कै चाले यस्तो कदम !

कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गरी रहेको समयमाशनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक पत्र लेखेपछि प्रम केपी ओली दंग परेको स्रोतको भनार्इ छ। उक्त पत्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रम ओलीले हेरेका थिए।

पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयको स्रोत जानकारी दिएको छ। निर्देशन बमोजिम बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोली आइतबार महेन्द्रनगर पुगेको छ।

सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले प्रष्ट पारेका छैनन्।प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ।समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका प्रहरीरहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए। ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं’ कडायतले भने, ‘प्राविधिक सहयोगका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेका छौं।’ अनुसन्धानका क्रममा सीआईबीलगायत विज्ञको सहयोग लिने काम भइरहेको उनले स्वीकारे।

प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ। भदौ ८ गते पक्राउ गरेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको थियो। भदौ १४ गते प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ।

दुवै दिदीबहिनीको बयान सकिएको छ। रोशनीको भदौ बिहीबार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो। बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो।

Credit : onlinepana.com

बरिस्ठ पत्रकार कनकमणी दीक्षितलाई पक्राउ गर्ने तयारीमा गृह मन्त्रालय

बरिस्ठ पत्रकार कनकमणी दीक्षितद्वारा स‌ंचालित हिमाल खबर पत्रिकाको आइतबार बजारमा आएकाे अंकमा गृहमन्त्री राम बहादुर थापा बादलको तस्विरमा प्रहरी महानिरिक्षकको फूली लगाइएको तस्बिर सार्वजनिक भएको छ ।

उक्त तस्बिर सार्वजनिक भएपछि गृहमन्त्री थापा उनलार्इ कारवाहीकाे दयारामा ल्याउन विभिन्न चलखेलमा जुटका छन्। ‘कम्प्युटर मोन्टाज’ भनेर लेखिएको उक्त कभर फोटोलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरिएको छ । उक्त बिबादास्पद तस्बिरका बारेमा सामाजिक सन्जालमार्फत बिरोध शुरु भएको छ ।

स्राेतका अनुसार उक्त तस्बिरले अपराध संहिताको धारा १९५ को बुँदा नम्बर ३ को उलंघन भएकाले सोही अनुसार कारबाही अघि बढाउन गृहमन्त्री थापालार्इ नेकपा निकटका कानुन व्यवासायीहरुले सुझाएका छन्। गृहमन्त्रालयका उच्च स्राेतले दिएकाे जानकारी अनुसार,‘ उक्त तस्बिरकाे प्रकरणलार्इ लिइर संभवत त केही दिन भित्रै केही परिणाम आउने छ ।’

यता गृहमन्त्री थापा भने प्रेस काउन्सिलले नै यस विषयमा कदम चालोस् भन्ने पक्षमा रहेका छन्। स्राेतका अनुसार काउन्सिलले केही दिन भित्र कुनै कारवाहि प्रक्रिया अगाडी नबढाए गृहमन्त्री थापा नै कानुन अनुसार एक्सन लिए छन्।

भर्खरै लागु भएको मुलूकी अपराध संहिताले कुनै पनि व्यक्तिको तस्विर विगारेर प्रकाशन गरे दुई वर्ष सम्म कैद हुने व्यवस्था गरेको छ । ऐनको दफा २९५ को बुँदा नम्बर ३ मा भनिएको छ,‘ कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो विगारेर बनाइएको कार्टुन शेयर गरेको अभियोगमा एक वडासचिवलाई अपराध महाशाखाले पक्राउ गरी मुद्दा मुद्दा चलाएको थियो ।

आइतबार प्रकाशित हिमाल साप्ताहिकले गृहमन्त्री राम बहादुर थापालाई नेपाल प्रहरीका प्रमुख आइजीपिको पहिरनमा कभर स्टोरी लेखेको थियो ।दीक्षितलाई भ्रष्टाचार मुद्दामा समेत यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

Credit : onlinepana.com

कांग्रेसका सभापति देउवासँग नेता भीम रावलसँगै हिडेपछि नेकपा हलचल मच्चियो

संसदमा प्रमुख प्रतिपक्षि दलकाे रुपमा रहेकाे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग सत्तारुढ दल नेकपाका वरिष्ठ नेता भीम रावल हिडेपछि स्थानीयदेखि केन्द्रसम्मकाे राजनीतिमा एकाएक नयाँ तरंग देखिएकाे छ।

यसअघि कञ्चनपुरकाे हत्या प्रकरणकाे विषयलार्इ लिएर कांग्रेसमाथि कटाक्ष बाेलेका नेता भीम रावल एकाएक देउवासँग सँगै देखिएपछि नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी अाेलीसमेत चकित परेका छन्।

नेकपा स्राेतका अनुसार नेता भीम रावलसँग प्रम अाेलीले स्पष्टिकरण साेधिने तयारीमा रहेका छन्। स्राेतले प्रम अाेलीकाे भनार्इलार्इ उदृत गर्दै अगाडी भन्याे- प्रम अाेली नेता भीम रावल र प्रतिपक्षि दलका शेर बहादुर देउवासँग सँगै देखेर चकित नै परेका छन्।

तर यी दुर्इ नेता सँगै देखिनुकाे कारण भने फरक नै रहेकेा छ। अाज पश्चिम क्षेत्रमा गाैरा पर्व मनाउने हुँदा उक्त पर्वकाे परम्परा अनुसार नै यी दुर्इ नेता काठमाडाैँकाे टुडीखेलमा सँगै देखिएका हुन्।

Credit : onlinepana.com

नेकपा एकता: कार्यदल प्रतिवेदनमै भद्रगोल !

केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ।

पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट कार्यदलले भागबन्डा गरेर पठाएको नामावली एकलौटी भएको भन्दै महासचिव विष्णु पौडेललाई समानान्तर प्रतिवेदन पठाइएको हो।

केन्द्रीय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठकै बसिसक्नुपथ्र्यो। भूगोलका ७ प्रदेश, ७७ जिल्ला, ४ विशेष जिल्ला र २२ जनसंगठनको एकता कार्यदलले अन्तिम कसरत गरिरहेको छ। तर, शीर्ष नेताहरू नै आ-ना-आफ्ना पूर्वसमूहका आधारमा जोडघटाउ गर्न थालेका छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

कता प्रक्रिया जति निष्र्कषतिर पुग्दैछ, नेताहरूका आकांक्षा पनि चुलिँदै गएको देखिन्छ। यसले गर्दा जताततैका कार्यदलका प्रतिवेदनमा भद्रगोलता देखिन थालेको छ।

पूर्वघटक एमाले-माओवादीबीचको भागबन्डामा भन्दा नामावलीमा शीर्ष तहकै नेताको असन्तुष्टि चर्काे रुपमा उठेको हो। असन्तुष्टि राख्ने र समानान्तर प्रतिवेदन बुझाउनेमा पूर्वएमालेका नेता-कार्यकर्ता बढी छन्।

उनीहरू अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहमै विभाजित भएर कार्यदलको सिफारिसमा जोडघटाऊमा लागेका छन्।

पूर्वएमालेबाट काठमाडौंमै समानान्तर नामावली केन्द्रीय कार्यालय पुगेको छ। कार्यादलले रामशरण ढुंगानालाई अध्यक्ष बनाउने सिफारिस गरेको छ। तर अर्को समूहले सागर नेपाललाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव महासचिव पौडेलकहाँ पठाएको हो।

केन्द्रीय कार्यालयमा पाँच वटा प्रदेशले मात्रै प्रतिवेदन बुझाएका छन्। प्रदेश १ र २ ले प्राविधिक विषय मिलाउन गृहकार्य भइरहेको भन्दै प्रतिवेदन नबुझाएको हो।

Credit : onlinepana.com

मन्त्री महासेठले भने– ठेकेदार कम्पनीमाथि कारबाही गर्छौं

पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री महासेठले उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझव बमोजिम कारबाही गरिने जानकारी दिएका हुन् । ५ प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महशुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभावकारी बनाउन पहल गर्ने र यसको अनुभूति नेपाली जनताले केही समयपश्चात मात्र गर्ने चर्चा गरे ।

रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई १ लाख ५० हजारदेखि ५ करोड रुपैयाँसम्म जरिवाना गरिएकोे र अहिलेसम्म यस्ता १ सय ४५ ठेकेदारहरु कारबाहीमा परेको उनले बताए । सरकारका कारणबाट पनि सडकलगायतका अन्य निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै मन्त्री महासेठले अब पुराना सबै काम पूरा गरेर मात्र नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए ।

यातायात क्षेत्रमा भएको एकाधिकार हटाइएको र एकाधिकार कायम गरउन खोज्ने २ सय ४५ यातायात व्यवसायीको बैंक खाता रोक्का गरी छानबिन समेत भइरहेको चर्चा गर्दै मङ्सिर समान्तसम्म शतप्रतिशत सार्वजनिक यातायातका साधन कम्पनीमा दर्ता हुन आउने र सर्वसाधारणले सुलभ रूपमा सेवा प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।

सहरी तथा नगर क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनको सिट सङ्ख्याको अनुपातमा २० प्रतिशत मात्र थप यात्रु राख्ने व्यवस्था गरिएकाले यसबाट यात्रु कोचेर राख्ने समस्या अन्त्य हुने समेत मन्त्री महासेठले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

Credit : newskoseli.com

सर्वोच्चले रिहा गर्न आदेश दिए लगत्तै जीवन्त र गम्भीर अदालत परिसरबाटै पुनः पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना बरिष्ठ नेताहरुलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले भने पुनः पक्राउ गरेको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य मोहन बहादुर कार्की ‘जीवन्त’ र कृष्ण प्रसाद धमला ‘गम्भीर’लाई नुवकोट प्रहरीले पुनः पक्राउ गरेको हो । करिब एक महिनादेखि काभ्रे प्रहरीको हिरासतमा रहेका दुई नेतालाई सर्वोच्च अदालतबाटै पुनः पक्राउ गरिएको हो ।

उनीहरुलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पोलिटब्यूरो सदस्यद्वयलाई रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौंबाट पक्राउ गरी काभ्रे पुर्याइएका उनीहरुलाई बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाईको लागि आज सर्वोच्च अदालतमा ल्याइएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बर बहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले साक्षीको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।

Credit : onlinepana.com

ओली-प्रचण्डले बारम्बार आदेश उल्लंघन गरेपछि सर्वोच्चले मुख खोल्यो, के भन्यो ?

सर्वोच्च अदालतले नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ ।

साथै उसले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार व्यक्त गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको छ ।

यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर ओली-प्रचण्ड सरकारले पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

आदेशमा भनिएको छ, ‘यसरी अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरबाट बारबार बन्दी प्रत्यक्षीकरण सम्बन्धीमा भएको आदेशको आदेशलाई असम्मान गरेकोमा अदालतको गम्भीर सरोकार छ ।’

सोमबार पनि नुवाकोट अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपनि तेस्रोपटक प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरी भोजपुर लागेको छ ।

Credit : onlinepana.com