कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा थापा

सुर्खेत : कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित भएको छ ।

तीनै संगठनको केन्द्रीय सहमतिअनुसार प्रदेश संगठनका प्रेस चौतारी, युनियन र सेन्टरका सहमतिका उम्मेदवारविरुद्ध अध्यक्षमा विष्णु शर्मा, टेकबहादुर वली, उपाध्यक्ष धर्मराज जिसी, महासचिवमा सुशील शर्मा, कोषाध्यक्षमा लोकेन्द्र पौडेल र सदस्यमा अकबर खानले उम्मेदवारी दिएका थिए ।

महासंघको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समयभित्रै उनीहरुले आज दिउँसो ३ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महासंघको प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश पत्रकार महासंघ निर्वाचन समितिका संयोजक कमलेश डिसीले जानकारी दिए ।

अध्यक्ष थापासँगै महासंघको २१ सदस्यीय प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको छ । खुला उपाध्यक्षमा प्रेस युनियनका कमल पन्त र समावेशी उपाध्यक्षमा प्रेस सेन्टर डम्बरकुमारी आचार्य, महासचिवमा दीपेन्द्र शर्मा, खुला सचिवमा प्रेस चौतारीका पवित्रकुमार शाही, समावेशी सचिवमा प्रेस सेन्टरका गणेश सिर्पाली र कोषाध्यक्षमा चौतारीका सुरेन्द्र खत्री निर्वाचित भएको संयोजक डिसीले बताए ।
त्यसैगरी, खुला सदस्यहरुमा कृष्ण धमला, कृष्ण आचार्य, अशोककुमार सिंह, गोविन्द केसी, नवीनकुमार पौडेल, बिस्नप्रसाद न्यौपाने, गोपाल रेग्मी, मन्दिर सिंह र दानाकुमारी शाही निर्विरोध निर्वाचित भएको उनले बताए ।

यसैगरी महिला सदस्यमा कृष्णमाया उपाध्याय र छसाल लामा, दलित सदस्यमा गणेश विक, आदिवासी सदस्यमा सन्तोष घर्ती, जनजातिमा श्रीप्रसाद चौधरी निर्वाचित भएको संयोजक डिसीले जानकारी दिए ।

संयोजक डिसीका अनुसार मधेशी दुई र अल्पसंख्यक एक जना सदस्यमा कसैको उम्मेदवारी नपरेकाले तिनलाई खुला सदस्य कायम गरिएको थियो ।

उनका अनुसार निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण केन्द्रीय पत्रकार महासंघमा पठाइने र यही वैशाख २२ गते केन्द्र महासंघले नै घोषणा तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।

Credit : raranews.com

कर्णालीमा विकासको तिव्रताः मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा

सुर्खेत :  बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआईडी)ले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा गरेको छ ।  कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिएफआईडीले उक्त सडक निर्माणको घोषणा गरेको हो ।

ग्रामिण पहूँच कार्यक्रम (फेज ३) अन्तरगत शुरु गर्न थालिएको मुगु–हुम्ला लिंक रोडवाट कर्णाली प्रदेशको अति दुर्गम २ जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।  कार्यक्रममा वोल्दै डिएफआईडी एशिया निर्देशक Richard Muntgomery ले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट शुरु हुने यो सडकले हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडने जानकारी दिए ।

सडक निर्माण घोषणा कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेशको विकासका लागि सडक निर्माणले महत्वपुर्ण टेवा पुग्ने बताए ।

कार्यक्रममा वोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक निर्माणपश्चात ग्रामिण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्राउने खालका नीतिहरु निर्माण गर्न लागेको उनले बताए ।

मुगु–हुम्ला लिंक सडक आसपासमा जनघनत्व न्युन रहेकाले सडक निर्माणमा तिव्रता दिन मेशीन र मानवीय श्रम दुवैको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए । ६५ किलोमिटर लामो यो सडक निर्माणको क्रममा ६ लाख श्रमदिनको रोजगारी सिर्जना हुनेछ भने ८ हजार परिवारले आम्दानी प्राप्त गर्ने उनले बताए । यो सडक खण्ड निर्माणको कुल लागत २ अर्ब २४ करोड रहेको छ ।

Credit : raranews.com

भूकम्पबाट ध्वस्त धरहरा प्राधिकरण आफैले निर्माण गर्ने

काठमाडौं :  भूकम्पबाट ध्वस्त भएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । मंगलबार सिंहदरबार स्थित पुनर्निर्माणको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले धरहरा बनाउन लागेको जानकारी दिएका हुन् । उनले धरहरा निर्माणका लागि १५ दिनभित्र टेन्डर आह्वान गर्ने र असार मसान्तसम्म धरहरा पुनर्निर्माणको शिल्यान्यास गरिसक्ने जनाए ।

यसअघि नेपाल टेलिकमले धरहरा निर्माणमा उत्सुकता देखाएपनि आफ्नो ब्यवसायिक प्रयोजनका लागि बनाउँन खोजेको बुझेपछि प्राधिकरण आफैले निर्माण गर्न प्रक्रिया शूरु गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता डा. भिष्मकुमार भुसालले झन्डै साढे ४ अर्ब हाराहारी खर्चमा धरहरा बनाउनेबारे छलफल भएपनि यसबारे औपचारिक निर्णय भने भइनसकेको जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले धरहरा पुनर्निर्माणबारे पुरातत्व विभागसँग पनि छलफल भइरहेको र विभागले यसबारे अध्ययन गरी प्रतिवेदन बुझाउने उनले बताए ।

आगामी २१ गते विभागले प्रतिवेदन बुझाएपछि धरहरा निर्माणको ठेक्काका लागि अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गर्ने सहप्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार धरहरा निर्माणका लागि जनताबाट झन्डै ८ करोड रुपैयाँ संकलनसमेत भइसकेको छ ।

यस्तै चालु आर्थिक बर्षमा भूकम्पबाट पुनर्निमार्णका लागि झन्डै २७ प्रतिशत मात्रै पूँजीगत खर्च भएको सचिव कार्कीले बताए । पुनर्निर्माणमा प्राधिकरणले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै उनले प्राधिकरणले अब भिन्न ढंगले भिन्न बिधी र प्रक्रिया अनुसार काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

२०७६ असारसम्म सम्पूर्ण घर निर्माण सम्पन्न : स्थानीय तहलाई पनि जिम्मेवारी 

प्राधिकरणले भूकम्प प्रभावितलाई घर बनाँउन अनुदान स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय गरेपनि अप्ठेरो कार्यविधीका कारण कार्यान्वयनमा समस्या भएको उनको भनाई थियो ।  सचिव कार्कीले अब स्थानीय तहलाई नै पुनर्निर्माणको नेतृत्व गर्ने गरी कार्यविधी संसोधन गर्न लागेको जानकारी दिए ।

उनले भने–‘अहिले गाउँ गाउँमा सिंहदरबारको रुपमा स्थानीय तह गएको छ, अब अनुदान रकम वितरण गर्ने जिम्मेवारी स्थानीय तहबाट गर्न सकिन्छ । हामी यथाशीघ्र कार्यविधी परिवर्तन गर्ने तयारीमा रहेका छौँ’ ।

२०७६ को असार मसान्तसम्म सम्पूर्ण घर पुनर्निर्माण भइसक्ने बताउँदै उनले पुनर्निर्माण गर्न बाँकी रहेका सरकारी भवन, विद्यालय तथा अस्पतालको निर्माणका लागि आउँदो असारभित्र सार्वजनिक खरिद प्रक्रिया पूरा गर्ने बताएका छन् ।

उनले अस्पताल पुनर्निर्माणको काममा ढिलाई भएको बताँउदै असार मसान्तसम्म अस्पताल  निर्माणको टेन्डर प्रक्रिया आह्वान गर्ने र १ बर्षदेखि १५ महिनाभित्र तीब्र रुपमा निर्माणको काम सक्ने बताए ।

यस्तै जोखिमयुक्त बस्ती स्थानान्तरणमा समस्या भएको उनको भनाई छ । उनले भने–‘बस्ति स्थानान्तरणको काममा समस्या छ, अन्य निकायहरुको कर्मचारी परिचालन गर्नुपर्ने भएकोले समस्या छ, शीघ्र बस्ति स्थानान्तरण गरेर जनतालाई लालपूर्जा दिने प्रक्रिया अगाढि बढाँउदैछौँ ।’

यसैबीच प्राधिकरणले ३ हजार ७ सय ९४ परिवारलाई जोखिमयुक्त बस्ति छोडेर अन्य ठाँउमा खडेरी किन्न सहयोगका लागि थप दुई लाख अनुदान दिएको जनाएको छ । ९ सय ९३ भौर्गभिक अध्ययन गरेकोमा ३ सय ८८ स्थान सुरक्षित, ३ सय ११ बस्ति सार्न आवश्यक नरहेको र ३ सय ७४ बस्ति सार्नुपर्ने अवस्थामा रहेको प्राधिकरणको भनाई छ ।

भूकम्पको ३६ महिना : १ लाख ४१ हजार घर बने, ४ लाख ३६ हजार बन्दै 

विनासकारी भूकम्प गएको ३ बर्षमा १ लाख ४१ हजार ६ सय २६ घर बनेका छन् भने ४ लाख ३६ हजार २ सय ५० घर धमाधम बनिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस्तै ३ लाख ८२ हजार ३ सय ११ परिवारले दोश्रो किस्ता भुत्तानीको निवेदन दिएका छन् । यस्तै ३ लाख ७१ हजार ६ सय ९१ परिवारको दोश्रो किस्ताका भुक्तानीका लागि प्रमाणिकरण गरिएको छ ।

यस्तै १ लाख २५ हजार ७ सय ८४ ले तेश्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् भने १ लाख १८ हजार ६ सय ६२ परिवार तेश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण भएका  छन् ।

भूकम्पपछि गरिएको अतिप्रभावित १४ र प्रभावित १७ जिल्ला गरेर ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरिएको थियो । अतिप्रभावित जिल्लामा ८ लाख २३ हजार ४ सय ६० र कम प्रभावित १८ जिल्लामा १ लाख ७३ हजार १ सय २२ घरको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणबाट ७ लाख ६७ हजार ६ सय ६२ परिवार लाभग्राहीको सूचिमा परेका थिए ।

प्राधिकरणले ६ लाख ९६ हजार १ सय ९३ परिवारलाई पहिलो किस्ताबापत ५० हजार अनुदान वितरण गरेको छ । यस्तै ३ लाख २२ हजार २ सय १ परिवालाई दोश्रो किस्ता वापत १ लाख ५० हजार वितरण गरेको छ भने ९० हजार २ सय ९५ परिवारलाई तेश्रो किस्ता वापतको १ लाख अनुदान वितरण गरेको छ ।

यस्तै प्राधिकरणले ३५ हजार जनालाई छोटो अवधिको जिविकोपार्जन र १६ हजार ६ सय ४९ जनालाई डकर्मी तालिम दिएको जनाएको छ ।

अहिलेसम्मको खर्च १ खर्ब २० अर्ब 

भूकम्पछिको पुनर्निर्माणका लागि हालसम्म १ खर्ब २० अर्ब रुपैँया खर्च भएको प्राधिकरणले जनाएको छ । भूकम्प गएलगतै पुनर्निर्माणका लागि ७ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

२०७२ असार १० मा भएको दाता सम्मेलनका क्रममा दातृ निकायबाट ४ खर्ब १० अर्ब रुपैयाँ उपलब्ध गराइने प्रारम्भिक प्रतिबद्धता जनाइएको थियो । यो प्रतिबद्धता मध्ये करीब ३ खर्ब ४३ अर्ब २१ करोड ९२ लाख रुपैयाँ दातृ निकायले भूकम्पप्रभावितका क्षेत्रका लागि रकम परिचालन गरे । तर यसमध्ये पनि २ खर्ब ६२ अर्ब रुपैया मात्र प्राधिकरणलाई प्राप्त भएको थियो । अरु रकम दातृ निकायले सोझै आइएनजिओ मार्फत खर्च गरे ।

यसमध्ये पनि १ खर्ब २९ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ अनुदान र २ खर्ब १३ अर्ब ८० करोड सहुलियतपूर्ण ऋणका रुपमा रहेको छ । भारतले दिने भनेको ७५ अर्ब मध्ये ८ अर्ब २५ करोडको परियोजना प्रस्ताव पठाइएको छ भने बाँकी रकमका लागि पनि परियोजनको अध्ययन भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहप्रवक्ता भिष्म कुमार भुसालले जानकारी दिए ।

Credit : raranews.com

राजाले देशको नाम फेरेपछि बढ्यो जनअसन्तुस्टी

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेपछि केही व्यक्तिले असन्तुष्टी जनाएको छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तन गरेर द किङडम अफ इस्वातिनी राख्ने औपचारिक घोषणा गरेका थिए ।

बीबीसीका अनुसार, इस्वातिनीको अर्थ स्वाजियोको भूमि हो । यो परिवर्तन अप्रत्यासित भए पनि राजा मस्वातीले वर्षाैदेखि स्वाजिल्याण्डलाई इस्वातिनी बताउँदै अाएका छन् ।

 

 

Credit : janasanchar.com

कीर्ते कागजात गरी ठगी गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य ‘सन्यासी नेता’ पुरुष पक्राउ

अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी ठगी गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए । पौडेलसहित सुनसरीको धरान-९ घर भइ काठमाडौं-१० मा बस्दै आएका ५९ वषर्ीय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध  ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ । दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

तत्कालिन हर्वो इन्टरनेशनललाई चलाउन पुष्पराजले हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टबाट ऋण लिएका थिए । त्यसवेला उनी आफैं हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टको अध्यक्ष थिए । हर्वो इन्टरनेश्नल चलाउनलाई लिएको ऋण रकम फिर्ता दिन नसक्ने भएपछि उनले त्यसवापतको जग्गा दिने बताएका थिए ।

सोही अनुसार उनीहरुले ‘हाम्रो ग्रुप’ लाई दिनुपर्ने रकम बापतको भन्दै पर्साको मनियारी-७ को कित्ता नं. ७४१ को १६ कठ्ठा साढे ३ धुर जग्गा रजिष्ट्रेशन पास गरी दिने भनी माइन्यूट गराएको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

पर्सामा ८ करोड ३७ लाख रुपैयाँ मूल्याङ्कन गरिएको जग्गा दिएपछि पौडेल कम्पनीबाट अलग्गिए । त्यसपछि बनेको नयाँ समितिले ‘हाम्रो ग्रुप अफ कम्पनी’ को नाम परिवर्तन गरेर ‘गोर्खा ग्रुप अफ कम्पनी’ बनायो ।

पछिल्लो समय कम्पनीमा प्रोजेक्टहरु थप गर्ने सिलसिलामा सञ्चालक समिति सदस्य कुमार रम्तेललाई जग्गा भएको ठाउँको ट्रेस, नक्सा र चार किल्ला बुझ्न पठाउँदा पौडेलको कर्तुत आफूहरुलाई थाहा भएको पीडितको जाहेरीमा उल्लेख छ । पौडेलले दिएको भनेको जग्गा अस्थित्वमै नरहेको पाइएको भन्दै पीडितले गरेका उजुरीका आधारमा अन्ततः पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

कुनैबेला नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेष्ट इन्टरनेशनलबाट पीडित बनेर कारबाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजकपुष्पराज पौडेलले गुमेको पैसा फिर्ता पनि पाएनन र ठगीमा संलग्नमाथि पनि कारवाही भएन । त्यसपछि उनी हर्वो इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बने । त्यहाँ पनि हर्वोको नाममा भएको करोडौं ठगी भइरहेको समाचारहरु  सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले छापा मारी  पौडेलको बिजनेसमा रोक लगायो ।

हर्बूको कारोबार रोकिएपछी  पौडेलले काठमाण्डौको बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोले । सोही क्रममा उनले “श्रीमान” नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेले । सबै कर्मबाट असफल भनेपछि सन्यासी बनेर हिँड्न थालेका पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए ।

 

 

Credit : janasanchar.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा रफिक पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र बनाएको आरोपमा भारतीय प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका मोहम्मद रफीकलाई तामिलनाडु प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई गिरफ्तारपछि १५ दिनको न्यायिक हिरासतमा राखिएको छ ।

उनले सन् १९९८ म भएको बम विस्फोटको मुद्धामा पाएको सजाय पूरा गरिसकेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार आरोपी मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको छ । जसमा रफीकले प्रकाश नाम गरेका व्यापारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको कुरा भएको प्रहरीले बताएको छ ।

रफीकले प्रकाशसँग गरेको कुराकानी सामाजिक सञ्जालमा पनि बाहिरिएको छ । रफीकले आफ्नो योजना सुनाउँदै प्रकाशसँग भनेका छन्, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय लिएको छु । मैले नै कोयम्बटूर भ्रमणमा रहेका बेला बीजेपी नेता लालकृष्ण आडवाणीलाई लक्षित गरेर बम विस्फोट गराएको थिएँ ।’ तामिलनाडुको कोयम्बटूरमा भएको बम विस्फोटमा ५८ जनाको ज्यान गएको थियो ।

Credit : janasanchar.com

कर्णालीका यातायात व्यावसायी आन्दोलीत, भन्छन् सरकारलाई घूँडा टेकाउछौँ

सुर्खेत : कर्णालीका यातायात व्यवसायीयले राज्यले नै सिन्डिकेट लाद्न खोजेको भन्दै सरकारको घुडा टेकाउने उद्घोष गरेका छन् ।  मंगलवार सुर्खेतमा आयोजित यातायात व्यवसायी आन्दोलनका सहभागिले सरकारले व्यवसायिहरुलाई निरुत्साहित गरेको र त्यसका विरुद्ध लाग्ने अडान लिएको बताएका छन् ।

मध्यपश्चिम यातायात व्यवसायी संघका अधयक्ष विष्णु खड्काले भने,‘राज्यलेनै सिन्डिकेट कायम राख्न खोजेको छ सरकारमा सिन्डिकेट, पार्टिमा सिन्डिकेट हरेक व्यवसायहरुमा सिन्डिकेटको प्रशय सरकारले नै गरेको छ ।’

सरकारले पूर्ण विमा लागू गर्ने वित्तिकै धेरै समस्या समाधान हुने उनको भनाई थियो । तर सरकार नै त्यो लागू गर्न नमान्ने भन्दै सरकार नै माफियाहरु मार्फत गाडी भित्राएर कमिसनको चंगुलमा फसेको आरोप व्यवसायीको छ ।

व्यवसायीले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेका छन् जसमा बैशाख १४ र १५ गते क्यू फ्रि गरेर जसलाई जुन रुटमा सवारी चलाउन मन लागेको छ सो रुटमा सवारी चलाउन दिने, १६ गते यातायात कार्यालय घेराउ गर्ने, १७, १८ र १९ गते प्रचारप्रसार गर्ने, २१ गते आ–आफ्नो गाडीहरुलाई घर वा ग्यारेजमा थन्काउने लगाएतका कार्यक्रम तय गरेका छन् ।

Credit : raranews.com

शुल्कवृद्धि विरुद्ध आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको घोषणा

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनपरी शुल्क लिएको विरोधमा आन्दोलन गर्ने निर्णय गरेका छन् ।
पाँचवटा विद्यार्थी संगठनको मंगलबार बसेको बैठकले बुधबारदेखि आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलनको कार्यक्रमअनुसार भोलि शिक्षा विभाग घेराउ तथा धर्ना दिने, बैशाख १४ गते देशभरीका स्थानी तहका प्रमुखको कार्यलय घेराउ गर्ने तय गरिएको छ ।

Credit : raranews.com

लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत छ : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् । मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको पनि बताए ।  जनताका अधिकारलाई संस्थागत गर्दै जारी भएको संविधानलाई दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढने पनि स्पष्ट पारे । मन्त्री पण्डितले लोकतन्त्र कमजोर भएको आफूले सुन्न समेत नसक्ने पनि बताए ।

Credit : raranews.com

बेथिति अन्त्य गरेरै छाड्छौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेको छ ।

मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।”

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

उनले भने, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्योे’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु ।”

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।”

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राखे ।

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिक सहितको सुन्दर पार्क आफैँमा अनुपम छ भने ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गरे भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गरे ।

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक तथा आकर्षक रुख बिरुवासहितका बगैँचा रहेको छ । उक्त पार्कको रु तीन करोड २२ लाखको लागतमा बनाइएको हो ।

Credit : raranews.com