दयाहाङ राइ किन भए उत्साहित?

भोलीबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘भैरे’को निर्माणपक्षले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको बिषयमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका सम्पूर्ण कलाकार उपस्थित थिए । कार्यक्रममा नायक दयाहाङ राइले यो चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित पनि भएको बताए । उनले भने-‘म सधै देशको कथा बोल्ने चलचित्र गर्न चाहन्छु । यसैले ‘भैरे’ मेरो टाइपको चलचित्र हो ।’ अर्का कलाकार बुद्दि तामाङले यो चलचित्रले नेपाली परिवेशको कथा बोल्ने भन्दै अर्गानिक बिषय उठाइएको बताए ।

चलचित्र ‘भैरे’मा काम गर्दा जाडोले निकै सताएको अनुभव नायिका बर्षा सिवाकोटीले राखिन् । उनले भनिन्-‘यो चलचित्रमा काम गर्दा निकै दुख पनि भयो । तर, यसको कथावस्तु मन परेकाले नै म काम गर्न तयार भएको हुँ ।’

चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने कथालाई उठान गरेको अर्की नायिका सुरक्षा पन्तको तर्क थियो । उनले पनि चलचित्रको कथावस्तु निकै पावरफूल रहेको बताइन् ।

अर्की नायिका जान्वी बोहराले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने सुनाइन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रको २ वटा गीत अहिले चर्चामा छ । देशमै बसेर केही गर्न सकिन्छ, विदेश जानु पर्दैन भन्ने कथामा चलचित्र बनेको बोहराको भनाई थियो ।

Credit : onlinepana.com

गायिका सरु गौतमले लिएर आईन नेपालमा चाईनाको रेल (भिडियो सहित)

गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित “चाइनाको रेलमा” लिएर आएकी छिन l

 लगातार उनले एकपछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो

सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गितआधुनिक गिततिज गित तथा लोक गित  चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामारहदै आएकी छिन l

 ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवालसबि कटुवाल तथा गायिका सरु गौतमकोबेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l 

छायाँकार उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेकाछन् l 

Credit : onlinepana.com

गायिका लक्ष्मीको तीज गीत : ‘म भन्दा सबै मोटा मोटा छन्’

तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् ।

यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । दोहोरी शैलीमा ल्याइएको यो गीतमा उनलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को गुनासो गरेको शब्द गीतमा सुन्न सकिन्छ ।

बिष्णु न्यौपानेको शब्द र सुमन अधिकारीको लय रहेको गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा गायिका लक्ष्मीको साथमा यादव देवकोटा ‘सरापे’को अभिनय देख्न सकिन्छ ।

कमेडी शैलीमा तयार भएको भिडियो राम्रो बनेको छ । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका लक्ष्मीले बताइन् । साइभिजन प्रा.लीबाट निर्माण भएको भिडियो निर्देशन भट्टले निर्देशन गरेका हुन् ।

Credit : onlinepana.com

क्रिकेटर सन्दिपको किन थियो उदास मन(भिडियो)

पछिल्लो समयका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । उनको आवाजमा रहेको ‘उदास थियो’ बोलको गीतको कम्पोजिसन समेत सन्दिपकै रहेको छ भने विनोद तिमल्सिनाको शब्द रहेको छ । अनिल धितालको संगीत रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् यस भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।

Credit : onlinepana.com

रेखालाई मेगा स्टार नभनेको भएर चित्त दुखाइ, आखिर के हो त ?

अभिनेत्री रेखा थापाले डेब्यु गरेको फिल्मका मुख्य अभिनेता थिए– राजेश हमाल । त्यसबेला फिल्म पण्डितहरूले हमाललाई महानायक अर्थात् मेगास्टार भन्ने गर्थे । अभिनेत्री थापा आफैं पनि हमालसँग डेव्यु गरेकोमा खुुसीमात्र थिइनन्, मेगास्टारसँग अभिनय गर्न पाउँदा पुलकित थिइन् ।

थापाले नेपाली फिल्म उद्योगमा निक्कै सक्रियता देखाइन् । उनी अहिले पनि फिल्ममा लामो समय टिक्ने करिश्मा मानन्धर पछिकी अभिनेत्री हुुन् । उनको हाइट र हाइप यति बढ्यो कि विवाद, गसिप, सम्बन्ध र विभिन्न हत्कण्डाले कहिले छाडेन । चाहे छविराज ओझासँग बिहे वा सम्बन्ध विच्छेदको सन्दर्भ होस् अथवा गाँजा खाएर पशुपतिमा शिवरात्री मनाएका कथा हुन् । एक झमट त उनी लभगुरु समेत भइन् ।

छोटा लुगा लगाउने र त्यसबाट आउने सकारात्मक र नकारात्मक टिप्पणीमा पनि रेखा सँधैभरी विरोधाभाषमा आइन्, थापा । उनै थापालाई फिल्मि संघर्षको अभियानमा कुनै खास उपमा हात लागेन । उनले फिल्मी उपमाको लोभ र लालसा राखेकी छन् । खासगरी अभिनेत्रीमा उनलाई ‘मेगास्टार’ किन भनिएन ? यहि प्रश्न उनले घुमाउरो पारामा केही साता अघि लेखकीयमार्फत सोध्ने प्रयास गरिन् ।

के रेखा थापा मेगास्टार हुन् ?

मेगास्टारका लागि फिल्मनगरीमा अतुलनीय योगदान गर्नुपर्ने व्यक्तित्व हुनुपर्छ । यस्ता उपमाको ट्रेन्डिङ बलिउडबाट नेपाली फिल्ममा भित्रिएका हुन् । यसरी बलिउड र दक्षिण भारतीय फिल्मको हकमा विश्लेषण गर्दा पनि थापालाई तत्काल मेगास्टार भन्न सकिँदैन ।

फिल्मका पण्डितहरूले पनि ‘मेगास्टार’को उपमा असामान्य अभिनेतालाई मात्र दिने गरेका छन् । बलिउडकै हकमा भन्ने हो भने अमिताभ बच्चनलाई मात्र मेगास्टार भनिन्छ । त्यस्तै दक्षिण भारतीय फिल्म उद्योगमा चिरञ्जीविजस्तै नेपालमा राजेश हमाललाई मेगास्टारको उपमा चलचित्र पण्डितले दिएका छन् । तर राज्यले कलाकारलाई यस्ता उपमा अहिलेसम्म दिने गरेको छैन । यहि मेसोमा फिल्म उद्योगमा लामो समय विताएकी अभिनेत्री थापाले ‘मेगास्टार’को उपमाको अपेक्षाका आधारमा नै एउटा आलेखमार्फत पद र प्रतिष्ठाको सम अलोचना गरिन् ।

उनले भनेकी छन्– दुई चार वटा फिल्ममा अभिनय गर्नासाथ मेगास्टार भन्नु हुँदैन । उनको यो भनाईको सिधा प्रहार भुवन केसीपुत्र अनमोल केसीका लागि हुनसक्छ । धेरै फिल्मकर्मी अनमोललाई मेगास्टारको उपमा दिन तल्लिन छन् । त्यसैले अर्को कोणबाट रेखा आफैंले केसीसँग तुलना गरिने अभिनेता प्रदिप खड्कालाई १ नम्बर अभिनेता भनेर तारिफ गर्छिन् ।

तर एउटा सार्वजनिक कार्यक्रममा उनले आफ्नै भनाईलाई थप प्रष्टीकरणका रूपमा पेस गर्ने कोशिश गरिन् । उनले भनिन्,‘इष्र्या या डाह लागेर मैले मेगास्टारको कुरा उठाएकी हैन । एकाध फिल्म हुँदैमा उसलाई दिएको पगरी धान्न कठिन हुन्छ भन्ने मेरो तर्क हो ।’

उनले आफुलाई मेगास्टार वा अन्य कुने पनि उपमा नचाहिएको पनि तर्क पेस गरिन् ।

Credit : onlinepana.com

‘छम्म छम्म’ भन्दै आए सन्तु थापा र मन्जु पौडेल(भिडियो)

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ ।

गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् । उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेको बताए ।

‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर तीज गीतमा पहिलो चोटि हो । गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने । नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् । ‘उहाँलाई मैले पत्रकारको रुपमा मात्र चिनेको थिएँ तर राम्रो नृत्य पनि गर्नुहुँदो रहेछ । कलाकारितामा पनि उहाँको भविष्य राम्रो छ,’ नीताले भनिन् ।

Credit : onlinepana.com

ओली सरकारका बिरुद्ध सर्बोच्च पुगेकी निकिताले सहालिन् जिम्मेवारी

देउवा सरकारले गत साल भदौपछि गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेपछि ओली सरकारका बिरुद्ध सर्बोच्च अदालतको ढोका ढकढक्याएकि निकिता पौडेलले पुनः पुरानै जिम्मेवारी समालेकी छन् ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बुधबारबाट पुनः जिम्मेवारी समालेकी हुन्। सरकारले भदौ १४ देखी नयाँ सरकार गठन हुनुअघिका सबै राजनितिक नियुत्ति बदर गर्ने निर्णय गरी पत्र थमाएपछि उनी बोर्डबाट बाहिरिएकी थिइन्।

सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी निकिताको पक्षमा अदालतले ‘स्टे अर्डर’ दिएपछि उनी पुनः सोही हैसियतमा बोर्ड फर्किएकी हुन्। मंगलबार दिउँसो ११ बजे बोर्ड पुगेकी उनले केही फाइलमा हस्ताक्षर पनि गरेकी छन्।

निकितालाई पत्र थमाएको केही दिनपछि मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं चलचित्र सेन्सर बोर्डका अध्यक्ष ऋषिराम तिवारीलाई तत्कालका लागि बोर्ड सम्हाल्ने जिम्मेवारी दिएको थियो। तर उनले जिम्मेवारी समाल्न नपाउँदै निकितालाई सर्वोच्च अदालतले स्टे अर्डर दिएकाले उनी अध्यक्षका रुपमा बोर्ड जान पाएनन्।

चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने र यो प्रक्रियाका लागि समय लाग्ने भएकाले तत्कालका लागि ऋषिरामलाई बोर्ड समाल्ने जिम्मेवारी सरकारले दिएको थियो।

Credit : onlinepana.com

सन्दीपको ‘उदास थियो मेरो मन’ को भिडियो सार्वजनिक

नेपाली क्रिकेटर सन्दीप लामिछानेको गीति एल्बम ‘प्रतीक्षा’ को पहिलो गित ‘उदास थियो मेरो यो मन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । व्यञ्जनको प्रस्तुति रहेको म्युुजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीतबारे बोल्दै लामिछानेले भने, “मैले क्रिकेट खेल्दामात्रै मैदानमा २० गीतभन्दा बढी गाएको छु ।” उनको यो गीतको अडियो यसअघि नै सार्वजनिक भइसकेको थियो । विनोद भण्डारीको शब्द संयोजन रहेको उक्त गीतको निर्देशन निशान घिमिरेले गरेका छन् ।

लामिछानेको गीतको म्युजिक भिडियोमा मोडल जीवन भट्टराई र श्रृष्टि खड्काको अभिनय रहेको छ ।संगीत र क्रिकेट रोज्नुपरे के रोज्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सन्दीपले क्रिकेट नै रोज्ने बताए । यसैबीच, सन्दीप लामिछानेलाई निम्बसले प्रोत्साहन स्वरुप ५० हजारनगद सहित सम्मान गरेको छ ।

Credit : onlinepana.com

गायक सुनिल गिरीको ‘बाजेले भन्थे’ बोलको गीतको भिडियो सार्वजनिक

गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन ।

गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाइ पोखरा र धम्पुसका रमणीय दृश्यहरु लाइ कैद गरिएको छ।

Credit : onlinepana.com

कोमल वली र पशुपति शर्माको ‘माननीय ज्यू’ तीज गित चर्चामा (भिडियो सहित)

राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले भ्रष्टाचारविरुद्धको नयाँ तिज गीत लिएर आएकी छन् । ‘माननीय ज्यू’ बोलको गीत रहेको उक्त गीतमा पशुपति शर्माको शब्द र संगीत रहेको छ भने गायिका वलीसँगै पशुपति शर्माले पनि स्वर दिएका छन् ।

गीतमा राष्ट्रिय सभा सदस्य (माननीयज्यू) कोमल वलीसँग जागिर लगाउने, ठेक्का मिलाइदिने जस्ता विभिन्न विषयलाई मिलाइदिन घुस लिएर आउने नातेदारहरुलाई गायिका वलीले मन सफा गरेर आउन भन्दै फिर्ता पठाइदिएकी छन् ।

यस्तै विषयवस्तुमा आधारित रहेर पशुपति शर्माले गीत लेखेका छन् भने नातेदार, साथी, गाउँले, गुण्डाका चार रुप लिएर शर्माले आफैं अभिनय गरेका छन् ।

Credit : onlinepana.com