मौद्रिक नीतिः बैंकलाई ब्रोकर लाइसेन्स

केही वर्षयता चर्चामा रहेको बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने कि नदिने भन्ने विवाद समाधान हुने देखिएको छ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् बैंकलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिने बाटो खुल्ला गर्ने लागेको हो । राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति सार्वजानिक गर्दैछ ।

बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स पाउने हो भने गाउँगाउँका जनतालेसमेत सेयर कारोबार गर्न पाउने भएकाले बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था मिलाउन लागिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘मौद्रिक नीतिमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुलाउने गृहकार्य भइरहेको छ,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने, ‘संभवत अब बाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको काम गर्न पाँछन् ।’

बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुन्छ कि हुँदैन भनेर राष्ट्र बैंकले अध्ययन गरेको थियो । राष्ट्र बैंकका नियमन विभागका निर्देशकको संयोजकत्वमा भएको उक्त अध्ययन समितिले बैंकलाई सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिनुपर्ने प्रतिबेदन बुझाएको थियो ।

‘राष्ट्र बैंकले गरेको अध्ययनमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त हुन्छ भन्ने देखिएको छ,’ पौडेलले भने, ‘त्यसैले यो विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने लाग्छ ।’

पौडेलका अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि बैंकले सीधै सेयर ब्रोकरको काम गर्न पाउँदैनन् । बैंकहरुले सहायक कम्पनी खोलेर त्यस कम्पनीमार्फत् मात्रै यस्तो काम गर्न पाउँछन् ।

नेपाल धितोपत्र बोर्डले पनि यसअघि नै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइसकेको छ ।

तर, सेयर ब्रोकर कम्पनीहरुको तीब्र दबाबपछि नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिन सकेको थिएन । राष्ट्र बैंकको नियम अनुसार पनि बैंकले ब्रोकरको कारोबार गर्न नपाउने व्यवस्था थियो । मौद्रिक नीतिमार्फत् नपाउने व्यवस्थालाई पाउने बनाउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा राष्ट्र बैंकको उच्च व्यवस्थापन पनि सहमत छ,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिबाट तीब्र दबाब आयो भने मात्रै बैंकले ब्रोकर लाइसेन्स पाउँदैनन् । तर, त्यो संभावना निकै कम छ ।’

तर, उता सेयर ब्रोकरहरु भने बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुने भन्दै बिरोध गरिरहेका छन् ।

Credit : onlinepana.com

२० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन गरिनेबारे

यस एनआई सी एशिया बैंकले आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको सर्वोत्तमहितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरुथपग्राहकमुखीबनाउने क्रमलाईअझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ आषाढ १९ गते बाट देशकाप्रमुखशहरहरुमाअवस्थित देहायका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेकोमा हीबमोजिमनिम्नशाखाहरुमाआईतवार देखि विहिवार सम्मबिहान ९ बजे देखि साँझ७ बजेसम्म रशुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्गकारोबार गर्न सक्नुहुने ब्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछौ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २२४ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५०अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. ११९अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

Credit : onlinepana.com

एनएमबि बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र सँग विभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा एनएमबि बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र अस्पतालका कार्यकारी प्रमुख डा. सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरे । यस अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबि भिसा डेविट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्कृनिङ प्याकेज, रेडियोलोजी, ल्याब्रोटरी र बेड शुल्कमा १० प्रतिशत र रेडियसन थेरापी र ब्रेचथेरापीमा ७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्नखाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।

Credit : onlinepana.com

मारुती सिमेन्टको ‘विश्वासको एक दशक’ कार्यक्रम सम्पन्न

मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौँ स्थित हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको सञ्चालनको जिम्मेवारी निभाएकी थिइन् ।

मारुती सिमेन्टका कार्यकारी निर्देशक श्री अनुज राठीले कार्यक्रमको सुरुवातमा उपस्थित महानुभवहरुलाई स्वागत गर्दै सम्पूर्ण डिलर वर्गमा उनीहरुको मिहीनेत र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रमको अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा कम्पनीद्वारा काठमाडौँ उपत्यका क्षेत्र अन्तर्गत खुसी सप्लायर्स् एण्ड इन्भेष्ट्मेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ टेड्रर्स्  (पोखरा), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव टेड्रर्स् (नारायणघाट), कोशी पूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स् (विराटनगर) र कोशी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा टेड्रर्स् (लाहान) लाई उत्कृष्ट विक्रेता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

यसैगरी भण्डारी सप्लायर्स् (बर्दिवास) लाई उदयीमान विक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा टेड्रर्स् (लाहान) लाई नेपालकै ‘सर्वोत्कृष्ट विक्रेता’को उपाधि प्रदान गर्दै पुरस्कृत गरियो । साथै, कार्यक्रममा नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिनु हुने श्री विनोद केशरी उपाध्यायलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल तथा चर्चित अभिनेत्री प्रियंका कार्की सहित भारतीय स्याण्ड आर्टिस्ट, बेलायती फायर इ्याक्ट, बेली डान्स एवं एलईडि डान्स कलाकार तथा नेपाली ब्याण्ड प्रयासले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

Credit : onlinepana.com

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैकको शाखा समुदघाटन

तेह्रथुम जिल्लाको लालिगुंरास नगरपालिका वार्ड न. २ बसन्तपुर स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बसन्तपुरको एक समारोहका बीच शनिबार समुदघाटन सम्पन्न भएको छ । उक्त शाखाको रावा बैंक संचालक समितिकका सदस्य श्री रबीन्द्रलाल श्रेष्ठले एक समारोहका बीच समुद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि श्रेष्ठले बैंकले सरकारी नीतिलाई सघाउ पुग्ने गरी अगाडि बढिरहेको बताउनुभयो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र ब्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरि स्थानीय ब्यापारलाई अगाडि बढाउन सघाउ पुररयाउने बताउनुभयो । सो समारोहमा नायब महाप्रवन्धक श्री उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बैंकको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र कट्टेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा तेह्रथुम जिल्लाको प्रदेशसभा(क) सांसद श्री लक्ष्मण तिवारी, लालिगुंरास नगरपालिकाका प्रमुख श्री अर्जुन माबोहाङ्ग, एवं अन्य स्थानीय राजनीतिक दलका प्रतिनिधी, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । सो अवसरमा शाखाको समुदघाटन गर्नुपूर्व बसन्तपुर बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्याक्रमको आयोजना गरेको थियो । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

Credit : onlinepana.com

सांसद गिरीमाथि प्रश्न, चुनावका बेला ५ हजार खल्तीमै खत्रक्क भन्ने, अहिले बेइमानी गर्ने ? हिन्दुधर्ममाथि अपमान

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोलले देश निकै तातेको थियो । देशभरी चुनावको माहोल थियो ।नेताहरु भाषण र कार्यकर्ता प्रवेश गराउन निकै व्यस्त थिए ।

चुनावको माहोल, आफ्नै पार्टीका पुराना नेताहरुलाई पछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका युवा नेताका रुपमा परिचित तत्तकाली नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जो हरेक चुनावी सभामा भाषणमा खरो रुपमा प्रस्तुत हुन्थे । प्रतिपक्ष नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीमाथि खरो रुपमा प्रस्तुत हुन्थे ।

१८ बर्षसम्म केहि गर्न सकेनन् । चारपटक सांसद भए माखो पनि मारेनन् यस्तै यस्तै प्रतिपक्षमाथि आक्रोश भरिएका उनका भाषणमा कार्यकर्ताहरु ताली पिट्थे । बृद्धबृद्धा देख्थे त्यसपछि भनिहाल्थे । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार पुषमा बन्छ । माघमा पुरक बजेट आउँछ ।
आमा, बुवा सुन्नुहोस् ,

मलाई भोट दिएर जिताउनुहोस्

तपाइको बृद्धभत्ता पाँच हजार हुन्छ । माघबाटनै पाँच हजार भत्ता बुझ्ने भए भोट मलाइ नै होल्नुहोस् ।सास रहुन्जेल आस रहन्छ । त्यसमाथि बृद्धबृद्धाको भत्ता बढ्ने आशाको त्यान्द्रोले उनीमाथि विश्वास गर्न बाध्य पनि बनाउयो ।

एक कारण थियो, तत्तकाली प्रधानमन्त्री मनमोहन अधिकारीेनै बृद्धाभत्ताको प्रचलन ल्याए जून एमालेको राजनीतिका प्रमुख अस्त्र बन्न पुग्यो।दोस्रो कारण थियो, दुइ दल मिलेका छन् चुनाव यिनैले जित्छन त्यसैले भोट यीनैलाइ हालौ ।

हरेक सभा र फोरममा मान्य पदम गिरीको भत्ताको भाषण निकै चर्को हुन्थ्यो । प्रतिपक्षलाई झटारो हान्न पनि छोड्ने थिएनन् र भत्ताको राजीतिबाट उनी विमुख भएर भाषण गर्न पनि सकेनन् अर्थात् चुनावी प्रचारप्रसारको अबधीमा उनले बृद्धभत्ता पाँच हजार बनाउने उद्घोष नगरेको कुनै सभा पनि थिएन ।

प्रदेशसभाको लागि क्षेत्र नं १(क) बाट उम्मेदवार बनेका तत्तकाली नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी जो चुनावी हरेक सभामा भाषणमा भन्ने गर्थे म समाजबादको पक्षमा लडिरहन्छु । अब देशमा समाजबाद आवश्यक छ यसको लागि मेरो आवाज उठिरहन्छ ।तर उनले कुनै पनि फोरममा बृद्धा भत्ता पाँच हजार हुन्छ मलाइ भोट दिनुहोस भनेको रेकर्ड सायदै छैन होला ।

किनकी उनीलाई थाहा हुनुपर्छ, पार्टी एकता गर्ने भनी संयुक्त घोषणा पत्र जारी गरी चुनावी मैदानमा होमिएको एमाले र माओवादी भोली एक नहुनपनि सक्छन वा भत्ताको राजनीति गरेर चुनावमा भोट माग्ने हाम्रो अधिकार छैन वा नैतिकताले दिदैन ।

अर्थात् उनले कुनै पनि फोरममा भत्ताको लोप देखाएर भोट मागेनन् । प्रदेशसभातर्फ क्षेत्र नं २(ख) बाट उम्मेदवार बनेका विकास लम्सालको भाषण पनि बेजोड थियो । प्रतिनिधिसभाका नेतृत्व गरिरहेका उनलाई प्रदेशसभामा झरालिनुले उनको मन दुखेको पनि हुनसक्छ । चुनावको बेलामा उनी कतिपय सभामा पदम गिरीसँग सहभागी नभएका उदाहरण पनि थिए ।

उनले पनि भत्ताको राजनीति गर्न भने पछि हटेनन् । सायद एमाले नेताहरु देशभरनै भत्ताको राजनीतिक नगरेका होलान भन्न सकिने ठाउँ पनि छैन । देशभर भनौ या संयुक्त घोषणा पत्रमानै पाँच हजार बृद्धाभत्ता बढाउने भनि स्पष्ट उल्लेख गरिएको थियो ।

मान्य पदम गिरीको भाषणमा जोश थियो, बृद्धाबृद्धाहरुलाइ त्यो जोशले लोभ्यायो । भत्ताको राजनीतिले राजनीतिका पुराना खेलाडी मानिएका नेपाली काँग्रेसका नेता अर्जुन जोशीलाई उनले १० हजार भन्दा बढी मतान्तरले जिते । प्रतिनिधिसभाका सांसद बने ।

नेत्रनाथ अधिकारी पाँच हजार मतान्तरले विजयी भए अहिले प्रदेश ४ को सभामुख बनेका छन् भने विकास लम्साल प्रदेश ४ को बन तथा बातबरण मन्त्री बनेका छन् ।

देशभर चुनाव बामगठबन्धनलेनै जित्यो । झण्डै दुइ तिहाइको सरकार बन्यो । यहि जेठमा सरकारको नीति तथा कार्यक्रम सार्वजानिक भयो । तर बृद्धबृद्धालाई चुनावमा देखाएको भत्ताको मोह भने पुरा गर्न सरकारले सकेनन् ।

अहिले यसको चौतर्फी विरोध भैराखेको छ । चुनावको बेलामा भत्ताको राजनीति गरेको तत्तकाली एमाले अहिले त्यसलाइ फरक ढंगले व्याख्या र विश्लेषण गरिरहेको छ । बृद्धा भत्ता नबढाइनुमा स्यवं एमाले र माओवादी मिलि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पनि विरोध शुरु भएको छ ।

मान्य पदम गिरीलाइ चुनावमा गरेको भाषणले अहिले हरेक सभासमारोहमा प्रश्न चिन्ह उठाइरहेको छ । मान्य ज्यू भत्ता माघबाटै पाँच हजार भनेको होइन । असार लागिसक्यो भत्ता बढेन नी ।हात्तीको दाँत जस्तै बृद्धाभत्ताको यो राजनीतिले उनको पहिलो प्रतिनिधिसभाको यात्राको पहिलो कदममानै प्रश्नचिन्ह उठाइरहेको छ ।

झुटको खेती गरेको राजनीतिक कतिञ्जेल टिक्ला ?

चुनावमा गरेको कबुल पुरा गर्नको लागी सरकारले पाँच हजार बृद्धाभत्ता दिने व्यवस्था नगरेपनि अब आफूले पाउने सेवा सुविधाबाट पर्वतमा रहेका जेष्ठ नागरिकहरुको भत्ता बढाउने कि ?

छालाकै जुत्तासँग भवन गरे भवनको शिलान्यास

नेकपा पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरीले हिन्दुधर्म माथि ठाडो प्रहार गरेका छन् । बुधबार खानेपानी भवनको शिलान्यास गर्नको लागि वारी बेनी माझफाँट पुगेका सांसद गिरीले हिन्दुधर्ममाथिनै अपमान हुने हर्कत देखाएका हुन् ।

भवनको शिलान्यास गर्नेक्रममा उनी जुत्ता सहित सहभागी भए । हिन्दु धर्म परम्परा अनुसार यस्तो पूजाआजमा छालाका कुनै पनि बस्तु धारणा गर्न हुदैन र चोखो निष्ट हुनुपर्छ भन्ने प्रचलन छ तर उनले हिलोबाट आफूलाई जोगाउनको लागि छालाका जुत्तासँगै शिलान्यास कार्यक्रममा सहभागी भएका हुन् ।

हिन्दुधर्मको अपमाननै हुने गरी सांसद गिरीले देखाएको हर्कतको अहिले सामाजिक संजामा निकै भाइरल भएको छ । उनले देखाएको हिन्दुत्वमाथिको अपमान ८५ प्रतिशत हिन्दुबादीहरुको रगतनै तान्ने खालको देखिएको छ । उनको यो हर्कतको चौतर्फी विरोध हुन थालेको छ ।

केहि दिन अगाडि संसदमा बजेट बारे बोल्ने क्रममा अनाबृष्टि, अल्पबृष्टि, अतिबृष्टिका कुरा उठाएका सांसद गिरीलाई अब भने आलोचनाका अतिबृष्टि हुने सम्भावना बढेको छ ।

कम्युनिष्ट नेताहरु आफूलाई नास्तीक ठान्छन् । धर्मकर्ममा विश्वास गर्दैनन् तर पछिल्ला समयमा कम्युनिष्ट नेताहरु धर्मकर्ममा लागेको उदाहरणहरु धेरै छन् । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समयमा धार्मिक भक्ति भएको उदाहारण ताजानै छ ।

केहि महिना अगाडी उनी चितवनमा धार्मिक भ्रमणका रुपमा परिवासँग देवघाट गएका दृश्यहरु निकै भाइल पनि भए । आफूलाई कम्युनिष्ट ठान्नेहरु पछिल्लो समयमा धर्मकर्ममा लागेको अर्को उदाहरण हो नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेलामा धार्मिक भ्रमण पनि गर्न भ्याए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागतको नाउमा उनी पनि पूजा गर्न त्यहाँ भ्याए । अर्थात् कम्युनिष्टहरु धर्मकर्ममा पनि लागेको यी जल्दाबल्दा उदाहरणहरु मात्रै हुन् ।नेपालमा झण्डै ८५ प्रतिशतको हाराहारीमा हिन्दुधर्मलम्बीहरु रहेका छन् तर पनि देश हिन्दुनिरपेक्षताको देश घोषणा भैसकेको छ ।

बेलाबेलामा हिन्दु धर्म बचाउ अभियानका अभियान्तहरु भनौ वा राजनीतिक दलहरु यहि धर्मको प्रचारलाई आफ्नो मुल अस्त्रका रुपमा लिने गरेका पनि छन् ।हिन्दुधर्म अनुसार पूजाआजमा छालाका जुत्ता वा छालाबाट बनेका कुनै पनि बस्त्र धारणा गरी पूजा गर्नुहुदैन भन्ने मान्यता छ ।

Credit : onlinepana.com

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा कचनकवल गाउँपालिका, वडा नं ६, बनियानी, झापामा स्थापना गरेको कचनकवल शाखाको आज मिति २०७५ असार ११ गते एक समारोहका बिच प्रदेश नं १ का सांसद श्री बसन्त कुमार बानियाज्यू र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४९ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Credit : onlinepana.com

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच Bancaassurance सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो ।

बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिङ्ग सेवा लिईरहनु भएको बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

Credit : onlinepana.com

८ वर्षपछि अनिलकेशरी शाह फेरि नबिल बैंकको सीईओमा नियुक्त

अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै प्रमख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । नबिल बैंकको बोर्ड बैठकले शाहलाई बिहीबार पुनः प्रमख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि उनलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियड’को नियमका कारण उनी कायममुकायम प्रमख कार्यकारी अधिकृतका रुपमा सोही बैंकमा कार्यरत थिए ।

उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । युवाअवस्थामै बैंकको सिईओ बनेका शाह अहिले बैंकर संघका निर्वतमान अध्यक्ष पनि हुन् ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी उनी मेगमा फर्किएका थिए ।

राष्ट्र बैंकको नियमअनुसार सिईओले एउटै बैंकमा लगातार दुई कार्यकाल मात्रै काम गर्न पाउँछन् । शाहले भारतको दिल्ली विश्व विद्यालयबाट एमबीए गरेका छन् ।

बैंकका अध्यक्ष शुम्भुप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा अनुभवी शाहले बैंककाई नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

Credit : onlinepana.com

स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति प्रदान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ ।

मन्त्रालयले स्थानीय तहलाई आव २०७५÷०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिए । केन्द्र र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले बजेट ल्याउने तयारीमा रहेका छन् । मन्त्रालयले सबै स्थानीय सरकारलाई बुधबार ऋण लिनका लागि सर्कुलर समेत जारी गरिसकेको छ ।

उनले आफ्नो विकास निर्माणका लागि बजेटका लागि स्थानीय तहले आन्तरिक ऋण लिन सक्ने बताए । मन्त्रालयको मंगलबार बसेको बैठकले स्थानीय तहलाई निश्चित सीमा तोकी आन्तरिक ऋण लिनसक्ने निर्णय गरेको थियो ।यसरी लिइने ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोक्ने गरेको छ ।

आयोगका उपसचिव अनिता पौडेलले स्थानीय सरकारले आन्तरिक ऋण लिँदा आव २०७५÷०७६ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्य बाँडफाँडको आधार र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने गरी राजश्वको योगफलको १० प्रतिशत नबढ्ने गरी ऋण लिन पाउने बताए ।

उनका अनुसार स्थानीय सरकारले लिएको ऋणको परिचालन पुँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा मात्र लगानी गर्नुपर्ने तथा साधारण प्रकृतिका काम र प्रशासनिक खर्चका लागि ऋणको प्रयोग गर्न पाइने छैन ।संविधानको धारा २५१ को उपधारा १ को खण्ड ‘च’ बमोजिम स्थानीय तहले आन्तरिक ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

Credit : onlinepana.com