रेडबुल इनर्जी ड्रिंक नभई मन्द विष !

युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।

इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्।

सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो। यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो।

त्यो बेला यसलाई ‘≈यालुसिनोजेनिक ड्रग’का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो। रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो।

रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ। उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ।

त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन्। स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ। मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ।

त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु-याउँछ।
ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग रेडबुल खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ।

जर्नलका अनुसार रेडबुल र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुन्छ। जर्नलले यी दुई पेय पदार्थको मिश्रणलाई ‘डेड्ली बम’को उपनाम दिएको छ। नेपालमा पनि अधिकांश युवा पुस्ताले भोड्का र रेडबुल मिसाएर खाने गरेको भए पनि यसले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा भने निकै कम व्यक्ति मात्र जानकार छन्।

अधिकांश खेलाडीले इनर्जी ड्रिंक्सका नाममा रेडबुल पिउने गर्दछन्। तत्कालका लागि यसले शरीरमा शक्ति प्रवाह गरेको महसुस भए पनि यसले दीर्घकालमा देखिने गम्भीर खालका रोगहरू निम्ताउने ब्रिटिस मेडिकल जर्नलमा उल्लेख छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि रेडबुल पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो।

‘फुटबल, ब्याडमिन्टन, बास्केटबल, जिम, मार्सल आर्टस्लगायत अन्य एथ्लेटिक्सका क्रममा रेडबुल पिउँदा यसले मुटुको गति बढाउँछ। मुटुको गति बढेपछि शरीरमा रगत छिटोछिटो प्रवाह हुन थाल्छ र मानिसहरूले तत्कालका लागि केही शक्ति प्राप्त गरेको महसुस गर्दछन्।’ –जर्नलमा भनिएको छ।

आयरल्यान्डका १८ वर्षीय बास्केटबल खेलाडी रुज कोनीको बाल्केटबल खेल्दा खेल्दै हर्ट अट्याकका कारण मृत्यु भयो। उनको मृत्युका पछाडि बढी मात्रामा रेडबुल पिएर कोर्टमा उत्रनुलाई कारण मानिएको छ। त्यसै गरी, अमेरिकाका ३३ वर्षीय कोरी टेरीको पनि बास्केट खेल्ने क्रममा मृत्यु भएपछि उनको परिवारले रेडबुलसँग १८ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको घटना सेलाउन पाएको छैन। नेपाल समाचारपत्रमा खबर छ

Credit : onlinepana.com

आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक अनावरण

आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच अनावरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गर्नुभएको हो । पुस्तक÷भिडियो अनावरण कार्यक्रममा नेपाल राष्ट्र बैंक, युएनसीडीएफ, संचारकर्मीहरु, सरोकारवाला र आइएमई ग्रुपका बरिष्ठ अधिकृतहरूको उपस्थिती रहेको थियो ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्रययाउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।

अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले आइएमईले तय गरेको सफल व्यावसायीक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गर्नुभयो । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तीब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताउनुभयो । यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आइएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको बताउनुभयो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताउनुभयो . डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यवसायीक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने बताउनुभयो ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले १८ वर्ष लामो आइएमईको व्यवसायीक यात्रा बर्णन गर्दै आइएमई पे मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्न आइएमई ग्रुप प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

आइएमईको व्यवसायीक यात्रा समावेश गरिएको उक्त पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निशुल्क वितरण गरिनेछ भने भिडियो युएनसीडीएफ र आइएमईका आधिकारिक युट्युब च्यानल सामाजिक संजाल पेजमार्फत आज राती आठ बजेबाट सार्वजनिक गरिनेछ ।

Credit : onlinepana.com

जुम्लामा कृषिजन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धी २ दिने तालिम

जुम्लामा आजबाट कृषिजन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धी २ दिने तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको तालिममा नगरपालिका भित्रका किसानहरु सहभागी छन् ।

समृद्धिको लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्लामा स्थपना भएको छ ।

२ दिने कृषि जन्य औजार उपकरण सञ्चालन तथा मर्मत सम्वन्धी किसानहरुलाई तालिम दिईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्लाका कृषि अधिकृत जोगेन्द्र कान्दुले जानकारी दिनुभयो ।

Credit : onlinepana.com

एनआई सी एशिया बैंकले गर्यो नबिलइन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त

एनआई सी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुनआउने रु.१ अर्ब ८३ करोड रूपयाँ बराबरको “११५ एनआई सी एशिया ऋणपत्र २०८२-८३” निष्काशनको निमित्त बैंकले नबिलइन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशतवार्षिक व्याजभएको ३० लाखकित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्तभई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमाएनआई सी एशिया बैंक लिमिटेडका तर्फबाट का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथानबिलइन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपालधितोपत्रबोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशतबार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

Credit : onlinepana.com

मेगा बैंकको जीवन साथी र स्वर्णिम बचत खाता योजना

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो ।

बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् । न्यूनतम ५ हजार रुपैँयामै खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ ।

मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैँयासम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि पाँच लाख रुपैँयासम्मको इएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ ।

बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैँयामै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैँया बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

Credit : onlinepana.com

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रदयुमन पोख्ररेलले हस्ताक्षर गर्नुभएको छ ।

बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवाप्रदानगर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ ।कम्पनीले सामान्य सावधिक , बालशिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण, अग्रीमभुक्तानी तथा आजीवनलगायतका बीमा योजनाल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्यन्यूनभन्दान्यूनआय भएका शहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवन बीमामापहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।

Credit : onlinepana.com

एनआई सी एशिया बैंकद्वाराविश्ववातावरण दिवसको अवसरमा“एक कर्मचारी, एक फलफुलविरुवा”नाराका साथवृक्षारोपण कार्यक्रम

एनआई सी एशिया बैंक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा“एक कर्मचारी, एक फलफुलविरुवा”भन्ने नाराका साथएवं आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत धापासी स्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीयकार्यालयहरु एवं शाखाकार्यालयहरुको प्राङ्गणभित्रवृक्षारोपण कार्यक्रमसम्पन्न गरेको छ ।

बिभिन्न प्रजातीहरुकाफलफूल र अन्य प्रजातीकाबोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु-याउने बैंकले विश्वास लिएको छ ।

एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानआदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागिउपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्मकरिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियालीकायमगर्न महत्वपूर्ण योगदान पु-याएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखाकार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११४अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

Credit : onlinepana.com

अर्जुन चौपारीमा राष्ट्रिय वाणिज्य बैकको शाखा स्थापना

स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउंपालिका वडा नः १ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १९० औं शाखा कार्यालय अर्जुनचौपारी स्थापना गरिएको छ । उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष श्री महेन्द्रमान गुरुङ्गले एक समारोहका बीच समुद्घाटन गर्नुभयो ।

सो समारोहमा प्रमुख अतिथि श्री महेन्द्रमान गुरुङ्गले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्धेश्यअनुरुप ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताउनुभयो । उहांले यस क्षेत्रमा १२८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने विचार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने वताउनुभयो । सो समारोहमा नायब महाप्रवन्धक श्री उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बैंकको पोखरा क्षेत्रीय कार्यालयका उपप्रमुख जग जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा, अर्जुनचौपारी गाउंपालिका अध्यक्ष श्री दीर्घनारायण अर्याल, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Credit : onlinepana.com

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटल बिच नगद रहित (Cash Less) सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक श्री पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म ग्राण्डी इन्टरनेश्नल हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले ग्राण्डी इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म Cash Less Hospitalization सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।

साथै सोही अवसरमा ग्राण्डी इन्टरनेश्नल हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस -Cash Less Hospitalization_ सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

Credit : onlinepana.com

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

Credit : onlinepana.com