प्रलोभन देखाई इच्छाविपरीत धर्म परिवर्तन गराउन खोज्ने तीन जना पक्राउ

जागिर लगाइदिने प्रलोभन देखाई इच्छाविपरीत धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले गिरफ्तार गरेको छ । हाल प्रहरी हिरासतमा रहेका अभियुक्तहरुमा कास्की जिल्ला घर भइ हाल काठमाडौंको नागर्जुन नगरपालिका-४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४२ वर्षीया फुलदेवी भट्टराई रहेका छन् ।

उनीहरुले जागिर लगाइदिने भन्दै इच्छा विपरीत भरतपुर नगरपालिका-२७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराएको आरोप लगाइएको छ । पिडित लक्ष्मी भट्टराईले आफुलाई जागीर लगाइदिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराएको आरोप लगाएर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दुएकी थिइन । प्रहरीमा उजुरी परेपछी उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार पीडित लक्ष्मीलाई फुलदेवीले जागिर लगाइदिने भन्दै सितपाइलाको चर्चसम्म पुर्‍याएकी थिइन । चर्चमा सुमित्रा गौलीले बाइबलको पाठ सुनाउँदै लक्ष्मीलाई जबरजस्ती दुबै हात समातेर धर्म परिवर्तन गर्न खोजेको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता, प्रहरी नायव उपरीक्षक -डीएसपी) मोहनकुमार थापाले जानकारी दिए ।

Credit : janasanchar.com

भारतीयहरुद्वारा नेपाली प्रहरी चौकीमाथि आक्रमण, पाँच प्रहरी घाइते, नेपाली प्रहरीलाई अपहरण प्रयास

पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

आइतवार राति एउटै मोटरसाइकलमा ४ जना सवार भई आएका भारतीय नागरिकलाई बलुवा चौकीका प्रहरीले चेक जाँच गर्दा उनीहरु मादकपदार्थ सेवन गएिको भेंटिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोही मोटरसाइकलमा एक जना प्रहरी बसेर सेढवातिर लैजान खोज्दा उनीहरुले ती प्रहरीलाई नियन्त्रणमा लिई भारततिर लैजान खोजेका थिए । सीमामा रहेको भारतीय सशस्त्र सुरक्षा बलले पुनः समातेर नेपाल प्रहरीलाई उनीहरुलाई सुम्पेको थियो ।

प्रहरीलाई नै अपहरण गर्न खोजेको आरोपमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन खोज्दा प्रहरी र स्थानीयबासीबीच सोमबार बिहान ३ बजे झडप भएको हो ।

पक्राउ परेकाहरुको आफन्त र चिनजानका मान्छेहरुले इलाका प्रहरीमा आक्रमण गरेर आरोपी छुटाउन खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए
झडपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी चौकी सुवर्णपुर प्रहरी जवान जयप्रकाश यादव घाइते भएका हुन्।

भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने सिसवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो गरी चार जना भारतीय नागरिकलाई प्रहरीले समातेको बिषयमा झडप भएको स्थानीय ओमप्रकाश चौधरीले बताए ।

आइतबार दिउँसो मदिरा सेवन गरेर आएका उनीहरुले सीमावर्ती प्रहरी चौकी वलुवामा खटिएका प्रहरीलाई गालीगलौज गर्दै अपहरण गरेका थिए । उनीहरुले प्रहरी हवलदार बिरबहादुर गुरुङलाई अपहरण गरी भारततर्फ लैजादै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।

पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन उनीहरुका आफन्तले प्रहरी कार्यालय घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीसमेत तोडफोड गरेका छन् ।

source : onlinebbc.net

Credit : janasanchar.com

अन्तत: सिण्डिकेट तोड्ने लिखित कागजमा हस्ताक्षरपछि ६ व्यवसायी रिहा, यातायात व्यवसायी कम्पनीमा जान तयार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ६ जना पदाधिकारी सिन्डिकेट अन्त्य गर्ने सरकारको कदमलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएर थुनामुक्त भएका छन् । सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयविरुद्ध हडताल गरेको अभियोगमा शनिबार पक्राउ परेका उनीहरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा लिखित प्रतिबद्धतामा हस्ताक्षर गरी रिहा भएका हुन् ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन् । यससँगै वर्षौंदेखि कायम सिन्डिकेट पनि अन्त्य भएको छ ।

यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म यातायात व्यवसायी र सरकारी पक्षबीच वार्ता भएको थियो । वार्तामा यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका सहमति भएको छ । सहमतिको विस्तृत विवरण सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने सहमति भएको वार्तामा सहभागी एक उच्च अधिकारीले जानकारी दिए ।

व्यवसायीको लिखित प्रतिबद्धतामा सिन्डिकेट नगर्ने, कम्पनी दर्ता गरेर यातायात सञ्चालन गर्ने उल्लेख छ । ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारीसाधन चलाउँछु र सरकारलाई सहयोग गर्छु,’ प्रतिबद्धतामा उल्लेख छ । सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक यातायात बन्द गरेका थिए । प्रहरीले सार्वजनिक गाडी नचलाउने देशभरका ९३ व्यवसायीलाई शुक्रबार र शनिबार पक्राउ गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापाले यातायात सञ्चालन गर्छु भनेर कागज गर्न नमान्ने व्यवसायीविरुद्ध सार्वजनिक मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए । लिखित कागज गरेका देशभरका अरू यातायात व्यवसायीलाई समेत रिहा गरिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।

सरकारले यातायात समिति र संघलाई खारेज गर्दै कम्पनीमा दर्ता हुन भनेको थियो । तर, त्यसविरुद्ध २१ गते सांकेतिक बन्द गरेका यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल गर्ने र सरकारलार्इ घुँडा टेकाउने घोषणा गरेका थिए ।

सरकार यातायात व्यवसायीविरूद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । हड्तालमा सहभागीहरुलाई पक्राउ गर्ने र रुट परमिट खारेज गर्ने कदम चालेपछि अन्ततः व्यवसायी उल्टै घुँडा टेक्न बाध्य भए ।

२१ गतेको सांकेतिक बन्द लगत्तै यातायात व्यवसायी पक्राउ पर्न थालिसकेका थिए । शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहितका पदाधिकारीहरु नै पक्राउ परे । उनीहरूलार्इ सिन्डिकेट नगर्ने र सरकारलाई सघाउने सर्तमा कागज गरेर रिहा गरियो । त्यसलगत्तै आइतबार बेलुका यातायात मन्त्री रघुबीर महासेठसहितको सहभागीतामा वार्ता भएको थियो ।

खासगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अत्यावश्यकीय सेवा अवरूद्ध गर्दै हड्ताल गर्नेलार्इ कानुन अनुरूप कारवाही गर्ने स्पष्ट अडान लिएपछि यातायात व्यवसायी पछि हट्न बाध्य भए ।

Credit : janasanchar.com

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको हो ।

शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएका उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Credit : janasanchar.com

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बस्नेतलाई प्रहरी हिरासतमा निर्मम शारिरीक यातना

हिरासतमै हात भाचिएपछि,प्रहरीको चर्को अालोचना ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीद्वारा निर्मम शारिरीक याताना दिएको खुलेको छ । शुक्रबार बस्नेतको आफन्त भेट्न जादा हात भाचिएको अवस्थामा देखिएपछि  बस्नेतलाई प्रहरीद्वारा निर्मम शारिरीक याताना दिएको खुलेको हो ।

पारिवारिक स्रोतका अनुसार,  बस्नेतलाई वैशाख ८ गते सिन्धुलीको हरीहरपुरगडी गाउँपालिका ६ स्थित कौडाडाँडाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

यसैबीच बस्नेतसहित २ जनालाई प्रहरीले गैर न्यायीक ढंगबाट गिरफ्तार गरेको भन्दै नेकपा सिन्धुलीले आपत्ति जनाउँदै बिना सर्त रिहाइको माग समेत गर्दै आएको छ ।

Credit : janasanchar.com

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित ५ पदाधिकारी पक्राउ

सरकारको सिन्डिकेट खारेज गर्ने निर्णयको विरोधमा आन्दोलनमा रहेका यातायात व्यवसायीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यसै क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । शुक्रबार पनि प्रहरीले व्यवसायी संघका महासचिव सरोज सिटौलासहित ७२ जनालाई पक्राउ गरेको थियो ।

महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।

शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसग माग गरेको थियो । शनिबार सााझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने योजना महासंघको थियो ।

यही विषयमा छलफल गर्न शनिबार सााझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । योसागै सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई त्यसै नछाड्ने स्पष्ट सन्देश दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट हटाउने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताइसकेका छन् । सरकारले महासंघका अध्यक्षसहित पदाधिकारीलाई पक्राउ गरेर हड्ताल गर्नेहरुलाई उन्मुक्ति नदिने संकेत गरेको छ ।

Credit : janasanchar.com

मजदुरका समस्या समाधानका लागि बैज्ञानिक समाजवाद

राजकुमार घिमिरे
इतिहासको गौरवपूर्ण दिन भनौ आज भन्दा १३२ बर्ष पहिला अर्थात सन् १८८६ मे १ को दिन पहिला अमेरिकाको सिकागो भन्ने सहरका सचेत र बिद्रोही मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन र ज्याला बृद्दीको माग राखेर यी मागहरु मजदुरका अधिकार हुन् भनेर बिद्रोहमा उत्रीएका थिए ।

सिकागो सहरका मजदुरहरुले चलेको आन्दोलनले समग्र अमेरिकाको पुजिवादी राज्यसत्ताको बिरुद्द बिशाल लहर र माहोल शसत्त बन्न पुग्यो मिजदुरहरुको अध्यम्य साहार र एकताले विवेकपूर्ण रुपमा गरिएको आन्दोलनले पुजिवादी शासक र त्यहाको तत्कालिन फासिस्ट सरकारले मजदुरहरुको आन्दोलन दमन र हत्याबाट तह लगाउने अथवा दबाउने कुचेष्टा राखी दर्जनौ मजदुरहरुको हत्या गर्यो ।

यस्तो अवस्थामा पनि मजदुरहरु कत्तिपनि बिचलित नभईकन पुजिवादी फासिस्ट सरकारको बिरुद्द निर्मम भएर लडे र विश्वमा गरिखाने मजदुरहरुको लागि बलिदानको उच्च कोटा पुरा गरे, हो त्यो बलिदानपूर्ण रक्त्त रंजित दिन थियो १८८६ मे १ इतिहासलाई साक्षि राखेर भन्नुपर्दा आजको बिस्व मजदुर आन्दोलन, उपलब्धि र परिवर्तन त्यहि दिनको बलिदानिको प्रेरणादायी दिन थियो । यो बलिदानीले मजदुर आन्दोलन कमजोर होइन झन् शसत्त र प्रज्वलित हुदै गयो ।

यसैविच श्रमिक मजदुरहरुको अन्तराष्ट्रिय प्रतिनिधिहरुको बैठक १८८९ मा पेरिसमा बस्यो र उत्त बैठकले मजदुर आन्दोलनको गम्भीरता पुर्वक समिक्षा गर्दै त्यसलाई विजय सम्म पुर्याउनु र विश्व व्यापीकरण गर्न पहल गर्ने निर्णय गर्यो साथै मई १ लाई अन्तराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने निर्णय गर्यो । नेपालमा पनि यसैको निरन्तरता स्वरुप मजदुर दिवस मनाउने गरिन्छ ।

मे १ मा शहरका भित्ताहरु प्राय खालि देखिदैनन् । मजदुरका अधिकारका नाराहरु छयाप्छयाप्ती देखिन्छन । च्याउसरि मजदुरको नाम भजाउने ट्रेड यूनियनाहरुका कार्यक्रम देखिन्छन् र २/४ हप्ता मजदुरहरुको गफ चुटेर उनी फुस्रा आश्वासन दिएर मञ्चमा रमाएको देख्न पाउदछौं । नेपालमा मजदुर आदोलनका लागि कुनै यूनियन र संगठनहरुको कमि छैन । खुल्ला चउर देखी तारे होटलका सेमिनार गरि मनाउने ट्रेड यूनियन का यहाँ आफ्ना आफै शैलिहरु छन् ।

क्रान्तिकारी मजदुर नेतृत्व देखि फगत आन्दोलन देखाएर डलर चपाउनेहरु सम्म शहरमा छन् । ट्रेड यूनियन र संगठनहरु विभिन्न रुपधारि भएपनि समग्र मजदुरहरुको अवस्था भने विकराल र दयनिय छ । शहरमा मजदुरका छोराछारी २ छाक खान वाट मुस्किल छ । सामान्य सरकारी स्कूलमा पठाउन नसक्ने अवस्थामा छन् । उद्योगमा काम गर्नेको तलब ८००० हुन्छ, यातायातमा काम गर्न राज्यले तोकिदिन्छ, सेक्यूरिटीलाई १२ घन्टा काम लगाएर कम पारिश्रमिम श्रम शोषण गरिन्छ ।

र्निमाणमा काम गर्ने मजदुरहरुको कुनै सुरक्षा छैन, पारिश्रमिक र्निधारित छैन । होटलमा मजदुरी गर्नेहरुलाइ मनोमानि गरिन्छ । यसरी चौतर्फी रुपमा मजदुरहरु माथी शोषण छ । शहरमा मजदुरहरु घृणित बन्न पुगेको छन् । मजदुरले मजदुर हु भनेर गर्व गर्ने स्थिति छैन । पेशाको आधारमा, श्रमको आधारमा विभेद हुन्छ र यति सम्म कि उनिहरुले कोठा भाडामा सम्म पनि नपाउने स्थिति बेहोर्नु परेको छ । नो वर्क नो पे, हायर एण्ड फायर आज पनि विधमान छ । ज्यालादरि करार तथा ठेकेदारी प्रथा वाट मजदुर जिवनभर अस्थाइ हुनु पर्ने समस्या छ । ज्यालाको कुनै टुङगो छैन र मजदुरहरु भयावह स्थिति बेहोर्नु परेकोे छ ।

कार्लमाक्र्सको भनाइ अनुुसार “ज्याला उस्पादित वस्तुवमा मजदुरको हिस्सा होइन, ज्याला त पहिले नै रहेका वस्तुहरुको त्यसतो हिस्सा हो जसवाट पूँजीपतिले आफ्नो निम्ति कुनै निश्चित मात्रमा उत्पादक श्रम शक्ति दिन्छ ।” माक्र्सको भनाई वाट प्रस्ट छ की वास्तवमा मजदुरहरुले उत्पादित वस्तु माथी आजको जस्तो आफ्नो ज्यालाको लागी संघर्ष गरिरहनै पर्दैनथ्यो तर यो पूँजीवादी ब्यवस्थामा पूँजीपतिहरुले यो लक्ष्यलाइ नार्मद पारिदिए ।

सर्वविदिनै छ कि हिजो मजदुुरले ३२०० रुपैया मासिक कमाउदा उसले आफ्नो खर्च कमाएर २००० रुपैया बचाउथ्यो तर आज मजदुरको लागि ९००० रुपैया कोठा भाडा र खाना पनि नपुग्ने दयानिय स्थितिले गर्दा उनिहरु वचत कहिल्यै गर्न सक्दैनन् र अनेकौं शिक्षा, स्वास्थ देखी लिएर आधारभूत कुरामा पनि वञ्चित हुन परेको छ । यहि कारण शहरमा मजदुर एक सबै अस्थायी प्रकृतिका छन् । यति सम्मकि यस्तो एउटा मजदुर नहोस जसले मेनपावर लाई पासपोर्ट बुझाएर वैदेशिक रोजगारीको प्रतिक्षामा बसेको यो सम्पूर्ण पक्षको जिम्मेवार निकाय भनेको राज्य हो ।

यो राज्यसत्ता संग जोडिएको प्रश्न हो नेपालमा यतिबेला दलाल पूँजीवादी राज्य ब्यवस्था छ । विडम्वना भनौं सामन्ती राज्य ब्यवस्थाको अन्त्य सँगै नेपालमा नयाँ जनवादी राज्य ब्यवस्था आउनु पर्दथ्यो र त्यसले मजदुरहरुका हक अधिकारहरुको ग्यारेन्टी गरिनुपर्दथ्यो, तर यहाँ उल्टो भनौ ठिमाहा बर्ग वा एउटा एस्तो अभिजात वर्गले स्थान पायो कि जुन दलाल वर्ग हो ।

लाल क्रान्तिका नायक बाबुराम, प्रचण्डहरुले गद्दार गरे र संसदीय व्यवस्थाका मतियार दलाल बने र फ्युजनामा दलाल संसदीय व्यवस्थाको बिकास गराउन लागि परे । दलाल पुजिवादाले राष्ट्रीय पुजिवादलाई नामेट पार्दछ र दलाल संसदीय व्यवस्थाले प्रगतिशिल संसदीयहरुलाई समेत नामेट पारिदिन्छ । सत्य तितो हुन्छ यथार्थ यहि हो ।

बिराटनगर जुट मिल, हेटौडा सिमेन्ट, भृकुटी कागज जस्ता राष्ट्रिय पुजिद्वारा संचालित उधोग कला कारखानाहरु दलालहरुसंग प्रतिस्पर्धा गर्न नसकेर टाट पल्टिए भने यता राज्य व्यवस्थामा पनि स्थानीय निकाय देखि माथिल्लो तह सम्म दान, दलाल, तस्कर र पैसावालाले मात्र कब्जा जमाएको प्रष्ट देख्न सकिन्छ । यस्तो प्रकारको राज्य व्यवस्थाले मजदुरहरुको हक अधिकार दिन सक्दैन बरु उल्टो ढाड सक्ने काम मात्र गर्दछ ।

उदाहरणका लागि कतिपय औधोगिक क्षेत्रमा राज्यले परिचालन गरेका सुरक्षाकर्मीलाई हेर्न सकिन्छ, जो मजदुर आन्दोलन दबाउन त्यहाका दलाल हुनेखाने साहु माहार्जनहरुको आग्रह अनुरुप त्यस्तो गरिएको छ । त्यस्तै ट्रेड यूनियनलाई पैसामा किनबेच गरिनु पनि यहि दलाल व्यवस्थाको उपज नै हो ।

राज्य यसरि मजदुरमाथि निर्मम बनिरहदा नेपालका अधिकांश ट्रेड युनियनहरु मालिकका गुलाम बनिरहेका छन् । पैसाको बिटो समातेर मजदुर बिरोधि एनहरुमा पनि सहिछाप लगाईरहेका छन् । मजदुरहरुलाई राज्यसत्ताले गरेको अन्याय, समस्याहरु नदेखाई, त्यस बारेमा प्रष्ट नबनाई, आन्दोलन भनेको तलव बृद्दी मात्र हो भन्ने अर्थावादी सोचले वास्तविक मजदुर आन्दोलनलाई गति दिन सकिरहेको छैन । त्यस्तै ट्रेड यूनियन बाहेक यस्तो समस्या अरुले हाल गर्न सक्दैन भन्ने सोच यी सबै दलाल पुजिवादीहरुले नै मजदुर आन्दोलन भित्र खडा पारिदिएको भ्रम हो ।

मजदुर आन्दोलनको नेतृत्व संग रातारात मालिक बनेर सहमति पत्रको ड्राफ्ट पहिल्यै तयार पारिदिएका हुन्छन र आन्दोलनलाई पैसामा लगेर तुहाउने दिवास्वप्न देख्छन दलाल पुजीपतिहरु ! यस्तै रुपमा उनीहरु मजदुर बर्गको अधिकारलाई कुचल्न तयार हुन्छन केहि ट्रेड युनियनका मालिकहरु, त्यसैले भनिएको हो अर्थवाद ट्रेड यूनियनवाद र बर्ग समन्वयनवाद मुर्दावाद भनेर तर आज सम्म आउदा यसको उत्कर्ष आत्मसमर्पणमा गएर विलिन भएका छन् ट्रेड युनियनका दलाल ठेकेदारहरु ।

अगाडिनै चर्चा भैसक्यो कि यसको सम्पूर्ण जिम्मेवार पक्ष राज्य नै हुन्छ र राज्यले हाल गर्न नसक्दा यो झन् बिकराल भएर जान्छ । महंगी दश गुणा हुदापनि ज्याला बृद्दी नहुनु जस्तो अपराधिक काम यहा भइरहेको छ । श्रमको मूल्य बृद्दी अंक गणितीय दरमा गरेका छन् भने वस्तु र सेवाको मूल्य ज्यामितीय दरमा गरिरहेका छन् । बिस्वभरको सामान्य नियम पनि कि त महंगीको अनुपातमा ज्याला बृद्दी गरिनुपर्दथ्यो , कि त कम्पनीको फाइदाको आधारमा मजदुर र मालिकले वरावर हिस्सा पाउनुपर्दथ्यो तर यहाँ सरोकारवालाहरु यसमा उदासिन छन ।

कमसेकम लागु गर्नै पर्ने श्रम एन पनि उनीहरु लागु गर्दैनन् । श्रम ऐनलाई वास्ता नगर्ने र कम्पनि ऐनलाई मात्र पल्टाउने गर्दछन दलाल पुजीपतिहरु हुन् त्यसैले गर्दा मानव समाजका दार्शनिक गुरु कार्ल माक्सले “संसारका मजदुरहरु एक होऔ” भानुभेको थियो ।

बैज्ञानिक समाजवादले मात्र मजदुरहरुको समस्या समाधान गर्न सक्दछ अर्थात राज्यसत्ता नै मजदुरहरुले लिनुपर्दछ भन्नुभएको थियो । यहि दिसामा अघि बढ्नुनै अहिलेको आवश्यकता हो । तलव बृद्दी, बिदा यी क्षणीक उपलब्धि हुन् दिर्घकालिन समाधान होइनन् । दिर्घकालिन समाधान भनेको दलाल राज्यव्यवस्थाको उन्मुलन संगै बैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्न तिर अग्रसर हुनु नै हो । जहाँ राष्ट्र र राष्ट्रीयता ज्युदो हुन्छ र क्षमता अनुसारको काम र आबश्यकता अनुसारको दाम संगै हरेकको हक हित र अधिकारको सुनिश्चितता हुन्छ ।

Credit : janasanchar.com

नाकाबन्दी गर्ने मोदीलाई नागरिक अभिनन्दन औचित्यहीन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यही बैशाख २८ गते आउनु हुने निश्चित भएको छ । अतिथि देवो भवःको संस्कार, मान्यता र आदर्शलाई आत्मसात गर्ने नेपालीहरुले आगन्तुक बिशिष्ठ पाहुनाको सत्कार, स्वागत र सम्मान गर्नुपर्दछ । यद्यपि मोदीजीको आशन्न भ्रमणको महत्व र औचित्य स्पष्ट छैन, यसबारे विभिन्न कोणबाट बहस हुनसक्दछ ।

नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्नुभएको एक महिनाभित्र हुन लागेको यो उच्चस्तरीय भ्रमणको अर्थ र उपलब्धिका बारेमा छलफल हुने नै छ । अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यासका लागि काठमाण्डौबाट रिमोट थिच्न मात्र नरेन्द्र मोदीजी जस्तो हाइप्रोफाईल र व्यस्त अन्तरराष्ट्रिय स्तरका नेता नेपाल आउनुभएको हो भन्नु भ्रमणकै अवमूल्यन हुनेछ ।

भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा भव्य र विशाल नागरिक अभिनन्दन गरिने समाचार स्वभावतः मेरो मन मस्तिष्कमा बिझिरहेकोे छ

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल होस्, मेरो हार्दिक शुभकामना छ ।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा भव्य र विशाल नागरिक अभिनन्दन गरिने समाचार भने स्वभावतः मेरो मन मस्तिष्कमा बिझिरहेकोे छ ।

थुप्रै कमी कमजोरीका बावजुद सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक निर्माण गरेको संविधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःखसमेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक छ ।

गत २०७२ असोज र कात्तिकदेखि शुरु भएको करिव ५ महिने भारतीय आर्थिक नाकाबन्दीले नेपालको आर्थिक सामजिक क्षेत्रमा अकल्पनीय क्षति पुर्‍यायो । महाभूकम्पको पीडा सेलाउन नपाउँदै लगाइएको नाकाबन्दीबाट भूकम्पले भन्दा पनि बढी आर्थिक नोक्सानी नेपालीले व्यहोर्नुपरेको तथ्य सर्वविदित छ । दशैं, तिहार र छठ जस्ता पर्वहरुमा जनताले घरमा चुल्हो बाल्न पाएनन् । त्यो घटना अमानवीय थियो र त्यसले पुर्‍याएको घाउ निको हुन समय लाग्छ ।

नाकाबन्दी र संबिधानबारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्री केपी ओलीले नागरिक अभिनन्दनलाई कसरी पुष्टि गर्नु हुनेछ, त्यो मेरा लागि जिज्ञासाको विषय हो

नाकाबन्दी भूपरिवेष्ठित राष्ट्र नेपालको नैसर्गिक अधिकार तथा अन्तरराष्ट्रिय कानुनको ठाडो उल्लंघन थियो । तत्कालीन अवस्थामा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी वहन गरेको नाताले नाकाबन्दीसँग गाँसिएको उतार-चढाव तथा क्रिया-प्रतिक्रिया सम्बन्धमा मेरो आˆनै अविस्मरणीय अनुभूति रहेको छ ।

जेनेभामा भएको संयुक्त राष्ट्र संघको एक सभामा भारतीय प्रतिनिधिले नेपालको संविधान, मानव अधिकार स्थिति र मधेस आन्दोलनका बारेमा गरेका अतिरञ्जित नकरात्मक टिप्पणी अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ ।

पटक-पटकको भारत भ्रमणका क्रममा सुन्नुपरेका दबावमूलक भनाइहरु बिर्सेको छैन । संविधान अपूर्ण, असमावेशी र सर्वस्वीकार्य छैन भनी वाशिंगटनदेखि बेलायत र ब्रसेल्ससम्म भारतीय पक्षबाट एकोहोरो गरिएको प्रचार अभियान चिर्न कति कठिन थियो, त्यसबारे भविष्यमा अझ थप चर्चा हुने नै छ ।

नाकाबन्दी अन्त्य भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला संयुक्त विज्ञप्ति प्रकाशित हुन नसकेको तीतो सम्झना पनि नेपाल भारत सम्बन्धको इतिहासमा उल्लेखनीय रहने छ ।

नाकाबन्दी र संबिधानबारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्री केपी ओलीले नागरिक अभिनन्दनलाई कसरी पुष्टि गर्नु हुनेछ, त्यो मेरा लागि जिज्ञासाको विषय हो ।

निर्वाचन र सरकार निर्माणका बारेमा हाल आएर भारत सरकारले गरेको सकारात्मक टिप्पणी भने स्वागत योग्य छ । तर, नेपालको संबिधानका बारेमा भारतको नकरात्मक सोचाइमा सुधार र नाकाबन्दीप्रतिको दुःख प्रकटको भने सदैव अपेक्षा रहनेछ ।
भारतीय प्रधानमन्त्रीलाई स्वागत र शुभकामना ।

Credit : janasanchar.com

मजदुरका समस्या समाधाका लागि बैज्ञानिक समाजवाद

राजकुमार घिमिरे
इतिहासको गौरवपूर्ण दिन भनौ आज भन्दा १३२ बर्ष पहिला अर्थात सन् १८८६ मे १ को दिन पहिला अमेरिकाको सिकागो भन्ने सहरका सचेत र बिद्रोही मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन र ज्याला बृद्दीको माग राखेर यी मागहरु मजदुरका अधिकार हुन् भनेर बिद्रोहमा उत्रीएका थिए ।

सिकागो सहरका मजदुरहरुले चलेको आन्दोलनले समग्र अमेरिकाको पुजिवादी राज्यसत्ताको बिरुद्द बिशाल लहर र माहोल शसत्त बन्न पुग्यो मिजदुरहरुको अध्यम्य साहार र एकताले विवेकपूर्ण रुपमा गरिएको आन्दोलनले पुजिवादी शासक र त्यहाको तत्कालिन फासिस्ट सरकारले मजदुरहरुको आन्दोलन दमन र हत्याबाट तह लगाउने अथवा दबाउने कुचेष्टा राखी दर्जनौ मजदुरहरुको हत्या गर्यो ।

यस्तो अवस्थामा पनि मजदुरहरु कत्तिपनि बिचलित नभईकन पुजिवादी फासिस्ट सरकारको बिरुद्द निर्मम भएर लडे र विश्वमा गरिखाने मजदुरहरुको लागि बलिदानको उच्च कोटा पुरा गरे, हो त्यो बलिदानपूर्ण रक्त्त रंजित दिन थियो १८८६ मे १ इतिहासलाई साक्षि राखेर भन्नुपर्दा आजको बिस्व मजदुर आन्दोलन, उपलब्धि र परिवर्तन त्यहि दिनको बलिदानिको प्रेरणादायी दिन थियो । यो बलिदानीले मजदुर आन्दोलन कमजोर होइन झन् शसत्त र प्रज्वलित हुदै गयो ।

यसैविच श्रमिक मजदुरहरुको अन्तराष्ट्रिय प्रतिनिधिहरुको बैठक १८८९ मा पेरिसमा बस्यो र उत्त बैठकले मजदुर आन्दोलनको गम्भीरता पुर्वक समिक्षा गर्दै त्यसलाई विजय सम्म पुर्याउनु र विश्व व्यापीकरण गर्न पहल गर्ने निर्णय गर्यो साथै मई १ लाई अन्तराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने निर्णय गर्यो । नेपालमा पनि यसैको निरन्तरता स्वरुप मजदुर दिवस मनाउने गरिन्छ ।

मे १ मा शहरका भित्ताहरु प्राय खालि देखिदैनन् । मजदुरका अधिकारका नाराहरु छयाप्छयाप्ती देखिन्छन । च्याउसरि मजदुरको नाम भजाउने ट्रेड यूनियनाहरुका कार्यक्रम देखिन्छन् र २/४ हप्ता मजदुरहरुको गफ चुटेर उनी फुस्रा आश्वासन दिएर मञ्चमा रमाएको देख्न पाउदछौं । नेपालमा मजदुर आदोलनका लागि कुनै यूनियन र संगठनहरुको कमि छैन । खुल्ला चउर देखी तारे होटलका सेमिनार गरि मनाउने ट्रेड यूनियन का यहाँ आफ्ना आफै शैलिहरु छन् ।

क्रान्तिकारी मजदुर नेतृत्व देखि फगत आन्दोलन देखाएर डलर चपाउनेहरु सम्म शहरमा छन् । ट्रेड यूनियन र संगठनहरु विभिन्न रुपधारि भएपनि समग्र मजदुरहरुको अवस्था भने विकराल र दयनिय छ । शहरमा मजदुरका छोराछारी २ छाक खान वाट मुस्किल छ । सामान्य सरकारी स्कूलमा पठाउन नसक्ने अवस्थामा छन् । उद्योगमा काम गर्नेको तलब ८००० हुन्छ, यातायातमा काम गर्न राज्यले तोकिदिन्छ, सेक्यूरिटीलाई १२ घन्टा काम लगाएर कम पारिश्रमिम श्रम शोषण गरिन्छ ।

र्निमाणमा काम गर्ने मजदुरहरुको कुनै सुरक्षा छैन, पारिश्रमिक र्निधारित छैन । होटलमा मजदुरी गर्नेहरुलाइ मनोमानि गरिन्छ । यसरी चौतर्फी रुपमा मजदुरहरु माथी शोषण छ । शहरमा मजदुरहरु घृणित बन्न पुगेको छन् । मजदुरले मजदुर हु भनेर गर्व गर्ने स्थिति छैन । पेशाको आधारमा, श्रमको आधारमा विभेद हुन्छ र यति सम्म कि उनिहरुले कोठा भाडामा सम्म पनि नपाउने स्थिति बेहोर्नु परेको छ । नो वर्क नो पे, हायर एण्ड फायर आज पनि विधमान छ । ज्यालादरि करार तथा ठेकेदारी प्रथा वाट मजदुर जिवनभर अस्थाइ हुनु पर्ने समस्या छ । ज्यालाको कुनै टुङगो छैन र मजदुरहरु भयावह स्थिति बेहोर्नु परेकोे छ ।

कार्लमाक्र्सको भनाइ अनुुसार “ज्याला उस्पादित वस्तुवमा मजदुरको हिस्सा होइन, ज्याला त पहिले नै रहेका वस्तुहरुको त्यसतो हिस्सा हो जसवाट पूँजीपतिले आफ्नो निम्ति कुनै निश्चित मात्रमा उत्पादक श्रम शक्ति दिन्छ ।” माक्र्सको भनाई वाट प्रस्ट छ की वास्तवमा मजदुरहरुले उत्पादित वस्तु माथी आजको जस्तो आफ्नो ज्यालाको लागी संघर्ष गरिरहनै पर्दैनथ्यो तर यो पूँजीवादी ब्यवस्थामा पूँजीपतिहरुले यो लक्ष्यलाइ नार्मद पारिदिए ।

सर्वविदिनै छ कि हिजो मजदुुरले ३२०० रुपैया मासिक कमाउदा उसले आफ्नो खर्च कमाएर २००० रुपैया बचाउथ्यो तर आज मजदुरको लागि ९००० रुपैया कोठा भाडा र खाना पनि नपुग्ने दयानिय स्थितिले गर्दा उनिहरु वचत कहिल्यै गर्न सक्दैनन् र अनेकौं शिक्षा, स्वास्थ देखी लिएर आधारभूत कुरामा पनि वञ्चित हुन परेको छ । यहि कारण शहरमा मजदुर एक सबै अस्थायी प्रकृतिका छन् । यति सम्मकि यस्तो एउटा मजदुर नहोस जसले मेनपावर लाई पासपोर्ट बुझाएर वैदेशिक रोजगारीको प्रतिक्षामा बसेको यो सम्पूर्ण पक्षको जिम्मेवार निकाय भनेको राज्य हो ।

यो राज्यसत्ता संग जोडिएको प्रश्न हो नेपालमा यतिबेला दलाल पूँजीवादी राज्य ब्यवस्था छ । विडम्वना भनौं सामन्ती राज्य ब्यवस्थाको अन्त्य सँगै नेपालमा नयाँ जनवादी राज्य ब्यवस्था आउनु पर्दथ्यो र त्यसले मजदुरहरुका हक अधिकारहरुको ग्यारेन्टी गरिनुपर्दथ्यो, तर यहाँ उल्टो भनौ ठिमाहा बर्ग वा एउटा एस्तो अभिजात वर्गले स्थान पायो कि जुन दलाल वर्ग हो ।

लाल क्रान्तिका नायक बाबुराम, प्रचण्डहरुले गद्दार गरे र संसदीय व्यवस्थाका मतियार दलाल बने र फ्युजनामा दलाल संसदीय व्यवस्थाको बिकास गराउन लागि परे । दलाल पुजिवादाले राष्ट्रीय पुजिवादलाई नामेट पार्दछ र दलाल संसदीय व्यवस्थाले प्रगतिशिल संसदीयहरुलाई समेत नामेट पारिदिन्छ । सत्य तितो हुन्छ यथार्थ यहि हो ।

बिराटनगर जुट मिल, हेटौडा सिमेन्ट, भृकुटी कागज जस्ता राष्ट्रिय पुजिद्वारा संचालित उधोग कला कारखानाहरु दलालहरुसंग प्रतिस्पर्धा गर्न नसकेर टाट पल्टिए भने यता राज्य व्यवस्थामा पनि स्थानीय निकाय देखि माथिल्लो तह सम्म दान, दलाल, तस्कर र पैसावालाले मात्र कब्जा जमाएको प्रष्ट देख्न सकिन्छ । यस्तो प्रकारको राज्य व्यवस्थाले मजदुरहरुको हक अधिकार दिन सक्दैन बरु उल्टो ढाड सक्ने काम मात्र गर्दछ ।

उदाहरणका लागि कतिपय औधोगिक क्षेत्रमा राज्यले परिचालन गरेका सुरक्षाकर्मीलाई हेर्न सकिन्छ, जो मजदुर आन्दोलन दबाउन त्यहाका दलाल हुनेखाने साहु माहार्जनहरुको आग्रह अनुरुप त्यस्तो गरिएको छ । त्यस्तै ट्रेड यूनियनलाई पैसामा किनबेच गरिनु पनि यहि दलाल व्यवस्थाको उपज नै हो ।

राज्य यसरि मजदुरमाथि निर्मम बनिरहदा नेपालका अधिकांश ट्रेड युनियनहरु मालिकका गुलाम बनिरहेका छन् । पैसाको बिटो समातेर मजदुर बिरोधि एनहरुमा पनि सहिछाप लगाईरहेका छन् । मजदुरहरुलाई राज्यसत्ताले गरेको अन्याय, समस्याहरु नदेखाई, त्यस बारेमा प्रष्ट नबनाई, आन्दोलन भनेको तलव बृद्दी मात्र हो भन्ने अर्थावादी सोचले वास्तविक मजदुर आन्दोलनलाई गति दिन सकिरहेको छैन । त्यस्तै ट्रेड यूनियन बाहेक यस्तो समस्या अरुले हाल गर्न सक्दैन भन्ने सोच यी सबै दलाल पुजिवादीहरुले नै मजदुर आन्दोलन भित्र खडा पारिदिएको भ्रम हो ।

मजदुर आन्दोलनको नेतृत्व संग रातारात मालिक बनेर सहमति पत्रको ड्राफ्ट पहिल्यै तयार पारिदिएका हुन्छन र आन्दोलनलाई पैसामा लगेर तुहाउने दिवास्वप्न देख्छन दलाल पुजीपतिहरु ! यस्तै रुपमा उनीहरु मजदुर बर्गको अधिकारलाई कुचल्न तयार हुन्छन केहि ट्रेड युनियनका मालिकहरु, त्यसैले भनिएको हो अर्थवाद ट्रेड यूनियनवाद र बर्ग समन्वयनवाद मुर्दावाद भनेर तर आज सम्म आउदा यसको उत्कर्ष आत्मसमर्पणमा गएर विलिन भएका छन् ट्रेड युनियनका दलाल ठेकेदारहरु ।

अगाडिनै चर्चा भैसक्यो कि यसको सम्पूर्ण जिम्मेवार पक्ष राज्य नै हुन्छ र राज्यले हाल गर्न नसक्दा यो झन् बिकराल भएर जान्छ । महंगी दश गुणा हुदापनि ज्याला बृद्दी नहुनु जस्तो अपराधिक काम यहा भइरहेको छ । श्रमको मूल्य बृद्दी अंक गणितीय दरमा गरेका छन् भने वस्तु र सेवाको मूल्य ज्यामितीय दरमा गरिरहेका छन् । बिस्वभरको सामान्य नियम पनि कि त महंगीको अनुपातमा ज्याला बृद्दी गरिनुपर्दथ्यो , कि त कम्पनीको फाइदाको आधारमा मजदुर र मालिकले वरावर हिस्सा पाउनुपर्दथ्यो तर यहाँ सरोकारवालाहरु यसमा उदासिन छन ।

कमसेकम लागु गर्नै पर्ने श्रम एन पनि उनीहरु लागु गर्दैनन् । श्रम ऐनलाई वास्ता नगर्ने र कम्पनि ऐनलाई मात्र पल्टाउने गर्दछन दलाल पुजीपतिहरु हुन् त्यसैले गर्दा मानव समाजका दार्शनिक गुरु कार्ल माक्सले “संसारका मजदुरहरु एक होऔ” भानुभेको थियो ।

बैज्ञानिक समाजवादले मात्र मजदुरहरुको समस्या समाधान गर्न सक्दछ अर्थात राज्यसत्ता नै मजदुरहरुले लिनुपर्दछ भन्नुभएको थियो । यहि दिसामा अघि बढ्नुनै अहिलेको आवश्यकता हो । तलव बृद्दी, बिदा यी क्षणीक उपलब्धि हुन् दिर्घकालिन समाधान होइनन् । दिर्घकालिन समाधान भनेको दलाल राज्यव्यवस्थाको उन्मुलन संगै बैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्न तिर अग्रसर हुनु नै हो । जहाँ राष्ट्र र राष्ट्रीयता ज्युदो हुन्छ र क्षमता अनुसारको काम र आबश्यकता अनुसारको दाम संगै हरेकको हक हित र अधिकारको सुनिश्चितता हुन्छ ।

Credit : janasanchar.com

मोदीको नेपाल भ्रमणमा गृहलाई पर्यो सकस, चौतर्फी बिरोध हुदैँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएको खबर छ । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ ।

‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री रामबहादुर थापाले जनाई सकेका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मोदीको सुरक्षामा कुनै पनि कमजोरी नहुने उनले बताएका छन् । तर, गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको भनाइ छ । मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइने बताइएको छ  ।

यस्तै मोदीको नेपाल भ्रमण दिन आउन अझै ६ दिन बाँकी छ । उनको भ्रमण बिषयलाई लिएर देश बिदेशमा तिब्र बिरोध भैरहेको छ । मोदी नेपाल आउने तयारी भइरहेको बेला युवाहरु सामाजिक संजालमा चर्को बिरोधमा उत्रिएका छन् ।

ग्रेटर नेपालले पनि मोदीको नेपाल भ्रमणलाइ बिरोध जनाएको छ । मोदी पशु हो यसलाई सम्मान होइन घाँस हाल्नु पर्छ भन्दै तिब्र बिरोध र्याली गरेको छ । देशको सीमाक्षेत्रको भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी हुन भन्दै फणिन्द्र नेपालले कडा चेतावनी दिएका छन्।

विप्लब माओबादीले मोदीको भ्रमणलाइ राष्ट्रघात भन्दै बिज्ञप्ति मार्फत बिरोध जनाएको छ । बैद्य माओबादीले पनि मोदीलाई कालोमोसो दल्ने भन्दै सिपि गजुरेलले दिएको अभिव्यक्ति चर्चामा रहेको छ ।

Credit : janasanchar.com