प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सातामा एकपटक, मन्त्रीले दैनिक जबाफ दिनुपर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले साताको एकपटक र अन्य मन्त्रीले दैनिक जबाफ दिनुपर्ने भएको छ। सरकारमा प्रधानमन्त्रीसहित २२ मन्त्री र ३ राज्यमन्त्री छन्। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले अबको प्रत्येक आइतबार प्रधानमन्त्रीसँग संसद्मा प्रश्नोत्तर हुने र आइतबार र शनिबारबाहेक सबै दिन मन्त्रीसँग प्रश्नोत्तर हुने मापदण्ड बनाएको कार्यव्यवस्था परामर्श समिति सदस्य तथा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए।

प्रधानमन्त्रीसँग प्रत्येक आइतबार प्रश्नोत्तर हुने र मन्त्रीसँग सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी ५ दिन प्रश्नोत्तर हुनेछ । मन्त्रीलाई सदनप्रति जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको कार्यव्यवस्था परामर्श समिति सदस्य तथा कांग्रेस सचेतक पुष्पा भुषालले बताइन्।

आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएपछि २१ मन्त्रालयअन्तर्गत सोमबार रक्षा, परराष्ट्र, शिक्षा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ। मंगलबार स्वास्थ्य तथा जनसंख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा, कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ।

बुधबार कृषि तथा पशुपक्षी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण र अर्थ मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ।

बिहीबार सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ। यसैगरी शुक्रबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर ह्ने संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक अरगरियाले जानकारी दिए।

संसद् नियमावलीमा प्रश्नोत्तरको व्यवस्था गरिएको छ। सभामुखले प्रत्येक दिनको पहिलो बैठकको एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था नियमावलीमा छ। एउटै विषयमा एकभन्दा बढी सदस्यले प्रश्नको सूचना दिएमा दर्ता क्रमको पहिलो प्रश्नलाई मात्र कायम गरिनेछ। प्रश्न मौखिक उत्तर दिने र लिखित उत्तर दिने गरी दुई किसिमका हुनेछन्। कुनै अभिलेख तथ्यांक आदि उल्लेख गरी दिनुपर्ने उत्तर लिखित रूपमा दिनुपर्नेछ।

एक दिनमा मौखिक उत्तरसम्बन्धी बीसवटा र लिखित उत्तरसम्बन्धी ५० प्रश्न सूचीमा राखिनेछन्।प्रश्नको उत्तर दिन समय अभावले गर्दा नभ्याइएमा सम्बन्धित मन्त्रीले सो प्रश्नको उत्तर एकप्रति टेबुल गर्नुपर्नेछ।

सार्वजनिक हितका विषयमा भने समय सकिए पनि सभामुखले उत्तर दिने अनुमति दिन सक्नेछ। नियमावलीमा व्यवस्था भएअनुसारको प्रश्नोत्तर कार्यक्रम संसद्मा अहिलेसम्म लागू भएको छैन । प्रतिनिधिसभा नियमावलीको नियम ४० देखि नियम ५५ सम्म प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम १५ बमोजिम शून्य समय र विशेष समयमा उठेका विषयको उत्तर नियम १५ (२) बमोजिम सम्बन्धित मन्त्रीले दिँदै आएका थिए।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर प्रतिनिधिसभाको नियम ५६ मा व्यवस्था गरिएको छ । तर, प्रधानमन्त्रीसँगको प्र्रश्नोत्तर नियमावलीमा व्यवस्था भएको भन्दा बाहेकको रहेको कांग्रेस सचेतक भुषालले बताइन्। नियमावलीमा महिनाको पहिलो र तेस्रो सातामा बस्ने पहिलो बैठकमा मात्र प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था गरिएको छ। तर, कार्यव्यवस्थाले भने प्रत्येक साताको आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने मापदण्ड बनाएको छ।

कांग्रेस सचेतक भुषालले भनिन्, ‘कार्यव्यवस्थाको मापदण्ड र नियमावलीमा भएको व्यवस्था दुबै बमोजिम प्रश्नोत्तर गर्न सकिन्छ।’नियमावलीमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो सातामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्थाअनुसार पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ।

Credit : onlinepana.com

कोशी नदीको बहावले खतराको संकेत नाघ्याे, सतर्क रहन आग्रह पश्चिममा आज पनि भारी वर्षा

निरन्तर परेको पानीसँगै कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो ।निन्तरको वर्षाले साना खोलाबाट बाढी आउने क्रम नरोकिएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कोशीअन्र्तगत बग्ने सिम्लेमा पानीको सतह ९ दशमलव ७३ मिटर पुगको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । कोशीमा १० दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ ।

प्रदेश १ र २ को चुरे क्षेत्रबाट बग्ने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बढी, विरिङ, मेचीलगायत साना नदीमा पनि पानीको बहाव उच्च जोखिम रहेको विभागले जानकारी दिएको छ ।

देशैभर मंगलबार भारी वर्षा हुने भएकाले बाढीको सम्भावना बढी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बाढीबारे उच्च सतर्कता अपनाउन एसएमएस र सामाजिक सञ्जालबाट अनुरोध गरेको छ । विभागले खोलाआसपासमा मनसुन भर एसएमएसबाट अग्रिम सूचना प्रवाह गर्दे आएको छ ।

Credit : onlinepana.com

नयाँ शक्तिका संयोजक भट्टराईले अाेलीकाे यसरी खुलाए भित्री याेजना

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनताले चाँडै वर्तमान सरकारको नयाँ विकल्प जनताले चाडै खोज्ने बताएका छन् ।सरकारले देश र जनताको पक्षमा काम नगरेको उनको आरोप छ । ‘देश र जनताको पक्षमा न नीति तथा कार्यक्रम आए न बजेट आयो,’ उनले भने, ‘सरकारको असली चरित्र बुझ्न दुई/तीन बर्ष लाग्ला भनेको केही महिनामै छर्लङ्ग भयो ।’

कम्युनिष्ट र समाजवादको नाममा आˆनै कार्यकर्ता पोस्ने काम मात्र गरेको उनले आरोप लगाए । ‘चुनावी लाभको लागि मात्र कम्युनिष्ट र समाजवादको भनेका हुन्, उनीहरुको खोल मात्र कम्युनिष्ट र समाजवाद हो, मुख्य लक्ष्य त आसेपासे पुजिँवादलाइ भरण पोषण गर्ने र आˆनो कार्यकर्ता पोस्ने मात्र हो,’ भट्टराइले भने ।

बढ्दो महँगीको नियन्त्रण गर्न नसक्नुको पछाडि भष्टाचार र कालोबजारी रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराइले सरकारलाई सुध्रन आग्रह समेत गरेका छन् । ‘अहिलेपनि हाम्रो चाहना सुधार हुनुस् भन्ने हो तर उहाहरु सुधि्रने अवस्था छैन’ उनले भने ।

भट्टराईले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि समेत व्यक्त गरे । राजनीस्तिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गर्न आग्रह गरेका छन् । ‘विप्लवले राखेको सोच नराम्रो होला तर, राजनीतिक पार्टीको हैसियतले उनीहरुलाई व्यवहार गर्नुपर्छ । अपराधी जस्तो हतकडी लगाउनु राम्रो होइन’ उनले भने ।

कार्यकर्ता भेटघाटका लागि गोरखा आएका भट्टराइले गोरखा दरबारको निरिक्षण समेत गरेका छन् । भूकम्पले क्षति पुगेको दरबार पुननिर्माणमा ढिलाइ भएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।इतिहास जोडिएकाले यसको ठुलो महत्व रहेको भन्दै विश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि पहल गर्ने पनि बताए ।

Credit : onlinepana.com

सूचना तथा सञ्चार प्रबिधि मन्त्रीले चाले यस्ताे कदम, सरकारलार्इ हुँदैछ ५ अर्बकाे फाइदा !

नेपाल सरकारका सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको बताएका छन्। उनले २५ अर्बको काराेबारकाे मोवाईल सेटमा झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको पनि बताए।

उनले नेपालमा अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने समते बताएका छन् ।नेपालबाट विदेशमा गएका आफ्ना आफन्तले पठाउने र लिएर आउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।

नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए ।

संचार मन्त्री बास्कोटाले भने, ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’ ‘अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्याउने हाम्रो लक्ष्य हो’ मन्त्री बोस्कोटाले भनेका छन् ।

Credit : onlinepana.com

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमाथि राप्रपा अध्यक्ष थापाको यस्तो हमला

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुर्इ तिहाइ बहुमत भएको कम्युुनिष्ट सरकारले जनताको चाहँना अनुसार काम गर्न नसकेको गम्भीर आरोप लगाएका छन्।

मिडिया नेपाल पोखरा कास्कीद्वारा हिजो शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘ सरकार गठनको शुरुआती दिनमा केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको बताएका छन् ।’

थापाले निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम हुने र सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा भएपनि उत्साहित हुने अवस्था अहिलेसम्म नरहेको टिप्पणी समेत गरे ।

सरकारले देश भित्र रहेका बिभिन्न क्षेत्रमा देखिएका यातायात होस् या त बहुचर्चित ३३ केजी सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्ने जस्ता हरेक क्षेत्रमा रहेका सिण्डिकेट अन्त्य गर्ने, लगायतबारे सरकारले चर्चा अनुरुप काम गर्न नसकेको उनको भनाई थियो ।देशमा भ्रष्टाचार बढ्दै दाबी गर्दै थापाले सरकारले जनमुखी हुन नसकेको पनि आरोप लगाए ।

Credit : onlinepana.com

अर्थमन्त्री खतिवडाको राजीनामा बारे प्रचण्डले गरे सनसनी पूर्ण खुलासा, के भने ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले आफ्नै पार्टीबाट अर्थमन्त्री भएका डा. युवराज खतिवडाको राजीनामा माग गरेपछि नेकपा अध्यक्ष प्रचण्डले त्यसबारे मुख खोलेका छन्।

सरकारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका खतिवडाको तिव्र आलोचना भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उनको साथ दिदैँ भने ,‘अर्थमन्त्री परिवर्तन हुँदैनन् ।’ सरकारमा मन्त्रीहरूको हेरफेरको तिव्र तयारी भइरहेका बेला अर्थमन्त्री खतिवडालाई अध्यक्ष प्रचण्डकै साथ रहेको स्रोतले बताएको छ।

सरकारले करको दायरा बढाएर नेपाली जनताको ढाड सेकेको भन्दै अर्थमन्त्रीको विरोध भइरहेका बेला प्रचण्डले चितवन पुगेर खतिवडाको बचाउ गर्न समेत भ्याएका छन् । तर अन्य मन्त्रीहरू हेरफेर हुनसक्ने उनको धारणा थियो ।

Credit : onlinepana.com

के पाक्दैछ सिंगापुरमा ? प्रचण्ड, ज्ञानेन्द्र पछि देउवा पनि सिंगापुरमा

नेकपाका नेता प्रचण्ड करिब महिना दिनअघि सिंगापुरमा थिए। उनी आफ्नी पत्नी सीता विरामी भएको निहुँ पारेर त्यहाँ पुगेका थिए। हुन त सीता विरामी नै थिइनन् भनेर यहाँ प्रमाणित गर्ने आसय यस आलेखको होइन। उनको उपचार पनि त्यहाँ भएको थियो । तर प्रचण्डको काम भने उनको उपचार मात्र त्यहाँ थिएन । किनभने उनी १२ दिनभन्दा लामो समय त्यहाँ सीताकै उपचारका लागि बसेका थिएनन् ।

प्रचण्डले त्यहाँ दुई दिन त भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग बिताए। समाचार स्रोत भन्छ उनीहरुले सिंगापुरमा चार छाक खाना सँगै खाएका थिए । त्यस क्रममा भारतीय जनता पार्टीका अर्का एकजना वरिष्ठ नेता पनि थिए, जो आफै बिरामी भएर उपचारको लागि भन्दै त्यहाँ पुगेका थिए ।

प्रचण्ड सिंगापुरमै हुँदा केही पाक्न खोजेको थियो भन्ने अनुमान उनी नेपाल फर्किएको करिब २० दिनपछि खुलेको छ । उनले नेपाल आएपछि पुष्पलाल स्मृति प्रतिष्ठानमा केही बोले नत्र अहिलेको राजनीतिक विषयमा खासै धेरै बोलेका छैनन् ।

दिनमै तीन चारवटा कार्यक्रम भ्याउँने र बोल्दै हिँड्ने नेता अहिले किन मौन छन् भन्ने प्रश्न आजपनि काठमाडौँमा उठेकै छ । तर उनले चार दिन अघि पूर्वको एक सभामा यस्तो बोले कि त्यसले सिंगापुरमा केही भएको थियो भन्ने छनक दिएको छ ।

प्रचण्डले नेपालमा संघीय व्यवस्थालाई बाइसे चौबिसे राज्यजस्ता भए कतै यो असफल हुने त होइन भनेर सार्वजनिक टिप्पणी गरेका थिए । प्रचण्डजस्तो व्यक्तित्वले बोलेको यो कुराले धेरै ठूलो अर्थ राख्छ किनभने माओवादी आन्दोलनको विश्राम नै संघीयता र गणतन्त्रमा आएर भएको हो । सायद उनी र अजित डोबलबीच नेपालको संघीय व्यवस्था र हिन्दू अधिराज्यका बारेमा कुरा भएको अनुमान छ । यो अनुमान गर्ने नेपालका विश्लेषकहरुको संख्या पनि थोरै छैन ।

प्रचण्ड नेपाल फर्किएपछि सिंगापुरमा पूर्व राजा ज्ञानेन्द्र पुगेका छन् । सिंगापुर भ्रमण पछि उनी अहिले पनि सपरिवार थाइल्याण्डमा छन्। उनी त्यहाँ पुगेको पनि केही दिन पुगेको छ ।

समाचार स्रोतले राजा ज्ञानेन्द्रसँग भेट्नका लागि भारतीय जनता पार्टीका अर्का नेता तथा हिन्दू धार्मिक अभियन्ता सुव्रमण्यमं स्वामी पुगेका थिए । उनले सिंगापुरको एक होटलमा राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए । अति गोप्य बनाइएको सो भेटमा पनि नेपालमा हिन्दू अधिराज्यका बारेमा नै धेरै कुराकानी भएको थियो ।

त्यस कुराकानीको क्रममा भारतीय नेताले नेपालका प्रजातन्त्रवादी राजनीतिक शक्तिहरु एकै ठाउँमा आउन नसकेको किन होला भनी प्रश्न गरेका थिए । यस विषयमा आगामी दिनमा केही पहल लिनुपर्ने सुझाव पनि उनको थियो । नेपाललाई हिन्दू धार्मिक अधिराज्य बनाउन अबका दिनमा के कस्ता कार्यक्रमहरु नेपाल र भारतले गर्न सक्छ भन्ने विषयमा पनि त्यहाँ कुराकानी भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार त्यस कुराकानीका क्रममा यतिखेर नेपालमा धर्म प्रचारको होइन कि धर्म परिवर्तनको बलजफ्तीपुर्ण काम भएको, पैसा बाँडेर धर्म परिवर्तनको काम गराइएको र सरकारले यस्ता कामलाई रोक्ने नभएर झन प्रश्रय दिएको आसय राजा ज्ञानेन्द्रले राखेका थिए ।

त्यही सिंगापुरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो पुगेका छन् । हुनत उनी पनि उपचार गराउन नै गएका हुन् । नेपालमा प्रधानन्यायाधीश छान्नका लागि प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेता देउवा उपचारका लागि सिंगापुर पुगेका छन् ।

उनको कसैसँगको भेटघाटको बारेमा केही सूचना आएको त छैन तर पनि सिंगापुरमा महिना दिनयतादेखि जारी रहेका राजनीतिक घटनाक्रमहरुलाई गहिरोसँग  अध्ययन गर्नेहरुले भने देउवाको पनि त्यहाँ कोही उच्चस्तरिय भेटघाट हुनसक्ने अनुमान गरेका छन् ।

केही समययतादेखि नेपालमा कम्युनिष्ट सरकारको अलोकप्रियताका कारण प्रजातान्त्रिक शक्तिहरुबीचको एकीकरण र सहकार्यको विकल्प खोजिएको बेला भएका यी सिंगापुर बैठकहरुको परिणाम गएको जुन १२ मा अमेरिका र उत्तर कोरियाबीचको भेटपछिजस्तो अकल्पनीय नआउला भन्न पनि सकिन्न । त्यसैले पनि नेपाल र भारतको राजनीतिलाई भित्रैदेखि बुझेका विश्लेषकहरुले पनि यतिखेर राजधानीमा एउटा प्रश्न गरिरहेका छन्– के पाक्दैछ सिंगापुरमा ?

Credit : onlinepana.com

भदौ १ देखि लागू हुने मुलुकी अपराध ऐनमा के थपियो के खारेजी ?

 नेपालका कानुन समय सान्दर्भिक छैनन् भन्दै कतिपय अवस्थामा आलोचना नै पनि भएका पाईछन् । हुन त नेपालका कतिपय कानुन भएरै पनि कार्यान्वयन हुन सकिरहेका छैनन् ।यस्तो अवस्थामा कतिपय पुराना व्यवस्थालाई आधुनिकता दिँदै लागू हुन लागेको नयाँ कानुन हो– मुलुकी अपराध (संहिता) ऐन २०७४ ।

यो ऐन लागू भएपछि विशेषतः तराई क्षेत्रमा ब्याप्त दाईजो सम्बन्धी सामाजिक समस्या दण्डनिय बन्न सक्ने देखिन्छ । उक्त कानुनमा विवाह सम्बन्धी पनि कतिपय व्यवस्थामा आधुनिक बनाउन खोजिएको छ ।

हालसम्म प्रचलनमा रहेको संहिता कानुन मुलुकी ऐन २०२० दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था नै गरिएको थिएन ।

ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।

विवाह गरिसकेपछि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई हैरानी दिएमा, सताएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारवाहीको व्यवस्था गरिएको छ ।

ऐनमा विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । यदि विवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुनेछ अर्थात त्यसले कानुनी मान्यता पाउन सक्ने छैन र बहुविवाह गर्ने पुरुष कारबाहीको भागीदार बन्नेछ ।

विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ । अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

यस्तै विवाह सम्बन्धी अर्को व्यवस्थामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

तर आधुनिक वा परम्परासँग मेलखाने प्रकृतिको बनाउन खोजिएको विषय हाडनातासँगको विवाह हो ।

नेपालमा कतिपय आदिवासी जनजाति समुदायमा हाडनाताभित्रै विवाह गर्ने प्रचलन रहेको छ । तर, हालसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० ले हाडनाता विवाहमा प्रतिबन्ध नै लगाएको थियो ।

मुलुकी ऐनको विहेबारीको महलको १ नम्बरमै लेखिएको छ ‘विहेबारी भएकोमा हाडनातामा पर्न गएको रहेछ भने ती लोग्ने स्वास्नीलाई छुट्याइदिनुपर्छ । जानीजानी त्यस्तो विहावरी गरेकोमा हाडनाता करणीको महलमा लेखिएबमोजिम सजायँ समेत हुन्छ ।’

मुलुकी देवानी (संहिता) ऐन २०७४ मा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख गरिएको छ ।

Credit : onlinepana.com

नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारीबारे बोले बादल के भने ?

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आपराधिक गतिविधि गरेका कारण पक्राउ गर्नुपरेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको दाबी गरे ।

‘कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्’ भन्दै एक प्रश्नमा मन्त्री थापाले भने ‘म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।’ विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले जानकारी दिए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक रुपमा र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाको तर्क छ ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएकोपनि उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, ‘फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।’

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको दाबी गरे । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको जानकारी दिए ।

Credit : onlinepana.com

गणेश लामा दोषी ठहर, विशेष अदालतले सुनायो १ वर्ष कैद सजायँ

 गुन्डा नाइके गणेश लामालाई विशेष अदालतले दोषी ठहर गरको छ । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको अदालतका रजिष्टार नारायण पोखरेलले जानकारी दिए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो ।

Credit : onlinepana.com