माक्र्सवादको जगमा नेपालका कम्युनिष्ट पार्टीहरुको एकीकरण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन् ।

एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा शनिवार आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पारे ।

उनले भने, “हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन । साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।”

प्रधानमन्त्री ओलीले पूँजीवादी क्रान्ति गर्ने कम्युनिष्टहरुको काम नभई पूँजीको विकास गर्दै समाजवादको बाटोमा लम्कनु माक्र्सवादको सही प्रयोग हो भन्दै माक्र्सवाद सामाजिक शोषणविरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ नहुने दाबी गरे।

Credit : onlinepana.com

नेपालको ठुलो ‘नेपाल म्युजिक अवार्ड’सम्पन्न, क–कसले जिते ? (सूचिसहित)

विभिन्न ४३ विधाका संगीतकर्मीलाई अवार्ड प्रदान गर्दै चाहाना मिडियाले पहिलो पटक आयोजना गरेको नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । सन् २०१७ भित्र सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो । काठमाडौँको होटल अन्नपूर्णमा आयोजित विशेष समारोहमा ३८ नियमित विधा र अतिरिक्त ४ विधाको अवार्ड सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा सांगीतिक क्षेत्रका अग्रजहरुले वितरण गरे ।

कुन विधामा कसले जिते अवार्ड ?

1. BEST MODEL FEMALE ADHUNIK POP
प्रियंका कार्की – ‘लाइदेउन मायाले’

2. BEST MODEL MALE ADHUNIK POP
निराजन प्रधान- ‘अलग अलग’

3. BEST MODEL FEMALE LOK DOHORI
रन्जिता गुरुङ – ‘हे भगवान’

4. BEST MODEL FEMALE NEW LOK DOHORI
करिष्मा ढकाल – ‘लाहुरेको छोरीले’

5. BEST MODEL NEW FEMALE ADHUNIK POP
श्रीष्टि खड्का -‘ कहिले तिम्रो’

6. BEST MODEL MALE NEW ADHUNIK POP
देबिन्द्र छेत्री – ‘नचाहेरै तिमिसंग’

7. BEST MODEL MALE NEW LOK DOHORI
आशिर प्रताप – ‘आशुको कारखाना’

8. BEST SINGER FEMALE LOK DOHORI
बिष्णु माझी – ‘आशुको कारखाना’

9. BEST SINGER FEMALE ADHUNIK POP
अन्जु पन्त – ‘छुटेउ भने’

10. BEST SINGER MALE NEW LOK DOHORI
खेम सेन्चुरी – ‘तामे करुवा’

11. BEST SINGER MALE NEW ADHUNIK POP
ज्ञान सुब्बा – ‘यति धेरै’

12. BEST SINGER FEMALE NEW LOK DOHORI
सम्झना भण्डारी – ‘छिन छिन बज्ने चुरा’

13. BEST SINGER FEMALE NEW ADHUNIK POP
पुर्णिमा लामा -‘ तिम्रो यौटा’

14. BEST MODEL MALE LOK DOHORI
महेन्द्र गौतम – ‘हे भगवान’

15. BSET MUSIC ADHUNIK POP
काली प्रसाद बास्कोटा – ‘सुन साइली’

16. BEST LYRICS NEW LOK DOHORI
केशब घिमिरे – ‘अन्धोपनको माया’

17. BEST LYRICS NEW ADHUNIK POP
सिव पौडेल -‘ तिम्रो बोलि’

18. BEST MUSIC NEW LOK DOHORI
ऋषि खड्का – ‘भाग्य’

19. BEST MUSIC NEW ADHUNIK POP
ऋषि खड्का – ‘घरको धुरी’

20. BEST SINGER MALE LOK DOHORI
पुस्कल शर्मा – ‘फ्यान’

21. BEST SINGER MALE ADHUNIK POP
प्रमोद खारेल – ‘म बाचेको’

22. BEST CAMERAMAN LOK DOHORI
करन चैसिर – ‘धौलागिरी हिमाल’

23. BEST CAMERAMAN ADHUNIK POP
अर्जुन तिवारी -‘यति धेरैमाया’

24. BEST DIRECTOR LOK DOHORI
कपिल लामा – ‘बरु यसै दुखि छु’

25. BEST VIDEO EDITOR LOK DOHORI
दिपक विस्ट – ‘छिन छिन बज्ने चुरा’

26. BEST VIDEO EDITOR ADHUNIK POP
निशान घिमिरे – ‘यति धेरै’ =>20

27. BEST ARRANGER ALL
हेमन्त शिशिर – ‘यति धेरै’

28. BEST RECORDER ALL
श्याम स्वेत रसाइली – ‘प्रिज्मरेकर्डिङ्ग स्टूडियो’

29. BEST NEW DIRECTOR ALL
मौसम हिमाली – ‘प्यार प्यार’

30. BEST MUSIC COMPANY
सुनिल लामिछाने – ‘गोर्खा चौतारी’

31. BEST VIDEO DIRECTION ADHUNIK POP
बिशाल भण्डारी ‘यति धेरै’

32. BEST NATIONAL AND CULTURAL SONG
‘प्रदेश नम्बर ७’ बिनोद बाजुराली

33. BEST LOK SONG
‘मेरी आमा’ राम प्रसाद पौडेल

34. BEST SONG ADHUNIK POP
‘सुन साइली’ हेमन्त राना

35. BEST DOHORI SONG
‘अन्धोपनको माया’ मौषम गुरुङ

36. BEST LYRICS LOK DOHORO
शिव हमाल ‘खादै नखाको बिष’

37. BEST LYRICS ADHUNIK POP
रमेश बिजी ‘ म हुरीमा

38. BEST MUSIC LOK DOHORI
कस्तुप पन्त ‘डाली सुकेर’

39. Best Encouragement Award Actor
अनु पराजुली

40. Best Encouragement Award Creator
केशव सापकोटा

41. Best Encouragement award Debut Director
काजिस श्रेष्ठ

42. Best Online Choice Award
पल शाह

43. Best SMS Award
शंकर बिसी

44. Jury Award
रामजी खांड

राष्ट्रकविलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

राष्ट्रकवि माधवप्रसाद घिमिरे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । चाहाना मिडिया प्रालिद्वारा आयोजित नेपाल म्युजिक अवार्डअन्तर्गत राष्ट्रकवि घिमिरेलाई ५१ हजार १ सय ५१ रुपैयाँसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । यस्तै वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई नगद ११ हजार १ सय ५१ रुपैयाँसहित लोक साहित्य सम्मान गरिएको छ । सो अवसरमा प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइरालालाई विशेष सम्मान गरियो ।

‘कार्यक्रम भव्य र सभ्य’

नेपाल म्युजिक अवार्ड सम्पन्न भएसँगै कार्यक्रम संयोजक सहदेव कोइरालाले भव्य र सभ्य भएको बताए । ‘विविध चुनौतीका बीच अवार्ड कार्यक्रम सफल भएको छ,’ उनले भने, ‘सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।’ उनले अर्को वर्ष हुने अवार्डमा आफू संयोजक नहरने घोषणा पनि गरे । ‘यस वर्ष मेरो संयोजकत्वमा अवार्ड कार्यक्रम सफल गरियो, अब अर्को वर्ष हुने अवार्डमा म गर्न सक्छु भन्नेलाई संयोजक बनाएर काम गरिने छ ।’ उनले भने ।

नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिष्पर्धा गराउँदा नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरी वितरण गरेको छ ।

त्यसअनुसार कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गरिएको संयोजक कोइरालाले बताए । यो विधिबाट अवार्ड प्रदान गर्दा नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान भएको उनको भनाइ छ ।

Credit : onlinepana.com

आहुतीद्वारा नयाँ पार्टीको घोषणा, को–को छन त ? नामसहित

कार्ल मार्क्सको द्वि-शतवार्षिकीको अवसर पारेर नेपालमा थप एक कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र छाडेका आहुतिको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको घोषणा गरिएको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका संयोजक आहुतिले ५१ सदस्यीय वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति घोषणा गरेका छन् ।

‘विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ,’ विज्ञप्तिमा संयोजक आहुतिले उल्लेख गरेका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न कम्युनिष्ट क्रान्तिकारीहरुको एक विशेष भेलाले ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’को विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गरेको संयोजक आहूतिले जानकारी दिए ।

‘भूमण्डलीकृत पूँजीवाद अर्थात्आजको साम्राज्यवाद तथा दलाल पूँजीवादी व्यवस्थाले सर्वहारा—श्रमिक वर्ग गायत सम्पूर्ण मानवतामाथि लादेको सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्ध वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित शुरु हुने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको अभियानमा पहलकर्मीका रुपमा जोडिन सबैमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ ५१ सदस्यीय सांगठनिक अभियान-

“वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल”

संयोजक- आहुति
रमेश सुनुवार (रामेछाप),

ध्रुव पराजुली (सिन्धुपाल्चोक),

विदुर खरेल (सर्लाही),

धनकुमारी सुनार (ललितपुर),
नवीन रिमाल (दोलखा),

दर्पण (हुम्ला),

वन्धुविक्रम क्षेत्री (दोलखा),

बुद्धलक्ष्मी महर्जन (ललितपुर),

रुकु रणपाल (स्याङ्जा),

राजेश्वरी सुवेदी (चितवन),

अनिता पण्डित (नुवाकोट),

मुना घिमिरे (भक्तपुर),

बलराम तिमल्सिना (भक्तपुर),

वाटलरी (काठमाडौं),

टीकाराम दियाली (दोलखा),

बद्री चौलागाईं (दोलखा),

गणेश विश्वकर्मा रसाइली (मकवानपुर),

बलराम न्यौपाने (सर्लाही),

राजेन्द्र सेढाईं (स्पेन, युरोप),
राजु पुडासैनी (भारत),

रामशरण खाती (दोलखा),

दीप नारायण दास (धनुषा),

पुष्प भण्डारी (बाँके),

केवल विनावी (बझाङ),

दीपेन्द्र शाही (बाजुरा),

सुदर्शन कार्की (दोलखा),

प्रदीप सुनुवार (रामेछाप),

काल्साङ लामा (काभ्रे),

मिनेन्द्र भण्डारी (रामेछाप),

करणबहादुर वि.सी. (अछाम),

राजकुमार हिङमाङ (खोटाङ),

दीपराज बस्नेत (सिन्धुली),

प्रेम वयलकोटी (संखुवासभा),

देवी दुलाल (सिन्धुपाल्चोक),

क.दिनेश चापागाईं (कपिलवस्तु),

जागृत रायमाझी (मकवानपुर),

राजेश नेपाली (बाग्लुङ),

डा.राजन लामा (दोलखा),

महावीर विश्वकर्मा (चितवन),

रामवृक्ष (झापा),

करुणा शर्मा (कपिलवस्तु),

हरिदेव ठाकुर (सिरहा),
हेम लामा (रामेछाप),

असीम ठाकुर (पर्सा),

अरुण राई (उदयपुर)

Credit : onlinepana.com

सार्वजनिक यातायात सेवा पुनः सञ्चालन, महासंघको बैठक बस्दै

आन्दोलनरत यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक योगेन्द्रनाथ कर्माचार्यले देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन गरेको जानकारी दिए ।

उनले हिजोको यातायात बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति क्षमायाचना गर्दै अर्को निर्णय नभएसम्म यातायात सञ्चालन गर्ने बताए । यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने कर्माचार्यको भनाइ छ ।

उनले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा धरपकड गरी व्यवसायीलाई पक्राउ गरेर सरकारले व्यवसायीमाथि अन्याय गरेको बताएका छन् । पक्राउ परेकालाई सरकारले तत्काल रिहा गर्नुपर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कर्माचार्यले बताए । सरकारको पछिल्लो कदमको समिक्षा एवं आगामी रणनीति तय गर्न महासंघको बैठक आज १ बजेपछि बोलाइएको कर्माचार्यले जानकारी दिएका छन् ।

यद्यपी २७ गते पछिका आन्दोलनका कार्यक्रममा कुनै हेरफेर नगरेको भएपनि आज बस्ने बैठकबाट ठोस निर्णय गर्ने तयारी रहेको कर्माचर्यको भनाइ छ ।

Credit : onlinepana.com

सुन तस्करीमा गोरेका लगानीकर्ता नै पत्नी र प्रेमिका

५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सक्रिय रहेका मोरङ उर्लाबारीका चुडामणी उप्रेती ‘गोरे’का लगानीकर्ता नै उनकी पत्नी नर्बदा खरेल ‘निरू’ र प्रेमिका रक्षा भण्डारी ‘आरबी’ रहेका छन् ।

३८ क्विन्टल सुन तस्करी र सनम हत्या काण्डका फरार अभियुक्त गोरेमाथि पत्नी र प्रेमिकासहित एक दर्जन अन्यको पनि लगानी रहेको अभियोगपत्रमा उल्लेख छ ।

गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको संयोजकत्वको छानविन टोलीले तयार पारेको प्रतिवेदनमा पत्नी नर्बदा खरेल, प्रेमिका रक्षा भण्डारीसहित एमके मामा भनिने मोहन कुमार अग्रवाल, बेनु श्रेष्ठ, भुजुङ गुरुङ, प्रमोद कुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, अर्जुन प्रसाद खरेल, चेतन भन्ने चेतनाथ भण्डारी, रोशन भुषाल भन्ने गुप्तलाल भुषाल, प्रयास पराजुली, संजय अधिकारी, समिर अधिकारी, कमल कार्की, बोउला भन्ने सुनील कुमार अग्रवाल, आरके भन्ने राजेन्द्र कुमार शाक्यको लगानी रहेको उल्लेख छ ।

यस्तै, हरिशरण खड्का, चाचा भन्ने महावीर प्रसाद गोल्यान, रामहरी कार्की, डेवीट/डा. भन्ने छिरिङ वाङ्गेल घले, खन्जन भन्ने दिनेश श्रेष्ठ, मिनराज चौलागाई, शिव कुमार गुभाजु, गीता श्रेष्ठ, किसन/कालु/काले भन्ने कृष्ण गोपाल अग्रवाल, गोपी अधिकारी, बिष्णु जोशी, पेम्वा शेर्पा, रमेश उप्रेती, माधव आचार्य, ओम प्रकाश नेवार रहेको अभियोगपत्रमा पनि उल्लेख छ ।

तस्करीका लगानी गर्ने अन्य दर्जन बढिको नाम स्पष्ट खुल्न सकेको छैन । ‘कोड भाषामा नाम लेखिएका व्यक्तिहरु आपराधिक समुहमा संस्थापक र सदस्यको रुपमा आवद्ध भई गोरे भन्ने चुडामणी उप्रेतीलाई आर्थिक लगानी जुटाई नेपालमा सुन अवैध तवरले चोरी पैठारी गर्ने गिरोह स्थापना र संचालन गरेको देखिन्छ’, छानविन टोलीको प्रतिवेदनमा उल्लेख छ ।

उप्रेतीले आपराधिक समुहको सञ्चालन र सञ्जाल विस्तार गर्ने क्रममा रमेश उप्रेती, पत्नी खरेल, प्रेमिका भण्डारीलाई २०६९ सालमा, डेविट/डा. भन्ने छिरिङ वाङ्गेल गुरुङलाई २०७० सालमा, टेकराज मल्ल ठकुरीलाई २०६९ सालमा, मोहन काफ्लेलाई २०७२ सालको जेठमा, माधव भन्ने मोहन घिमिरेलाई २०७२ असोजमा, कृष्ण भन्ने नरेन्द्र कार्कीलाई २०७२ साल मंसिरमा आवद्ध गराएको अभियुक्तहरूको बयानले खुलाएको छ ।

गोरेको आपराधिक समुहमा सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भन्ने मोहमद उस्तम मियाँ, टुक बहादुर मगर, दावा शेर्पा, लाक्पा शेर्पा, रोहित आचार्य, कृष्ण बस्नेत, मृतक सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई भन्ने भविन तामाङ, राजन कुमार समेतका व्यक्तिहरु २०७० देखि २०७२ सालको बीचको अवधिमा आवद्ध रही निरन्तर रुपमा रहेको भन्ने प्रतिवादीहरुको बयान र संकलित प्रमाण कागजातबाट खुलेको देखिन्छ ।

२०६९/७० साल देखि नै विभानस्थलस्थित थाई एयरवेजका इन्जिनियरिङ तर्फका प्राविधिक कर्मचारीहरु गोपाल कुमार श्रेष्ठको नेतृत्वमा, बीरेन्द्रमान श्रेष्ठ, मृतक सानु बन, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एल.बि.मगर भन्ने लाल बहादुर मगर, सम्वीर प्रसाद तोलाङ्गे र नेपाल वायु सेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्जिनियरीङ तथा प्राविधिक विभाग अन्तर्गत कार्यरत कर्मचारीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, अमरमान डंगोल र तुलाराम थारु गोरको आपराधिक समुहमा आवद्ध रहेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी हुन्थ्यो प्रहरीको सहयोग

गोरे आफै र उनको आपराधिक समुहले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्द प्रसाद निरौला, प्रहरी बरिष्ठ उपरीक्षक श्याम बहादुर खत्री, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोवारमा सहयोग लिएको अनुसन्धान टोलीको प्रतिवेदनमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत उल्लिखित प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स लगायत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षा गार्डहरूलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको प्रतिवेदनमा छ ।

यस्तै, विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समुह भित्र समावेश भई गतिविधि सञ्चालन गरेको तथ्य बुझिएका बिष्णु कार्कीको बयान तथा कागज ब्यहोरा, सुरक्षा अधिकृतहरुले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिएको टोलीको प्रतिवेदनमा उल्लेख छ ।

Credit : onlinepana.com

एमाले–माओवादीले किन राखे अलग-अलग कार्यक्रम ?

पार्टी एकीकरणको अन्तिम तयारी गरिरहेका एमाले र माओवादी केन्द्रले ‘कार्ल मार्क्सको द्विशतवार्षिकी’को कार्यक्रम अलग–अलग रुपमा गर्ने भएका छन् ।

नेकपा (एमाले)ले कार्ल मार्क्सको द्विशतवार्षिकी काठमाडौंको गौशालास्थित पशुपति भिजनमा राखेको छ । कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

कार्यक्रमलाई एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी आली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गर्नेछन् ।

उता, नेकपा (माओवादी केन्द्र)ले कार्ल मार्क्सको द्विशतवार्षिकी कार्यक्रम कास्कीको पोखरामा गर्न लागेको छ । पोखराको साइमन पार्टी प्यालेसमा कार्यक्रम बिहान १० बजे राखिएको छ । यो कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् । कार्यक्रम नेकपा (माओवादी केन्द्र) कास्कीले राखेको हो ।

यसअघि राष्ट्रिय सभागृहमा लेनिन दिवस संयुक्त रुपमा मनाएका एमाले र माओवादीले कार्ल मार्क्सको कार्यक्रम भने अलग अलग गरेका छन् । लेनिन दिवस मनाउने क्रममा एमाले र माओवादी केन्द्रबीच बोर्डको विषयमा विवाद भएको थियो ।

संयुक्त कार्यक्रम गर्दै आएका एमाले–माओवादी केन्द्रले कार्ल मार्क्सको कार्यक्रम किन अलग अलग राखेका हुन् केही बताएका छैनन् ।

हुन त यसअघि काठमाडौंमा शुक्रबार एमालेका उपमहासचिव घनश्याम भुसाल अध्यक्ष रहेको कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिको कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित रहेका थिए ।

सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालका साथै एमालेका नेताहरू नेपाला र खनालको सहभागिता रहेको थियो ।

Credit : onlinepana.com

विवादका बीच देउवाले गरे तीन पदाधिकारी नियुक्त, पौडेललार्इ लाग्याे ठुलाे झटका, गरे बैठक बहिष्कार

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा लामाे समयदेखि चलिरहेकाे अान्तरिक विवादका बीच तीन पदमा पार्टी पदाधिकारी नियुक्त गरेका छन् ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गरेका हुन् ।

तर, देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेताले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेका छन् । रिक्त पदाधिकारी मनोनयनबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसका निर्वा्चित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले मनोनित पदाधिकारीको नाम पेस गरे लगत्तै पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।

पौडेलसहित उनी पक्षका नेताहरुले बैठक बहिष्कार गरे पनि बैठकमा पेश भएको नाम अनुमोदन भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

देउवाले प्रस्ताव गरेका नामलाई कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सझाव दिएको थियो । तर आज देउवाले सुझाव विपरीत तीन जना नै आफू पक्षबाट मनोनति गरेपछि पौडेल पक्ष आक्रोशित बनेका छन्।

Credit : onlinepana.com

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

 सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।

देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्पाबाट दुई व्यवसायी पक्राउ परेका छन्। श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

त्यस्तै बुटवलमा पनि नियम विपरित सिन्डिकेटको पक्षमा आन्दोलन गर्दै सवारी सञ्चालनमा रोक लगाउने ८ जना व्यवसायीलाई पक्राउ गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जिवनकुमार बन्जाडे, महासचिव पदमराज गाह, सहसचिव चेतनारायण बेल्वासे, बुटवल यातायात समितिका उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, जितेश गुरुङ, सिद्धार्थ यातायातसमिति भैरहवाका सदस्य प्रकाश श्रेष्ठ, रवि खाती र चन्द आलेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै प्रदेश ७ मा कैलाली प्रहरीले १० जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक शरद चन्दले महेन्द्रनगरबाट ५ र कैलालीवाट ६ गरेर ११ जना व्यवसायीलाई नियन्त्रणमा लिएको बताएका छन् । कैलालीको कर्णाली रिभर यातायात समितिका ६ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

समितिका अध्यक्ष धिरज शाही, महासचिव गणेशराज ओली, कोषाध्यक्ष जयरुप बुढा, सदस्य ज्ञानु भण्डारी, कृष्णप्रसाद भट्टराई तथा सो समितिको टीकापुर काउण्टरका इन्चार्ज हिक्मत खड्कालाई पक्राउ गरिएको हो । अध्यक्ष शाहीलाई चिसापानी तथा बाँकी पदाधिकारीलाई लम्की क्षेत्रबाट  पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन ।

यसैगरी महाकाली बस व्यवसायी समितिका अध्यक्ष डम्बरदत्त पन्त सहित ५ जना व्यवसायी पक्राउ गरेको कंचनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताएका छन । अन्यको खोजी भइरहेको उनले बताए । अत्यावश्यक सेवा रोक लगाएकोमा गृहमन्त्रालयको निर्णय अनुसार उनीहरुलाई कारवाही अगाडि बढाइने उनको भनाई छ ।

प्रदेशका अधिकांश समितिका पदाधिकारी फोन अफ गरेर बसेका छन् । प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधिकारी भारततर्फ भागेका छन् ।

प्रदेश नम्बर ७ को कञ्चनपुरमा पवनदुत यातायात, महाकाली यातायात, कैलालीमा सुदूरपश्चिम यातायात, कर्णाली रिभरसाईड यातायात, मालिका यातायात, डडेल्धुरामा उग्रतारा यातायात र डोटीमा शैलेश्वरी यातायात गरी दर्जनौ सार्वजनिक यातायात समितिहरु रहेका छन।

Credit : onlinepana.com

कांग्रेसको उपसभापतिमा निधि नियुक्त, समानान्तर पार्टी घोषणा गर्ने पौडेलको चेतावनी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लामो समयपछि पदाधिकारीको नियुक्ति गरेका छन् । देउवाले विवादकाबीच शुक्रबार पार्टी उपसभापतिमा बिमलेन्द्र निधिलाई नियुक्त गरेका हुन् ।

त्यसैगरी देउवाले महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डा.प्रकाशशरण महतलाई मनोनित गरेका छन् ।सभापति देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेताले केन्द्रीय कार्य समिति बैठक बहिस्कार गरेका छन् ।

रिक्त पदाधिकारी मनोनयन बारे छलफल गर्न बसेको बैठकमा देउवाले पदाधिकारीको नाम पेश गरेका थिए । एकलौटी पदाधिकारी नियुक्त गरेको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।

देउवाले प्रस्ताव गरेका नामलाई कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ ।

त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

नेता पौडेल पक्षले विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्नुपर्ने माग राखेको छ । तर, देउवाले सो मागको पूरै बेवास्ता गर्दै पदाधिकारीको नियुक्ति गरेका हुन् । पौडेल समूहका नेताहरुले एकलौटी गरे समानान्तर पार्टी चलाउने चेतावनी समेत दिएका छन् ।

उता पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा बैठक बहिस्कारको कुनै अर्थ नभएको बताउँछन् । उनले बैठकमा पदाधिकारीको नाम पेश भएको दाबी समेत गरे ।

Credit : onlinepana.com

प्रधानमन्त्रीले तोके प्रदेश नम्बर १ को नाम, जनजातिहरु आक्रोशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम सगरमाथा र कोशीमध्ये एउटा राख्न आग्रह गरेका छन्।

प्रदेशको नामकरण र राजधानी तोक्न ढिलाई भइरहेको भन्दै ओलीले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने संकेत गरे । उनले भने, ‘यस प्रदेशमा सप्तकोशी बग्छ तर, कोशी प्रदेश भन्न हामी सक्दैनौं । विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं । त्यसैले यस प्रदेशको नामाकरण गर्न ढिलाई भएको हो ।’

ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढेकोतर्फ प्रदेश १ को ध्यान जानुपर्नेमा जोड दिए । उनले भने, ‘प्रदेश ६ लाई अब ६ नम्बर प्रदेश भन्नु पर्दैन । उसले आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश राखिसक्यो । उससँग अस्थायी होइन, स्थायी राजधानी पनि भईसक्यो । प्रदेश ६ ले आफ्नो राजधानी सुर्खेत तोकिसक्यो ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराउँदै प्रदेश १ को नामाकरण र राजधानी तोक्न ढिलाई भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले सगरमाथा र कोशीको नाम लिएपछि जनजातिहरु भने आक्रोशित भएका छन्। प्राय जनजातिको बाहुल्यता रहेको पूर्वमा उनीहरुले किरात प्रदेश हुनुपर्ने माग गर्दै आएका छन्। त्यस्तै राजधानी पनि धरान हुनुपर्ने माग गरिरहेका छन्।

Credit : onlinepana.com