द्वन्द्वात्मक भौतिकवादी लेखक दिल निशानी मगर माताको शरणमा, ठुलो मान्छे बन्ने आशमा जोगी, साधुसन्तको मार्गमा

आफुलाई द्वन्द्वात्मक भौतिकवादी र अति जातिवादी चिन्तन भएको व्यक्तित्वको रुपमा चिनाउन चाहने लेखक एबम राजनीतिककर्मी दिल निशानी मगर अन्तत:  चिरपरिचित सविता माता उर्फ सरु शर्मा आचार्यको शरणमा पुगेका छन् । बेला बेलामा पटक पटक आफ्नो लेखकाकारण बिबादित उनी आफैंले सबिता  माताको चरणमा पुग्नु परेको कारण बारे आफ्नो फेसबुकमा सार्वजनिक पनि गरेका छन् l

उनले रबि लामिछाने , गाई काटेको घटना , धर्मुस सुन्तलि बारे बोलेको कुराले सामाजिक सञ्जालमा अत्यन्तै आलोचना खेप्नु परेको थियो ।

अति जातिवादी चिन्तन राख्ने मगर यतिबेला सबिता माताले भनेको जस्तै गरिरहेका छन् l उनी बिहानै उठ्छन र सबिता माताले दिएको रातो टिका निधारमा लगाउछन् l टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्छन्  ।

एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरले सबिता माताले भनेको यसै मानेका भने रहेनछन l बिगतमा आफुले भोगेका कुराहरु स्पस्टसंग  बताएकी सबिता माताले उनको भबिष्य बारे अनौठो र आशा लाग्दा भाबिश्यवाणी गरेकाले दिल निशानी मगरले माताको भनाईलाई मानेर पछ्याएका रहेछन l

दिल निशानी मगरको बिगत बारे बताउंदै सबिता माताले पानीको सट्टा बियर खाने गरेको तथा विदेश गएर आएको बताएकी थिइन l त्यति मात्र हैन, मगर फेरी विदेश जाने योग रहेको भाबिश्यवाणी पनि सबिता माताले गरेकी छिन l

जातीय पहिचानको पक्षमा कडा रुपमा प्रस्तुत हुने लेखक दिल निशानी मगरलाई अझै पनि राजयोग रहेकाले बाहुन क्षेत्रीको संगत गर्न सल्लाह दिएकी छिन l राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग रहेको बताएकी सबिता माताले ‘ठूलो मान्छे बन्ने र सबैले मान्ने हुने भए क्षत्रीबाहुनको साथमा हिँड्नू ।’ भनेकी छिन l त्यति मात्र हैन बाहुन क्षेत्रीको साथमा नहिंडे ठूलो मान्छे बन्न नसक्ने चेतावनी सबिता माताले लेखक दिल निशानी मगरलाई दिएकी छिन l

सबिता माताले ‘पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस्’ भनेर भाबिश्यवाणी गरेकाले उनले आफ्नो फेसबुकमा  आफुलाई आजकल   ‘एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ ।’ भनेका छन् l  हाल पैसा नकामाउनुको कारण भने माताले मगरमा घुमफिर गर्ने योग रहेको बताएको खुलाएका छन् । ‘अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो ।’ भनेर आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् l

सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ’ भनेर सबिता माताले लेखक दिल निशानी मगरलाई चेतावनी दिएकी छिन l उनले मगरलाई  दिएको चेतावनीका बारेमा यस्तो लेखेका छन्, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन् । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुनेछ ।’ ‘जति मुद्दामामिला चलेपनि फैसला भने दिल निशानी मगरकै पक्षमा हुने’ भबिष्यवाणी सबिता माताले गरेकी छिन l

अति जातिवादी चिन्तन त्यागेर सबिता माताको सल्लाह र भविष्यमा ठुलो मान्छे आश बोकेका दिल निशानी मगरले ‘हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । ‘ भनेका छन् l उनले आफु  ब्रह्मचारीको बाटोमा रहेको बताउंदै जोगी, साधुसन्तको मार्गमा लागेको आफ्नो स्टाटसमा उल्लेख गरेका छन्

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै 

पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस् भन्नुभएको छ उहाँले । त्यसैले होला, एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ । अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो । हालसाल पैसा कमाउन नसक्नुको कारण चाहिँ मेरो घुमफिर गर्ने योग छ रे ।
एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरको आत्मालाई सही ठेगानामा ल्याउन सविता माताजीले धेरै प्रयास गर्नुभएको छ । उहाँको त्यो प्रयासलाई म उच्च प्रशंसाले सम्मान गर्न चाहन्छु ।
हरेक बिहान उठेर निधारमा रातो टीका लगाउने गरेको छु, जुन टीका माताज्यूले नै दिनुभएको छ । टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्न भन्नुभएको छ । शायद फेसबूकबाटै थाहा पाउनुभयो कि कडा भविष्यवाणी गरेर थाहा पाउनुभयो विदेश गएर आउनुभएको रहेछ, फेरि जाने योग छ भन्नुभयो । पानीको सट्टा बीयर खानु हुँदोरहेछ भन्नुभयो । सारै खुशी लाग्यो यो कुरा मिलेको सुन्दा । यसको मतलब यो हैन कि अरू मिल्दै मिलेनन् ।
सविता माताले भन्नुभयो, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । केकस्तो हो सत्य भनेर सोध्नुभयो ।’ अनि भन्नुभयो, ‘जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन्’ भन्नुभयो । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुने भनेर घोषणा गर्नुभयो । ‘जति मुद्दामामिला चलेपनि फैसला भने तिम्रै पक्षमा हुने’ समेत बताउनुभयो ।
कांग्रेसका केही नेताहरू जस्तो कि बालकृष्ण खाँड, कमला पन्त, गगन थापा लगायतका नेताहरूले कांग्रेसको भविष्य बलियो बनाउने माताको उद्घोष छ ।
सविता माताले मेरो हौसला बढाउँदै भन्नुभयो – ‘तिमीले राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग थियो, तर लाइन बिगारेको रहेछ । अझै पनि राजयोग देखिन्छ’ भन्नुभयो । तिमी ठूलो मान्छे बन्ने थियौ, सबैले मान्ने थिए तर यसका लागि क्षत्रीबाहुनको साथमा हिँड्नू । तिमी क्षत्रीबाहुनको साथमा हिँडेनौ भने ठूलो मान्छे बन्न सक्दैनौ भन्नुभयो ।
पाठकहरूलाई लाग्ला, निशानीले हावा कुरा लेख्यो भनेर । सोध्नुहोस् सविता मातालाई – उहाँले यो कुरा भन्नुभएकै हो कि तिमी ठूलो मान्छे बन्न क्षत्रीबाहुनको संगत गर्नू भनेर ।
सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ भन्नुभयो । र यो पनि भन्नुभयो – पहिलोभन्दा दोस्रो घरबार राम्रो छ भनेर । दोस्रो घरबार नानीको आमासँग हुने र उसले बहुत माया गर्ने भन्नुभयो । यसमा मेरो भने फरक विचार छ । अहिलेसम्म माताले भनेको बाटोमा छैन म ।
हेरौ भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । तर ब्रह्मचारीको बाटोमा छु, जोगी, साधुसन्तको मार्गमा छु । खै, ६ वटी नखरमाउलीसँग कसरी बिहे सम्भव होला र, यार ?
(दिल निशानीका निजि बिचार हुन्)

Credit : janasanchar.com

नेपाल राष्ट्र बैंकद्वारा १४ सहकारीको अनुमतिपत्र रद्द

नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ ।
मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग गराउने भनेको थियो । सोही कार्यान्वयनको लागि केन्द्रिय बैंकले सुचना जारी गरेर आजबाट अलग गरेको जनाएको छ ।
आजकै मितिबाट लागु हुने गरी धनगढीको नवजीवन सहकारी संस्था, काठमाडौ क्षेत्रपाटीको सगुन सहकारी संस्था, बानेश्वरको नेपाल सहकारी वित्तिय संस्था, सर्लाहीको द साहारा लोन सेभिङ कोअपरेटिभ सोसाइटी, काभ्रेको विन्दबासिनी सहकारी सँस्था, कुलेश्वरको महिला सहकारी संस्थाको अनुमति पत्र रद्द भएको हो ।
यस्तै सहकारी वित्तिय विकास संस्था, मनकामना सहकारी संस्था, भेरी सहकारी वित्तिय संस्था,  विकु बचत तथा ऋण सहकारी संस्था,स्टार बहुउदेश्यीय ऋण तथा सहकारी संस्था, हिमालय सहकारी संस्था र उपकार ऋण तथा बचत सँस्था गरी १४ वटा सहकारीको पनि अनुमतिपत्र रद्द भएको छ ।

Credit : janasanchar.com

सार्वजनिक बिदाको दिन काटियो ४ अर्बको चेक

आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

यसैबीच चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो। एकै दिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलोपटक हो।

सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो। असार एक महिनामा मात्र ९६ अर्ब खर्च गरेको छ । यस्तै असार १ गते मा चालु खर्च ६ खर्ब १९ अर्ब रुपैयाँ गरेकामा असारभरिमा ७५ अर्ब रुपैयाँ गरेको छ । दुवै जोड्दा असारमा १ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरिएको छ।

अर्थ मन्त्रालयले काम हुनेबित्तिकै बिलअनुसार रकम भुक्तानी गर्न र वर्षको अन्त्यमा जथाभाबी चर्च नगर्न बारम्बार तोकेता गर्दै आए पनि सबै मन्त्रालयले अटेरी गर्दै आएका छन्। अर्थ मन्त्रालयले जस्तै संसदीय समितिहरु र महालेखा परीक्षकको कार्यालयले लामो समयदेखि वर्षको अन्त्यमा हुने खर्चमा गुणस्तरीय काम नभएको र अनियमितता पनि हुने गरेको बताउँदै त्यसलाई रोक्न निर्देशन दिँदै आएका छन्। कतिपय आयोजनाहरुले दिएको भुक्तानीलाई महालेखाले बेरुजु पनि औंल्याएको छ । तर वर्षको अन्त्यमा हुने खर्च भने प्रत्येक वर्ष बढ्दै गइरहेको छ।

गत वर्ष असार अन्तिम तीन दिन (२९, ३० र ३१) मा पुँजीगत र चालु गरी ४६ अर्ब रुपैयाँ खर्च भएको थियो। यसमध्ये पुँजीगत ३५ अर्ब र चालु ११ अर्ब रुपैयाँ थियो । चालु वर्षको अन्तिम दिन असार ३१ मा पुँजीगत बजेट मात्रै साढे २७ अर्ब रुपैयाँ खर्च गरिएको छ।

सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका प्रमुख सूचना अधिकारी जगन्नाथ देवकोटाले वर्षको अन्त्यमा हुने खर्चलाई सुधार गर्न खोजिए पनि सम्भव नभएको बताए। ‘वर्षाैंदेखि असारमा खर्च बढी गर्ने प्रवृत्ति हाम्रोमा बढ्दै गएको छ,’ देवकोटाले सोमबार नागरिकसँग भने, ‘यसलाई रोक्न नीतिगत व्यवस्थाका साथै विभिन्न निकायले निर्देशन दिँदै आए पनि कार्यान्वयन हुन सकेको छैन ।’

देवकोटाले वर्षको अन्त्यमा हुने सबै खर्र्चलाई अनियमितता भन्न नमिल्ने दाबी गर्दै जथाभाबी भएको खर्चलाई सूक्ष्म तरिकाले हेर्नुपर्ने बताए।

सरकारी कार्यालय, आयोजनाका कर्मचारी, ठेकेदार एवं व्यापारी र लेखा परीक्षण गर्ने निकायका कर्मचारीहरुको मिलेमतोमा जथाभाबी खर्च गर्ने गरिएको हो। चालु खर्च गर्दा कार्यालय प्रमुख, लेखा, प्रशासन र स्टोरका कर्मचारीसँग व्यापारीको मिलेमतो हुन्छ भने पुँजीगत बजेट खर्च गर्दा आयोजनाका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुँदै आएको छ।

सरकारी अधिकारीहरुका अनुसार वर्षको अन्त्यमा हुने खर्चमा चालु बजेटमा बढी अनियमितता हुने गरेको छ। सरकारी खर्चको सुरुको लेखा परीक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालयहरुले गर्ने व्यवस्था छ भने अन्तिम लेखा परीक्षण गर्ने जिम्मेवारी महालेखा परीक्षकको कार्यालयलाई दिइएको छ । सरकारी अधिकारीहरुका अनुसार पहिलो र अन्तिम लेखा परीक्षणमा संलग्न हुने अधिकांश कर्मचारीले खर्चको ०.०२ प्रतिशत रकम लिएर अनियमिततालाई वैधता दिँदै आएका छन्।

विकासे आयोजनाहरुले चालु वर्षका अघिल्ला दिनमा औसतमा दैनिक ५० करोड रुपैयाँ मात्र पुँजीगत बजेट खर्च गर्दै आएका थिए। पछिल्ला आठ दिनमा भने दैनिक ५ अर्ब रुपैयाँ पुगेको छ। वर्षका सुरुमा बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले यसबाट बच्न पछिल्लो अवधिमा अन्धाधुन्ध खर्च गरेको हो। अन्य बेला अनावश्यक खर्चमा कटौती गर्ने अर्थ मन्त्रालयले असारमा हुने खर्चलाई बेवास्ता गर्दै आएको छ। राजस्व असुली र बजेट खर्च बढेमा मात्र आफ्नो ‘परफरमेन्स’ देख्ने अर्थका अधिकारीहरुका कारण पनि जथाभाबी खर्चमा लगान कस्न नसकिएको हो। महालेखाका अनुसार असार १५ सम्म लगभग पहिलेकै तुलनामा खर्च भएकामा त्यसपछि एक्कासि बढेको छ। पछिल्ला दिनमा भने झनै अस्वाभाविक रुपमा खर्च बढेको हो।

अर्थका एक अधिकारीले वर्षको अन्तिममा अस्वाभाविक रुपमा खर्च बढेकामा अर्थ र महालेखाले अनुगमन गर्नुपर्ने बताए। ‘पहिले खर्च कहाँकहाँ भएको छ, त्यसलाई हेर्नुपर्छ’, ती अधिकारीले सोमबार नागरिकसँग भने, ‘काम गरेर भुक्तानी गरिएको छ वा कामै नगरी। त्यसलाई दुवै निकायले सूक्ष्म रुपमा हेर्ने व्यवस्था गर्ने र गल्ती गरेकालाई कारबाही गर्ने परम्परा सुरु गर्नुपर्छ। अन्यथा यस्तो प्रवृत्ति दोहोरिरहनेछ।’

ती अधिकारीका अनुसार जथाभाबी रुपमा गरिने चालु र पुँजीगत बजेटको खर्चको अधिकांश हिस्सा अनियमिततामा हुने गरेको छ। उनले यस्तो खर्चले अर्थतन्त्रमा महँगी ल्याउनेबाहेक अन्य कुनै योगदान नगर्ने जानकारी दिए । ‘वर्षको अन्तिममा खर्च गर्नु भनेको कस्मेटिक काम हो,’ ती अधिकारीले भने।

सरकारी अधिकारीहरु विकास बजेटको खर्च अन्त्यतिर केही बढ्ने भए पनि साधारण बजेटको खर्च मनासिब मान्न नसकिने बताउँछन्। साधारण बजेटमा पर्ने पानी, बिजुली, इन्धन, सञ्चार, कार्यालयसम्बन्धी खर्च, विविध खर्च, मर्मतसम्भार, सवारीसाधन मर्मत, फर्निचर, फोटोकपी, खाजालगायतका सयौं वस्तु खरिदमा अर्बौं रुपैयाँ अनियमितता हुने गरेको छ। वर्षको अन्त्यमा कार्यालयहरुले अनावश्यक रुपमा सवारीसाधन मर्मत गर्ने, अधिकांश कर्मचारीलाई काज पठाएको भनेर रकम बाँड्ने, जथाभाबी इन्धनको कुपन बाँड्ने, पेट्रोल पम्पसँग मिलेर नक्कली बिल बनाउने, कार्यालय सामान खरिद नगरी बिल ल्याउने, खाजा र नास्ताका नक्कली बिल बनाउनेजस्ता काम गर्ने उनले जानकारी दिए। साभार नागरिकन्युज डट कम 

Credit : janasanchar.com

ठगी गरेको आरोपमा रामारोशन गाउँपालिकाका अध्यक्ष साउद पक्राउ

महानगरिय प्रहरी प्रभाग काँडाघारीले अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकार साउदलाई पक्राउ गरेको छ । साउदलाई वैदेशिक रोजगारीमा पठाई दिने भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष पहिले चारजना युवाबाट एक–एक लाखका दरले चार लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन काठमाडौंमा उजुरी थिएका थिए । पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एकएक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए ।

पटकपटकको प्रयास पछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । साउदले ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरु उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् ।
स्थानीय चुनावको केही समयअघि मात्रै पीडित अछाम पुगेर साउदलाई धनगढी ल्याएका थिए । त्यतिबेला साउदले चुनाव सकिएलगत्तै सबै रुपैयाँ दिने वाचा गरेका थिए । आफूहरुलाई विभिन्न प्रलोभन देखाएर रुपैयाँ लगेको तर विदेश नपठाएको पीडितहरुले बताए ।
जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको प्रहरीले बताएको छ ।

स्थानीय चुनावमा साउदले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।जनयुद्ध लडेका नेताले युवाहरुलाई विदेश पठाउने भन्दै ठगि गरेको सुनेपछि रामारोशनका स्थानीयले लाजले भुतुक्कै भएका छन् । ‘राम्रो भनेर भोट हालेको तर ठग परेछ’ रामारोशनबासी भन्छन् ।

Credit : janasanchar.com

‘गोल गोल’ भन्दै याक एण्ड यतिमा रक्सी, मासु तान्दै सरकारका मंत्रीहरु

सरकारका मन्त्रीहरुको फुटबल हेराई महंगो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनुशासनको नारा दिइरहेपनि मन्त्रीलाई त्यसले कुनै प्रभाव पारेको छैन । मन्त्रीहरुको जीवनशैली दिनदिनै तडकभडक बन्दै गइरहेको छ ।

आइतबार राति भएको विश्वकप फुटबल हेर्न मन्त्रीहरुको लाइन फाइभ स्टार होटलमा लाग्यो । फुटबल सुरु नहुँदै मन्त्रीहरु याक एण्ड यति मा महंगो शूल्क तिरेर फुटबल हेरेका छन् । आफ्ना घरमा ठूलाठूला टिभी राखेका मन्त्रीहरु फुटबल हेर्न फाइभस्टार होटल पुगेका छन् । कम्युनिस्ट मन्त्रीहरुको यो जीवनशैलीको चौतर्फी आलोचना भइरहेका छ ।

ऊर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहित आधा दर्जन मन्त्रीहरु परिवार, एक हुल नेता–कार्यकर्ता र मन्त्रालयका अधिकारीलाई बोकेर याक एण्ड यती पुगेका थिए । उनीहरुसँगै (नेकपा)का नेता टोपबहादुर रायमाझी, धनश्याम भुसाल, पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।

फुटबल हेर्न मन्त्रीहरुसँग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि फुटवलमा रमाइरहेका थिए । उनीहरु सबैले अगाडिको भाग बुक गरेर फुटबल हेरेका थिए ।

 

मन्त्रीसँगै फुटवल हेर्न याक एण्ड यति पुगेकाहरुले महंगो खाले रक्सी खाँदै ‘गोल……..गोल….’ भन्दै कराएका थिए । फुटबल हेर्न त्यहाँ पुगेकाहरुका अनुसार मन्त्रीहरुले खानपान गरेको बताइएको छ ।

विश्वकप फुबटल– २०१८ को उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको हो ।

Credit : janasanchar.com

सरकारी वार्ता टोली र डाक्टर केसी पक्षबीच वार्ता निष्कर्षविहीन, मुलुकभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीचको पहिलो वार्ता निष्कर्षविहीन भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच सोमबार राति भएको वार्ता निष्कर्षविहीन भएको छ ।

‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेन’, केसी पक्षबाट वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले भने, ‘हाम्रा मागबारे वार्ता टोलीका संयोजक खगराज बरालले शिक्षा मन्त्रीलाई सोध्ने भन्नुभयो, शिक्षा मन्त्रीले प्रधानमन्त्रीलाई सोधेर निर्णय गर्ने बताएपछि वार्ता रोकिएको हो ।’

जुम्लामा १६ दिनदेखि अनशनरत केसीको माग पुरा गर्नका लागि सरकारले  शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । तर सरकार र केसी पक्षबीचको पहिलो वार्ता बिनासहमति सकिएको हो ।’

यसैबीच नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

संघले सोमबार विज्ञप्ति जारी गरी साउन तीन गते देखि देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने जनाएको छ । अनशनरत डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको हो ।

तोकिएको समयसीमा भित्र पनि माग पूरा नभए संघले आगामी बिहीबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले जानकारी दिनुभयो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार समक्ष पटक/पटक अपिल गर्दा समेत डा केसीको जीवनरक्षाका लागि कुनै चासो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थिति प्रति नेपाल चिकित्सक संघ गम्भिर चिन्ता व्यक्त गर्दै गर्दछ । चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ता टोली बनाई डा. केसीको जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।

विज्ञिप्तमा भनिएको छ, ‘देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना सरकारले नै गराएकोले यसबाट सर्वसाधारणहरुमा पर्न जाने असुुविधा प्रति नेपाल चिकित्सक संघ गहिरो दुु:ख व्यक्त गर्दछ ।’

Credit : janasanchar.com

एकै परिवारका ६ जनाद्वारा आत्महत्या, सुसाइड नोटमा के छ ?

भारतको झारखण्डमा एकै परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो। प्रहरीले उनीहरूको घरबाट ६ वटा सुसाइड नोट फेला पारेको बताएको छ।
६ वटै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको छ।
उनीहरूको धेरै रकम व्यवसायबाट घाटा लागेकोले उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले फेला पारेको छ।

Credit : janasanchar.com

सिन्डिकेट खारेज गर्ने निर्णयमा यातायात व्यवसायीसंग सरकारले घुंडा टेक्यो, व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का

अन्तत: ठुलो हौवा पिटेर घोषणा गरिएको यातायातको सिण्डिकेटअन्त्य’ गर्ने निर्णयबाट वर्तमान दुई-तिहाई बहुमत भएको भनिएको ओली सरकारले यातायात ब्यबसायीहरुसंग घुंडा टेकेको छ l साउनदेखि मुलुकबाट बैधानिक रुपमा सिन्डिकेट हटाउने निर्णय गरेर तामझाम गरेको ओली सरकारले यातायात व्यवसायीहरुका अगाडी घुंडा टेकेर आफ्नो निर्णयलाई नरम बनाएको छ l

सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सिन्डिकेट खारेज गरेको घोषणा गरेको ओली सरकारले साउन १ गतेदेखि यातायात संग सम्बन्धित समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो l सरकारले देशभरका यातायात्संग सम्बन्धित ब्यबसायी र समितिलाई कम्पनी ऐन अन्तरगत दर्ता हुन असार मसान्तसम्म म्याद दिएको थियो भने ती संस्थाहरुको बैंक खाता समेत रोक्का गरेको थियो l

सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ भने यातायात समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो ।

यातायात मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलको सिफारिसका आधारमा केही महिना थप समय दिएर समितिहरुलाई कम्पनीमा जान ‘बाध्य पारिने’ योजना बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक उच्च अधिकारीले बताए ।कम्तीमा ३ महिनाको समयसीमा दिएर कम्पनीमा जान प्रोत्साहित गर्ने तयारी भएको बताइएको छ । कार्यदलले साउनपछि समितिहरुको खातामा रहेको पैसा पनि चलाउने अनुमति दिन सिफारिस गरेको छ ।

बैंक खाता रोक्का गरिएकाकारण समितिहरुले कर्मचारीलाई तलब खुवाउन नसकेको र घाइतेको उपचार पनि गर्न नसकेको बताउँदै आएका छन् । उनीहरुले कार्यालय सञ्चालन, कर्मचारीको तलव सुविधा व्यवस्थापन तथा दुर्घटनामा घाइते भएकाको उपचारका लागि आवश्यक खर्च दिन रोक्का बैंक खाता खुला गर्नुपर्ने माग गर्दै आएका छन् ।

कार्यदलले पनि समितिहरुले जिल्ला प्रशासन कार्यालयहरुमा खर्चका विवरण बुझाउने र त्यसकै आधारमा सरकारले रकम निकासा दिनुपर्ने गरी सिफारिस गरेको छ ।

समितिहरुको सम्पत्ति के गर्ने भन्ने अन्योलका कारण नै अहिलेसम्म कार्यदल धेरै कुरामा निश्कर्षमा पुग्न सकेको छैन । विद्यमान सामाजिक संस्था दर्ता ऐन अनुसार समितिका सम्पत्ति स्वतः राष्ट्रियकरण हुने अवस्था छ ।

तर, व्यवयासीले आफुहरुले सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा नाजायज हुने बताउँदै आएका छन् । व्यवसायी सकेसम्म समितहिरुलाई हिजोकै अवस्थामा राखेर अघि बढ्नुपर्ने बताइरहेका छन् भने नसकिने अवस्थामा पनि समितिको सम्पत्ति स्वतः कम्पनीमा जाने व्यवस्था गर्नुपर्ने अडानमा छन् ।

तर, त्यसका लागि कानुन बाधक भएपछि विशेष कानुनी व्यवस्था गरेरै समितिका सम्पत्ति राष्ट्रियकरण नगर्ने योजनामा सरकार छ ।

अहिलेसम्म कार्यदलले दुर्घटना लगायतका विषयमा छलफल नै गरेको छैन । तत्काल टुंग्याउनुपर्ने दुर्घटना बीमाको विषयमा भन्दा कार्यदललाई साउनपछि पनि समिति ब्युँझै राख्ने कुरामा छलफल गर्न मन्त्रालयले दबाव दिएको थियो ।

समितिहरुलाई साउन १ देखि नै खारेज नहुने अवस्था बनाएर केही समय लिएर गम्भीर रुपमा छलफल अघि बढाइने समितिका एक सदस्यले बताए । समितिहरुलाई समय नदिई खारेज गरेमा त्यसले यातायात क्षेत्र थप अन्योलमा रुमल्लिने अवस्था भएकाले केही समय दिनुपर्ने गरी सिफारिस गरिएको उनले बताए ।

Credit : janasanchar.com

सांसद नविना लामाले गुण्डा नाईके सत्यमान लामालाई छुटाइन

नेकपाकी सांसद नविना लामाले गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीबाट छुटाएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर लामालार्इ रिहा गरेको छ ।

बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भए । सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो । काभ्रे स्थायी घर भएका लामालाई काभ्रेकै सांसद नविनाले ‘मेरो दाई हो’ भन्दै छाड्न दवाव दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।

Credit : janasanchar.com

पत्रकार अधिकारीमाथि भएको आक्रमणको बिरोध, दोषीलाई कारवाहीको माग

कास्की जिल्लास्थित सुरक्षा सम्बद्ध उच्च अधिकारीहरुकै अगाडी बुधबार फेवा टेलिभिजनका स्टेशन मेनेजर हेमराज अधिकारीमाथि भएको आक्रमण र उनको क्यामरा तोडफोड भएको घटनाप्रति पत्रकारसंग सम्बन्धित संस्थाहरुले बिरोध गरेका छन् l उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्नुको साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिन स्थानीय प्रशासंसंग माग गरेका छन् l

यसरी माग गर्ने पत्रकारसंग सम्बन्धित संस्थाहरुमा नेपाल पत्रकार महासंघ कास्की र नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, आदिवासी जनजाती पत्रकार संघ कास्की, लगायत रहेका छन् l

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य एबम गण्डकी धवलागिरी संयोजक ओम हमालले एक प्रेस विज्ञप्ती जारी गरी उक्त घटनाको बिरोध गरेका छन् l

विज्ञप्तीमा अघि भनिएको छ, “दिशा-पिसाबमा देखिने किटाणु जस्तै कोलिफर्म ब्याक्टेरियायुक्त दुषित पानी उत्पादन गर्ने सिएम् अक्वा वेभरेज प्रालि‘पोखरा –  २५ हेम्जामा शिलबन्दी गर्न पुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतकै अगाडी जनतालाई सही सुचना दिन उद्दत पत्रकार फेवा टेलिभिजनका स्टेशन मेनेजर हेमराज अधिकारीमाथि दुरव्याबहार हुनुका साथै क्यामरा तोडफोड भएको लज्जाश्पद घटनाप्रति क्रान्तिकारी पत्रकार संगठन घोर आपत्ति प्रकट गर्दछ l” जिल्लाका उच्च सुरक्षा अधिकारीकै अगाडी एकजना पत्रकारमाथि आक्रमण हुनु लज्जास्पद बिषय भएको भन्दै विज्ञप्तीमार्फत “कास्कीको सुरक्षा व्यबस्थाको धज्जी उडेको” टिप्पणी गरिएको छ l

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने तथा जनतालाई सुसुचित गराउने पत्रकारमाथि आक्रमण गर्ने सिएम् अक्वा वेभरेज प्रालि‘तथा त्यसका मेनेजर  कपिलकिरण श्रेष्ठमाथि कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको सुरक्षामा संबेदनशील बन्न स्थानिय प्रशासन समक्ष क्रान्तिकारी पत्रकार संगठनले माग गरेको छ l

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थितीमा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीमाथि दुरव्यवहार हुनुकासाथै क्यामरा समेत तोडफोड भएको घटनाले, सम्पूर्ण पत्रकार असुरक्षित भएको महशुस भएको उल्लेख छ l

अक्वा वेभरेज प्रालि‘का मेनेजर श्रेष्ठको यस्तो हर्कत सिंगो संचार माध्यम माथिको ठाडो हस्तक्षेप भएको महासंघको प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा दोषी उपर कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न स्थानिय प्रशासन समक्ष प्रेस विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।

यसै गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पनि एक प्रेस विज्ञप्ती जारी गरेर टुडेज मिनरल वाटरको समाचार संकलनका लागी गएका सञ्चारकर्मी हेमराज अधिकारी प्रति भएको हातपातको घटनाप्रति घोर भत्सना गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगरले जारी गरेको प्रेस विज्ञप्तीमा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठद्धारा फेवा टेलिभिजनका स्टेशन म्यानेजर समेत रहेका पत्रकार हेमराज अधिकारीमाथी प्रशासन र प्रहरीको अगाडी हातपात गर्नु र सञ्चार सामाग्रीमाथ क्षती पु¥याएको प्रति फोनिज कास्कीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ l   सो प्रेस विज्ञप्तीमा प्रशासन र प्रहरीको अगाडी पत्रकार र पत्रकारको सामाग्रीमाथी भएको यस्ता हर्कतले प्रशासन र प्रहरीको धज्जी उडाएको उल्लेख छ l यस्ता क्रियाकलापमा संलग्न दोसीलाई कडा कारबाही गर्न समेतफोनिज कास्कीले  जोडदार माग गरेको छ ।

 

Credit : janasanchar.com