राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा काठमाण्डौको सुन्धारामा प्रदर्शन (हेर्नुस भिडियो)

नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्त रुपमा सो बिरोध प्रदर्शन गरेका हुन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले संयुक्त रुपमा गरेको सो बिरोध प्रदर्शन नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलकाे नेतृत्वमा सम्पन्न भएको छ । काठमाडौँको सुन्धारादेखि न्युराेड पिपलबाेटसम्म -र्याली र नाराजुलुशसहित भएको सो बिरोध प्रदशन काेणसभा गरेर टुंगिएको थियो  ।

यसैबीच, नेकपा(क्रान्तिकारी माओवादी)ले पूर्व घोषित कार्यक्रम अनुसार मोदी भ्रमणको विरोधमा गरिएको काठमाण्डौको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टी पी.बि.एम द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज, देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई टेकु स्थित प्रहरी कार्यालयमा राखिएको छ ।
मोदी भ्रमणको विरोधमा कालो ब्यानर र काला झण्डाहरुसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी नेता कार्यकर्ताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्का नाराबाजी गरेका थिए । गिरफ्तारमा पर्नु अघि मोर्चाका अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी नेता कार्यकर्ताहरु र प्रहरी बीच झडप भएको थियो । विरोध ¥यालीलाई भृकुटीमण्डप तर्फ अगाडि बढ्न रोके पछि नेता गजुरेलले विरोध मन्तब्य राख्नु भएको थियो ।

Credit : janasanchar.com

राष्ट्रघातको नयाँ शृंखलाविरुद्ध बैशाख ३० गते नेपाल बन्द, अरुण-३ लिन नदिने उद्घोष

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै यही बैशाख ३० गते आइतबार नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् ।

विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’

यस्तै मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामु परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ, महासचिव विप्लवको  विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ । यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ । यसैको पछिल्लो ृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।

आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ । मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।

केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।

Credit : janasanchar.com

किशोरीको बलात्कारपछि जलाएर हत्या

भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ। मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा मट्टितेल छर्केर जलाइएको हो।

प्रहरीका अनुसार किशोरीले बलात्कारबारे आफन्तहरूलाई बताइदिने भनेपछि उनको हत्या गरिएको थियो।  प्रहरी अधिकारी कमल ठाकुरले स्थानीय पत्रकार शुरेह नियाजीलाई भने, “घटना भएको बेला पीडित किशोरीको परिवारका सदस्य घरमा थिएनन्। आरोपितलाई पक्राउ गरिएको छ र सोधपुछ भइरहेको छ।”

झारखण्ड राज्यमा सोही प्रकृतिका दुईवटा घटना यसै हप्ता  भएका थिए। एक युवतीको मृत्यु भएको थियो भने अर्को घाइते भएकी थिइन्।

हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ। त्यसपश्चात् भएका व्यापक विरोध प्रदर्शनहरूपछि भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाको उजुरी नै नपर्ने ठानिन्छ। बीबीसीका सौतिक विश्वास लेख्छन्, शक्ति प्रदर्शन र कमजोर वर्गलाई तर्साउन भारतमा बलात्कारलाई अस्त्रको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ।

Credit : janasanchar.com

नक्कली राष्ट्रवादी “मेरी भाई साब कोली” को राष्ट्रघाती अनुहार : ओम हमाल

भारतले नेपालमा लगाएको नाकाबन्दीको चर्को विारेध गरेर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले सच्चा राष्ट्रवादी ठानेका थिए । तर तिनै नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा अहिलेका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसमक्ष गरेको लम्पसारले उनको नक्कली राष्ट्रवादी मुखुण्डो उत्रिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका “मेरी भाई साब कोली”ले नेपाल र नेपाली जनतालाई धोखा दिएर मोदीसमक्ष लम्पसार कसाृपर्दै आफ्नो राष्ट्रघाती अनुहार प्रष्टसँग देखाएका छन्

त्यसो त “मेरी भाई साब कोली” न हिजो राष्ट्रवादी थिए र भोलि नै रहनेछन् । आज त उनले आफ्नो राष्ट्रघाती अनुहार देखाई छाडे । उनी र उनको पार्टी भारतीय राजनीतिमा काँग्रेस आईको लबीमा उभिएको पार्टी थियो । भारतमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि सत्तासीन भएको मोदी सरकारले असहयोग गर्ने क्रममा नाकाबन्दी गरेको थियो । भारतीय सत्तामा आफ्नो प्रभु नरहेपछि उसकै इशारामा नाच्दा नेपाली जनताले भारतीय नाकाबन्दी खप्नु परेको थियो ।

मोदीले आफ्ना पिछलग्गु र आफूहरुद्वारा पालित भत्तुवा कुकुरहरुलाई प्रयोग गर्दै भारतको नीति अनुरुपको एक मधेश एक प्रदेश बन्न सक्ने देखेपछि नेपाली भूमि वीरगञ्जभन्दा पारि भारतीय सीमा रक्सौलमा मेस नै सञ्चालन गरेर नेपालीविरुद्ध नाकाबन्दी गर्यो । तात्कालीन रुपमा सत्तासीन एमालेको राजनीतिक लविको पार्टी सत्तासीन नहुनु र केही भारतीय पाल्तु कुत्ताहरुको मिलेमतो हुनाले नेपाली जनताले नाकाबन्दी सहन पर्यो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएको भएर नेपाली जनताले नाकाबन्दी सहन परेको हैन । केपी शर्मा ओलीले आफ्नो लविको पार्टी काँग्रेस आईको इशारामा तात्कालीन मोदी सरकारको विरोध गरेका हुन् ।

त्यसो त केपी शर्मा ओली राष्ट्रवादी नेता हैनन् भन्ने कुरा त फेरि प्रमाणित भएको छ नै । तात्कालीन अवस्थामा करीब दुई दशक अघि संसदबाट राष्ट्रघाती महाकाली सन्धि दुई–तिहाई बहुमतले पारित गराउने पार्टीहरुमध्येको एक पार्टी एमाले पनि हो र त्यस पार्टीको त्यतिबेलको चल्तापूर्जा नेता मध्येका एक नेता केपी शर्मा ओली पनि हुन् । त्यही राष्ट्रघाती महाकाली सन्धिकाकारण तात्कालीन एमालेबाट वामदेव गौतमले पार्टी फुटाएर नेकपा (माले) गठन गरेका थिए ।

संसदबाट महााली सन्धि पारित भएपश्चात् पछि गएर पञ्चेश्वर विकास परियोजनाको रुप दिएर अघि बढ्ने नेपाल तथा भारतबीच सहमति भयो , जसको नेपालमा व्यापक र चौतर्फी रुपमा विरोध भयो । यही विरोधकाकारण दुई दशक हुँदा पनि पञ्चेश्वर विकास परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत बन्न सकेको छैन । नेपाली नेताहरुको भारत र भारतीय नेताहरुको नेपाल भ्रमणका क्रममा हरेक पटक पञ्चेश्वर विकास परियोजनाको डिपीआर छिट्टै बन्ने सहमति हुन्छ । तर नेपालमा रहेको राजनीतिक विरोधकाकारण त्यो कार्यान्वयन हुन सकेको छैन । नेपालमा जनताको दुई–तिहाई मत रहेको वर्तमान केपी ओली सरकारले नेपालमा जारी मोदी भ्रमणका क्रममा त्यस परियोजनाको डिपिआर छिट्टै बनाउने समझदारी गरेको छ । राष्ट्रहितविपरीतको असमान महाकाली सन्धि कार्यान्वयन गर्ने ओली सरकारको समझदारीले उनको राष्ट्रघाती अनुहार प्रष्ट देखिएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुले भ्रमणको अन्तिममा गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूपरिवेष्ठित देश नेपाललाई ल्याण्ड लिंक र वाटर लिंक –जमीन तथा पानीले जोड्ने) देशको रुपमा विकास गर्न चाहेको अभिव्यक्ति दिएका छन् । के यो सम्भव छ ? भूपरिवेष्ठित् देश कसरी जमीन तथा पानीबाट तेस्रो देशसँग कसरी जोडिन सक्छ ? मोदीको यही भनाईबाट नै भारतको नेपाल हेर्न नीति प्रष्ट हुन्छ ।

भारत नेपाललाई आफ्नो अभिन्न अंगको रुपमा हेर्छ । नेपाललाई भारतमा गाभ्ने उसले विभिन्न षडयन्त्रहरु गरिरहेको छ । निकट भविष्यमा भारतमा हुने पानीको हाहाकार मेटाउन ऊ नेपालको जलस्रोतमाथि आँखा गाडिरहेको छ । भूपरिवेष्ठित देशको नाताले भारतीय जमीन हुँदै नेपालले तेस्रो देशबाट ल्याएको सामानमा विभिन्न वहानामा दुःख दिईरहेको छ । अनि भारतले अघि सारेको जल यातायात सञ्चालन सम्बन्धि योजनाले नेपाली जनतालाई के फाइदा होला ? जलयातायात सञ्चालन हुन नदीमा हरेक समय कम्तीमा तीन मीटर गहिरो पानी हुन आवश्यक हुन्छ । के नेपालका नदीहरुमा हिउँदको समयमा तीन मीटर गहिरो पानी रहन्छ ? तीन मीटर गहिरो पानी नरहेको अवस्थामा जलयातायात सञ्चालन गर्न नदीमा बाँध निर्माण गर्नुपर्ने हुन्छ । नेपालका नदीहरुमा जलयातायात सञ्चालन गर्ने वहानामा कति वटा गाउँहरुलाई डुबानमा पार्ने ? त्यसको क्षतिपूर्ति कसरी गर्ने ? कि कोशी बाँध परियोजनाले पारेको नोक्सानको हिसाबकिताब नभए जस्तै नेपाली मौन बस्ने ?

नेपाल भारतबीच भएको टनकपुर सन्धिकाकारण नारायणी नदीमा पानीको वहाव कम हुन्छ भनेर भारतले चितवनको नारायणगढभन्दा मुनिको भागमा सिंचाईका लागि कुलोसम्म खन्न दिंदैन । अनि त्यो नदीमा सञ्चालन हुने जलयातायातका नाममा नेपाली जनताले कतिवटा नदीहरुको स्वामित्व भारतलाई सुम्पिनुपर्ने हो त ? नदीमा सञ्चालन हुने जलयातायातका नाममा निर्वाध वहने पानीले भारतले आफ्नो पानीको तिर्खा मेटाउनेछ भने कृषिमा सिंचाईको व्यवस्थापन गर्नेछ । पानीको मूलस्रोतमा बसेका हामी नेपालीले के तिर्खा लागे भारतबाट आयात गरेको पानी किनेर खाने ? नेपाली भूमिमा सिंचाई गर्न भारतबाट पानी किन्ने ? मोदीले अघि सारेको ल्याण्ड लिंक र वाटर लिंक सम्बन्धि योजना नेपाल र नेपाली जनताको पक्षमा छैन र कदापि हुनै सक्दैन । यो त मोदीले आफ्नो देश भारत र भारतवासीको हितलाई हेरेर ल्याएको योजना हो । यसलाई नेपाली जनताले एकजुट भएर विरोध गर्नु आवश्यक छ ।

नक्कली राष्ट्रवादी ओली सरकारले गरेको अर्को राष्ट्रघाती कार्य भनेको, सर्वत्र विरोध भईरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाको सिलान्यास । आर्थिक रुपमा टाट पल्टिएको भारतीय कम्पनीले नै काम गर्ने गरी अरुण तेस्रो जलविद्युत् परियोजनाको ओली र मोदीले शुक्रबार साँझ रिमोटबाट सिलान्यास गरे । झण्डै दुई हजार एकसय मेगावाट विद्युत् उत्पादन क्षमता रहेको सो जलविद्युत् आयोजनाबाट जम्मा नौसय मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै भारतीय कम्पनीलाई ठेक्कामा दिइने छ । यसरी विवादाष्पद र देश तथा जनताको अहितमा रहेको आयोजना ओली सरकार भारतीय कम्पनीलाई सुम्पिरहेको छ ।

मोदीको नेपाल हेर्ने दृष्टिकोण दोषपूर्ण छ । नेपालमा रहेका तराईवासीहरु पिछडिएका छन् । उनीहरुमाथि शोषण, थिचोमिचो भएको छ । उनीहरु नेपाली भएर बाँच्न पाउनुपर्छ । यसमा कसैको दुई मत छैन । आफ्नो अधिकारका लागि लडिरहेका तराईवासी नेपाली जनतामा आफ्ना केही पाल्तु कुकुरहरुलाइ घुसपैठ गराएर भारतले आफ्नो स्वार्थ पूरा गर्न सफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालको प्रदेश नं. २ बाट शुरु हुनुले यसको पुष्टि गर्छ । भारतको स्वार्थ पूरा गर्न ओली सरकार हात धोएर लागेको छ । नेपालका रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा नेपालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउतले जानकी मन्दिरको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिरहेकै बेला मोदीकै पार्टी भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग फिर्ता माग्न आग्रह गर्दै ट्वीट गरे । शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् ।
दुई सयवर्ष अघि नेपाल र अंग्रेजबीच भएको सन्धि अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धिको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् । उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।

नेपालको प्रदेश न. २ मा भारतको इशारामा भारतको रक्सौलतिर खानपिन गरेर नेपालतिर ढुंगा हान्ने र हरेक समस्याकोे समाधान भारतीय दूतावासबाट खोज्ने केही नेताहरुको पकडमा गएको छ । त्यहाँ उनीहरुकै राज चलिरहेको छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको १२ बिगाहामा मोदीलाई जानकी मन्दिरको चाबी हस्तान्तरण गरेपछि दिएको अभिव्यक्तिलाई लिन सकिन्छ । उनले आफ्नो भाषणमा “मधेशी जनता पिछडिएका छन् । उनीहरुमाथि शोषण, थिचोमिचो भएको छ । राज्यले विभेद गरेको छ । मधेशी जनतालाई विभेद गर्ने गरी नेपालमा जारी संविधानविरुद्ध हामी संघर्षरत छौं ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका रक्षामन्त्री ईश्वर पोखरेललाई साक्षी राखेर जानकी मन्दिरको साँचो हस्तान्तरण गर्दै प्रदेश नं. २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति के जायज छ ? प्रदेश नं. २ का समस्या समाधान के भारतले गरिदिन्छ ? उनीहरु नेपालको प्रधानमन्त्रीलाई भन्दा भारतको प्रधानमन्त्रीलाई किन बढावा दिईरहेका छन् ? नेपाल सरकारले दिएको बजेट अधिकाँश भ्रष्टाचार हुने नेपालको प्रदेश नंं २ मा भारतीय प्रधानमन्त्रीले नेपाल सरकारले दिएकै जति एक अर्ब रुपियाँ भारत सरकारको तर्फबाट जनकपुर र जनकपुर आसपास अर्थात् प्रदेश नं. २ को विकास गर्न भन्दै सहयोग रकमको घोषणा गरेका छन् । के नेपालको प्रदेश नं. २ मा दुई देशको शासन चलेको हो ?

के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि आएका सबै भारतीय सैनिकका कमाण्डोहरु भारत फर्कने छन् ? कि नेपाल सरकारको भन्दा भारत सरकारप्रति बफादार जस्तो देखिने प्रदेश नं. २ को संरक्षणमा छुट्टै मधेश राज्यको माग गर्ने सिके राउतको समूहलाई सैन्य तालीम दिइने त हैन ? नत्र शान्ति सुरक्षा कायम गर्न र सुरक्षाका लागि विश्वमा नै ख्याति कमाएको नेपाली सेनाको सुरक्षालाई नजरअन्दाज गर्दै उनीहरुको सुरक्षालाई तिरस्कार गरेर भारतीय सेनाको टोलीलाई नेपालमा किन परेड खेलाइयो ? भारतको रबरस्ट्याम्प बनेका प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलले त नबोल्लान् । तर राष्ट्र र जनताप्रति बफादार रहेको भनिएको नेपाली सेनाले यस तथ्यलाई सचेततापूर्वक लिनुपर्ने देखिन्छ ।

अब प्रदेश नं. २ ले आफ्नो नाम मिथिला राखेछ भने पनि कुनै नौलो नमाने हुन्छ । आफूलाई सार्वजनिक रुपमा नै भारतवादी भनेर घोषणा गर्ने मधेशका हर्ताकर्ता नेताहरु सत्तारुढ भारतीय जनता पार्टीका नेता कीर्ति आजादले सार्वजनिक गरेको प्रस्तावलाई कार्यान्वयन नगर्लान् भन्न सकिन्न । यी र यस्ता परिघटनालाई हेर्ने हो भने हाम्रो देशको प्रदेश नं. २ कतै हाम्रो देशको नक्शाबाट अलग हुने वातावरण सृजना गरिंदै त छैन ? शंका उब्जिएको छ ।
वर्तमान केपी शर्मा ओली सरकार मोदीसमक्ष लम्पसार परिरहेको नेपाली जनताले अनुभूत गरिरहेका छन् ।

नेपाली सेनाको सुरक्षालाई तिरस्कार गरेर भारतीय सैनिकको सुरक्षा घेरामा मोदीको नेपाल भ्रमण हुनु, मोदी भ्रमणका क्रममा नेपाली जनतालाई हिंडडुलसम्म गर्न नदिनु, झ्याल बन्द गर्न लगाउनु, नेपाल यात्रामा आएका विदेशी समेतलाई यात्रामा प्रतिवन्ध लगाउनु, नाकाबन्दीको विरोध गरिएका तुल ब्यानरहरु हटाएर “मधेश राज्यमा स्वागत छ” भन्ने तुल ब्यानरहरु राखिनु, मोदी भ्रमणको विरोध गर्ने नेपालीलाई गिरफ्तार गर्नु सामाजिक सञ्जालमा समेत मोदीको विरोध गर्न रोक लगाउनु, पशुपतिनाथमा वर्षौदेखि बस्दै आएका जोगीबाबाहरुलाई पाश्पत क्षेत्रबाट हटाउनु ओली सरकार मोदीसमक्ष लम्पसार परेका उदाहरणहरु हुन् ।

त्यति मात्र हैन, विदेशी पाहुनालाई आफ्नो देशको विशिष्ट व्यक्तिले स्वागत गर्ने चलन छ । मोदीलाई स्वागत गर्न पुगेका रक्षामन्त्री ईश्वर पोखरेललाई समेत उछिनेर कुटनीतिक मर्यादाविपरीत नेपालका लागि भारतीय राजदूत मनजीतसिंह पुरीले भारतीय प्रधानमन्त्री मोदीको स्वागत गरेका थिए । आफ्नो देशको राष्ट्रियता बिर्सेर प्रधानमन्त्री केपी शर्मा ओली भारतीय राष्ट्रिय पोशाक लगाएर मोदीलाई स्वागत गर्न पुगेका थिए । त्यति मात्र हैन उनले मोदी जस्तै देखिन मद्राासी टोपी पनि लगाए । मोदीले आफ्नो भाषणमा स्पष्ट नेपाली, मैथिली भाषा पनि बोले । तर हाम्रो देशका प्रधानमन्त्री ओलीले …………….. ? मोदी र ओलीसँगै रहेका बखत नेपाली जनताले केपी शर्मा ओली नेपालका प्रधानमन्त्री हुन् कि भारतीय नागरिक हुन् भनेर सोंच्न वाध्य बने । ओलीले मोदीलाई नेपालको टोपी लगाईदिएको भए नेपाली जनता कति गौरवको महशुश गर्थे होला ? कि ओलीले जानकी मन्दिर र प्रदेश नं. २ एक अर्ब रुपियाँमा बेचेकै हुन् ?

के एउटा देशको प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको नाम थाहा पाउँदैन ? मोदीले आफ्नो भाषणमा दुई–दुई पटक ओलीको नामलाई कोली भने । के संयोग मात्र हो कि नेपाल र नेपाली जनताको अपमान गरिएको हो ? भारतीय प्रधानमन्त्रीले आफूलाई कोलीभन्दा प्रधानमन्त्री ओलीले आफूलाई होंच्याइएको अनुभूति गर्न पर्दैन ? हुन त प्रधानमन्त्री ओली भारतीय नागरिक कोहली जस्तै भाषा, भेषभूषामा देखिएकाले आफ्नो बफादार नागरिकका रुपमा मोदीले ओलीलाई कोहली पो भनेका हुन् कि ? त्यति मात्र हैन आफ्नै देशको भाषा, भेषभूषामा देखिएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई “मेरी भाई साब कोली” भनेर सम्बोधन गरे । नक्कली राष्ट्रवादी “मेरी भाई साब कोली”ले आफ्नो राष्ट्र र राष्ट्रियता नै बिर्सेर आफ्नो दाजुको हितमा काम गर्न यस्ता राष्ट्रघाती कदमहरु गरेका छन्, जुन नेपाली जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।

अक्षम्य राष्ट्रघाती काम गरेका नक्कली राष्ट्रवादी केपी शर्मा ओलीले यति ठूलो राष्ट्रघाती कदम एक्लै गर्ने हिम्मत गरेका हैनन् । आफ्नो राजनीतिक लवि परिवर्तन गराउन उनकै राजनीतिक सत्ता साझेदार नेकपा माओवादी केन्दले सहयोग गरेको हो । भारतको इशारामा नेपाली जनताको क्रान्तिलाई धोखा दिएका पुष्पकमल दाहाल एण्ड कम्पनी माओवादी केन्द्रले उनलाई काँग्रेस आईको लविबाट भारतीय जनता पार्टीको लविमा पुर्याएको हो । भारतीय बफादार कार्यकर्ता पुष्पकमल दाहालले नेपाली जनक्रान्तिलाई त समाप्त गरे, पार्टी पनि भारतकै इशारामा विघटन गरे । उनले भारतकै इशारामा नेकपा एमाले कब्जा गर्दैछन् । ओली र दाहालको गठबन्धनले अझै के कति राष्ट्रघाती कामहरु गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

Credit : janasanchar.com

नेकपाका केन्द्रीय सदस्य राईलगायत पाँच जनालाई रिहा गर्ने अदालतको आदेश लत्याउदै अदालत परिसरबाटै फेरी गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ५ जना नेताहरुलाई अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाट नै गएराती राति पौने १० बजे गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम, सेक्रेटरी नवराज भट्टराई र तेहथुमको सेक्रटरी कमला लिम्बुलाई जिल्ला अदालत उदयपुरले आज सामान्य धरौटिमा रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
गत चैत ५ गते राती धनकुटाको हिलेमा पार्टीको बैठक बसिरहेका बखत गिरफ्तारीमा परेका उनीहरुलाई धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडेपनि पुन: गिरफ्तार गरी  जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको थियो ।
राई सहित पाँचै जना नेताहरुलाई मोरङ्ग लैजाने तयारी गरेको छ । उनीहरुसँगै गिरफ्तार गरिएका राजकुमार दंगाल र दिब्यराज बराललाई भने प्रहरीले संङखुवासभा लगेको छ ।

उदयपुर जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएपनि स्थानीय प्रशासनले फेरी गिरफ्तार गर्न अदालत परिसरमा ब्यापक मात्रामा प्रहरी परिचालन गरेपछि नेकपाका सात जना नेता तथा कार्यकर्ताहरु नेपाल बार एसोसिएसन उदयपुरको संरक्षणमा बार परिसरमा रहेका थिए ।

नेपाल बार एसोसिएशन उदयपुरको संरक्षणमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरण राई, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामी रहेका थिए l

नेपाल कम्युनिस्ट पार्टीको चुनाव वहिस्कारको सन्दर्भलाई लिएर गत मंसिर १२ गते नेपाली कांग्रेसका नेता हिमाल कार्कीको गोठमा बम विस्फोट गराएको विषयलाई लिएर नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरणलाई, दिव्यराज वराल, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, राजकुमारी लङ्गाल, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामीलाई गिरफ्तार गरेको थियो ।

तर आज बम विस्फोट मुद्दामा धुनछेक सम्बन्धि सुनुवाइ हुँदा दिव्यराज बराल र राजकुमार दङ्गाललाई संखुवासभामा अर्को मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो भनें अन्य ७ जनालाई जनही १० हजार धरौटी राख्ने आदेश दिएपनि प्रहरीले समात्ने तयारी गरेको थियो ।

उनीहरुको मुद्दामा बरिष्ठ अधिवक्ता एवं पूर्व सभासद् एकाराज भण्डारी, अधिवक्ताहरु क्रमशः नारायणप्रसाद तिवारी, इन्द्रबहादुर तामा, वैकुण्ठ दाहाल, श्यामानन्द चौधरी सोमनाथ ढुंगाना र दीपेन्द्रदेव पाण्डेले बहस गर्नु भएको थियो ।

धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेका  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएको थियो l त्यसपछी उनीहरुलाई फेरी गिरफ्तार गरेर उदरपुर पुर्याइएको थियो । पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई उनीहरु पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट गिरफ्तारीमा परेका थिए ।

 

Credit : janasanchar.com

नेकपाका केन्द्रीय सदस्य राईलगायत सात जनालाई रिहा गर्न अदालतको आदेश लत्याउदै फेरी गिरफ्तारीको तयारी

दलाल राज्यसत्ता आफैले बनाएको कानुनलाई धज्जी उडाउदै नेपाल कम्युनिस्ट पार्टीविरुद्ध दमनको नीति अपनाइरहेको छ l राजा ज्ञानेन्द्रको निरङ्कुश शासनलाई झझल्को दिने गरी अदालतले थुनामुक्त गर्न आदेश दिएपनि नेकपाका नेता तथा कार्यकर्ताहरुलाई फेरी अदालत परिसरबाटै गिरफ्तार गर्ने क्रमलाई तिब्रता दिन थालेको छ l

उदयपुर जिल्ला अदालतले हिजो नेकपाका केन्द्रीय सदस्य किरण राईलगायतका ७ जना नेता कार्यकर्ताहरुलाई जनही १० हजार धरौटि लिइ छाड्ने आदेश गरेको छ l तर स्थानीय प्रशासनले फेरी गिरफ्तार गर्न अदालत परिसरमा ब्यापक मात्रामा प्रहरी परिचालन गरेपछि नेकपाका सात जना नेता तथा कार्यकर्ताहरु अहिले नेपाल बार एसोसिएसन उदयपुरको संरक्षणमा बार परिसरमा रहेका छन् l तर बारको परिषरमा प्रहरीले घेररिराखेको छ ।

अहिल्र नेपाल बार एसोसिएशन उदयपुरको संरक्षणमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरण राई, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामी रहेका छन् l उनीहरुलाई गत चैत ५ गते सुतिरहेको अवस्था प्रहरीले गिरफ्तार गरेको थियो l

हिजो दिउँसो उदयपुर अदालतले उनीहरुलाई जनही १० हजार धरौटि लिइ छाड्ने आदेश गरेको थियो l  नेपाल कम्युनिस्ट पार्टीको चुनाव वहिस्कारको सन्दर्भलाई लिएर गत मंसिर १२ गते नेपाली कांग्रेसका नेता हिमाल कार्कीको गोठमा बम विस्फोट गराएको विषयलाई लिएर नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरणलाई, दिव्यराज वराल, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, राजकुमारी लङ्गाल, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामीलाई गिरफ्तार गरेको थियो ।

तर आज बम विस्फोट मुद्दामा धुनछेक सम्बन्धि सुनुवाइ हुँदा दिव्यराज बराल र राजकुमार दङ्गाललाई संखुवासभामा अर्को मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो भनें अन्य ७ जनालाई जनही १० हजार धरौटी राख्ने आदेश दिएपनि प्रहरीले समात्ने तयारी गरेको थियो ।

उनीहरुको मुद्दामा बरिष्ठ अधिवक्ता एवं पूर्व सभासद् एकाराज भण्डारी, अधिवक्ताहरु क्रमशः नारायणप्रसाद तिवारी, इन्द्रबहादुर तामा, वैकुण्ठ दाहाल, श्यामानन्द चौधरी सोमनाथ ढुंगाना र दीपेन्द्रदेव पाण्डेले बहस गर्नु भएको थियो ।

धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेका  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएको थियो l त्यसपछी उनीहरुलाई फेरी गिरफ्तार गरेर उदरपुर पुर्याइएको थियो । पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई उनीहरु पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट गिरफ्तारीमा परेका थिए ।

 

Credit : janasanchar.com

हिन्दू युवा महासंघका अध्यक्ष तिवारीको हत्यारा कटहरीया नगरपालिकाका मेयर कुश्वाह पक्राउ

हिन्दू युवा महासंघका अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमा जन्मकैद सजाय सुनाइएका रौतहट कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाह पक्राउ परेका छन् । बिहीबार राजधानीको शान्तिनगरबाट मेयर कुश्वाह पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुष्कर कार्कीले जानकारी दिए ।

तिवारीको हत्या अभियोगमा उच्च अदालतको अस्थायी इजलास वीरगन्जका  न्यायधिशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले गत फागुन २८ गते सियारामलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। अदालतले फैसला भएको झण्डै दुई महिनापछि मात्र गत मङगलबार सियरामलाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रचार गरेको थियो। उच्च अदालतको अस्थायी इजलाशले जन्म कैदको फैसला गरेपछि सियारामले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले तिवारीको हत्या अभियोगमा सफाई दिएपछि उनी रिहा भएका थिए।पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि तिवारीकी श्रीमती बवितादेवि तिवारीले मुद्धा दायर गरेकी थिइन ।

माओवादी केन्द्रबाट मेयरमा निर्वा्चित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा लगाइएको थियो।

अदालतले गत मङगलबार पक्राउ पुर्जी जारी गरेपछि सियारामले अदालतको फैसलापछि हाजिर हुन पाउने ७० दिनको म्यादको समय नसकिदैं अदालतबाट पक्राउ पुर्जी जारी हुनु दुखद भएको प्रतिक्रिया दिएका थिए। सरकारवादी फौजदारी मुद्दामा दोषी ठहर भई सजाय पाएका व्यक्तिले सरकारी कामकाजको जिम्मेवारी बहन गर्न नसक्ने कानुनी व्यवस्था भए पनि मेयर सियारामले पदमै बसेर कामकाज गर्दै आएका थिए।  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सियाराम रौतहटको कटहरीया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो। प्रहरीका अनुसार मोटरसाइकलमा मन्दिरमा पुगेका सियराम र बाराको हरैयाका अमनप्रसाद कुशवाहा मध्ये  सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए। हत्यापछि फरार रहेका सियरामलाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डराबाट पक्राउ गरेको थियो। तर, जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाई दिएपछि उनी पक्राउ परेको एक महिनापछि नै  रिहा भएका थिए।

तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरेको थियो। उनी हाल वीरगन्ज कारागारमा छन्। अमनकै बयानका आधारमा प्रहरीले २०७० सालमा सियारामलाई पनि पक्राउ गरेको थियो।

Credit : janasanchar.com

मोदीबिरुद्ध काठमाडौंमा उत्रिन नेकपाको आह्वान

नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनतालाई सास्ती दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विरुद्ध सबै जनतालाई काठमाडौंमा उत्रिन आह्वान गरेको छन । मोदी सरकार बनेपछि नेपालमाथिको भारतीय हस्तक्षेप इतिहासमा नै बढेर गएको, राष्ट्रघाती अरुण–३ परियोजनाको भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीले काठमाडौंबाट नै संयुक्त उद्घाटन गर्ने, भ्रमणका नाममा कुटनीतिक मर्यादा उल्लखंन गर्दै भारतीय सेना र हतियार भित्राउने, विगतमा असकान सन्धि/सम्झौताका बारेमा केही नबोल्ने, नेपालका जलस्रोत लगायतका प्राकृतिक साधन/स्रोतमाथि कब्जा गर्ने रणनीति बनाउने जस्ता नेपालको सार्वभौमिकतामाथिको ठाडो चुनौति दिएको भन्दै वैशाख २९ गते काठमाडौंमा विरोध गर्न सडकमा उत्रिन नेकपाले आह्वान गरेको हो ।
उसले देशका सबै देशभक्त, राष्ट्रवादी र जनतान्त्रिक शक्तिलाई उक्त विरोध कार्यक्रममा सहभागि भइ देशभक्तिपूर्ण आन्दोलनलाई सफल पार्न पनि अपील गरेको छ । सबैलाई थाहै छ, आफूलाइृ देशभक्त भनाइरहेको केपी ओली र उनको सरकारले नेपालमा मोदीको भ्रमणसँग जोडिएर भएका राष्ट्र र जनता विरोधी हर्कतलाई टुलुटुलु हेरेर बसिराखको छ । साथै यो सरकारले नेपालको भूमिमाथि भएको अतिक्रमण, विगतका असमान र राष्ट्रघाती सन्धि/सम्झौता, ५ महिलासम्म लगाएको अघोषित नाकाबन्दीका बारेमा केही पनि नबोलेर मालिक खुशी पार्ने नीति लिएको छ । अहिले सबै पक्षबाट मोदीको नेपाल भ्रमण व्यापक विरोध भएको छ ।
यसै गरी नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको रहस्यमय र नेपाली नागरिकको चाहना विपरीतको नेपाल भ्रमणको विरोध गरेको छ । बिहीबार नेकपाका पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागि हुन अपिल गर्नुभएको छ ।
उहाँर्ले अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापित भै आजसम्म नहटाइएको कथिर्त बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटाएसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ बताउनु भएको छ । इन्चार्ज विरहीको विज्ञप्तिमा राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रामण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधर्को प्रायश्चित’ गर्न यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ।’ उल्लेख छ । साथै, उहाँले नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दै घोर आपत्ति जनाउनु भएको छ ।

Credit : janasanchar.com

मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम : आनन्दस्वरूप वर्मा

प्रधानमन्त्री पदमा सत्तासिन भएपछि नरेन्द्र मोदीले निकै धुमधामका साथ ३ अगस्ट २०१४ मा नेपालको यात्रा गरे । त्यो मोदीको चरम उत्कर्षको काल थियो । देशभित्र उनी जहाँ पनि जान्थे ‘मोदी–मोदी’ भनेको सुनिन्थ्यो । त्यतिबेला निकै ठूल्ठूला प्रतिबद्धता गरिएका थिए, ठूल्ठूला घोषणा गरिएका थिए र जनतालाई पनि निकै ठूलो आशा थियो । भुटान र नेपालको यात्रापछि मोदीले दुनियाका विभिन्न देशहरूको यात्रा गरे । अधिकांश देशहरूमा उनका दूतहरू पहिले नै गएर सबै व्यवस्था गरेर आउने गर्थे । उनीहरूले कति बेला कहाँबाट नारा लगाउने हो, कहाँ र कति बेला उनको स्वागत गर्ने हो र कुन कोणबाट क्यामेराहरूले मोदीलाई ‘प्रोजेक्ट’ गर्ने हो पहिले नै व्यवस्था गरिसकेका हुन्थे ।

खासगरी सेप्टेम्बर २०१४ मा मेडिसन स्क्वायरमा ¥यालीभन्दा दुई महिनाअघि राष्ट्रिय स्वयम्सेवक सङ्घको तर्फबाट राम माधव र खासगरी बीजेपीका वैश्विक संयोजक विजय जोलीले अमेरिका गएर त्यहाँका प्रवासी भारतीयहरूका बीच जसरी काम गरे त्यो त ठूला–ठूला विज्ञापन कम्पनीहरूले सिक्नलायक कुरा थियो । देशभित्र पनि मिडियालाई कसरी ‘म्यानेज’ गर्ने गरिन्छ, त्यसको कला पनि मोदीले मानिसहरूलाई निकै राम्रो गरी सिकाए ।

मोदीको दोस्रो यात्रा सन् २०१४ कै नोभेम्बरमा भयो, जब उनी सार्क मुलुकहरूको सम्मेलनमा भाग लिनका लागि काठमाडौं पुगे । त्यो यात्रा अलिक तितो भयो । त्यस यात्रा भन्दाअघि मोदीले आफ्नो भाषणका क्रममा के भनेका थिए भने यस पटक नेपालमा निकै धेरै अधुरा कामहरू पूरा गर्नुपर्नेछ । जुन पछिल्लो बीस–तीस वर्षदेखि रोकिएका छन् । त्यो यात्रा अलिक पीडादायी नै थियो । किनभने उनले पहिलेदेखि नै के तय गरेका थिए भने सार्क सम्मेलनमा भाग लिनुका साथै उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रा समेत गर्नेछन् । त्यसै अनुरूप प्रधानमन्त्री कार्यालयले मोदीजी सडक मार्गबाट जनकपुर प्रवेश गर्ने र जानकी मन्दिरमा हुने राम–सीताको विवाह अवसरमा सहभागी हुनेछन् भन्ने कार्यतालिका बनाएको थियो ।

जी न्युजले ‘मोदी चले राम के ससुराल’ (मोदी हिँडे रामको ससुराली) शीर्षकमा एउटा कार्यक्रमको प्रसारण पनि सुरु गरिसकेको थियो, जसमा स्क्रिनमा राम–सीता र मोदीको तस्बिर एकै साथ देखाउने गरिन्थ्यो र पृष्ठभूमिमा एउटा गीत बजिरहेको हुन्थ्यो– ‘पडन लागी भांवरिया पिया रघुवर जी के संग’ । त्यसका साथै जनकपुरमा एउटा सार्वजनिक सभा गर्ने र त्यस सभामा नेपालको विकासलाई ध्यान दिँदै केही महत्वपूर्ण घोषणा गर्ने कार्यक्रम थियो । राष्ट्रिय स्वयम् सेवक सङ्घको नेपाल शाखा ‘हिन्दु स्वयम् सेवक सङ्घ’का साथै ‘सीमा जागरण मञ्च’ र ‘हिन्दु जागरण मञ्च’ जस्ता साना–ठूला धेरै सङ्गठनहरू मोदीको स्वागतका निम्ति तयारीमा जुटेका थिए ।

५० वर्षसम्म सत्तामा टिकिरहने जस्तो खाले भ्रमजाल मोदीले पैदा गरेका थिए, त्यसबाट भारतका जनता त मुक्त हुँदैछन् तर नेपालका नेताहरूको निद्रा अझै खुलेको छैन । यी नेताहरूलाई सायद के कुराको आभास छैन होला भने आजको मोदी र उनको पार्टी सन् २०१४ को जस्तो होइन ।

तर नेपालमा त्यसको विरोध भएको देखेर सडक मार्गबाट जनकपुर जाने कार्यक्रममा नेपाल सरकारले रोक लगाइदियो । सरकारले सुरक्षाको प्रयाप्त तयारी हुन नसकेको भन्यो । जनकपुरमा हुन लागेको सार्वजनिक सभालाई पनि सरकारले रद्द गरिदियो । किनभने माओवादी पार्टी र नेकपा (एमाले)ले उक्त कार्यक्रमलाई उचित ठानेका थिएनन् । त्यति बेला उनीहरूको के दलिल थियो भने सार्क मुलुकको अथवा कुनै पनि राष्ट्राध्यक्षले यदि आमसभा गर्ने माग गर्न थाल्यो भने के हामीले त्यो पूरा गर्ने ? मोदीले के सोचेका थिए भने सन् २०१५ मा विहार विधानसभामा निर्वाचन हुने हो । त्यसैले जनकपुरको सभाबाट नेपालको मधेसमा आफ्नो दबदबा कायम गर्नुका साथै विहार चुनावका लागि आफ्नो माहौल तयार गर्नेछु ।

योजना कतिसम्म थियो भने सभापछि जनकपुरमा विद्यार्थी र युवाहरूलाई केही हजार साइकल र पाठ्य सामग्री उपहार दिइनेछ । त्यति बेला प्रधानमन्त्रीका रूपमा नेपाली काँग्रेसका सुशील कोईराला थिए । कोइरालाको गठबन्धन सरकारमा एमालेका वामदेव गौतम उपप्रधानमन्त्री थिए, जसले १३ नभेम्बरमा स्पष्ट शब्दमा मोदीको कुनै सार्वजनिक सभा नहुने तथा न त उनले आफ्नो यात्राका क्रममा उपहार बाँड्ने छन् भने । मोदीका लागि यो निकै तीतो अनुभव थियो । परिणाम स्वरूप उनी हवाई मार्गबाट काठमाडौं गए र सार्क सम्मेलनमा भाग लिएर दिल्ली फर्किए ।

भारत–नेपाल सम्बन्धको जटिलताको अत्यन्त महत्वपूर्ण परिघटना त्यति बेला सतहमा देखियो जतिबेला नेपालले आंशिक रूपमा धर्मनिरपेक्ष तर पूर्ण रूपमा ‘हिन्दु राष्ट्र’ शब्दावलीलाई संविधानबाट अलग्याउँदै आफ्नो संविधान जारी ग¥यो– मोदी सरकारको विरोधका बाबजुद । मधेसी जनताको मागलाई बहाना बनाएर भारतले कसरी प्रतिशोधको भावनाबाट नेपालका खिलाफ आर्थिक नाकाबन्दी ग¥यो । कसरी मधेसी सङ्गठनहरूले यस काममा उसलाई साथ दिए र कसरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यस कठिन समयमा नेपाली जनताको भित्र राष्ट्रवाद पैदा गराए, जसको सीधा निसानामा भारत थियो– त्यसको बेग्लै राम कहानी छ ।

निश्चित रूपमा त्यो नाकाबन्दीले केपी ओलीलाई एउटा नयाँ जीवन प्रदान ग¥यो र लोकप्रियताको लहरमा सवार भएर उनी आज झण्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्रीको पदमा आसिन भए । मोदीले जम्मा एक महिनाअघि भारतमा बोलाएर केपी ओलीको जबरजस्ती स्वागत गरे तर जनकपुर यात्रा रद्द भएको तुष जसरी मनमा गाँठो परेको थियो, त्यो भने मेटिन सकेन । फर्किएर त्यो समय आज फेरि त्यहीँ आइपुगेको छ, जहाँबाट पछिल्लो दुर्घटनाको सम्झनाको अन्त्य गर्न सकिनेछ ।

यस पटकको यात्रामा ती सबै कुराहरू हुँदैछन् जुन अघिल्लो पटक हुँदाहुँदै रोकिएका थिए । जनकपुरमा विशाल सभाको आयोजना गरिएको छ । जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दनको योजना छ । मौसम राम्रो भयो भने मुक्तिनाथको तीर्थयात्रा हुनेछ । केपी ओली र प्रचण्ड दुवै हात बाँधेर यी सम्राटको सेवामा तत्पर रहनेछन् । जुलाई २०१६ मा ओलीको सरकार ढालेर र मोदीसँग आफ्नो ‘क्यामेष्ट्री’ मिल्ने कुरा गरेर प्रचण्डले यसअघि आफ्नो बफादारिताको प्रदर्शन गरिसकेका थिए, अब पालो ओलीको हो र उनी अनुकूल समय हेरिरहेका छन् ।

५० वर्षसम्म सत्तामा टिकिरहने जस्तो खाले भ्रमजाल मोदीले पैदा गरेका थिए । त्यसबाट भारतका जनता त मुक्त हुँदैछन् तर नेपालका नेताहरूको निद्रा अझै खुलेको छैन । यी नेताहरूलाई सायद के कुराको आभास छैन होला भने, आज मोदी र उनको पार्टी त्यो होइन, जुन सन् २०१४ मा थियो । गोरखपुर र फूलपुरमा हालै भएको लोकसभा उपचुनावमा भाजपाले नराम्रो हार बेहोरेको कुरा त नेपाली जनताले थाहा पाइसकेको हुनुपर्छ तर उनीहरूलाई के थाहा नहुन सक्छ भने सन् २०१४ देखि आजसम्म लोकसभाको जुन २३ उपचुनाव भयो त्यसको १९ ठाउँमा भाजपाका उम्मेदवारहरूले पराजयको समना गर्नु प¥यो ।

अब मोदीका सभामा मोदी–मोदी भनेर चिच्याउनेहरूको घाँटी सुकिसकेको छ । भारतका जनताका साथ उनले जति प्रतिबद्धता व्यक्त गरेका थिए, ती सबै झुठो सावित भइरहेका छन् र यो कुरा मानिसहरूले बुझ्न थालेका छन् । मानिसहरूले के हेर्न थालेका छन् भने किसानहरूको आत्महत्या, बेरोजगारीको प्रश्न, कालो धन, बढ्दो मूल्यवृद्धि, पेट्रोलको मूल्यवृद्धि आदि मुद्दामा कुनै चर्चा भइरहेको छैन । पछिल्ला चार वर्षहरूमा सम्पूर्ण राजनीति लब जेहाद, गाई, बन्देमातरम, भारतमाता आदिको वरपर घुमी रहेको छ । सम्पूर्ण मुस्लिम समुदायलाई राष्ट्रविरोधी चित्रित गरेर उनीहरूलाई आतङ्कको कालो बादलमा बाँच्न विवस पारिएको छ । वैज्ञानिक सोचका खिलाफ माहौल तयार गरिँदैछ ।

त्यतिबेला हिट्लर समर्थक ‘आर्यन’ वैज्ञानिकहरूले ‘यहुदी आइन्स्टाइन’का समर्थकलाई राष्ट्रविरोधी करार गरेका थिए । त्यतिबेला पनि के लाग्थ्यो भने समग्र वातावरणमै भाङ मिसिएको छ । त्यहाँ परिस्थिति हिंस्रक ढङ्गले फेरियो किनभने जनतन्त्रलाई हिटलरले बन्धक बनाएका थिए । भारतमा अहिले त्यस्तो अवस्था छैन । त्यसैले ५० साल त टाढाको कुरा सन् २०१९ मा पनि भाजपाले सरकार बनाउन कठिन छ ।

चिकित्सा विशेषज्ञहरूको सभामा जब देशका प्रधानमन्त्रीले गर्वका साथ गणेशको सुँडबाट प्राचीनकालमा हाम्रोमा प्लास्टिक सर्जरी थियो भनेर भन्छ भने र त्रिपुराका नवनिर्वाचित मख्यमन्त्रीले महाभारतकालमा धृतराष्ट्रलाई युद्धको बयान गर्ने सन्जयले त्यसो गर्न सकेको कारण त्यति बेला नै हाम्रोमा इन्टरनेट भएर हो भन्छ भने तपाईंले त्यसलाई के भन्नु हुन्छ ! यसलाई ‘मूर्ख’, ‘अज्ञानी’हरूको जमात भनेर हलुका ढङ्गले हेर्न मिल्दैन । यस बारेमा इतिहासमा के अङ्कित छ भने प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनका खिलाफ हिटलरको नाजी पार्टीले जसरी दस आरोपहरूको सूची तयार पारेको थियो त्यसमध्ये एउटा सापेक्षताको सिद्धान्त प्रतिपादित गरेको भन्ने थियो ।

त्यति बेला हिटलर समर्थक ‘आर्यन’ वैज्ञानिकहरूले ‘यहुदी आइन्स्टाइन’का समर्थकहरूलाई राष्ट्रविरोधी करार गरेका थिए । त्यति बेला पनि के लाग्थ्यो भने समग्र वातावरणमै भाँङ मिसिएको छ । त्यहाँ परिस्थिति हिंस्रक ढङ्गले फेरियो किनभने जनतन्त्रलाई हिटलरले बन्धक बनाएका थिए । भारतमा अहिले त्यस्तो अवस्था छैन । पछिल्लो पटक उत्तर प्रदेशमा हासिल गरेको ७० सिटले भाजपालाई प्रबल बहुमतमा पु¥याएको थियो, जुन अब सपा–बसपाको एकजुकताबाट सम्भव देखिँदैन । राजस्थान, मध्येप्रदेश र छत्तीसगढमा पनि हालत निकै खराब छ । ५० साल त टाढाको कुरा सन् २०१९ मा पनि भाजपाले सरकार बनाउन कठिन छ ।

१२ मेमा कर्नाटकमा चुनाव हुँदैछ र १० मेपछि चुनाव प्रचार रोकिनेछ । ११ मेमा जनकपुरमा हुन लागेको आफ्नो आमसभा मार्फत टेलिभिजनको साहारा लिएर मोदी कर्नाटक निर्वाचन प्रचारको मौकालाई छोपेर त्यसलाई प्रयोग गर्न चाहन्छन् । सन् १०१४ को कुरै वेग्लै थियो । आजसम्म पनि नेपाली जनताले नाकाबन्दीको पीडा भुल्न सकेका छैनन् । त्यसैले होला जनताको निकै ठूलो समूहबाट मोदीले आफ्नो यस यात्राका क्रममा नाकाबन्दीका लागि नेपाली जनतासँग माफी मागून् भन्ने चाहन्छन् । त्यसो त सन् २०१५ मा जतिबेला नेपालले भीषण भूकम्पको त्रासदी बेहोरी रहेको थियो, त्यति बेला भारतले सहयोग त ग¥यो तर त्यो सहयोगका स्वरूप कस्तो थियो भने नेपाली जनता के सोच्न बाध्य भए भने बरु यो सहयोग नगरेको भए निकै राम्रो हुन्थ्यो ।

भारतको एउटा टेलिभिजन चैनलले नेपालमा गइरहेको राहत सामग्रीका साथ आफ्नो स्क्रिनमा मोदीको तस्बिर देखायो र ठूलो अक्षरमा ‘रक्षक’ लेख्यो । अर्को च्यानलले मोदीको तस्बिरका साथ ‘नेपालको रक्षक’ लेख्यो । यी सबै कुराले सीमा नाघेपछि कान्तिपुर रेडियोले एउटा रिपोर्ट प्रसारण ग¥यो, जसको शीर्षक थियो– ‘उद्धारभन्दा प्रचार बढी’ भन्नुको अर्थ राहतको आडमा आफ्नो प्रचार । २९ अप्रिल २०१५ मा नयाँ दिल्लीबाट प्रकाशित ‘जनसत्ता दैनिक’मा पुष्परञ्जनले ‘ऐसी सहायता पर मुग्ध मत होइए’ शीर्षकमा लेख लेखेर भारतको नीतिको तीखो आलोचना गर्दै के भने भने भाजपाका केही नेताहरू यसलाई ‘विजय अभियान’का रूपमा प्रचार गर्न लागेका छन् र यसबाट आजसम्मका सबै काममा पानी फेरिने खतरा छ ।

यी सबै कुरा नेपाली जनताको मनबाट मेटिएको छैन, साथै यी कुराहरूलाई नाकाबन्दीले झन धेरै विषालु बनाइदिएको छ । नेपालको व्यापक जनमत यस्ता व्यक्तिको नागरिक अभिनन्दन गरियोस् भन्ने पक्षमा छैन, जसले नेपालका नागरिकलाई यति नराम्रा दिनहरू देखाए । नेपालका वर्तमान गृहमन्त्री रामबहादुर थापाले भलै यस पटकको मोदीको यात्रा मात्र धार्मिक र सांस्कृतिक भने पनि विशेषज्ञहरूका अनुसार यस यात्राका क्रममा जलविद्युत परियोजनाहरूलाई पनि अन्तिम रूप दिइनेछ । साँचो कुरा के हो दुवै देशका सरकारले मात्र भन्न सक्छन् ।

तर एउटा कुरा निश्चित छ, भारतको धूर्त, निर्मम र कार्पोरेट घरानाहरूको हितको रक्षा गर्ने सत्ताधारी वर्गका प्रतिनिधि नरेन्द्र मोदीबाट यदि नेपाली जनताले आर्थिक रूपमा आफूहरूलाई उनले शक्ति सम्पन्न बनाइदिनेछन् भन्ने सोचेका छन् भने यो निकै ठूलो भ्रम सावित हुनेछ ।

Credit : janasanchar.com

पानी नै नभएको खोलामा करोडाँ खर्च गरेर सिँचाईको ड्याम निर्माण

अनिल पोखरेल, सप्तरी ।

दिर्घकालीन पानीको स्रोत नै नभएको खोलामा सिचाइको हेड ड्याम निर्माण कार्यमा लगानी गरेर करोडौको बजेट दुरुपयोग भएको छ । वर्षा याममामात्रै प्रयाप्त पानी हुने सप्तरीको रुपनी गाउँपालिका स्थीत दुधैला खोलामा उक्त ड्यामको निर्माण गर्न सिंचाई डिभिजन कार्यालय सप्तरीले करोडौँ रुपयाँको दुरूपयोग गरेको स्थानीयको आरोप छ । करोडाँै खर्च गरेर भौतिक संरचनाहरु निर्माण भएपनी पानीको स्थायी श्रोत नहुदा ब्यर्थको बजेट मात्र खर्च हुने निश्चित रहेको नेपाली काँग्रेस रुपनी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष प्रमानन्द चौधरीले वताए ।

दुधैला खोलामा सेक्टर प्लानका निम्ती हेड ड्याम निर्माण गर्न आएको बजेटलाई जसरी भएपनी तह लगाउने नियतले सिंचाई डिभिजन कार्यालय सप्तरी देखी जनप्रतिनिधीहरु समेत लागी परेको चौधरीले आरोप लगाएका छन । रुपनी गाउँपालिका वडा नम्वर ६ का स्थानीय पुर्ब प्रोफेसर बशन्त बिश्वकर्माले योजना संचालनमा ल्याउनु खुशीको कुरा भएपनि योजनाले सिमित केही ब्यक्तीहरु मोटाउने बाहेक खासै उपलब्धी नहुने बताए ।
सिंचाई डिभिजनका कर्मचारी, उपभोक्ता समिति, ठेगेदार र यससंग संग्लग्न ब्यक्तीहरु बाहेक यस योजनावाट आम जनताले लाभ लिन नसक्ने उनले आरोप लगाए । साबिक तेरहौता गाबिसका उपाध्यक्ष बद्री सरदारले २०५४ सालमा १ करोड बजेट खर्च गरेर वनेको संरचना असफल सावित भई सकेको जानकारी दिदै बर्षेनी पटक—पटक सोही योजना वजेट लगानी गर्नु भनेको वालुवामा पानी हाले सरह हुने बताए । मोटो रकम देखेर आर्थिक प्रलोभनमा नियम विपरित वडा अध्यक्ष गोविन्द सिंह थापा आफै उक्त योजनाको उपभोक्ता समितीको अध्यक्ष वनेको वताउदै लक्षित क्षेत्रमा वजेट खर्च हुनेमा उनले शंका ब्यक्त गरे । दुधेला खोला सिंचाई योजना जल उपभोक्ता संस्था तेरहौता सितापुरका अध्यक्ष समेत रहेको रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष थापाले आफु बिगत देखी नै उक्त योजनाको अध्यक्ष रहेको बताए ।

पछिलो पटक समेत उपभोक्त समिती निर्माण गर्ने क्रममा आफुलाई नै आम जनताले समर्थन गरेकोले वाध्य हुनुपरेको वडा अध्यक्ष थापाको कथन छ । यसवारे सिंचाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ईन्जिनियर राम कुमार खंगले योजनाले वहुसङ्ख्यक किसानहरुले सिंचाईको सुविधा पाउने दावी गरे । खोलामा पानीको श्रोत नभएको भन्ने कुरा निराधार रहेको वताउदै उनले माथी लगाएका आरोपहरुमा सत्यता नरहेको प्रतिक्रिया जनाए ।
यस अघि समेत सिंचाई जलउपभोक्ता संस्था र सिंचाई डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा पानी नै नआउने कुलो खनेको भन्दै स्थानियवासीद्धारा व्यापक आलोजना गरेको समाचार सार्वाजानिक भएको थियो । यस सिंचाई योजनामा २०५४ सालमा १ करोड लगानी भएका छन सथै वर्षेनी विभिन्न वाहानामा लाखौ खर्च हुने गरेका छ भने चालु आबमा समेत ६० लाख भन्दा वढी रकम खर्च भई सकेको छ भने अझै काम सुचारु अवस्थामा रहेका छन । साभार : अन्नपुर्णटिभी डट कम 

Credit : janasanchar.com