विश्वकप फुटबलः अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । दुवै टिमले विश्वकप सेमिफाइनलको तीतो विगत भुल्दै फाइनल पुग्ने चाहना राखेका छन् । आज यी दुईबीचको विजेताले उपाधि भिडन्तमा फ्रान्सको सामना गर्नुपर्ने छ । खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुने छ ।

इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन।

४ वर्षअघि ब्राजिलमा टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २-१ ले निराश बनेको थियो । क्रोएसिया पनि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो।

इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई निराश पार्दै विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाएको थियो । त्यस क्रममा गोलकिपर जोर्डन पिकफर्डको प्रदर्शन प्रशंसनीय रह्यो । शनिबार स्विडेनलाई २-० ले निराश पार्दै २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्दा पनि पिकफर्डको प्रदर्शन उच्च थियो।

पहिलो खेलमा ट्युनिसियालाई २-१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६-१ को प्रभाभशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो। इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ ।

टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्।

यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो। जारी प्रतियोगितामा क्रोएसियाका कप्तान लुका मोडरिचले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

मोडरिचले ५ मध्ये ३ खेलमा म्यान अफ दी म्याचको अवार्ड जितिसकेका छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले टोलीले अन्तिम ४ सम्मको यात्रा पक्का गर्न धेरै संघर्ष गरे पनि इङ्ल्यान्डको उपाधिलक्ष्यमा तगारो बन्नका लागि शक्ति जोगाएर राखेको बताए।

Credit : onlinepana.com

जुम्ला–रारा अल्ट्रा म्याराथुन जुम्लामा सुरु लेखक देखि अन्तर्राष्ट्रिय धावकसम्म सहभागी

जुम्ला कर्णालीमा पहिलो पटक पर्यटन प्रवर्दनका लागि जुम्ला रारा अल्ट्रा म्याराथुन बुधबार विहान ७ बाट शुरु भएको हो । यसैगरी, पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्टस क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिता शुरु गरिएको छ । जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगितामा लेखक रामसिह रावल देखि अन्तराष्ट्रिय धावक सुनमाया बुढा लगायतको खेलाडीहरुको सहभागिता रहेको थियो ।

‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रलाई विश्वमा पहिचान गराइ पर्यटन प्रर्वद्धन गर्नका लागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनु भयो । उनका अनुसार, खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने उदेश्यका साथ यो आयोजना गरिएको हो ।

कर्णालीमा पहिला राष्ट्यि स्तरको अल्ट्रा म्याराथुन प्रतियोगितामा स्थानीय गरी जम्मा ८० खेलाडी सहभागी भएका थिए । जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधी पाईसकेका खेलाडीहरु पनि सहभागी छन् । ति मध्य १६ जना महिला खेलाडि पनी रहेका छन् ।

भने, बाँकी सबै पुरुष रहेको आयोजकले जानकारी दिएको छ । जुम्ला सदरमुकाम देखि शुरु भएको दौड मुगुको हुटु लेकमा सकिने सकिने छ । अध्यक्ष सरोज शाहिका अनुसार, ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टाकामा मिट प्वाईन्टमा पुगिसक्नु पर्ने छ ।

उनले भने, ‘जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’ उक्त प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लव लगायतका खेलाडी सहभागी हुने भएका छन् । पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालिका लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लबले जनाएको छ ।

Credit : raranews.com

१२ वर्षपछि फ्रान्स विश्वकप फुटबलको फाइनलमा, वेल्जियम १-० ले पराजित (हेर्नुस भिडियोमा गोल)

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल रह्यो ।

बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Credit : janasanchar.com

बेल्जियमलाई पराजित गर्दै २० वर्षपछि फ्रान्स विश्वकप फाइनलमा

बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो।

सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।

बेल्जियमलाई फ्रान्सले खेलको दोश्रो हाफमा ५१ औं मिनेटमा गोल गरेको हो।फ्रान्सका लागि सो गोल स्यामुयल उमटिटीले गरेका थिए। उनले हेडमार्फत सो विजयी गोल गरेका हुन्।

बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो।फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

Credit : onlinepana.com

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

 रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा दुवै टोलीले पाएका केहि सुनौला अवसरलाई पोस्टको दिशा दिन सकेका छैनन्। खेलको २१ औं मिनेटमा बेल्जियमका टोबी आल्डरविरेल्डले डि बक्सबाट प्रहार गरेको शसक्त प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले मुस्किलले बचाएका थिए। त्यस्तै खेलको ३३ औं मिनेटमा फ्रान्सका एमबाप्पेले निकालेको सुन्दर पासलाई जिरौडले सदुपयोग गर्न नसक्दा अग्रता दिन चुकेको छ।

३६ औं मिनेटमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानले एकल प्रयासमा लगेर प्रहारमा लगेर प्रहार गरेको बल फिलतो सावित भयो। ३९ औं मिनेटमा फ्रान्सका पाभाको प्रहार बेल्जियमका गोलकिपरले बचाए। बेल्जियमले पनि पहिलो हाफको अतिरिक्त समयमा पाएको सुनौलो अवसरमा गोल गर्न सकेन्।

फ्रान्सले समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरूलाई १–० र डेनमार्कसँग गोलरहित बराबरीमा रोक्दै समूह ‘सी’ को विजेताको रुसमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ र क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो।

यता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ६–१ र इङ्ल्याण्डलाई १–० ले पराजित गर्दै समूह ‘जी’ को विजेताको रुपमा प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। प्रि क्वाटरफाइनलमा जापानलाई ३–२ र क्वाटरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले निराश पार्दै बेल्जियम सेमिफाइनलमा ठाउँ सुरक्षित गर्न सफल भएको हो।

दुवै टोलीमा युरोपका शीर्ष लिग खेल्ने उत्कृष्ट खेलाडीको बाहुल्य छ। फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिरौडको उपस्थिति छ भने बेल्जियम टोलीमा इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डी ब्रुयना र भिन्सेन्ट कम्पनी, जस्ता उत्कृष्ट खेलाडीको उपस्थिति छ।

४ गोल गरेका लुकाकु जारी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। त्यस्तै फ्रान्सका एमबाप्पेले ३ गोल गरिसकेका छन्।

यी दुई टोली पछिल्लो १९८६ को विश्वकपमा भेटेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले ४–२ ले बाजी मारेको थियो। त्यसपछि फ्रान्स र बेल्जियमबीच प्रमुख प्रतियोगितामा भेट नभए पनि आठ मैत्रीपूर्ण भिडन्त भइसकेका छन्।

पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो। फ्रान्सले एक पटक विश्वकपको उपाधि जितेको छ भने वेल्जियम उपाधि विहीन छ।

Credit : onlinepana.com

स्यामुयल उमटिटीको गोलबाट बेल्जियमविरूद्ध फ्रान्सको अग्रता

रसियामा जारी फ्रान्स र बेल्जियमबीचको खेलमा फ्रान्सले बेल्जियमविरूद्ध अग्रता लिएको छ।फाइनल प्रवेशका लागि जारी खेलमा फ्रान्सले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो।

फ्रान्सका लागि सो गोल स्यामुयल उमटिटीले गरेका हुन्।यस खेलको विजेताले विश्वकपको उपाधिका लागि क्रोएशिया तथा इङल्याण्डबीचको सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।

बेल्जियमविरूद्ध अग्रता लिएको फ्रान्सले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उपाधिका कब्जा जमाएको थियो।

Credit : onlinepana.com

फ्रान्स बलियो कि बेल्जियम, कुन खेलाडी चम्केला –एमबाप्पे कि लुकाकु

रुस विश्वकप फुटबल अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ । यो खेलमा बेल्जियम र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा बुधबार हुने इंगल्याण्ड र क्रोएसियाको खेलको विजेतासँग फाइनल खेल खेल्नेछ ।

मंगलबार हुने सेमिफाइनल खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यो खेलमा जित हासिल गर्ने टोलीका लागि यो निकै गर्विलो इतिहास हुनेछ । फ्रान्स सन् २००६ पछि पहिलोपटक सेमिफाइनलमा पुगेको हो भने बेल्जियमले सन् १८८६ पछि पहिलोपटक सेमिफाइनलको टिकट काटेको हो । जसको कारण यी दुवै टोलीहरुलाई मंगलबारको खेलमा जित हासिल गर्दै इतिहास बलियो बनाउने अवसर हुनेछ ।

फ्रान्स सन् १९९८ को विश्वकप विजेता टोली हो । सन् २००६ मा भएको विश्वकपमा पनि यो टोली फाइनलमा पुगेको थियो तर फाइनलमा इटालीसँग पराजित भएको थियो । यो टोली दुई वर्षअघि भएको युरोकपको पनि फाइनलमा पुगेको टोलीले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

दुई वर्षअघिको फाइनलमा पुगेर पनि युरोकप बचाउन नसकेको पीडा भुलाउनका लागि  समुह चरणमा डेनमार्कसँग बराबरी बाहेक स्पष्ट जित हासिल गर्दै अन्तिम १६ मा प्रवेश गरेको टोलीले अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो ।

क्वार्टरफाइनलको खेलमा पनि उसले उरुग्वेलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो टोलीका युवा खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको कारण पनि उसको टोली सन्तुलित अवस्थामा रहेको देखिएको हो ।

यो टोलीका कायलिन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानजस्ता फरवार्डहरु उत्कृष्ट लयमा रहँदा रक्षापंक्ति पनि राम्रो देखिएको छ । जसको कारण कुनै पनि टोलीका लागि फ्रान्स हराउनु बेल्जियमका लागि मंगलबारको खेलमा ठुलो चुनौती बन्नसक्छ ।

बेल्जियम पनि निकै अहिले राम्रो लयमा देखिएको छ । यो विश्वकपको सुरुवातदेखि नै उसले आफुनो क्षमताबाट सबैलाई चकित पार्दै आएको थियो ।

समुह चरणको सबै खुलमा स्पष्ट जित हासिल गरेको टोलीले अन्तिम १६ को खेलमा जापानलाई उत्कृष्ट पुनरागमन गर्दै हराएको टोलीले क्वार्टरफाइनलमा पाँच पटकको विश्वविजेता टोलीको चुनौती पार लगाएको थियो ।

जसको कारण पनि यो टोलीमा पूर्ण आत्मविश्वास भरिएको छ । यो टोलीका सबै खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । समुहचरणको खेलमा रोमेलु लुकालुको प्रदर्शन उत्कृष्ट देखिएको टोलीमा पछिल्ला खेलहरुमा भने डि ब्रुयानेलगायतका अन्य खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको देखिएको छ ।

यो टोलीमा क्षमतावात् खेलाडी, आवश्यक गति र विपक्षीको रणनीति बुझेर खेल पस्किने क्षमता रहेको छ । जसको कारण बेल्जियमले पहिलोपटक विश्वकपको उपाधि हासिल गर्नसक्छ । मंगलबारको खेलमा उसलाई हराउनु पनि फ्रान्सको लागि ठुलै चुनौती हुनेछ ।

लाइन अप 

मंगलबारको खेलमा फ्रान्सले विपक्षी टोलीको आक्रमणलाई ध्यानमा राख्दै चारजना खेलाडीहरु रक्षापंक्तिमा राख्नसक्छ भने दुई जना खेलाडीहरु मध्यभागमा रहने किसिमको रणानीति बन्न सक्छ ।

सबैभन्दा अगाडि एक फरवार्ड खेलाउँदा त्यो भन्दा तल थप तीन खेलाडीहरुसहितको टोली मैदानमा उत्रिनसक्छ । जसअनुसार उसले ४–२–३–१ को संरचनामा आफ्नो टोली मैदानमा उतार्नसक्ने देखिन्छ ।

बेल्जियमको टोलीले भने मंगलबारको खेलमा विपक्षीको रणनीतिअनुसार नै आफ्नो टोली मैदानमा उतार्नसक्छ । फ्रान्सले यो लाइनअप खेलाएको खण्डमा उसको खेल आक्रामक हुने भएकाले बेल्जियमले रक्षापंक्तिमा चार र सोभन्दा अगाडि तीन गरी सातजना खेलाडीहरुलाई रक्षापंक्तिमा खेलाउने छ भने सबैभन्दा अगाडि एक खेलाडी रहँदा बाँकी दुई खेलाडीहरु त्यसभन्दा केही पछाडि रहनेछन् । जसअनुसार ४–३–२–१ को संरचनामा बेल्जियमको टोली मैदानमा उत्रिन सक्छ ।

हेड टु हेड 

अहिलेसम्म यी दुई टोलीहरुको बीचमा ७३ पटक भेट भइसकेको छ । जसमा २४ पटक फ्रान्स विजयी भएको छ भने ३० पटक बेल्जियमले जित हासिल गरेको छ । बाँकी १९ खेलहरु बराबरीमा सकिएका छन् । सन् १९८६ पछि भने विश्वकपमा यी दुई टोलीहरुको बचिमा अहिलेसम्म भेट भएको छैन । सन् १९८६ को तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सले बेल्जियमलाई पराजित गरेको थियो ।

प्लेयर्स टु वाच एन्गोले कान्टे (फ्रान्स) 

फ्रान्सको टोलीमा कायलिन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र पाउल पोग्वाजस्ता खेलाडीहरु भएकोमा मंगलबारको खेलमा एन्गोलो कान्टेको भूमिका पनि महत्वपूर्ण बन्नसक्छ । चेल्सीका यी मिडफिल्डरको काम मंगलबारको खेलमा आफ्नो सन्तुलन नबिगार्नु रहने छ । साथै कान्टे विपक्षीको रक्षापंक्तिको बीचबाट बललाई पार गराउन पनि सक्ने भएकोले यी फ्रान्सलाई उनको खेल निकै महत्वपूर्ण बन्नसक्छ ।

रोमेलु लुकाकु (बेल्जियम)

बेल्जियमको टोलीमा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ । समुह चरणको सुरुवाती दुई खेलमा चार गोल गरेका यी खेलाडीले त्यसयता उनले गोल गर्न नसकेका भए पनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेका छन् । सही समयमा सही पास मिलाउने र गोलको अवसर सिर्जना गर्ने मामिलामा लुकाकु सबैभन्दा अगाडि छन् ।

Credit : onlinepana.com

सेमिफाइनल : बेल्जियम र फ्रान्स भिड्दै

रसियामा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ।  पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन्।े खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ।  क्वाटरफाइनलमा बेल्जियमले

ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ। एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को

विश्वकपमा फाइनल पुगेको थियो। उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ। सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो। एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे

ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ। यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन्। जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक

विजयी भएको छ। १९ खेल बराबरीमा टुंगिएका छन्। दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो। फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ । विश्वकप फुटबलको दोस्रो

सेमिफाइनलमा बुधबार इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन्। इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

Credit : raranews.com

आयोजक रसियालाई टाइब्रेकरमा ४-३ ले हराउदै क्रोएशिया सेमिफाइनलमा, २० वर्षपछि क्रोएशिया फेरि सेमिफाइनलमा

आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो।

टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो।निक्कै नै आक्रमक र प्रतिष्पर्धात्मक भएको आजको खेलमा रसियाले गोल गर्दे अग्रता लिएको थियो।

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएशियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएशियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो हाफ १-१ को बराबरी खेलेका रसिया र क्रोएशिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिलाए। तर १ गोलबाट पछाडी परेको रसियाले यहि नतिजामा क्रोएशियालाई खेल सुम्पेन। उसले खेलको ११५ मिनेटमा बराबरी गोल फर्कायो र आफ्नो सेमिफाइनल प्रवेशलाई पुन: जीबित पार्‍यो। रसियाका लागि सो सञ्जिबनी गोल फर्नानडेजले गरेका थिए।

यसरी अतिरिक्त समयपनि २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा पुगेको खेलमा रसियाले घरेलु दर्शकलाई ३-४ को नतिजाले निराश पार्‍यो। नतिजा क्रोएशियाको पक्षमा गयो।

क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएशियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो। सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो। उसले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थानमा चित्त बुझाएको थियो।

सो विश्वकपमा क्रोएशियाका डाभोर सुकरले सर्वाधिक ५ गोल गर्दै गोल्डेन बुट जितेका थिए।

२० वर्षपछि क्रोएशिया फेरि सेमिफाइनल आइपुगेको छ। उ सँग आगामी बुधबार हुने खेलमा इङ्ल्याण्डलाई पन्छाउँदै विश्वकप फाइनलमा पुग्ने मौका आएको छ।

Credit : onlinepana.com

बेल्जियमसंग पराजित भएपछि ब्राजिल बाहिरियो

ऐजेन्सी–विश्वकपको उपाधी दाबेदार मानिएको ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसंग २–१ ले पराजित हुंदै ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको हो ।

खेलमा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गरेका थिए । खेलको १३ औं मिनेटमा कर्णरबाट बेल्जियमका भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । बेल्जियमसंग निकै राम्रो खेल खेलेको ब्राजिल गोल गर्न भने सफल हुन सकेन् ।

बेल्जियमका केभिनले खेलको ३१ औ मिनेटमा अर्को उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २–० को अग्रता लियो ।पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले ७६ औं मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटोले हेडमार्फत गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित भएको हो ।

Credit : raranews.com