दशरथ रंगशाला र कबर्ड हल निर्माणका गर्न १० करोड बजेट

काठमाडौं : सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कबर्डहलहरूको मर्मत सम्हार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। उनले खेलाडीहरूको सेवा र सुविधाका लागि सरकारले दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारेका छन्।

मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताए। मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताए।

युवा तथा खेलकुद मन्त्रालयले १२ वर्षे खेलकुद गुरुयोजना पनि तयार पारेको छ। मन्त्री विश्वकर्माले बजेट निर्माणको काममा केन्द्रित हुनु परेकाले राष्ट्रिय खेलकुद नीतिको मस्यौदालाई अन्तिम रुप दिन नसकिएको पनि स्पष्ट पारे। मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको बताए।

त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम संचालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनर्स्थापना कार्यक्रम संचालन कार्यविधि स्विकृत गरिएको पनि उल्लेख गरेको छ। मन्त्री विश्वकर्माले १३ औँ दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई पनि तीव्रता दिइएको पनि बताए।

Credit : raranews.com

यी हुन् विश्वकप फुटबलको समूह चरणमा प्रतिस्पर्धा गर्ने टिम

आगामी जुन १४ बाट विश्वकप फुटबल सुरु हुने भएको छ। यस वर्षको विश्वकप एसियाली देश रुसमा जुन १४ बाट जुलाई १५ सम्म सञ्चालन हुनेछ। विश्वकप फुटबलमा संसारबाट ३२ टिमको सहभागिता रहेको छ। आठ समूहमा खेलाइने खेलमा  यसरी समूह विभाजन गएिको छ।  पहिलो समूह ‘ए’मा आयोजक रुस, साउदी अरब, इजिप्ट र उरुग्वेले लिग चरणका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

त्यस्तै, समूह ‘बी’मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन्। समूह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क आमनेसामने हुँदा, समूह ‘डी’मा अर्जेन्टिना, क्रायसिया, आइसल्याण्ड र नाइजेरिया भिड्ने छन्।त्यस्तै, समूह ‘ई’मा ब्राजिल, स्विट्जरल्याण्ड, कोष्टारिका र सर्विया भिड्ने छन्। समूह ‘एफ’बाट जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन्। समूह ‘जी’मा बेल्जियम पानामा, ट्युनिसिया र बेलायत रहेका छन्।

समूह ‘एच’बाट पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान खेल्ने छन्।  विश्वकको पहिलो खेलमा आयोजक रसियाले साउदी अरबसँग लुजनिक्की रंगशालामा १४ जुनमा प्रतिस्पर्धा गर्ने भएको छ।  स्टेन्स्लाव चेर्चेस्कको प्रशिक्षणमा रहेको रसियाली टिम आयोजक भएको र घरेलु मैदानमा हुने पहिलो खेलमा विजयी सुरुवाताका साथमा विश्वकपको सुरुवात गर्ने दाउमा रहेको छ भने साउदी अरब पनि आयोजकलाई हराउने दाउमा रहेको छ।

विश्वकपको इतिहासमा अहिले सम्म १० पटक भाग लिएको रसिया सन् १९६६ मा अन्तिम चारमा प्रवेश गरेको थियो। सन् १९९४ मा पहिलो पटक विश्वकपमा छनोट भएको साउदी अरबले चार पटक विश्वकप खेलिसेको छ। उसले सन् १९९४ मा अन्तिम १६ मा प्रवेश नै राम्रो प्रदर्शन हो।

Credit : raranews.com

खेलकुदलाई २ अर्ब, हरेक प्रदेशमा रंगशाला

स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए ।सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

Credit : onlinepana.com

म्याचफिक्सिङका खेलाडी अन्जन केसीसहित ६ जना पक्राउ

काठमाडौं : जुवा खेल्ने खेलाउने गरेको आरोपमा उपत्यकाबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्यचफिक्सिङका खेलाडीहरूदेखि सिभिल महल मुभीका मालिकसम्म छन्। आइपिएल क्रिकेटलगायत विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याचफिक्सिङमा परेका पूर्वराष्ट्रिय खेलाडी अन्जन केसीलाई सट्टेबाजी तथा जुवा खेल्ने खेलाउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अर्का सदस्यमा काठमाडौं मैतीदेवीका गौरव तिवारी रहेका छन्। सिभिल महल मुभीका मालिकसमेत रहेका उनले विभिन्न अनलाइनमा एकाउन्ट बनाएर पैसा उठाउने र जुवा खेल्ने खेलाउने गरेको प्रहरीको भनाइ छ। त्यस्तै पक्राउ पर्ने अन्य सदस्यहरूमा भूपेन्द्र शमशेर कुँवर, दिनेश तिवारी,विजय श्रेष्ठ र नरेन्द्र सुवाल रहेका छन्। यस घटनामा डन दावा लामाको समेत संलग्नता रहेको हुनसक्ने प्रहरीले दाबी गरेको छ।

Credit : raranews.com

पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ

काठमाडौं :  म्याच फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो।

केसीसहित ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिस टेकुका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। उनले भने ‘केही समयपछि पत्रकार सम्मेलन गरी जानकारी दिइने छ। ’ पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो।

Credit : raranews.com

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

Credit : onlinepana.com

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

 एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस जितेर बलिङ रोजेको चेन्नई सुपर किंग्सले उपाधिका लागि १७९ रनको विजय लक्ष्य पायाे।

टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको हो। हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लाेस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।

Credit : onlinepana.com

आइपीएलः आज उपाधी भिडन्त, कसले बाजी मार्ला ?

इण्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच भीड्ने छन्।उपाधी भिडन्त मुम्बइको वाङखाडे रंगशालामा हुने छ । आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा छ ।

पाँच दिन अघि पहिलो क्वालिफायरमा यहि स्टेडियममा यी दुवै टिमविच खेल भएको थियो । जसमा चेन्नइ दुई विकेटले विजयी भएको थियो । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुवै टीम ट्रफीका लागि नेपाली समय अनुसार ७ः१५ मा मैदान उत्रिने छन् ।

चेन्नइसँग कप्तान धोनीसहित धेरै खेलाडी ३० वर्ष माथिका छन् ।अनुभवी खेलाडी भएकाले धेरै क्रिकेटप्रेमीले यो संस्करणको उपाधी चेन्नइले नै जित्ने आंकलन गरेका छन् । तर, हैदराबादले यो पटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेकाले चेन्नइलाई उपाधी जित्न त्यति सजिलो छैन ।

हैदराबादसँग अपेक्षाकृत युवा खेलाडी छन्, र उनीहरुले यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् ।हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले पाखा लगाउदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो ।

राशिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो ।खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो ।

समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो ।शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।

उसका लागि क्रिस लिनले सर्वाधिक ४५ रन जोडे । दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन ।कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए ।

उनले ४ ओरभमा १९ रन मात्र खर्चे । यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २–२ विकेट हात पारे ।त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो ।

उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे।मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए ।बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए ।

Credit : onlinepana.com

कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि आर्मीलाई

सुर्खेत : सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही–११ लाई ३७ रनले पराजित गर्दै विभागीय टोली आर्मीले केपिएलको पहिलो सिजनको उपाधि जितेको हो।

उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको रूपन्देहीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। टस जितेर रूपन्देहीले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङ  गरेको आर्मीको सुरुवात राम्रो रहन सकेन। उसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३२ रनको स्कोर मात्र बनाउन सक्यो।

आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए। बलिङतर्फ रूपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुसााल र सन्दिप सुनारले एक विकेट लिए। १३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिंगमा उत्रिएको रूपन्देहीले १७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो। उसका लागि निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन जोडे।

बलिङतर्फ आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २/२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले एक/एक विकेट लिए। खेलको म्यान अफ द म्याच आर्मीको विक्रम शोव भए। प्रतियोगिताको म्यान अफ द सिरिज रूपन्देहीका अलराउण्डर सन्दिप सुनार भए। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे।

उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन भए उनले प्रतियोगितामा एक सतक समेत प्रहार गरेका थिए। पुनले नगद दश हजारसहित ट्रफी प्राप्त गरे। त्यसैगरी उत्कृष्ट बलर बनेका रूपन्देहीका कृष्ण कार्कीले पनि नगद दश हजारसहित ट्रफी प्राप्त गरे। बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कर्णाली प्रिमियर लिगको पहिलो सिजन जेठ ३ गतेदेखि सुरु भएको थियो।

जसमा विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो। यो प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो। हरेक वर्ष केपिएल आयोजना हुने आयोजकले जानकारी दिएको छ।

Credit : raranews.com

विश्वकप फुटबलबारे जान्नैपर्ने कुराहरु…

रुस विश्वकप आउन अब केवल २० दिन बाँकी छ। विश्वकप सुरु हुँदाको समयमा र अहिलेको फुटबलमा धेरै परिवर्तन भइसकेको छ। रुसमा अहिले हुन गइरहेको विश्वकप इतिहासको २१ औं विश्वकप प्रतियोगिता हो।

हालसम्मा आयोजना भएका २० विश्वकप प्रतियोगितामा विभिन्न आठ टोलीहरु विजयी भएका छन्। विश्वकपको उपाधि जित्ने टोलीहरुमा जर्मनी, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंगल्याण्ड र उरुग्वे रहेका छन्।

फुटबलको नतिजाको विषयमा सामान्यतया यसै हुन्छ भनेर अनुमान सकिँदैन तर विश्वकपमा निकै आश्चर्यलाग्नसक्ने नतिजाहरु पनि सम्भव भएका छन्। जसमा सन् १९५० मा अमेरिकाको इंगल्याण्डमाथिको जितलाई निकै आश्चर्यपूर्ण नतिजाको रुपमा लिइन्छ भने सन् १९६६ मा उत्तर कोरियाले इटालीलाई हराएको थियो।

१९८० को दशकमा भएको क्यामरुनको उदयले पनि विश्वव्यापीरुपमा चर्चा बटुलेको थियो। सन् १९९० को सुरुको खेलमा अर्जेन्टिनाले बेहोरेको हार पनि अनपेक्षित नतिजा थियो।

विश्वकपलाई फुटबलको सबैभन्दा ठुलो तथा प्रतिष्ठित प्रतियोगिता बनाउने योजना फ्रान्सका फुटबल अधिकारी जुलेस रिम्याटको रहेको थियो। उनले सन् १९२० मा यो योजना अघि सारेका थिए।

सुरुमा उनकै नामबाट विश्वकप ट्रफी दिइने गरिएको थियो। जुलेस रिम्याट विश्वकपको उपाधि स्थायीरुपमा सन् १९७० मा ब्राजिलले पाएपछि भने आधुनिक ट्रफी आएको हो।

आधुनिक ट्रफीको उचाइ ३६ दशमलव ८ सेन्टिमिटर रहेको छ। यो ट्रफी १८ क्यारेटको सुनबाट बनाइएको छ भने यसको तौल ६१७५ ग्राम रहेको छ। सन् २०१८ को विश्वकप जुन १४ बाट रुसमा सुरु हुँदैन। विश्वकपको फाइनल जुलाई १५ मा हुनेछ।

Credit : onlinepana.com