नेपाल टेलिकमको सञ्चालक समितिले कामिनी राज भण्डारीलाई बर्खास्त गर्ने भएको छ । केहि दिन अघि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चरम भ्रष्टाचारमा फसेको र कामिनी राज भण्डारी असक्षम भएको आरोप लगाउँदै उनलाई कम्पनीबाट निकाल्ने एजेन्डामाथि छलफल गरेको छ ।
साथै कम्पनीको सञ्चालक समितिले अवको सम्भावित टेलिकमका एमडीको नाम समेत छलफल गरेको छ । एक पटक आफैं राजीनामा दिन अनौपचारिक आग्रह गर्ने र नमानेको खण्डमा निर्णय नै गरेर उनलाई बर्खास्त गर्ने अन्तिम तयारीमा बोर्ड लाखेको बताईएको छ ।
टेलिकमका सञ्चालक समितिका एक सदस्यले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार डा। सुनील पोखरेललाई टेलिकमको एमडी बनाउने कसरत समेत सुरु भएको छ । फोजी जडान प्रकरणमा ठुलो घोटालामा फसेको देखियो । टेलिकमको पैसा आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहानामा बाँडेको पनि देखियो ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती सञ्चालकले भने, ठुला काम गर्नेले कमिसन लिएर माथिसमेत दिने गरेको आरोपबारे पनि छानविन भइरहेको छ । फोजी प्रकरणमा २५ अर्व घोटाला भएको छ । उनी पदमा आएदेखि टेलिकमले केहि प्रगति गरेको छैन । बरु सेवा खस्किएको छ ।
अव उनलाई निकाल्ने मात्र कि अख्तियारको जिम्मा पनि लगाउने भन्ने विषयमा छलफल भइरहेको छ । अव को होला त नयाँ एमडीरुु भन्ने हाम्रो प्रश्नमा उनले भने, सायद डा. सुनील पोखरेल नै होलान् । तर पनि केहि बैकल्पिक नामहरु पनि आएका छन् । हेरौं बोर्डले के गर्छ ।
सुरुदेखि घोटाला नै घोटालाको आरोप !
यसो त कामिनी राज भन्डारी नेपाल टेलिकममा आएपछि थुप्रै घोटाला प्रकरणमा संग्लग्न भएको आरोप लागेको थियो । सबैभन्दा बढी घोटाला पछिल्लो समय फोजी प्रकरणमा भएको टेलिकम स्रोतको दावी छ । टेलिकम स्रोतले दिएको जानकारी अनुसार फोजी प्रकरणमा कामिनीले मात्र २५ अर्व घोटाला गरेकी छिन् । यसको छानविनको मागसहित अख्तियारमा उजुरी परिसकेको छ ।
सञ्चालक समितिले पनि यसको सुइको पाएको र छानविन गर्ने तयारी गरिरहेको सञ्चालक समितिकै केहि सदस्यहरुले बताएका छन् । सञ्चालक समितिकै केहि साथीहरुलाई पनि प्रभावमा पारिएको देखिन्छ । यहाँ ठुलो घोटाला भएको छ । कामिनीलाई बर्खास्त गर्ने कुरामा त कुनै शंका नै छैन, अव उनलाई जेल नै पठाउने गरी अगाडी बढ्ने कि के गर्ने भन्ने विषयमा भने छलफल जारी छ अर्थ सरोकारडटकमको समाचार साभार ।
बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका ब्यक्ति जागिर छाडेकै भोलिपल्ट अब अर्काे बीमा कम्पनीमा जागिर खान नपाउने भएका छन् ।
एक बीमा कम्पनीमा सीईओ भएको ब्यक्ति अर्काे कम्पनीमा सीईओ हुनको लागि कम्तिमा अब ६ महिना कुुुर्नुपर्नेछ । आइतबार बीमा समितिले जारी गरेको ‘बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ मा बिमा कम्पनीको सिईओहरुलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरिएको छ ।
केहि समय अघि राष्ट्र बैंकले पनि बैंकहरुको सिइओलाई यस्तै कुलिङ पिरियडको बाध्यकारी व्यवस्था गरेको थियो । जसमा पनि एक बैंकको सीईओ अर्कोमा सीईओ बन्न जाँदा कम्तीमा ६ महिनाको फरक रहनुपर्ने व्यवस्था गरिएको छ ।
स्नातक गरेका पनि सीईओ
यो निर्देशिका अनुसार स्नातक गरेका ब्यक्ति पनि सीईओ बन्न सक्नेछन् । यसअघि यस खालको व्यवस्था थिएन । तर, स्नातक गरेको ब्यक्तिले सीईओ बन्नको लागि स्नातक गरेकाले भन्दा बढी कार्य अनुभव संगालेको हुनुपर्छ ।
निर्देशिकामा उल्लेख भएबमोविजम बीमा कम्पनीको सीईओ बन्नको लागि लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, बीमा, व्यवस्थापन, वित्त, कानुन, गणित, विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
र, यही क्षेत्रमा ८ वर्षको अनुभव समेत संगालेको हुनुपर्ने भनिएको छ । तर, स्नातक मात्रै गरेकाहरुले भने सीईओ बन्नको लागि १३ देखि १५ वर्षको अनुभव हुनपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था पनि थप गरिएको छ । यसअघि बीमकको कुनै खास कामको लागि गठन भएको समिति र उपसमितिमा एक जना सञ्चालक रहने व्यवस्था थियो । तर, अहिलेको निर्देशिकाले भने उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था खुला गरेको छ ।
निर्देशिकामा उल्लेख भएअनुसार साथै कार्यकारी प्रमुख नियुक्त हुनुअघि ४ वर्षको लागि कार्ययोजना समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । र, बीमा कम्पनीले कार्यकारी प्रमुखसँग कार्यसम्पादन सम्झौता पनि गर्नुपर्ने व्यवस्था गरिएको छ ।
‘कार्यकारी प्रमुख उक्त बीमकको सेवाबाट निबृत भएको छ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमकको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन पाउने छैन’ निर्देशिकामा उल्लेख गरिएको छ ।
स्थानीय सरकारको बजेट विभिन्न ७ चरणका प्रक्रिया पूरा भएपछि मात्र बन्नेछ । साविकका स्थानीय निकाय हुँदा करिब १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय सरकारको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार योजना तथा बजेटको पूर्वतयारीेदेखि कार्यक्रम स्वीकृतिसम्म गरी ७ वटा चरणमा स्थानीय सरकारको बजेट बन्ने भएको हो । यो समचार कारोबार दैनिकमा छ चालू आवको बजेट कार्यान्वयनको चरणमा रहेका स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०७५-७६ को बजेट तथा कार्यक्रम तर्जुमाको चरणमा पनि प्रवेश गरिसकेका छन् । तर, चालू वर्षमा अझै पनि संक्रमणकाल व्यवस्थापन भइनसक्दा मन्त्रालयलक्षित चरण तोकिएको समयावधि भित्र भने हुन सकेको पाइँदैन । स्थानीय तहमा कर्मचारी व्यवस्थापन अझै पनि हुन नसक्दा लक्षित चरण लक्षित समयभित्र भइरहेको छैन । पहिलो चरणमा बजेटको पूर्वतयारी रहेको छ जसमा आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण संघीय सरकारमा पेश गर्ने र संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गर्ने रहेको छ । यसैगरी चरण २ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, चरण ३ मा बस्तीहरुका योजना छनोट, चरण ४ मा वडा तहमा योजना छनोट तथा प्राथमिकीकरण रहेको छ । यसैगरी चरण ५ बजेट तथा कार्यक्रम तर्जुमा, चरण ६ गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति र चरण ७ गाउँ वा नगर सभाबाट बजेट तथा कार्यक्रम स्वीकृति रहेको छ । सातौं चरणभित्र बजेट तथा कार्यक्रम प्रस्तुति रहेको छ । मन्त्रालयको समयसीमाअनुसार चरण ३ को वस्तीहरुका योजना छनोट भइरहेको हुनुपर्छ । चरण १ गत वर्षको पुष मसान्तभित्रै स्थानीय तहले आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण संघीय सरकारमा पेश गरिसक्नु पर्दथ्यो भने चैत मसान्तभित्रै स्थानीय तहले संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गरिसक्नु पर्ने थियो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले अझै पनि संघीय सरकारले बजेटको सिलिङ नदिएको बताइन् । गाउँपालिकाले केही योजना संकलन गरेको र कतिपय योजना संकलन गरिरहेको उनले बताइन् । “अहिले बस्ती तहका योजनाहरु संकलन गर्ने कार्य भइरहेको छ,” उनले भनिन्, “केन्द्रको बजेट नआइकन गाउँपालिकाले बजेट छुट्याउन सक्दैन ।” सुनकोशीमा डेढ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट तर्जुमाको काममा केही ढिलाइ भएको पनि उनी बताउँछिन् । यसैगरी चरण २ को कार्य वैशाख १० भित्र, चरण ३ वैशाख मसान्तभित्र, चरण ४ जेठ १५ भित्र, चरण ५ असार ५ भित्र, चरण ६ र चरण ७ को बजेट तथा कार्यक्रम प्रस्तुति असार १० भित्रै सम्पन्न गर्नुपर्ने समय सीमा छ । यसैगरी चरण ७ को बजेट तथा कार्यक्रम स्वीकृति असार मसान्तभित्र गरिसक्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले स्थानीय तहको बजेट तर्जुमाका विभिन्न आधारहरु रहेको उल्लेख गरेको छ । स्थानीय तहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लगायतका आधारमा बजेट तर्जुमा गर्नुपर्नेछ । यसैगरी संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुन तथा मापदण्डहरु, स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी निर्देशिका, २०७४, संघीय , प्रादेशिक र स्थानीय तहको आवधिक विकास योजना, स्थानीय तहको मध्यकालीन खर्च संरचना, उपलब्ध स्रोतसाधन, विकासका अन्तरसम्बन्धित विषयहरु तथा नेपाल सरकारले अन्तरराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताबाट सिर्जित दायित्वहरु र संघ र प्रदेश सरकारले आँकलन गरेका अन्य आर्थिक नीतिहरुलाई बजेट तर्जुमाको आधार बनाउनु पर्ने उल्लेख गरेको छ । स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आन्तरिक आय, राजस्व बाँडफाँट प्राप्त हुने आय, संघ-प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आय व्ययको प्रक्षेपण गर्नेलगायतका अधिकार तोकिएको छ । यसैगरी उक्त समितिले राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरी प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने, आगामी आवको लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने र विषयगत सीमा निर्धारण गर्ने उल्लेख छ । स्थानीय तहले आयोजना प्राथमिकीकरणका आधार तथा प्राथमिकता निर्धारण फारामको विकास पनि गरेको छ । कुल एक सय अंकमध्ये सबैभन्दा बढी गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने आयोजनालाई अधिकतममा २० अंक किटान गरिएको छ । यसैगरी उत्पादनमूलक तथा छिटो प्रतिफलप्राप्त गर्न सकिने आयोजना, आम्दानी र रोजगार वृद्धि गर्ने आयोजना, लागत सहभागिता जुट्ने आयोजनाहरुलाई १५-१५ अंकको अधिकतम सिमा राखिएको छ । यसैगरी, स्थानीय स्रोत साधन र सीपको प्रयोग हुने आयोजनाहरु, समावेशी विकासमा योगदान पुर्याउने आयोजना, दिगो विकास र वातावरण संरक्षण आयोजनाहरुलाई अधिकतममा १०-१० अंक सिमा तोकिएको छ भने स्थानीय भाषा, संस्कृति कायय गर्ने आयोजनाहरुलाई ५ अंक तोकिएको छ ।
जुम्ला वैशाख २२ – वैशाख १३ गतेदेखि जुम्लामा प्रादेशिक कृषि, पर्यटन औधोगिक व्यापार महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुले भने आफ्नो प्रस्तुतिमार्फत जुम्लालाई तताइरहेका छन् । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा भएको महोत्सवमा भने शुक्रवार ज्योति मगरको प्रस्तुति थियो । प्रस्तुतिको क्रममा चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले गायिका मगरलाई नेपाली गुन्यूचोलोको उपहार दिएकी छन् ।
सेजुवालले उपहार दिँदै भनिन्, ‘भाषाको उदगम स्थल, संस्कृतिको मुहान जुम्ला जिल्ला भएको हुँदा चन्दननाथ नगरपालिकाबाट धोती चोलो लगाउन गिफ्ट दिएको हो ।’ उनले हाम्रो पहिरन यूरोपियन मुलुकको जस्तो नभई हाम्रो माटो र भूगोल सुहाउँदो हुनुपर्छ भन्दै ज्योति मगरलाई आग्रह गरिन्, ‘संस्कृतिलाई संरक्षण गर्न भन्दै उपहार दिएको छु ।’
मेयरले उपहार दिएपछि माइक ज्योतिको हातमा पुग्यो । ज्योतिले पनि उपहार ग्रहण गरेको स्वीकार गरिन् तर उपहार शैली मेयरको महिलालाई दबाब भएको भन्दै जहिले पनि महिलालाई दबाब नदिनु भन्दै उत्तर दिइन् । उनले भनिन्, ‘आज गुन्यूचोलो उपहार मलाई दिने तपाईँले हिजो किन निखिल उप्रेतीले जिन्स लगाउँदा दौरा सुरुवाल उपहार दिनुभएन उनले प्रतिउत्तरमा थपिन्, ‘मान्छेको पहिचान कपडाबाट होइन, म नेपाली हुँ भन्न मन हुनुपर्यो ।’ ज्योतिले थपिन्, ‘एकदम बाठी हुनुहुँदो रहेछ मेयर, यो इन्डाईरेक्ट दबाब पनि हो ।’ ज्योतिले कलाकारले नभै देश नेताहरुले बिगारेको बताइन् ।
जुम्लामा ज्योति मगरको प्रस्तुतिमा निकै अश्लील रुप देखिने होकि भन्ने धेरैले अनुमान गरिरहँदा भने जुम्लामा महोत्सवमा सामान्य वातारवरणमा प्रस्तुति सम्पन्न भयो । तर कडा सुरक्षाका साथ उनलाई मञ्चमा ल्याउने व्यवस्था गरिएको थियोे । यसैगरी उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षले जुम्लाको चन्दननाथ भैरवनाथ ईंगित मायाको चिनो उपलब्ध गराउनुभएको थियो ।
सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा। चिरिञ्जिवी नेपाल लगायतका सरकारी पदाधिकारीहरुको बैठकले यातायात समिति र तिनका पदाधिकारीहरुको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट यातायात व्यवस्था विभागले विवरण लिई सो विवरण सम्पति शुद्धिकरण विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानविन अघि बढाउने निर्णय गरेको छ ।
यस्तै बैठकले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समितिहरुको बैंक खाता रोक्का गर्न अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखि पठाउने निर्णय गरेको छ । बैठकले सम्पुर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले यातायात कम्पनीको रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी गराएका छन् ।
कम्पनीमा दर्ता हुन कम्तिमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनि चर्चा आएपनि सरकारले एउटा सवारीलाई पनि कम्पनीको रुपमा दर्ता गर्ने निर्णय भईसकेकोे उनले बताए ।
बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महाशेठले व्यवसायीको बिमा लगायतका जायज माग संवोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जानकारी गराएको थियो ।
५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सक्रिय रहेका मोरङ उर्लाबारीका चुडामणी उप्रेती ‘गोरे’का लगानीकर्ता नै उनकी पत्नी नर्बदा खरेल ‘निरू’ र प्रेमिका रक्षा भण्डारी ‘आरबी’ रहेका छन् ।
३८ क्विन्टल सुन तस्करी र सनम हत्या काण्डका फरार अभियुक्त गोरेमाथि पत्नी र प्रेमिकासहित एक दर्जन अन्यको पनि लगानी रहेको अभियोगपत्रमा उल्लेख छ ।
गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको संयोजकत्वको छानविन टोलीले तयार पारेको प्रतिवेदनमा पत्नी नर्बदा खरेल, प्रेमिका रक्षा भण्डारीसहित एमके मामा भनिने मोहन कुमार अग्रवाल, बेनु श्रेष्ठ, भुजुङ गुरुङ, प्रमोद कुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, अर्जुन प्रसाद खरेल, चेतन भन्ने चेतनाथ भण्डारी, रोशन भुषाल भन्ने गुप्तलाल भुषाल, प्रयास पराजुली, संजय अधिकारी, समिर अधिकारी, कमल कार्की, बोउला भन्ने सुनील कुमार अग्रवाल, आरके भन्ने राजेन्द्र कुमार शाक्यको लगानी रहेको उल्लेख छ ।
यस्तै, हरिशरण खड्का, चाचा भन्ने महावीर प्रसाद गोल्यान, रामहरी कार्की, डेवीट/डा. भन्ने छिरिङ वाङ्गेल घले, खन्जन भन्ने दिनेश श्रेष्ठ, मिनराज चौलागाई, शिव कुमार गुभाजु, गीता श्रेष्ठ, किसन/कालु/काले भन्ने कृष्ण गोपाल अग्रवाल, गोपी अधिकारी, बिष्णु जोशी, पेम्वा शेर्पा, रमेश उप्रेती, माधव आचार्य, ओम प्रकाश नेवार रहेको अभियोगपत्रमा पनि उल्लेख छ ।
तस्करीका लगानी गर्ने अन्य दर्जन बढिको नाम स्पष्ट खुल्न सकेको छैन । ‘कोड भाषामा नाम लेखिएका व्यक्तिहरु आपराधिक समुहमा संस्थापक र सदस्यको रुपमा आवद्ध भई गोरे भन्ने चुडामणी उप्रेतीलाई आर्थिक लगानी जुटाई नेपालमा सुन अवैध तवरले चोरी पैठारी गर्ने गिरोह स्थापना र संचालन गरेको देखिन्छ’, छानविन टोलीको प्रतिवेदनमा उल्लेख छ ।
उप्रेतीले आपराधिक समुहको सञ्चालन र सञ्जाल विस्तार गर्ने क्रममा रमेश उप्रेती, पत्नी खरेल, प्रेमिका भण्डारीलाई २०६९ सालमा, डेविट/डा. भन्ने छिरिङ वाङ्गेल गुरुङलाई २०७० सालमा, टेकराज मल्ल ठकुरीलाई २०६९ सालमा, मोहन काफ्लेलाई २०७२ सालको जेठमा, माधव भन्ने मोहन घिमिरेलाई २०७२ असोजमा, कृष्ण भन्ने नरेन्द्र कार्कीलाई २०७२ साल मंसिरमा आवद्ध गराएको अभियुक्तहरूको बयानले खुलाएको छ ।
गोरेको आपराधिक समुहमा सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भन्ने मोहमद उस्तम मियाँ, टुक बहादुर मगर, दावा शेर्पा, लाक्पा शेर्पा, रोहित आचार्य, कृष्ण बस्नेत, मृतक सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई भन्ने भविन तामाङ, राजन कुमार समेतका व्यक्तिहरु २०७० देखि २०७२ सालको बीचको अवधिमा आवद्ध रही निरन्तर रुपमा रहेको भन्ने प्रतिवादीहरुको बयान र संकलित प्रमाण कागजातबाट खुलेको देखिन्छ ।
२०६९/७० साल देखि नै विभानस्थलस्थित थाई एयरवेजका इन्जिनियरिङ तर्फका प्राविधिक कर्मचारीहरु गोपाल कुमार श्रेष्ठको नेतृत्वमा, बीरेन्द्रमान श्रेष्ठ, मृतक सानु बन, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एल.बि.मगर भन्ने लाल बहादुर मगर, सम्वीर प्रसाद तोलाङ्गे र नेपाल वायु सेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्जिनियरीङ तथा प्राविधिक विभाग अन्तर्गत कार्यरत कर्मचारीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, अमरमान डंगोल र तुलाराम थारु गोरको आपराधिक समुहमा आवद्ध रहेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ ।
यसरी हुन्थ्यो प्रहरीको सहयोग
गोरे आफै र उनको आपराधिक समुहले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्द प्रसाद निरौला, प्रहरी बरिष्ठ उपरीक्षक श्याम बहादुर खत्री, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोवारमा सहयोग लिएको अनुसन्धान टोलीको प्रतिवेदनमा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत उल्लिखित प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स लगायत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षा गार्डहरूलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको प्रतिवेदनमा छ ।
यस्तै, विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समुह भित्र समावेश भई गतिविधि सञ्चालन गरेको तथ्य बुझिएका बिष्णु कार्कीको बयान तथा कागज ब्यहोरा, सुरक्षा अधिकृतहरुले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिएको टोलीको प्रतिवेदनमा उल्लेख छ ।
डोल्पा : चारैतिर होचो भूभाग, दायाँ-बायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ, बीचैमा उठेको जमिन अनि त्यसैको थाप्लाेमाअडिएको विशाल संरचना। त्रिपुराकोट मन्दिरबाट तल हेर्दा जिउ नै जिरिंग हुने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगाहरू।
त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी। मन्दिरको पारिपट्टि देखिने हिँउले सिँगारिएका मुकुटेश्वर, कागमारालगायतका प्रसिद्ध हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नांगा डाँडा-पाखाहरू। मन्दिर अवस्थित जमिनसँग जोडिएकाे समथर विशाल उब्जाउयोग्य फाँट। सरर लाग्ने हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ,जौलगायतका अन्नबाली। उब्जाउयोग्य जमिन मासेर बनाइएका रंगीचंगी जस्ताले छाइएका घररूको बस्ती। मन्दिरको बाहिरी आकर्षणका केन्द्र बिन्दु हुन्। मन्दिर पुगेपछि देखिने यस्ता दृष्यहरूले जो कोहीको पनि मन लोभिने गर्दछ।
यो हो, डोल्पा जिल्ला त्रिपुरा सुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृष्यहरू यस्तै छन्। उक्त मन्दिर नेपालका प्रायः मन्दिरहरू भन्दा फरक शैली र आकार छ। मन्दिर अवस्थित भू-गोल अनौठो नै रहेको छ। मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड नदीनालको दृष्य पूजाआजापछि भक्तजनको मुख्य रोजाइमा पर्ने गरेको मन्दिरका पूजारीहरू बताउँछन्। त्रिपुरा सुन्दरी मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनलाई तस्बिर खिचाउन भ्याइनभ्याई हुने गरेको पूजारी निर्मलप्रसाद उपाध्यायले बताए। चारैतिर होचो भू-भागबीचको अग्लो टाकुरामा मन्दिर भएकाले यहाँबाट देखिने मनमोहक दृष्य अवलोकनका लागि मात्रै बर्सेनि हजारौँ भक्तजनहरू आउने गरेको उनको भनाइ छ। मन्दिरमा पूजाआजा गर्नेहरूको पनि दैनिक घुइँचो लाग्ने गर्दछ। त्रिपुराकोट पहिलेको भन्दा मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनहरूको चाप पनि दिन प्रतिदिन बढ्न थालेको उनले बताए।
फोटो खिच्न पालो
नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्ति पीठको रूपमा चिनिन्छ। उक्त मन्दिर निर्माणका लागि भारत सरकारले समेत तीन करोड ३३ लाख सहयोग गरेको थियो। त्रिपुरा सुन्दरी मन्दिर पूजाआजाको लागि मात्रै नभई र मन्दिरबाट देखिने अनौठो मनमोहक दृष्य अवलोकनका लागि पनि प्रशिद्ध छ।
मन्दिर पुग्ने भक्तजनहरू आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलो भेरी नदी, हिउँले सेताम्य हिमाल, समथर फाँट अनि विशाल अनि नांगा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतूर देखिन्छन्। अझ नयाँ वर्ष, दसैँ, तिहारलगायतका विशेष चाड पर्वहरूमा त फोटो खिच्न पालोसमेत पर्खनु पर्दछ।
पूर्वराजादेखि साधुसन्तसम्म
प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिरमा देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको प्रमुख गन्तव्यस्थल बन्न थालेको छ। पछिल्लो एकवर्ष यता मात्रै त्रिपुरा सुन्दरीमा नेपाली सेनाका प्रमुख, राजदूतदेखि प्रधानमन्त्रीसम्मले त्रिपुरा सुन्दरीकाे दर्शन गरिसकेका छन्। पञ्चायतकालमा पनि राजा महाराजाहरू समेत दर्शनका लागि आउने गरेको बुढापाकाहरू बताउँछन्।
पूर्वराजा वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र शाहदेखि गुरु शंकराचार्य, पुरीनाथ बाबालगायतका साधु शन्तको पनि प्रमुख रोजाइ बन्न पुगेको छ त्रिपुरा सुन्दरी मन्दिर। दुर्गम र विकट जिल्लामा अवस्थित शक्ति पीठ भएकाले अझै यसको महत्व सवैले थाहा पाउन नसकेको पूजारी रवीप्रसाद न्यौपानेले बताए। ‘यो मन्दिर नेपालकै प्रमुख शक्ति पीठ हो। त्रिपुरा सुन्दरी देवीहरूको उत्पतिस्थल, सतीदेवीको कन्ड्याउ पतन भएको ठाउँ मानिन्छ।
त्रिपुरा सुन्दरी १० महाविद्यासमेत उत्पति भएकाले यस मन्दिरको महत्व अनौठो छ,’ उनले भने। ‘याे ठाउँले उचित प्रचारप्रचार हुन नसक्दा धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको छ,’ उनले थपे। मन्दिरको तलपट्टि खाली समथर जमिन भएकाले प्राय भिभिआइपीहरू हेलिकोप्टरमा त्रिपुरा सुन्दरी आएर पुजाआजा गर्ने गर्दछन्।
३० चैत्रमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरी आई पूजाआजा गरेका थिए। डोल्पाको इतिहासमै पहिलोपटक वहालवाला प्रधानमन्त्रीको रूपमा ओलीले त्रिपुरा सुन्दरी मन्दिरमा अाएर पूजाआजा गरेको पूजारीहरूले बताए। प्रधानमन्त्रीको दर्शनले भए पनि मन्दिरको प्रचारप्रसारमा सघाउ पुगेको पूजारीहरूको भनाइ छ। त्यस्तै, २९ चैत्रमा नै भारतीय तीन पूर्वराजदूतहरूले पनि त्रिपुरा सुन्दरीको दर्शन गरेका थिए।
१५ दिने डोल्पा पदयात्रा बनाएका नेपालका लागि भारतीय पूर्वराजदूतहरूको पहिलो गन्तव्य त्रिपुरा सुन्दरी बनाएका थिए। पूर्व राजदूत रणजित राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए। डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वराजदूत रायले भ्रमणका क्रममा बताएका थिए। पूर्व राजदूत रायले डोल्पा अाउन सबैको चाहना हुन्छ, तर कसरी पुग्न सकिने भन्ने जानकारी नभएर पनि डोल्पा आउन नसकेको बताए। सँगसँगै डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासको हिसावमा फड्को मार्नेसमेत उनको भनाइ छ।
त्रिपुरा सुन्दरी मन्दिरको इतिहास
इ.स.१११४ मा स्थापना भएको बताइएको त्रिपुरा सुन्दरी मन्दिर भौगोलिक रूपमा पनि पृथक् छ। मन्दिरको पश्चिममा ताम्रा वणीनदी,उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगालगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा त्रिपुरा सुन्दरीको मन्दिर अवस्थित छ। परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाउँ विकास समितिको कोटमा विक्रम शाही महाराजको दरबार थियो।
शाहीले यसै कोट गढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए। अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो। दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो। ओखलमा धान कुट्ने गरिन्थ्यो। धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरू देखिन थाले भन्ने किम्बदन्ती छ। धान कुट्न जाँदा कहिले चारपाथी धान कुट्दा आठपाथी चामल हुने र कहिले दुईपाथी धान कुट्दा दुईमाना चामल हुने किम्बदन्ती छ। यस्ता अचम्मका कुराहरू देखिन थालेपछि यो कुरा मन्त्री विष्टका कजिनीहरूले आफ्ना काजी विष्टहरूलाई बताएका थिए रे।
काजीहरूले यस्ताे अनाैठाे सूचना पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाएका थिए रे। शाहीले यस्तो अचम्मको सूचना थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरूलाई बोलाएर ओखल उत्खनन गर्ने सल्लाह गरे भन्ने किम्बदन्ती छ। राजाले गाउँबस्तीबाट मान्छे बोलाएर रात दिन लगाएर ओखल उत्खनन गर्न लगाए। ओखलभित्र अनौठा दृष्यहरू देखिए।ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घ्यूको कराई, कराईमाथि तामाको थालीमाथि षटकोणयन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहfनका स्वरूप देखिए। किम्बदन्तीअनुसार उत्खनन गर्दै जाँदा तामाको षटकाेण लिखित यन्त्र भेटियाे।
ओखल उत्खननका अगुवा काजी बेहोस भए। पुतलीरूपी देवीहरू उडेर बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रण सैनी त्रिपुरेश्री, बाजुराको बडीमालिकामा पुगेकाे किम्बदन्ती छ। अहिले पनि ती ठाउँ प्रशिद्ध छन्। बाँकी चार बहिनी देवी वाला, त्रिपुरा सुन्दरी, डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छन्। विराजमान चारदेवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध डोल्पामा प्रसिद्ध छन्। डोल्पाको यस त्रिपुरा सुन्दरीमा परापूर्वकालदेखि नै न्यौपाने थरका पूजारीले पूजाआजा गर्दै आएका छन्।
बहादुर शाहको टोली चकित
नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको तारगाउँ पुग्यो। डोल्पाको नौ राज्य एकीकरण गर्ने क्रममा तारा गाविसको बादरफड्काे पुग्यो। त्यहाँ एउटा खोला थियो। खोलामा पुल थिएन्। असार साउनको वर्षाले खोलको पानी बढेर तर्नै नसकिने थियो। खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारि नै रोकियो।
डोल्पाका नौवटा टुक्रे राज्य एकीकरणको लक्ष्य पूरा गर्न खोलमा पुल बनाउने निधाे भयाे। शाहको टोलीले लक्ष्यअनुरूप काठ जम्मा गरेर पुल लगाउन तयार भयो। तर, खोलमा कसैगरी पुल लाग्न सकेन। अन्ततः मुस्ताङ हुँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकीकरण नगरेर नै फर्किने निश्चित भयो। बहादुर शाहको टोलीले धार्मिक विश्वास खोतल्न थाल्यो। टाेलीले स्थानीयसँग साेधखाेज गर्याे। स्थानीयवासीले त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देवीकाे पूजाआजा गर्ने सल्लाह दिएअनुसार पूजापाठ गरेपछि बादरफड्काेमा पुल बनाउन सफल भएकाे स्थानीयकाे भनाइ छ। बहादुर शाहको टोलीकाे पूजापाठ र भाकलले खोलामा पुल लाग्नु, डोल्पा एकीकरणको काम सफल हुनु, त्रिपुरा सुन्दरी देवीकाे शत्तिकाे देन मान्छन् स्थानीयवासी।
सतीदेवीको अंग पतन भएको ठाउँ त्रिपुरा सुन्दरी
यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमाललय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा त्रिपुरा सुन्दरीमा सतिदेवीको कन्डाउ (ढाड) पतन भएको कुरा हिन्दू धर्मको प्रसिद्ध धर्मग्रन्थ श्री स्वस्थानीमा उल्लेख गरिएको छ।
त्यसैले यस भूमिलाई नेपालकै प्रसिद्ध शक्ति पीठको रूपमा मान्ने गर्दछन्। यस मन्दिरको महत्वलाई हिन्दू धर्मका विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शन मात्र गरे मुक्ति मिल्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए। उपाध्यायका अनुसार आफूले देखेका मन्दिरहरूमध्ये यस मन्दिरको भौगोलिक अवस्था पृथक् रहेको बताए। उनले मन्दिरमा भाकल गरेको सम्पूर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ व्यक्तित्वहरू पूजाआजाका लागि आउने गरेको पनि बताए।
यस मन्दिरमा सत्यदेवीको कन्डयाउ पतन हुँदाको बखतमा यस स्थानमा वर्षाका देवता मेघ वर्षा आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेको वेला पानी पार्न सफल भएको भनी वरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण गाउँवासी आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास पनि रहेको छ। यसै वखतमा भैरबेश्वर महादेव पनि उत्पति भएको मन्दिर पनि यही रहेको छ। डोल्पामा खडेरी परेका वेला गाउँले आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने स्थानीयवासी परमानन्द देवकोटाले बताए।
यसरी पुग्न सकिन्छ त्रिपुरा सुन्दरी
त्रिपुरा सुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा पर्दछ त्रिपुरासुन्दरी मन्दिर। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको त्रिपुरासुन्दरी मन्दिर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। डोल्पा प्रवेशद्वारको रूपमा जुफाल विमानस्थल रहँदै आएको छ। डोल्पा पुग्नको लागि जुफाल विमानस्थल र सडक यातायात प्रयोगमा आउने गर्दछ। डोल्पा पुग्नका लागि नेपालगञ्ज विमानस्थल पुग्नुपर्दछ। नेपालगञ्ज सुर्खेत जाजरकोट रुकुम हुँदै जाने पनि डोल्पा पुग्ने अर्को गन्तव्य हो। नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्म हवाई जहाजको सुविधा छ।
नेपालगञ्जदेखि हवाइजहाजमा २५ देखि ३५ मिनेट मै जुफाल विमानस्थल पुगिन्छ। नेपालगञ्ज विमानस्थलदेखि जुफाल विमानस्थलसम्मको हवाइजहाज भाडा झन्डै नौ हजार रहेको छ। डोल्पाका लागि सीता, गोमा, तारा, मकालुलगायतका एअरलायन्सकम्पनीले उडान भर्दै आएका छन्। एअरलायन्सहरूको हप्ताको दुईवटासम्म सेडुअल उडान रहेको छ। सेडुअल उडानको भाडा चार हजार मात्रै रहेको छ।
जुफालमा दिउँसो हावा बढेर जहाज अवतरणमा समस्या हुने भएकाले बिहान ११ बजेसम्म मात्रै जहाज अवतरण गरिन्छ। नेपालगञ्ज विमानस्थलदेखि दैनिक पाँचदेखि छवटासम्म उडान हुने गर्दछन्। नेपालगञ्जदेखि जुफाल झरेपछि त्रिपुराकोटमा रहेको त्रिपुरा सुन्दरी मन्दिरका लागि हेलिकोप्टरबाट ल्याइएका जिपहरू आन्तरिक रूपमा सञ्चालनमा ल्याइएका छन्। जिपबाट त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने सुँपानीसम्म आउन जुफालदेखि सुँपानीसम्मको दूरी झन्डै चार किमी रहेको छ।
जिपबाट जुफालबाट सुँपानीसम्म तीस मिनेट समय लाग्दछ। गाडीबाट झरेपछि सुँपानीदेखि ठूली भेरीमा लगाइएको पुल तरेर पारि पुगेपछि बगरबजार आइपुिगन्छ। बगरबजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र पनि हो। बगरमा थुप्रे होटल पसलहरू सञ्चालनमा छन्। मोरिम्ला धो हुँदै रुपैडिहा जोड्ने सडक, कर्णाली राजमार्गअन्तर्गत जुम्ला डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ। त्यसकारण पनि बगरबजार डोल्पाकै मुख्य केन्द्रबिन्दु मानिन्छ। बगर बजारदेखि त्रिपुरा सुन्दरी मन्दिरसम्मको यात्रा गर्न १० मिनेट लाग्दछ। यो समाचार हामीले थाहाखबरबाट लिएका छौ

जिपबाट जुफालबाट सुँपानीसम्म तीस मिनेट समय लाग्दछ। गाडीबाट झरेपछि सुँपानीदेखि ठूली भेरीमा लगाइएको पुल तरेर पारि पुगेपछि बगरबजार आइपुिगन्छ। बगरबजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र पनि हो। बगरमा थुप्रे होटल पसलहरू सञ्चालनमा छन्। मोरिम्ला धो हुँदै रुपैडिहा जोड्ने सडक, कर्णाली राजमार्गअन्तर्गत जुम्ला डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ। त्यसकारण पनि बगरबजार डोल्पाकै मुख्य केन्द्रबिन्दु मानिन्छ। बगर बजारदेखि त्रिपुरा सुन्दरी मन्दिरसम्मको यात्रा गर्न १० मिनेट लाग्दछ।
आइएमई लिमिटेडले आइएमई प्रिभिलेजर कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था गरेको छ । सो व्यवस्थासँगै सेवाग्राहीहरुले विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
आइएमई प्रिभिलेजर कस्टमर कार्ड बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुमा छुट पाउन सकिने छ । सो नयाँ व्यवस्था वैशाख १९ गतेबाट लागु हुनेछ ।
कम्पनीका अनुसार उक्त सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज-कस्टमर कार्ड देखाउनुपर्ने छ ।
‘यति धेरै कुरा सार्वजनिक भइरहेको छ, यति धेरै व्यक्तिलाई पक्राउ गरी अदालत ल्याइएको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?,’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बुधबार त्यसैको मुद्दा दर्ता गर्नुअघि पत्रकारहरूसँग जिज्ञासा राख्दै थिए ।
सुनको खोजी कतै गरेको नदेखेपछि दुलालले मुख खोले, ‘यति जना पक्राउ, उति जना पक्राउ मात्रै भनिएको छ तर सबैको जिज्ञासा त्यो सुन कहाँ गयो भन्नेमै छ ।’ यो प्रकरणसँग शरीर बन्धक र हत्यासम्मका अपराध जोडिए पनि समग्र कारण सुन नै रहेकाले त्यो फेला नपरेसम्म वास्तविकता ओझेलमै रहने उनको भनाइ छ ।
गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको तस्करीको ३३ किलो सुन ओसारपसारमा संलग्न भनिएका एक जनाको हत्या भइसकेको छ । उच्चपदस्थ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
उनीहरूलाई सुनको अवैध कारोबार, अपहरण, हत्या र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ । तर, त्यसको जड सुन कहाँ पुग्यो भन्ने रहस्य अदालतमा समेत खुलाइएको छैन ।
कसैले त्यसलाई गलाएर बेचिएको भनेका छन् भने कतिपयले अन्यत्र पठाइसकिएको, गाडिएको वा विमानस्थलबाटै नबाहिरिएको जस्ता अनुमान गर्दै आएका छन् । अर्का थरीले मुख्य तस्कर र प्रहरीकै मिलेमतोमा गायब पारिएको अनुमान गरेका छन् । भरिया भनिएका व्यवसायी सनम शाक्यको हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नुलाई ‘रहस्यमय’ भन्ने पनि छन् ।
जिल्ला अदालत, मोरङमा एकै दिन यति धेरै जनाविरुद्ध मुद्दा दायर भएको यो पहिलो घटना भएको दुलालले बताए । अभियोगअनुरूपको दसीप्रमाण हेरेर मुद्दा दर्ता गर्न झन्डै तीन घण्टा लागेको थियो । एउटै इजलासमा पालैपालो बयान सकिन तीन दिनसम्म लाग्ने उनले बताए ।
‘आरोपीको अदालतमा बयान नसकुन्जेल बोल्नसमेत समय छैन,’ मोरङका प्रहरी प्रमुख एसपी अरुण बीसीले भने, ‘प्रहरीले बयान गराएको कागजातको पहाड खडा भएको छ ।’ कान्तिपुर दैनिकबाट