भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री पक्राउ

भ्रष्टाचार मुद्धामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान आफ्नै घरबाट भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले पक्राउ गरेको हो ।

उनीमाथि राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोप छ । हाल उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेको छ ।

Credit : janasanchar.com

९ दिनमा फेला परेका खेलाडीहरुको उद्दार हुन एक महिना लाग्ने

थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षक सकुशल फेला परेपनि उनीहरु त्यहाँबाट बाहिर निस्किनको लागि भने एक महिना लाग्नसक्ने थाइल्याण्ड प्रहरीले बताएको छ । उनीहरु उक्त गुफाबाट बाहिर निस्किनका लागि पौडी सिक्नुपर्ने वा एक महिनासम्म सोही गुफामा रहनुपर्ने थाइल्याण्डको प्रहरीले बताएको हो ।

थाइल्याण्डमा आएको बढी रोकिनका लागि अझै एक महिनालाग्नसक्ने बताइएको हो । थाइल्याण्डको एक गुफामा थुनिएका १२ फुटबल खेलाडी तथा उनीहरुका प्रशिक्षकलाई सोमबार नौ दिनमा फेला पारिएको हो ।

निरन्तर उनीहरुको उद्दारको प्रयास भए पनि सफलता हासिल हुन नसक्ने देखिएको हो । उद्दार टोलीले गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारे पनि उद्दार गर्न सकेको छैन ।

चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा ११ देखि १६ वर्षका उनीहरु थुनिएका हुन् ।  प्रशिक्षक २५ वर्षे हुन् । गुफामा पानीको स्तर बढेको र गुफाभित्र लेदो पसेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि बेलायती गोताखोरको टोली खटिएको छ । टोलीले थुनिएका बालकहरुसंग कुराकानी गरेका थिए । उद्दारकर्मीहरुले उनीहरुलाई बहादुरको संज्ञा दिएका छन् । उनीहरु गुफाभित्र बाढीको पानीले नभेट्ने एउटा ढिस्कोमा बसेका छन् ।

उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि मंगलबारबाट उद्धारकर्मी जुट्ने जनाइएको छ । तर सहजै सफलता हासिल हुनेमा उद्दारकर्ताहरु विश्वस्त हुन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । खेलाडीहरुले आफूहरुको उद्दार हुनेमा खुशी भएका छन् । उनीहरुका अभिभावक पनि खुशी भएका छन् ।

पानीको सतह लगाताररुपमा बढिरहेको कारण उनीहरुको उद्धारमा समस्या आएको उद्धारकर्ताहरुले बताएका छन् । थाइल्याण्डमा बर्षाको मौसम भर्खर सुरु भएकाले अझै दुई महिना पानी पर्न सक्ने बताइएको छ ।

सेनाले उनीहरुका लागि आगामी चार महिनासम्मका लागि पुग्ने खाना भित्र पठाउन आवश्यक रहेको बताएको छ । थाइल्याण्डका गभर्नरले उनीहरुलाई अभिभावकहरुसँग कुरा गर्नको लागि टेलिफोन सम्पर्क बनाउने प्रयास भइरहेको बताएका छन् ।

Credit : onlinepana.com

पेनाल्टी सुटआउटमा क्रोएसियाको जीत, डेनमार्क विश्वकपबाट बाहिरियो

खेल सुरु भएको पहिलो मिनेट र चौथो मिनेटमा एक अर्काविरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै देशले गोल गर्न नसक्दा रुसमा जारी विश्वकप २०१८ मा  एकै

दिन दोस्रोपटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। नकआउट चरणमा आयोजक रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टीबाट भएर रुसले जितेको केही समयपछि सुरु भएको खेलको निर्णय पनि पेनाल्टीबाटै भयो र त्यसमा क्रोएसियाले डेनमार्कलाई

विश्वकपबाट बाहिरको बाटो देखायो। खेलको पहिलो मिनेटमा डेनमार्कका म्याथिस ओर्गेन्सनले पहिलो मिनेटमै गोल गरेका थिए। त्यसको जवाफ क्रोएसियाका मारियो म्यान्डुजेको चौथो मिनेटमा नै बललाई जाली चुमाएर दिएका थिए। अतिरिक्त समयमा क्रोएसियाले पेनाल्टी

पायो, जसलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले उत्कृष्ट बताउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेले। पेनाल्टी सुटआउटबाट भएको निर्णय क्रोएसियाको पक्षमा गयो। जसमा डेनमार्क ३-२ ले पराजित भयो। जसमा क्रोएसियाका गोलरक्षक डानिजेल सुवेसिक नायक सावित भए।

Credit : raranews.com

घरभित्र एउटै परिवारका ११ शव झुण्डिएको अवस्थामा फेला परे

काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।

बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

मृतक परिवारको फर्निचर र किराना पसल छ । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् । शनिबार राति पनि छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ ।

Credit : janasanchar.com

साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प

 साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो ।

तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

“अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु । इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु । सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ । उहाँ सहमत हुनुभएको छ ।”

Credit : onlinepana.com

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ । गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।

Credit : onlinepana.com

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् ।

शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।

विमानस्थल बन्द हुदा हजारौँको सङ्ख्यामा रहेका पर्यटक अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।

शुक्रबार बिहानमात्र यहाँका हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकास नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएको जनाएका थिए ।

ती उडान रद्द भएका कारण शुक्रबार मात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकहरुका कारण विमानस्थलमा ठूलो भीड लागेको जनातएका छन् ।ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई पनि अन्यत्र सार्ने क्रम जारी रहेको बताइएको छ ।

Credit : onlinepana.com

अमेरिकामा पत्रिकाको अफिसमा अन्धधुन्ध गोली प्रहार पाँचको मृत्यु

अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।

क्यापिटल ग्याजेट ( ऋबउष्तब िन्बशभततभ ) नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो ।

एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए जस पछाडि थुप्रै कर्मचारी काम गरिरहेका थिए ।

पुलिसका अनुसार पक्राउ परेका संदिग्ध बन्दुकधारीसँग सोधपुछ गरिँदै छ ।

क्यापिल ग्याजेट एक दैनिक पत्रिका हो जसको डिजिटल वेबसाइट पनि छ । यो बाल्टिमोर सन मिडिया ग्रुपसँग सम्बन्धित छ ।

बीबीसी

Credit : raranews.com

पत्रिकाको कार्यालयमा गोली चल्दा पांच जनाकाे मृत्यु

अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेट नामको पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् । पत्रिकाको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

 

बीबीसीका अनुसार, प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो ।

संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन । आक्रमण गर्नुको कारण छिट्टै पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।

Credit : janasanchar.com

अमेरिकामा पत्रिकाको अफिसमा अन्धधुन्ध गोलीबारी, पाँचको मृत्यु

अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।

क्यापिटल ग्याजेट ( ऋबउष्तब िन्बशभततभ ) नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो ।

एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए जस पछाडि थुप्रै कर्मचारी काम गरिरहेका थिए ।

पुलिसका अनुसार पक्राउ परेका संदिग्ध बन्दुकधारीसँग सोधपुछ गरिँदै छ ।

क्यापिल ग्याजेट एक दैनिक पत्रिका हो जसको डिजिटल वेबसाइट पनि छ । यो बाल्टिमोर सन मिडिया ग्रुपसँग सम्बन्धित छ ।

बीबीसी

Credit : raranews.com