लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो

दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ।यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।

नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। ‘ ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्छौ’ उपाध्यायले सेतोपाटीसँग भने।

५० हजार भन्दा धेरै लाइसेन्स छापियो

ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्। यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ।

आफूहरुले हालसम्म ५० भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए। चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए।

‘सुरुवाती दिनमा हामीलाई प्राप्त डाटा मध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ।’छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको ढकालले बताए।

Credit : onlinepana.com

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।एसिया – ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए ।

डा. गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।एसिसियो २४ देशका आईसिटी एसोसियनहरुको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् ।

Credit : onlinepana.com

राष्ट्र बैंक पुननिर्माणः पप्पु जोडिँदा योजना अलपत्र

ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो । कार्यालयसमेत एक महिनाभन्दा बढी समयदेखि अनिर्णीत छ ।

Credit : onlinepana.com

नेमकिपाका केन्द्रिय सदस्य शाहीको सडक दुर्घटनामा मृत्यु

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी उनको निधन भएको हो ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई राति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएका छन् । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Credit : onlinepana.com

मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ । मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो ।

तर नगरपालिकाको प्रशासकीय अधिकृत (निजामती सेवाका उपसचिव) आफूभन्दा कनिष्ठ रहेको र उनीहरुकोमातहतमा शाखा प्रमुख भएर बस्न नसुहाउने भन्दै उपसचिवले असन्तुष्टि जनाएका छन् ।

Credit : raranews.com

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ ।

तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Credit : raranews.com

ईयूबाट बाहिरियो बेलायत, आज संसदलाई जानकारी गराइने

बेलायत युरोपीय संघ (ईयू) बाट बाहिरिने भएको छ। करिब पाँच घण्टा लामो मन्त्रिपरिदको छलफलपछि उसले युरोपेली संघबाट बाहिरिने निर्णय गरेको हो।  बेलायती प्रधानमन्त्री टेरिजा मेले यो नै अन्तिम निर्णय भएको भन्दै यसले बेलायती जनताको हित गर्ने दाबी  गरिन्।

यसले देशमा रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने मेको भनाइ छ।  प्रधानमन्त्री मेले युरोपीय संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी भने बिहीबार संसदलाई गराउने जनाइएको छ। विपक्षी पार्टीका केही मन्त्रीहरूले

प्रधानमन्त्रीको आलोचना गरेका छन्।  यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आबद्ध २७ देशका राजदूतहरुको बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफलबिनै सकिएको थियो। एजेन्सी

Credit : raranews.com

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते

कावासोती– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना

बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।

Credit : raranews.com

राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन्। पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे। सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको भनाई छ।

 

Credit : raranews.com

दुर्घटनामा परी नेमकिपाकी केन्द्रीय सदस्य गोमा शाहीकाे निधन

बाँके कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको

छ ।  भे १ च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।  भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

 

Credit : raranews.com