ओली र प्रचण्डको समाजवाद ‘पाजी समाजवाद’ : गोपाल किरांती

संघीय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन– ०७४ मा एमाले तथा प्रचण्ड समूहले समाजवादको तारा खसाल्ने गफ दिएको थियो । ‘समाजवाद खोजौँ’ तिनको नारा सो निर्वाचनमा खड्ग ओली र प्रचण्डका उम्मेदवारले नजिते समाजवाद आउनै नसक्ने जसरी प्रचार गरिएको थियो ।

तिनले कुर्लेका नारामा स्वयं उम्मेदवारको ज्ञान, नैतिकता र विश्वास कति थियो, मतदाताले भने तिनलाई भारी मत दिए । समाजवादको त्यस नाराभित्र खड्ग ओलीको गोर्खाली अन्धराष्ट्रवाद लुकेको थियो, जसलाई कथित राष्ट्रवाद नाम दिएर खुब बेचे ।

ओलीको गोर्खाली अन्धराष्ट्रवादमा प्रचण्डको आत्मसमर्पणवाद पनि त्यसवेला त्यत्तिकै बिक्यो । परन्तु निर्वाचनको वर्षदिन पुग्दा नेपाली जनताले प्रश्न गर्नैपर्छ– खोइ त समाजवाद ?

उत्पीडित वर्ग, जाति, क्षेत्र तथा महिला मुक्तिको वैचारिक हतियार माओवादी विज्ञान परित्याग गरेर प्रचण्ड समूह एमालेकृत संसद्वादी नेकपामा जसरी विलय भयो, वैज्ञानिक समाजवाद परित्याग गरेको मुख्य प्रमाण त्यही थियो ।

अझ निर्वाचनको मुखैमा खड्ग ओलीले आफ्नो पार्टी कम्युनिस्ट वा वाम पार्टी नभएको, प्रचण्डसँग मिलेर बन्ने पार्टी पनि कम्युनिस्ट नहुने तथा एकतापछि एमालेको नीति व्यवहारमा लागू गरिने जुन घोषणा गरे, त्यसले वैज्ञानिक समाजवाद त के, पुँजीवादी लोककल्याणकारी राज्यसम्म पनि दिन नसक्ने बताइसकेको हो ।

पुँजीवादी लोककल्याणकारी राज्यसम्म पनि दिन नसक्नुको अर्थ विद्यमान नेपालमा दलाल तथा नोकरशाही पुँजीको उत्पीडन थोपर्नु हो । निर्वाचन जितेपछि ओली र प्रचण्ड त्यही उत्पीडनकारी हर्कत गरिरहेका छन् । कम्युनिस्ट नामधारी सरकार यसरी नयाँ नेपालको सपनामा खग्रास ग्रहण लगाउँदै छ । संसद्मा ओली र प्रचण्डको उपस्थिति दुईतिहाइ पुग्छ ।

उपेन्द्र यादव पनि आफूलाई खाँटी समाजवादी बताउँछन् । तर, ओली–प्रचण्ड–यादव सरकारको नीति तथा कार्यक्रम र बजेटमा समाजवादी योजना किन आएन ? शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको मौलिक हक खोइ ? समाजवाद अभ्यास गर्न सरकारलाई कसले रोक्यो ?

खड्ग ओलीको भनाइमा कर्मचारीले नटेर्नु नै समाजवाद निर्माणको मुख्य समस्या हो ? त्यसो हो भने त्यस्ता अटेरी कर्मचारीलाई कारबाही गर्न किन हिचकिचाउनुप-यो ? राजनीतिक नेतृत्वले आफ्नो टप्परटुइयाँ कार्यशैलीको दोष कर्मचारीको थाप्लोमा हालेर उम्किन मिल्दैन ।

गृहमन्त्रीले जनपक्षीय सुधारका काम अघि बढाएका हुन् । मन्त्री बादलका ती काममा देखिने र सुनिने गरी खड्ग ओली र प्रचण्डले अंकुश लगाए । समाजवादको नारामा चुनाव जितेका सांसदलाई प्रश्न छ– ती जनपक्षीय काममाथि दमन गर्नाले समाजवाद आयो ?

पुरानै कामलाई सामाजिक सुरक्षाको नारामा कथित नयाँ युगको सुरुवात भन्दै ७० लाख सरकारी बजेट खर्चेर खड्ग ओलीको ठुल्ठूलो फोटो विज्ञापन गर्दैमा समाजवाद आउँछ ?

माओवादी विज्ञान भन्छ– विद्रोह जनताको अधिकार हो । नेकपा (माओवादी केन्द्र) ले प्रस्ट भाषामा भनेको छ– समाजवाद स्थापनाका लागि महान् जनविद्रोहको तयारीमा अघि बढौँ ! जनयुद्ध हुँदै फेब्रुअरी पुँजीवादी क्रान्तिसरह गणतन्त्र नेपालको संविधानसम्म आइपुग्दा नेपाली समाजमा दुईवटा ठूला उपलब्धि भए ।

त्यसमा पहिलो, राजनीतिक रूपमा पुँजीवादी गणतन्त्र स्थापना र दोस्रो, आमजनसमुदायमा राष्ट्रिय चेतना जागरण । उत्पीडित वर्गको समुदायमा राजनीतिक चेतना जागरण एक महान् उपलब्धि हो कि राज्यसत्ता नलिएसम्म त्यसले आराम गर्दैन । सामन्ती राजतन्त्रकालमा दबिएको जनताको चेतना आज सरकारसँग मागपत्र जाहेर गर्छ, आन्दोलन र धर्नामा उत्रन्छ ।

राउटेहरू राजधानी आएर प्रधानमन्त्रीलाई थर्काउँछन् । बादी महिला आफ्नो अधिकार सुनिश्चित नभए आफूसँग व्यभिचार गर्ने सरकारी हाकिमको नाम सार्वजनिक गर्ने चेतावनी दिन्छन् । गणतन्त्रयता दलित समुदायका नागरिकलाई कसैले पनि ‘शूद्र’ भनेर हेप्ने दुस्साहस गर्दैन ।

हिजोसम्म मधेसीलाई गैरनेपाली ठान्ने पहाडिया शासक आज मधेसी जनताको आन्दोलनबाट हायलकायल छन् । महिलाको स्वाभिमान उठेको छ र मानव हुनुको हैसियतमा पूर्ण समानुपातिक नेतृत्व प्रणाली माग गर्दै छन् । आदिवासी जनजाति र पश्चिम नेपालमा खसहरू राष्ट्रिय पहिचानका लागि विद्रोहको झन्डा उठाउँदै छन् । यो ऐतिहासिक महत्वको जागरण हो ।

सच्चा मार्क्सवादीका लागि समाजवाद त्यो अन्तरिम व्यवस्था हो, जसले साम्यवादको आधार निर्माण गर्छ । यसैलाई माक्र्सवादीहरू वैज्ञानिक समाजवाद भन्छन् । वैज्ञानिक समाजवादले नेपाली समाजको उत्पीडित वर्ग, जाति, क्षेत्र तथा महिलाको संयुक्त राज्यसत्ता स्थापना गर्नुपर्छ र साम्यवादको दिशामा अग्रसर हुनुपर्छ ।

समाजवाद भन्ने, तर साम्यवाद अर्थात् राज्यविहीन, वर्गविहीन, शोषण–उत्पीडनविहीन समाजतर्फ अग्रसर नहुने व्यवस्थालाई माक्र्सवादीहरू काल्पनिक समाजवाद ठान्छन् । काल्पनिक समाजवाद पुँजीवादको अर्को नाम हो ।

त्यसले मानव जातिको हित गर्दैन । यसर्थ उत्पीडित जनसमूहको राज्यसत्ता सुदृढ गर्न र साम्यवादतर्फ संक्रमणका निम्ति माक्र्सवादीहरू राज्यसत्तामा सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्छन् ।

लेनिनको शब्दमा ओली र प्रचण्डको समाजवाद ‘पाजी समाजवाद’ हो । ‘पाजी’ भनेको गधाको बच्चा हो, जसको प्रकृति गधाजस्तो देखिए पनि त्यसले खुट्टा टेक्न सक्दैन, धर्मराउँछ मात्र । अन्ततः त्यो गुटमुटिन्छ । नेपाली जनतालाई पाजी समाजवाद होइन, पूर्वजनमुक्ति सेनाकी मिरा राईजस्तै दौडने समाजवाद चाहिएको छ ।

Credit : onlinepana.com

थामिनसक्ने र रोकिनसक्ने गरी भ्रष्टाचार भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढंगले अघि बढ्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामिनसक्नु, रोकिनसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।’

समृद्ध, सम्भ्रान्त र सुसंगत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘संयुक्त राष्ट्रसंघले समृद्ध, शान्त, खुसी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।’

आत्मअनुशासित, कानुनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमानदारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधाजति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।’

यहाँ उपस्थित भएकामध्ये कोही पनि भ्रष्टाचारमा पर्ने ढंगबाट काम नगर्नुस् भन्दै प्रधानमन्त्री ओलीले नातावाद, कृपावाद, आफन्तवाद, दल र समुदाय नभनी स्वच्छ, पारदर्शी र कानुनी राज्यको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन दिए ।

अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामिनसक्नु, रोकिनसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ- प्रधानमन्त्री ओली ।

भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानुन र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्छ, म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।’

विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्तिविशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढंगबाट अघि बढिरहेको उल्लेख गरे । खनिजलगायत प्राकृतिक साधनस्रोत प्रशस्त भएका हाम्रा निम्ति विकास र समृद्धिका लागि अहिले अन्त्यन्तै अनुकूल वातावरण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘आफूमातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस् ।’

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो आँैल्याए । मुख्यसचिव लोकदर्शन रेग्मीले मानवजीवन र जगतलाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिए ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रूपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी रहेको बताए । आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व र आयोगका तर्फबाट भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको प्रयासबारे प्रकाश पारे ।

Credit : onlinepana.com

फोरम, नयाँ शक्ति र वैद्य माअाेवादीसँग एकता गर्न वार्तामा नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ ।

विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ । हालै दुई मन्त्रीसहित सरकारमा आएको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि अनौपचारिक छलफल भइरहेको छ । सो प्रक्रियाले प्रदेश नं २ को सत्ता गठबन्धनमा हेरफेर हुन सक्ने समेत देखिएको छ । प्रतिनिधिसभामा फोरमका १५ सांसद् तथा नयाँ शक्तिका एक सांसद् छन् ।

यही जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई दल दर्तासँगै विधान प्रकाशन र मातहतका कमिटीको एकताको आन्तरिक प्रक्रियामा जुटेको नेकपाले अन्य समूहसँगको एकतालाई खुला राखेर अनौपचारिक वार्ता चलाएको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, “मुलुकको समृद्धिका लागि विगतमा फरक स्कुलिङबाट आएका र एक प्रकारले प्रतिष्पर्धी रहेका एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता सम्पन्न भइसकेको छ । अब अन्य कम्युनिष्ट र समूहसँगको एकताका लागि पनि हामीले खुला राखेका छौँ ।”
नेता पौडेलले चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गरे । उनका अनुसार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका अधिकांश नेता पनि एकता र सहकार्यका लागि निरन्तर सम्पर्कमा छन् ।

उनले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक चरण छलफल भइसकेको छ । डा भट्टराई र फोरमका अध्यक्ष यादवले सकेसम्म पार्टीको नाममा कम्युनिष्ट नराखी समाजवादी राख्न सुझाव दिएको बताए  । फोरमले आफ्नो राजनीतिक दस्तावेजमा माक्र्सवादी सिद्धान्तलाई मानेकाले एकतामा अन्य समस्या नभएको पौडेलको भनाइ छ ।

गत असोज १७ गते एमाले र माओवादी केन्द्रको चुनावी तालमेलको घोषणा भएको दिन नयाँ शक्ति पनि सामेल भएकामा पछि तालमेलबाट अलग भएको थियो । “नेता डा भट्टराईलाई ल्याउनुपर्छ, एक्लो महावीर भएर कहीँ पुगिन्न, सबै एक भएर जानुपर्छ”, पौडेलले आज केही सञ्चारकर्मीसँग भने“मुलुकको शासकीय स्वरुपका विषयमा पनि नेकपा, फोरम, नयाँ शक्तिबीच करीब समान मत छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादी केन्द्र, फोरम र नयाँ शक्तिले कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । अहिले सदन र सरकारमा दुई तिहाइ पुगेको छ, अनुकूल समयमा मुलुकको स्थिरताका लागि यो प्रणालीमा जानका लागि हामीले बहस पनि चलाइरहेका छौँ ।”

नेता पौडेलले जनताको चाहना र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई साथमा लिएर तथा छिमेकी भारत र चीनसँग सम्बन्ध विस्तार गरी चुनावी साझा घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट एवं प्रधानमन्त्री ओलीका प्रतिबद्धतालाई पूरा गरी विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले वर्तमान सरकारले सुरुङमार्ग, रेलमार्ग, द्रुतमार्ग, मदन भण्डारी मार्ग र केही ठूला परियोजना अगाडि बढाउन नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेको छ भन्दै आगामी पाँच वर्ष विकासको आधार तयार पार्ने र अर्को पाँच वर्ष नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने सरकारको सोच रहेको बताए । उनले भने, “सरकार र सदनमा दुई तिहाइ समर्थन भएकाले न्यायालय र अन्य निकायले पनि विकास र समृद्धिका काममा कुनै अवरोध नगर्ला । यस अवसर र चुनौतीलाई सरकार र पार्टीको नेतृत्वले उपयोग गर्नुपर्छ ।” 

Credit : onlinepana.com

वामदेव गौतमले दिए यस्तो चेतावनी, अब एक जना अध्यक्ष नहुँदा पनि बैठक बस्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको बैठकमा नौलो घटना भएको छ ।चार जना शीर्ष नेताहरुको बैठक बहिस्कारका बावजुद बैठक सामान्य बहुमतले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

शीर्ष नेताको बहिस्कारबीच २९ गते स्थायी समिति बैठक बोलाउने नेकपाको निर्णय

शनिबार ३ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा शुरु नभएपछि सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठक स्थलबाट उठेर हिँडेका थिए ।त्यसपछि दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्र बैठकमा बसेका थिए ।

बालुवाटार पुगेका माधव नेपालसहित ४ नेता ओली–प्रचण्डसँग रिसाएर हिँडे

‘हाम्रो बहिस्कारले नयाँ थितिको शुरुवात भयो’

यद्यपि, यस बैठकबाट नयाँ थितिको सकारात्मक शुरुवात भएको नेता बामदेव गौतमले बताएका छन् ।रातोपाटीसँग कुरा गर्दै नेता गौतमले भने, ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाई गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौँ ।’

‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ,’ नेता गौतमले भने, ‘यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।’उनका अनुसार यसअघि दुईमध्ये एक जना अध्यक्ष नहुँदा बैठक लामो समय बस्न नसक्ने अवस्था थियो । तर, आज आफूहरुले गरेको विरोधले एउटा नयाँ परम्पराको शुरुवात भएको नेता गौतमले दाबी गरे ।

‘अब एउटा अध्यक्ष भएन भने बैठक हुन्छ । प्रधानमन्त्रीले भ्याउनु भएन भए पनि सामान्य कोरम पुर्याएर अर्को अध्यक्षले पनि बैठक बस्न सकिने भयो,’ उनले भने, ‘मलाई यो नयाँ परम्पराको थालनी भएपछि खुसी लागेको छ ।’

Credit : onlinepana.com

प्रचण्डकासामू ओलीको दुखेसो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शिर्ष नेताहरुले बहिस्कार गरेका छन् । नेकपाका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेब गाैतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् । तर, उनीहरुले बैठक बहिस्कार गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेका छन् ।

स्थायी समितिको बैठक आगामी २९ गतेका लागि बोलाउने निर्णय गरेपछि बरिष्ठ नेता नेपालले पार्टीमा अधिनायकवादको सुरुवात भएको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् । प्रवक्ता श्रेष्ठले नेताहरुले समयको पालना नगरेर कुराउने काम गरेको भन्दै आफू बैठकबाट निस्किएको जनाएका छन् ।

बालुवाटार स्रोतले जनाए अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँग एसिया प्यासिफिक समिटको बारेमा छलफल गर्दा भित्र सहमतिको गाँठो नफुक्ने देखिएपछि प्रचण्ड कै इसारामा बामदेब, श्रेष्ठ र खनाल निस्केका हुन् । तर, बरिष्ठ नेता नेपाल भने समिटको कुरा उठ्ने देखिएपछि बैठकस्थलबाट नियोजित ढंगले नै निस्केको स्रोतको दावी छ ।

एकनाथ ढकालसँग बरिष्ठ नेता नेपालको नाम जोडिएपछि बच्नलाई उनले विभिन्न उपाय अपनाउदै आएका छन् । प्रधानमन्त्री ओलीलाई समेत सकस परेपछि उनले प्रचण्डसँग नेता नेपालले आफूलाई फसाएको भन्दै दुखेसो पोखेका छन् ।

Credit : onlinepana.com

संयज साह (टकला) उपेन्द्र यादवको शरणमा, यस्तो छ भित्रि सेटिंग

हत्यको आरोपमा जेल जिवन बिताई रहेका संजय साह (टकला) अब उपेन्द्र यादवको शरणमा पुगेका छन् । गत साल निर्वाचनमा राजेन्द्र महतोलाई पराजित गर्न नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिको शरणमा पुगेका साह अहिले उपेन्द्र यादवको शरणमा पुगेका हुन ।

तत्कालिन अवस्थामा निधिले चुनाव जिते पछि जेल मुक्त गर्ने आश्वासन दिए पनि निर्वाचन पछि नेता निधिले मतलब नगरेपछि अहिले उपेन्द्र यादवको शरणमा पुगेको श्रोतले बताए ।

विमलेन्द्र निधिले मतलब गर्न छाडे पछि एमाले नेता रघुवीर महासेठ सँग पनि साहले सहयोगको याचना गरेका थिए । तर एमाले नेता महासेठले पनि खासै भाउ नदिएपछि अहिले नेता साहका सहयोगि मधेश क्रान्ती फोरमका नेता नवीन यादव मार्फत उपेन्द्र यादवको शरणमा पुगको छन् ।

श्रोतका अनुसार, जनकपुरमा फोरम नेपालको संगठन त्यति बलियो नभएको र अहिले राजपा सँग पनि टाढिएको अवस्था नेता साहको सहयोगमा त्यहाँ बलियो बनाउने रणनीति अनुसार दुईबीच अगामि दिनमा एक अर्कालाई सहयोग गरे अगाडि बढ्ने सहमती बनेको छ ।

Credit : onlinepana.com

नेकपाका यी चार नेताले गरे सचिवालय बैठक बहिस्कार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरेका हुन् ।

बैठक समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ ।

बैठक सुरु नभएपछि हिँडेको हुँ ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

Credit : onlinepana.com

आज अन्तर प्रदेश परिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुभएको छ । मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारवाहीको विषयमा बैठकमा समीक्षा हुनेछ ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ । बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गर्नुहुनेछ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुनेछ ।

सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ ।

कुनै विषयमा विवाद भएको अवस्थामा त्यो विषयसँग सम्बन्धित नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।यस्तै अन्तर प्रदेश परिषद्को बैठकसम्बन्धी कार्यविधि सो परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने संवैधानिक व्यवस्था छ ।

Credit : onlinepana.com

ओली-प्रचण्ड बिरुद्ध ऋषि कट्टेलले सर्वोच्चमा मुद्धा हाल्दै, यस्तो छ कारण

प्रचण्ड र केपी ओलीले आफ्नो पार्टीको नाम चोरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ऋषि कट्टेल मुद्धा दर्ता गर्न सर्वोच्च अदालत जाने भएका छनु । उनले आज सर्वोच्च गएर मुद्धा दायर गर्ने बताए ।

सत्ता र शक्तिको आडमा आफ्नो दलको नाम नै ओली प्रचण्डले हडप्न लागेकाले आफु सर्वोच्च जान बाध्य भएको उनको आरोप छ ।

आफ्नो पार्टी नेकपा नाममा विधिवत् रुपमा निर्वाचन आयोगमा दल दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको कट्टेलले बताए ।

Credit : onlinepana.com

आठ वर्षपछि दोहोरियो बालुवाटार घटना, खनाल मख्ख

बालुवाटार प्रवेशका बेला अपमान भएको भन्दै बाहिरिएका तत्कालीन नेकपा (एमाले)का नेता केपी ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।ओली प्रधानमन्त्री होइनन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पनि हुन् । ओलीले बालुवाटारमा पार्टीको बैठक निरन्तर राख्दै आएका छन् ।

बालुवाटारमा बैठक बोलाएर ओली समयमा नआएको भन्दै चार ठूला नेताहरू बालुवाटारबाट बाहिरिएपछि आठ वर्ष अगाडि तत्कालीन एमालेका अधयक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले बोलाएको बैठक र ओलीद्वारा बहिष्कार गरिएको घटनालाई स्मरण गराएको चर्चा हुन थालेको छ ।

८ वर्ष अगाडि तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला ओलीले बालुवाटारको बैठक बहिस्कार गरेर बाहिरिदिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘बालुवाटारको आज (शनिबार)को घटनापछि ८ वर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ ।’

‘प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिँदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो’, नेता रिजालले लेखेका छन्, ‘त्यसपछि जेएन (झलनाथ) कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।’

नेकपाको सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । तर, अध्यक्ष एवम् प्रधानमन्त्री ओली बैठककक्षमा तोकिएको समयभित्र नआएपछि झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेर बाहिरिदिएका थिए ।

नेकपाका महासचिव विष्णु पौडेलले आफू ३ बजे नै बैठककक्षमा पुगेको बताउँदै त्यतिवेला माधव नेपाल आइसकेको बताएका छन् । ‘उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ’, उनले भनेका छन् ।

‘त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो’, महासचिव पौडेलले बालुवाटार बैठक बहिष्कारमा प्रतिक्रिया दिँदै भने, ‘उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, आपत् परेजस्तो किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन ।’

खासमा अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बु भेट्न आएका थिए । लामो समय जनयुद्ध र जनआन्दोलनमा योगदान गरेका खम्बुसँग क्यान्सरपीडित एकल महिलासमेत रहेको पौडेलले बताए ।

‘प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो’, पौडेलले भने, ‘तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।’

त्यति मात्रै होइन ओलीले आफू प्रधानमन्त्री भएपछि बालुवाटारको पश्चिम गेटलाई पनि बन्द गरिदिएका थिए । बालुवाटारको १ नं. गेटबाट ओलीलाई छिर्न दिइएको थिएन ।

त्यसपछि ओलीले ‘म प्रधानमन्त्री भएँ भने यो गेट बन्द गरिदिन्छु’ भनेका थिए । नभन्दै ओाली प्रधानमन्त्री भएपछि बालुवाटारको १ नं. गेट अहिले पनि प्रयोग हुँदैन । ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला त्यो गेट बन्द गरिदिएका हुन् ।

Credit : onlinepana.com