गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तिज गीत ‘भाँचम कम्मर भाँचम’ (भिडियो सहित)

मालती म्युजिक प्रालीको प्रस्तुतीमा कल्पना गुरुङ, रामु रावत र विर बहादुर केसीको तीज गीत रमाइलो कोशेली ‘भाँचम कम्मर भाँचम ’ बजारमा आएको छ ।

नेपालमा तीज गीतको नाममा संस्कृतिनै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला डान्सिङ पारामा रहेको गीतलाई आम दर्शक तथा स्रोताले मनगराउने गायिका कल्पना गुरुङले बताइन । माइत जान नपाएका महिलाहरुलाई मनोरञ्जन दिनको लागी र कला सस्कृतिको जर्गेना गर्नको लागी गीतको भिडियो प्रभावकारी भएको छ ।

रामु रावत र विरबहादुर केसीको शब्द सिर्जनामा रामु रावतले लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको भिडियोमा चर्चित मोडल आरुषि मगर र सुमन परियारको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

Credit : onlinepana.com

उमाले ३ घण्टा कुराएर खुमनलाई “असीना पानी” सगैँ भेटेपछि…(भिडियो)

तीज आउन अझै केहि समय बाकीँ छ । तर गायक गायिकालाइ भने यतिवेला तीजको चटारो छ । किसान खेतमा व्यस्त भएअझै यतिवेला तीजमा लोकप्रिय बन्न गायकगायिकाहरु व्यस्त छन् । यसैको चटारोमा रहेका यतिवेला गायिका उमा गिरी र गायक खुमन अधिकारी ।

उमाको प्राय गितहरुमा स्वर दिएका खुमन यसपालिको तिजमा पनी उमालाई साथ दिएका छन् ।गायक खुमनले उमालाई तिजमा मात्र हैन अन्य गितहरुमा समेत साथ दिएका छन् ।‘मुटुनै हल्लीयो “, ‘झ्यालको पर्दा खोल” ,’डाक्टर साव’, “पुर्णीमाको जुन”, “खोटी कर्म” जस्ता लोक गित र ” नक्कली गहनाले पल्कायो चोर” तिजको गितमा गायक खुमन अधिकारीले उमालाई साथ दिएका छन् ।

“नक्कली गहनाले पल्कायो चोर” दर्शकले मन पराएपछि गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा असीना पानी बोलको गित लिएर आएका छन् ।

तिजको भाकामा रहेको असीना पानी गीत सार्वजनिक भएको छ । तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो। केही वर्षयता तीजका भाकामा महिला र पुरुषको उत्तिकै सहभागि भएर तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन् ।

“असीना पानी”मा लय तथा शब्द नेत्र अर्यालको रहेको गीतमा उमालाई खुमन अधिकारीले साथ दिएका हुन् ।गीत ‘ असीना पानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । उमा र खुमनको स्वरमा रहेको असीना पानी बोलको गीत भिडियोको छायाङ्कन करण चैसीरले गरेका छन ।

उमा पछिल्लो साय संगितीक क्षेत्रमा राम्ररी जम्न थालेकि छन । उनले नेपालमा मात्र नभएर विदेशमा समेत श्रोता र दर्शकको राम्रै माया वटुल्न सफल भएकि छन् ।

Credit : onlinepana.com

खुमन अधिकारी र देबि घर्तीको आवाजमा रहेको रमाईलो तीज गीता सार्बजनीक

बुटवल। तिज आउन केही महिना रहदा नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ।

सोही क्रममा चर्चित सन्चारकर्मि कृष्ण बाबू र सुरेन्द्र कुँवरको तिज गित “भालेको डाकैमा” सार्वजनिक भएको छ। चर्चित गाएक खुमन अधिकारि र चर्चित गायिका देबि घर्ती मगरको आवाजमा सजिएको उक्त गितको शब्द चर्चित सन्चारकर्मी कृष्ण बाबुको रहेको छ भने लय गाएक खुमन अधिकारीको रहेको छ।

भिडियोमा सन्चारकर्मि कृस्णबाबु र चर्चित मोडल मिना महोत्राको अभिनय रहेको छ। विस्णु भट्टराई निर्देशनमा रहेको उक्त गित बुलबुल मिडियाले बजारमा ल्याएको हो।उक्त गित दर्शकले मन पराउनु हुन्छ भन्नेमा आफू ढुक्क रहेको कृण्ण बाबू समतल अनलाइन लाई जानकारी दिएका छन।

Credit : onlinepana.com

मार्मिक गीत पश्चातापले जलाऊला भिडियो सार्बजनिक

नेपाली गीत संगीतको बजार खुम्चिंदै गय पनि नेपाली गीत सांगेतमा लाग्न चाहने र नयाँ नयाँ गीत र भिडियोहरु निर्माण गर्ने क्रम भने घटेको छैन । राजु बिरही र ज्ञानु लामाको स्वरमा रहेको मार्मिक लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ ।

पश्चातापले जलाऊला बोलको गीतमा मिना लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मिना लामा,बिकाश बस्नेत र उत्तम महर्जनको अभिनय रहेको छ ।

बिरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोलाइ मिना लामा र बिरेन्द्रले निर्देशन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा बिछोडको कथा लाइ प्रस्तुत गर्न खोजिएको छ ।

Credit : onlinepana.com

खुमन अधिकारीको तीज गीतमा दुर्गेश र अन्जलीको ठुम्का (भिडियो)

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । दिनानु दिन तीज गीतका रेकर्ड अनि सुटिङ पनि भईरहेका छन् भने कतिपयको गीत सार्बजनि पनी भैसक्यो ।

यसै क्रममा बुलबुल मिडीया प्रा.लि. ले बजार व्यवस्थापन गरेको संचारकर्मी कृष्ण बाबु र शान्ता जी.सी.को तीज गीत ” बरीलै ” बजारमा आई सकेको । खुमन अधिकारी र शान्ता जी.सीको आवाज रहेको यो गीतको लय गायक खुमन अधिकारीले बनाएका हुन् भने शब्द कृष्ण बाबुको रहेको छ।

पुरानो गीतको झल्को आउने खाल्को गीत पनि रहेकाले सबैको मन जित्नेमा कृष्ण बाबु ढुक्क छन्। यो गीतको निर्देशन अहिलेको व्यस्त पहिलो महिला निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् । गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दुर्गेश र अन्जलीले अभिनय गरेको उक्त गीतको सम्पादन प्रकाश धमलाले गरेका छन्।

Credit : onlinepana.com

मिनाक्क्षी महतराको”सुस्तरी सुस्तरी” बजारमा

पछिल्लो समयमा संगीत क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल गायिका मिनाक्क्षी महतराले अहिले ”सुस्तरी सुस्तरी” बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छिन ।
करिब पाच बर्ष पहिले देखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा अब्बल देखिन्छिन ।

उनी भन्छिन मेरो यात्रा संगीत क्षेत्रमै रहनेछ अहिले सम्म करिब आधा दर्जन भन्दा बढी गित गाइसकेकी गायिका अहिले रोमान्टिक मेलोडीका साथ आएकी हुन् ।नेपालको बिभिन्न रमणीय स्थानमा छ्याकंन गरिएको म्युजिक भिडियो सबै दर्शक श्रोताले मन पराउने आशा लिएकी छन ।

अहिलेका ब्यस्त निर्देशक रायन कार्कीले निर्देशक गर्नुभएको म्युजिक भिडियोलाइ हेर्दा एउटा प्रेम प्रमिका बिचको सुमधुर सम्बन्धलाइ राम्ररी महसुस गर्न सकिन्छ ।

सरोज पोखरेलको उत्कृस्ट शब्द र संगीत रहेको गीतलाई एरेन्ज भने आमोस तामाङले गर्नुभएको छ ।सिन्धुली क्षेत्रको वरिपरी खिचिएको म्युजिक भिडियोलाई क्यामेरामा कैद र आफ्नो सम्पादनको कला भने ओम प्रसाईले गरेका हुन् ।

म्युजिक भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो अब्बल कला प्रस्तुत सगै कौशल र मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइटले आफ्नो युटटुप् मार्फत बजारमा ल्याएको छ ।

Credit : onlinepana.com

तिज गीत छोरीको बिलौना मार्फत माइती जान नपाउने चेलीहरुको लागि ऋतु बोहराको शुभकामना (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । तर हिजो आज बजारमा आएका गीतहरु रत्यौलीको भाकालाई टपक्कै टिपेर तयार पारिएको हो जस्तो भान हुने गर्दछ ।

थोरै मात्रामा बजारमा आएका वास्तविक तिज गीतहरुले पनि राम्रो बजार नपाउँदा अझै पनि धेरै कलाकारहरु आधुनिक तिज गीत तयार गर्नमा केन्द्रित बनिरहेका छन् । हामी नेपाली गीत संगीतका अनुरागीहरुले पनि असली गीत संगीतलाई सुन्ने र हेर्ने बनि बसाल्यौं भने आगामी दिनमा त्यस्ता भल्गर तिज गीतहरु बजारमा ल्याउने कलाकारहरु निरुत्साहित हुनेमा शंका गर्ने ठाउँ छैन ।

माथि उल्लेखित यसै कुरालाई ध्यानमा राखेर अहिले एक तिज गीत सार्बजनिक भएको छ ।छोरीको बिलौनाू नामको साथमा बजारमा आएको यो तिज गीतमा ऋतु बोहराको स्वरमा रहेको छ । बिशेषगरी जन्म घरबाट कर्मघर पुगेपछि त्यहाँको कयौं बाधा अर्चन सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिंडा यस गीतले बोलेको छ ।

साथै पोहोर साल पनि घर बिदा नभएर माइती जान नपाएकी चेलीले अन्य सहज रुपमा तिज मनाउन माइती जाने संगीहरुलाई शुभकामान समेत यस गीतको माध्यम बाट ब्यक्त गरिएको छ । करिब दुई मिनेटको गीतले नै अशंख्य चेलीहरुको यथार्थता बोलेको गीतलाई हाल एनिमेशनको रुपमा मात्र सार्बजनिक गरिएको हो । श्रोता तथा दर्शकहरुको तर्फबाट राम्रो प्रतिक्रिया आएको खण्डमा यस गीतको म्युजिक भिडियो पनि निर्माण गरेर सार्बजनिक गरिएने कुरा निर्माण पक्षबाट जानकारी प्राप्त भएको छ ।

गीतलाई झलक संगीतमले संगीत संयोजन गरेका हुन् भने अहिलेका अनेकौं गीतहरुमा सारंगी बादकको भूमिका निर्बाह गरेर ख्याती कमाएका सारंगी बादक धर्म गन्धर्बले सारंगी बजाएर गीतलाई सजिसजावट गरेका छन् आलाप रेकडिंग स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सिंग संजय श्रीपालले गरेका हुन् र एनिमेशन भिडियो मिक्सिंग सुजन शाहीले गरेका छन् ।

यस गीतकी गायिका ऋतु बोहरा काठमाडौँमा अवस्थित रडियो मिर्मिरे ८९.४ मेगाहर्जको बाल कार्यक्रम कि संचालिका समेत हुन् । उनले यस अगी तिन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनि द्वारा अभिनित छुट्यो मायाजाल, डाली बसी नरौ न्याउली र लिन आएनन् बोलको तिज गीत रहेको छ । ऋतु रडियो मिर्मिरे ८९.४ मेगाहर्ज कै कार्यक्रम प्रमुख राजु बोहराको छोरी हुन् ।

Credit : onlinepana.com

अशोक दर्जीले स्टेजमा बबाल प्रस्तुति दिएपछि नेपालीहरुको हुटिङ्गले गुन्जियो हल, २ दिनमै ७ लाखले हेरे अशोकको यो भिडियो

अशोक दर्जीको जीवन एका एक फेरिएको छ । सडक बालबालिकाको जस्तै देखिएका दर्जी एकाएक भाइरल बन्दा उनको परिवारको नै जीवन फेरिने भएको छ । आर्थिक अवस्था कमजोरका कारण अशोकको प्रतिभा लुकेको थियो।

गाउँमा छँदा विद्यालय पनि नजाने खोला तथा सडकका किनारामा खेल्दै दिनहरु बिताउने गर्थे । एकाएक दर्जी टंक बुढाथोकीको नजरमा परेपछि उनी बिस्तारै चर्चामा आए । दर्जीलाई बुढाथोकीले गाउँबाट काठमाडौं ल्याएर सामाजिक सञ्जालमा देखाउँदा उनको प्रतिभाले एकाएक भाइरल बनेका हुन्।

दर्जीको स्वरमा रहेको ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ भन्ने गीतले संसारमा रहेका नेपालीहरुलाई नै हल्लाएको छ।

उनलाई देश तथा विदेशमा सांगेतिक प्रस्तुतीका लागि अफर पनि आउन थालेका छन् । यसै क्रममा केहि दिन देखि कार्यक्रमको लागि मलेसिया पुगेका अशोक दर्जीले स्टेजमा आफ्नो प्रस्तुति देखाएका छन् ।

उनको प्रस्तुतिले दर्शकहरु झुमेर नाचे भने कार्यक्रममा भिड नै लाग्यो । अशोकले मलेसिया पुगेर स्टेजमा गाएको गित पनि २ दिनमै ७ लाख ९ हजार भन्दा बढीले हेरी सकेका छन् । उनले मलेसियामा रहेका नेपालीलाई भरिपूर्ण मनोरञ्जन दिएको यस भिडियोमा हेर्न सकिन्छ ।

Credit : onlinepana.com

आँचल र सुशान्तको रोमान्स (भिडियो)

काठमाडौं : शिव परियारको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘मंगली’ बोलको गीतमा गीतमा शंकर थापा ‘स्माइल’को संगीत तथा प्रह्लाद शाहका शब्द छन्।

विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्रीको अभिनय रहेको छ। सुशान्त भारतीय डान्स रियालिटी सो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए।

पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याइरहेको डश म्युजिकले व्यवस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल हुन्। भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन्।

हेर्नुहोस् भिडियो:

Credit : raranews.com