आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

काठमाडौं – नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ। सरकारले गत तीन आर्थिक वर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन छाडेको छैन।

निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७३/७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा जम्मा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा पुगेको हो। इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै आएको छ। बोनस रकम विनियोजन गरे पनि वितरण भने गरेको छैन। उपभोक्तासँग पेट्रोलियम पदार्थमा चर्को मूल्य असुलेर निगमले नाफा कमाएको हो।

निगम नाफामा गएपछि आर्थिक वर्ष ०७२/७३ मा एक अर्ब २६ करोड ३६ लाख र ०७१/७२ मा ९० करोड रुपैयाँ बोनस रकम छुट्टयाएको थियो। करिब ३६ अर्ब रुपैयाँ घाटामा गएको निगम आव ०७१/७२ मा नाफामा गएपछि बोनस बाँड्ने तयारी गर्दा चौतर्फी आलोचना भएको थियो। त्यसपछि बोनस वितरण गर्न रोकिएको थियो। त्यसयता निगमले वासलातमा बोनस रकम शीर्षकमा रकम थप्दै आएको छ।

सरकारले गत तीन आर्थिक वर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन छाडेको छैन।
सरकारी नियमअनुसार बातसालमा बोनस शीर्षकमा रकम विनियोजन गरे पनि वितरण नगरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए। ‘बोनस रकम छुट्टयाए पनि वितरण नगर्ने निर्णय सञ्चालक समितिले गरेको छ,’ उनले भने, ‘बासलातमा राख्नुपर्ने भएकाले राखेका हौं।’

आव ०७३/७४ मा एक सय ५२ अर्ब रुपैयाँको इन्धन कारोबार गरेको निगमले नौ अर्ब ४५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। निगमले सो अवधिमा सरकारलाई विभिन्न शीर्षकमा ४७ अर्ब रुपैयाँ कर तिरेको छ। बोनस रकम विनियोजन गरे पनि वितरण नगर्ने निगमका अधिकारी बताउँछन् । सरकारी स्वामित्वको संस्था भएकाले सरकारको निर्देशनअनुसार बोनस वितरण नगर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘तीन वर्षदेखि नाफामा गए पनि बोनस रकम वितरण गरेका छैनौं,’ उनले भने, ‘अबका आर्थिक वर्ष सरकारकै बोनस ऐनअनुसार छुट्टयाउन पाइँदैन।’ सरकारले बोनस ऐन पाँचौ संशोधन–२०७३ मा तोकिएबमोजिम हुने भन्ने उल्लेख छ।

निगमले प्रतिस्पर्धाबिनाकै इन्धन कारोबारबाट नाफा कमाएको हो। बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर नाफाबाट उक्त रकम विनियोजन गरेको हो। अर्थ मन्त्रालयले पनि बोनस रकम वितरण नगर्न निर्देशन दिएको थियो। बोनस ऐन २०३० को दफा ५ (१) मा नाफा गर्ने निकायले खुद नाफाको ६ प्रतिशत वा तीन महिनाको तलबबराबरको बोनस वितरण गर्नुपर्ने व्यवस्था छ। सरकारी स्वामित्वमा रहेका संघसंस्था, प्रतिष्ठान सञ्चिती नाफामा गएपछि ६ प्रतिशत बोनस खान पाइने प्रावधानमा टेकेर निगमले बोनसका लागि रकम विनियोजन गर्दै आएको छ।

सरकारी संस्थानले सञ्चिती नाफा भएपछि बोनस खान पाउने व्यवस्था भए पनि निगमको हकमा यो लागू हुँदैन। सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत संस्थाले अन्य संस्थासँग प्रतिस्पर्धा गरेर मुनाफा कमाए पनि निगमले प्रतिस्पर्धाबिना नै नाफा कमाएको हो। आइओसीबाट डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास ल्याएर बिक्री गर्दा नाफा रकम राखेपछि मुनाफा भएको हो। निगमले कसैसँग प्रतिस्पर्धा गर्नु नपर्ने भएकाले बोनस खान नमिल्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। निगममा सरकारको ९९.४६ प्रतिशत लगानी छ। जसमध्ये अर्थ मन्त्रालयको ७३.४१, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०.३२, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५.७३, नेसनल टे«डिङ लिमिटेडको ०.२६, राष्ट्रिय बिमा कम्पनीको ०.१६, नेपाल बैंक लिमिटेडको ०.७७ र राष्ट्रिय वाणिज्य बैंकको ०.५२ प्रतिशत सेयर छ। नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति बेचेर कर्मचारीलाई अवकाश दिएकाले सो लिमिटेडको सेयर पनि सरकारकै हुन्छ।

निगमका कर्मचारी बोनस खान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले संस्था सञ्चिती नोक्सानी, ऋण वा घाटा भएको बेलामा बोनस खान नपाइने फैसला गरेको थियो। निगम अहिले पूर्ण रुपमा नाफामा गएकाले अब बोनस रकम वितरण गर्नुपर्ने कर्मचारी ट्रेड युनियनले माग गर्दै आएका छन्। सञ्चालक समितिले घाटामा गएको बेला वितरण नगर्ने निर्णय गरेको भए पनि आर्थिक वर्ष ७३/७४ देखि नाफामा गएकाले बोनस खान पाउनुपर्ने निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपाल राईले बताए। ‘सञ्चित नोक्सानी पूर्ति गरेपछि खान पाइने सर्वोच्च अदालतको समेत फैसला छ,’ राईले भने, ‘अब अदालतको फैसला मान्ने या नमान्ने भन्ने प्रश्न हो?

यो समाचार नागरिक दैनिकबाट लिएका छौ

Credit : raranews.com

बर्दिया सहित पश्चिम नेपालका ६ वटा जिल्लामा उर्जा कर्जा शुरु

बर्दिया सहित पश्चिम नेपालका ६ वटा जिल्लामा एकैपटक ऊर्जा कर्जाको औपचारिक शुभारम्भ गरिएको छ । ऊर्जा कर्जा बर्दिया, रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ, र कञ्चनपुर गरी ६ जिल्लाका १६ शाखामा लागू हुनेछ ।ऊर्जा कर्जाको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकका कार्यकारी प्रमुख श्रीराम पोखरेलले बताए ।

‘ऊर्जा कर्जाको प्रबर्द्धनका लागि जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंक र सक्षम परियोजनाका बीचमा यसअघि समझदारी समेत भैसकेको छ, हामी सबैलाई उद्यमशील बनाउन चाहन्छौं’ पोखरेलले भने ।

ऊर्जा कर्जाको प्रबर्द्धनका लागि घरेलु तथा व्यावसायिक प्रयोजनका लागि सुधारिएको चुलो, बायो ग्याँस प्लान्ट, सोलार वाटर हिटर, सनफ्लावर पम्प, सोलार रेफ्रिजेरेटर, सोलार सौर्य विद्युत प्रणाली र सोलार कन्डक्सन ड्रायरमा कर्जा दिइने छ ।

बैंकका अध्यक्ष बाबुराम विश्वकर्माले साना लद्यु उद्यम तथा आय आर्जनका कार्यहरुका लागि उचित मूल्यका कर्जाहरु सदस्यहरु दिने लक्ष्यका साथ ऊर्जा कर्जा सुरु गरिएको बताए ।उनले स्वच्छ तथा जलबायु अनुकुल ऊर्जाको पहुँच सहज बनाउन ऊर्जा कर्जाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बैंकले सोलार रेफ्रिजेरेटरका लागि १ लाख ७० हजारसम्म वार्षकि १६ प्रतिशत घट्दो व्याजदरमा ३ वर्षसम्म क्रृण लगानी गर्नेछ ।त्यस्तै सोलार वाटर हिटरका लागि ६० हजार, सोलार पम्पका लागि ८५ हजार, बायो ग्याँसका लागि ३ लाख, सोलार कन्डक्सन ड्रायरका लागि ४५ हजार, सौर्य विद्युत प्रणालीका लागि २० लाख रुपैयाँसम्म बढिमा १६ प्रतिशत व्याजमा ३ बर्षका लागि क्रृण पाइनेछ ।

उक्त कर्जामा व्यक्तिगत कर्जा समूहको जमानीमा २ लाख र २ लाख भन्दा बढिमा धितो आवश्यक पर्ने जनाइएको छ ।

सो क्रममा सक्षम परियोजनाका प्रतिक देवकोटा, अजम्बरी विकास फाउण्डेसनका ज्ञानन्द्रराज शर्मा, कोशती टेडिङ कन्ट्रक्सन प्रा.लि बिराटनगरका सागर कोइराला , विनरक इन्टरनेशनलकी निरा भट्ट, सुर्योदय ऊर्जा कम्पनीका नन्दन अर्याल, घरेलु बायो, गोवर ग्यास कम्पनीका मधु बस्याल,बैकका इन्द्र बराली पत्रकार रुद्रहरी कुवर लगायतले बोल्दै उद्यमशीलता बिना मुलुकको आर्थिक समृद्धि सम्भब नभएको बताए ।पहिलो चरणमा करिब ३ हजार जनालाई कर्जा दिइने बैंकले जनाएको छ ।

Credit : onlinepana.com

ग्लोबल आईएमई बैंकको नयाँ विशेषतासहितको ‘ग्लोबल स्मार्ट’ सेवा…

 

ग्लोबल आईएमई बैंक लि. ले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै विशेषताहरु थप गरी नयाँ रुपमा ग्राहकहरुमाझ ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले शुक्रबारदेखि आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई परिमार्जन गरेको जनाएको छ ।

अद्यावधिक (अपडेट) गरिएको मोबाइल बैंकिङमार्फत कारोबारको सहजताका लागि व्यक्तिगत ‘क्युआर’ कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यस सेवामा प्रयोगकर्ताको औंठा छापमार्पmत ‘लग–इन’ तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ ।

ग्लोबल आईएमई बैंक लि. को नयाँ ‘ग्लोबल स्मार्ट’ सुविधाअन्तर्गत ग्राहक स्वयंले बैंकमा नगईकनै आफैं उक्त सेवा सुचारु गर्न सक्ने ‘सेल्फ–रस्ट्रिेसन’ सुविधाका साथ आफ्नो खाताको ‘स्टेटमेन्ट’ ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरी ‘फोन–पे’ को नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ ।

थप गरिएका अन्य विशेषताहरुमा ‘अकाउन्ट ड्यासबोर्ड’ र ‘क्यालेन्डर इन्टिग्रेसन’ सुबिधा समेत रहेका छन् । यसअघि पनि ग्राहकले ‘ग्लोबल स्मार्ट’ मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आईएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्न तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउन, आफू रहेको स्थानको लोकेसन म्याप हेर्न र बैंकको सेवा–सुविधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुविधा रहेकामा यी सम्पूर्ण सुविधालाई नयाँ रुपमा ग्राहकसामु प्रस्तुत गरेको हो ।

यो सेवामार्फत ग्लोबल आईएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत बैंकका शाखा, एटीएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्लोबल आईएमई बैंक लि. स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ नेपालमै पहिलो पटक वि.सं. २०७२ देखि नै सुरु गरेको थियो ।

स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा सुरु गरेको तीन वर्षमा नै बैंकले फेरि नेपालमै पहिलो पटक ‘क्युआर’ कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रविधि भित्र्याएको हो । ग्राहकहरुले ‘गुगल प्ले स्टोर’ र ‘एप स्टोर’ मा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् ।

विज्ञान–प्रविधिले नयाँ–नयाँ आयामहरु भित्र्याइरहेको अहिलेको समयमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले समय–समयमा आफ्ना सुविधाहरु परिमार्जन गर्दै आइरहेको छ ।

Credit : newskoseli.com

पुँजी बढाउँदै आयल निगम : बोनस सेयर जारी हुँदै…

नेपाल आयल निगमले ‘बोनस सेयर’ जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ ।

शुक्रबार हुने निगमको ३६औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो ।

गत वर्ष निगमले सेयरहोल्डरहरुलाई ५० प्रतिशत लाभांश वितरण गरेको थियो । वार्षिक १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

सामाजिक उत्तरदायित्वका कार्यक्रमसाथ ज्योति विकास बैंकको दसौं वार्षिकोत्सव

 

ज्योति विकास बैंक लि. ले बुधबार आफ्नो स्थापनाको दसौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । ०६५ साउन ९ मा यस बैंकको स्थापना भएको हो ।

बैंकले आफ्नो दसौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा सदा झै यस वर्ष पनि बैंकको कमलादीस्थित प्रांगण तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरियो । ज्योति विकास बैंक आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै सामाजिक योगदानमा पनि संलग्न हुँदै आएको छ ।

यसै अन्तर्गत २८ असारमा एक राष्ट्रिय दैनिकको मुखपृष्ठमा प्रकाशित ‘विपन्नताले पुछिएको सिन्दुर’ शीर्षक समाचारअनुसार मुस्ताङमा भएको सवारी दुर्घटनामा श्रीमानसहित सबै परिवार गमाउन पुगेकी रोल्पाको थबाङ गाउँपालिका– ५, उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकासँग हाल वृद्धवृद्धा सासू–ससुरा र पाँचवर्षे छोरा मात्र रहेकाले उनलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षासम्मको पढाइलेखाइ खर्च समेत बैंकको सामाजिक उत्तरदायित्व कोषबाटै व्यहोर्ने निर्णय गरिएको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले दिएका छन् ।

त्यसैगरी, बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल, खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै, बैंकको बर्दिवास शाखाबाट पनि धनुषामा अवस्थित लालगढ कुष्ठरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिक्लिनिकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ ।

बैंकको अन्य शाखाहरुमार्फत पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङको औपचारिक शुभारम्भ समेत गरेको छ । यस अवसरमा १०औं वार्षिकोत्सव स्मारिका प्रकाशन गरी त्यसलाई त्रैमासिक रुपमा प्रकाशनका निम्ति औपचारिक शुभारम्भ समेत गरिएको छ ।

ज्योति विकास बैंकले हाल मुलुकभर ६० वटा शाखा सञ्जाल तथा २० वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । यसै आ.व. भित्र यस बैंकले आफ्ना शाखाहरु ९० वटा पुर्‍याउने लक्ष्यसहित कार्य गरिरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनाएका छन् ।

यस बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको रहेको छ भने बैंकले हालसम्म २ लाखभन्दा बढी खाताबाट १९ अर्ब ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणीमार्फत १६ अर्ब ९ करोड ऋण लगानी गरेको छ ।

Credit : newskoseli.com

२२ अर्ब राजश्व संकलन

चितवन- आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३/०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे ।

कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा १२८.१५ प्रतिशत प्रगति भएको हो । गत आवमा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो । पौडेलले लक्ष्यको ११०.७१ प्रतिशत प्रगति भएको बताउनुभयो ।

कार्यालयले अन्तशुल्कमा रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । त्यस्तै गरी स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति गरिएको छ ।

आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरवहाल करमा रु ११ करोड २४ लाख ८९ हजार, ब्याजकरमा रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करमा रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करमा रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंगेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरी काम गरिएकाले गत आव र अघिल्लो आव क्रमशः लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताउनुभयो ।

Credit : raranews.com

सिभिल बैंकमार्फत रिलायबल लाइफ इन्स्योरेन्सको ‘विनाझन्झट’ सेवा

 

जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका जीवनबीमा सेवा सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरुमार्फत विनाझन्झट उपलब्ध भई ग्राहकवर्ग प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

देशका ग्रामीण भेगलाई विशेष ध्यानमा राखी विभिन्न जीवनबीमाका योजनाहरु ल्याइएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए ।

सिभिल बैंकले यसअघि पनि जीवनबीमा कम्पनीहरु ‘मेटलाइफ’ र ‘एलआईसी’ नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनिहरुसँग सम्झौता गरी जीवनबीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Credit : newskoseli.com

३० अर्ब रुपैयाँको चामल एकै वर्षमा आयात…

 

नेपालमा ३१ लाख हेक्टर खेतीयोग्य जमिन रहेको तथ्यांक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग छ । त्यसमध्ये करिव १६ लाख हेक्टरमा धान खेती हुन्छ ।

अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ । यसको बजार मूल्य १ खर्बभन्दा बढी हुन आउँछ । तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग धान्न नसक्ने भएको भन्दै हरेक वर्ष अर्बौं रुपैयाँको चामल आयात भइरहेको छ ।

आर्थिक वर्ष २०७४–७५ मा करिव ३० अर्ब रुपैयाँको चामल आयात भएको छ । मन्त्रालयको तथ्यांक अनुसार स्वदेशी माग धान्न वार्षिक ६१ लाख ३८ हजार टन धान उत्पादन हुनु आवश्यक छ ।

तर, गत वर्ष ५२ लाख ३० हजार मात्र उत्पादन भएको छ । त्यस्तै, मकै साढे ४ टन र गहुँ २ लाख क्विन्टल अपुग रहेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

कोईला व्यापारीले डुुवाए सिभिल बैंक, कोईलामा झण्डै ५० करोड रुपैयाँ कर्जा डुुव्यो

घरजग्गा व्यवसायी ईच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकको झण्डै ५० करोड रुपैयाँ कर्जा डुुबेको छ ।नेपालमा सबैभन्दा ठूलो कोईला व्यापारीको रुपमा रहेको श्याम मल्लले व्यापारिक प्रयोजनको लागि लिएको उक्त कर्जाको नियमितरुपमा तिर्नुु बुुझाउनुु पर्ने सावाँ व्याज नबुुझाएपछि बैंकको कर्जा डुुवेको हो ।

उच्च श्रोतको अनुसार बैंकका अध्यक्ष तामाङ र प्रमुुख कार्यकारी अधिकृत गोविन्द गुुरुङ समेतको त्रिपक्षीय मिलेमतोमा प्रवाह भएको उक्त कर्जाबाट बैंकले ५० करोड रुपैयाँ भन्दा बढी रकम प्राप्त गर्न बाँकी रहेको छ । तर, अहिलेसम्म पनि कोईला व्यापारी मल्लले सिभिललाई उक्त कर्जा तिरेका छैनन् ।

झण्डै १० बर्षअघिसम्म सामान्य अवस्थामा रहेका मल्लले बैंकहरुलाई ठगेर नेपालको सबैभन्दा ठुुलो कोईला व्यापारी बन्न सफल भएका हुुन । उच्च श्रोतका अनुसार मल्लको सिभिल बाहेक अन्य बैंकमा पनि करोडौं रुपैयाँ कर्जा रहेको छ ।

Credit : onlinepana.com

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स (Bancassurance) सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच (Bancassurance) मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण ७ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

Credit : onlinepana.com