सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँको हतियार किन्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका ६ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो ।
रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ । रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार ६ हजार ४ सय ९२ थान’ खरिदका लागि ३ अर्ब ४५ करोड ४ लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
