५ वर्षमा १२२३९ जोडीको सम्बन्ध–विच्छेद : एकै जिल्लामा दिनमै १५ वटा मुद्धा !

 

काठमाडौं जिल्ला अदालतमा सम्बन्ध–विच्छेदको मुद्दा लिएर दैनिक १२ देखि १५ जोडी पुग्ने गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २ सय ३९ जोडीले सम्बन्ध–विच्छेद गरिसकेका छन् ।

अदालतमा २० देखि ३० वर्ष उमेर समूहका युवा सम्बन्ध–विच्छेदका लागि पुग्ने गरेका छन् । जिल्ला अदालतमा परेका सम्बन्ध–विच्छेदका १५ हजारभन्दा बढी मुद्दामध्ये १२ हजार जति टुंगिएका छन् । देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्ध–विच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०७–०७१ देखि २०७४–७५ सम्म सम्बन्ध–विच्छेदका १५ हजार ३ सय ८० मुद्दा दर्ता भएका छन् । तथ्यांक हेदा वर्सेनि सम्बन्ध–विच्छेदका मुद्दा बढ्दैछन् ।

अदालतका उपसचिव तथा स्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार घरमा एकदमै पीडित भएर अदालत पुग्ने महिला कमै मात्र छन् । धेरैजसो श्रीमान विदेश गएर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्ध–विच्छेदका लागि आउने गरेका घटना निकै बढी रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.