३७ सयको चामललाई १५ हजार ! अनुदानको चामल बिक्रीमा अनियमितता

 

खाद्य संस्थानले दुर्गम साइपाल गाउँपालिकामा चामललगायतका खाद्यन्न बिक्रीवितरणमा अनियमितता गरेको गुनासो स्थानीयले गरेका छन् ।

सरकारबाटै ढुवानी अनुदान लिएर भित्र्याइएको खाद्यान्न संस्थानको काँडा वितरण केन्द्रले स्थानीय व्यापारीलाई बेचेको उनीहरुको आरोप छ । ‘हाम्रा लागि भनेर ल्याइएको सबै चामल चैनपुरमै व्यापारीलाई बेचेका रहेनछन् ।’

चामल लिन धुलीबाट एक दिन हिँडेर काँडा वितरण केन्द्र पुगेकी केउडी बोहराले भनिन्– ‘चामलका लागि तीन दिनसम्म काँडामै बस्नुपर्‍यो । खाद्य संस्थानले वितरण गरेको चामल तथा पिठोको मूल्य पनि तोकेभन्दा बढी असुल गरिएको आरोप स्थानीयले लगाएका छन् ।

संस्थानले पिठोमा ५ केजीको २१०, अरुवा मसिनो चामल २५ केजीको प्रतिबोरा १ हजार ६ सय, बंगलादेशी उसिना चामल ४० केजीको प्रतिबोरा १ हजार ५ सय १० मूल्य तोकेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.