३३ किलो सुन छानविन समितिको कामप्रति प्रधानमन्त्री असन्तुष्ट : अनुसन्धान प्रक्रिया स्थगित…

 

३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।

प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धानबारे प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । समितिका संयोजक ईश्वरराज पौडेलसहितले असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिको काम–कारबाहीबारे जानकारी गराएका थिए ।

समितिका पदाधिकारीले प्रधानमन्त्रीसँग अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि अन्य आरोपितहरुलाई पनि गिरफ्तार गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीसँग भएको करिव दुई घन्टाको ‘ब्रिफिङ’ मा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो ।

तर, समितिको उक्त ‘ब्रिफिङ’ मा प्रधानमन्त्री ओलीले समितिको कामप्रति नै असन्तुष्टि प्रकट गरेको खबर बुधबारको नाागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.